धनगढी: कञ्चनपुरमा ट्रक र कार एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका झलारी नजिक ट्रक र भारतीय कार एक आपसमा ठोक्किदा दुर्घटना भएको हो।
दाचुलाको नौगाड गाउँपालिका–२ का सुजन धामीले चलाएको डि एल १ जेड सी ६०३५ नम्बरको भारतीय कार र धादिङका सन्तोष मगरले चलाएको बाग्मती प्रदेश ०१००६ख २२४९ नम्बरको ट्रक एकआपसमा ठोक्किर दुर्घटना भएको हो।
आइतवार दिउँसो महेन्द्रनगरबाट पुर्व तर्फ गइरहेको ट्रक र धनगढीबाट महेन्द्रनगर तर्फ आइरहेको भारतीय नम्बरको गाडी एक आपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ। भारतीय नम्बर प्लेटको कारमा पुर्ण रुपमा क्षति भएको छ। कार चालक धामीको दाहिने हातमा सामान्य चोट लागेको छ। ट्रक चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Facebook Comments Box