Author: महेन्द्रनगर पोष्ट

काठमाडौं । आज देश विदेशमा रामनवमी पर्व मनाइँदैछ । हिन्दु धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गर्छन्। हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । भक्तालुजनले नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ गर्ने परम्परा रहेको छ ।

Read More

काठमाडौ । एसीसी प्रिमियर कपमा आज नेपालले साउदी अरेयिबा सँग खेल्ने भएको छ ।ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने नेपाल र साउदी अरेबिया बिचको खेल बिहान ११ः४५ बजेदेखि शुरु हुने छ । नेपालले यसअघि नै लगातार तीन खेलमा जित हासिल गर्दै समुह ए मा ६ अंकसहित समुह बिजेता बनेर सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । त्यस्तै साउदी अरेबियाले भने यस अघि खेलेका ३ खेलमा एक जितसहित २ अंक हासिल गरेर तेस्रो स्थानमा रहेको छ । साउदी अरेबियाको रनरेट राम्रो रहेकाले यो खेल जितमा सेमिफाइनलमा पुग्ने छ । त्यस्तै आजै हङकङ र मलेसिया पनि खेल्दै छन । अहिले मलेसिया…

Read More

काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज मतपत्र पठाइने भएको छ। छपाइको काम सकिएसँगै मतपत्र सम्बन्धित क्षेत्रमा पठाउन लागेको निर्वाचन आयोगले जनाएको छ। प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार इलाम क्षेत्र न: २ का लागि एक लाख २८ हजार र बझाङ क्षेत्र नः १ प्रदेश सभा क का लागि ६८ हजार मतपत्र छापिएको छ ।इलाममा एक लाख १५ हजार ८९ मतदाता कायम भएका छन भने बझाङमा ६१ हजार ७४ मतदाता रहेका छन । इलाम क्षेत्र न:२ मा १९ र बझाङ क्षेत्र नः १ प्रदेश सभा क मा ११ उमेदवार छन ।

Read More

आज मिति २०८० साल वैशाख ५ गते बुधवार तदअनुसार अप्रिल १७ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल नवमी तिथी । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ ।  बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक…

Read More

धनगढी : दार्चुलाको अपी हिमाल गाउँपालिकामा चार दिन स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। धनगढीको सीपि अस्पतालले दार्चुलाको दुर्गम गाउँपालिका अपि हिमालमा चार दिन स्वास्थ्य शिविरको आयोजना गरेको हो। अस्पतालका अनुसार चैत ३० गतेदेखि वैशाख ४ गतेसम्म ६ सय ९४ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन्। अस्पतालले सञ्चालन गरेको स्वास्थ्य शिविरमा चार सय ६५ महिला र २ सय २९ पुरुषले स्वास्थ्य उपचार सेवा लिएका हुन्। अस्पतालका अनुसार चैत ३० गते पहिलो दिन अपि हिमाल गाउँपालिका–५ ओखालमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। उत्त क्षेत्रका ६५ महिला र ४२ पुरुषले उपचार सेवा लिएका छन्। एक सय सात जनाले पहिलो दिनको शिविरमा स्वास्थ्य उपचार…

Read More

काठमाडौं : नेपाल एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको समूह ‘ए’ को विजेता बनेको छ। सोमबार नै सेमिफाइनल पुगेको नेपालको मंगलबार समूह विजेता पक्का भएको हो। मंगलबार साउदी अरेबियालाई कतारले १५ रनले पराजित गरेसँगै नेपालले अन्तिम खेलअघि नै समूह विजेता पक्का गरेको हो। समूहको शीर्ष स्थानको नेपालको अन्तिम खेलअघि ६ अंक छ। नेपालले बुधबार साउदी अरेबियासँग खेल्दैछ। दोस्रो स्थानको कतारले सबै खेल खेल्दा ४ अंक जोडेको छ। साउदी, मलेसिया र हङकङले अन्तिम खेलअघि २(२ अंक जोडेका छन्। समूहको अन्तिम खेलमा नेपालले साउदीसँग खेल्दा मलेसियाले हङकङसँग भिड्नेछ। समूहमा कतारसहित चार टिमको दोस्रो हुने सम्भावना छ। १० टिम सहभागी कपको आयोजक ओमान…

Read More

धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा)का प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँको कदमविरुद्ध अदालत जाने बताएका छन् । मुख्यमन्त्रीमा दाबी पेश गरेका चौधरीले धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रदेश प्रमुखले संविधान विपरीत कदम चालेको भन्दै अदालत जाने बताएका हुन् । मुख्यमन्त्रीमा दाबी पेश गरेका दुवै जनाको दाबी नपुगेको भन्दै प्रदेश प्रमुख मियाँले मंगलबार संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दुई दिनको समय दिएर पुनः आह्वान गरेका छन् । प्रदेश प्रमुखले आह्वान गरे लगत्तै कांग्रेस र नाउपाले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै निर्णय सच्याउनुपर्ने माग गरेका छन् । कामचलाउ सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुखले चालेका…

Read More

धनगढी: नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारी सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने सम्भावना देखिएको छ। समाजवादीका संसदीय दलका नेता सोडारीले एमाले, माओवादी केन्द्र र नाउपासहितको समर्थनमा चाडै मुख्यमन्त्रीमा दाबी गर्ने बताइएको छ। कांग्रेस संसदीय दलका नेतासमेत रहेका तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले अल्पमतमा परेर पदबाट राजीनामा दिएपछि दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानकाे धारा १६८(२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। त्यसपछि नाउपाका २ प्रदेश सभा सदस्यको मुख्यमन्त्रीमा दाबी परेकोमा आज दुबैको दाबी रद्द भएर २ दिन समय थप गरिएको छ। सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा र नाउपाकै रञ्जिता…

Read More

धनगढी: सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत गरेका छन्। सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा र नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। तर दुई दिनपछि प्रदेश प्रमुख नजिर मियाले दुवै जनाको दाबी नपुगेको भन्दै पुन: २ दिन समय दिएर फेरि दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका हुन्। मियाँले संविधानकाे धारा १६८ काे (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न ६ वैशाखको साँझ ५ बजेसम्म समय दिएकाे प्रदेश प्रमुखकाे कार्यालयका सूचना अधिकारी दीर्घराज भट्टले जानकारी दिए।…

Read More

धनगढी : सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टी नेकपा माओवादी केन्द्र, एमालेसहितको गठबन्धनमै फर्किएको छ। हालको सत्ता गठबन्धनका चार दलहरुबीच समाजवादीका सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीलाई नै मुख्यमन्त्री बनाउने सहमति भएपछि फिर्ता भएको हो। यस अगाडि समाजवादीले काङ्ग्रेससहितको समीकरणमा नाउपाका लक्ष्मण किशोर चौधरी (रेशम पक्ष) लाई समर्थन दिएकोमा समर्थन फिर्ता लिएको छ। समाजवादीका नेता दीर्घ सोडारी आफैं प्रदेश प्रुमुखको कार्यालयमा पुगेर समर्थन फिर्ता लिएका हुन्। बैशाख २ गते नेपाली काँग्रेस, समाजवादी र राप्रपाको समर्थनमा नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। काँग्रेस १८, समाजवादी ४, राप्रपा १ र आफ्ना ७ जना गरी उनले २९ जनाको समर्थन रहेको…

Read More