Author: महेन्द्रनगर पोष्ट

धनगढीः नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको निर्देशन सुदूरपश्चिमका मन्त्रीले नमान्ने भएका छन्। नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम प्रदेश सभा सदस्यमा विजयी भएकासहित केन्द्रीय सदस्यहरूले निर्देशनको पालना नगर्ने भएका हुन्। उनीहरूले पार्टीको केन्द्रीय कमिटीको टीकापुर बैठकमा गरिएको निर्णयमा समर्थन नरहेको बताएका छन्। नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय संस्थापक सदस्य रहेका सामाजिक विकास मन्त्री लक्ष्मण किशोर चौधरी, संस्थापक सदस्य लक्ष्मण बहादुर चौधरी र पार्टीको प्रवक्तासमेत रहेका केन्द्रीय सदस्य दामोदर पडितले बैठकको निर्णय नमान्ने बताएका हुन्। उनीहरूले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले काँग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी पछि अर्को विज्ञप्ति निकालेका छन्। नागरिक उन्मुक्ति पार्टी, सुदूरपश्चिमका संसदीय दलका नेता…

Read More

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जाने ढोका खुलेको बताएका छन्। प्रहरी समायोजन ऐन र संघीय निजामती ऐन संघीयता कार्यान्वयनका लागि संवेदनशील र अत्यन्त महत्वपूर्ण ऐनहरु आफूले कार्यान्वयनको प्रक्रियामा अघि बढाएकोमा लागेको दाबी समेत प्रधानमन्त्री दाहालले गरे। शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले प्रहरी समायोजना ऐन कार्यान्वयनको प्रक्रियामा लगिएको र संघीय निजामती सेवा ऐन विस्तृत बहसपछि प्रतिनिधि सभामा पेश गरिएकाले सो विधेयक संघीय संसदको दुवै सदनबाट छिट्टै पारित हुने विश्वास समेत व्यक्त गरे। यस्तो छ प्रधानमन्त्रीको भनाइः संघीयताको मूल मर्म नै तीन तहको अधिकार र स्रोतको समन्यायिक वितरण नै हो । त्यसैले तहगत अन्तरसम्बन्ध…

Read More

धनगढीः नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएको छ। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी हुन्। उनले संसदीय दलका नेता घनश्याम चौधरीलाई कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी हुन्। फिर्ता नलिए कारबाही गर्ने उनले चेतावनी समेत दिएकी हुन्। ‘नागरिक उन्मुक्ति पार्टीको केन्द्रिय कमिटिको चैत १४ गते टीकापुरमा बसेको बैठकको निर्णय अनुसार पार्टीले दिएको समर्थन फिर्ता लिने निर्णय भएकाले सोही बमोजिम सरकारबाट बाहिर आउन निर्देशन गर्दछु’, अध्यक्षले शुक्रबार पठाएको पत्रमा उल्लेख छ। चैत १४ गतेको टीकापुरमा भएको…

Read More

धनगढी: दार्चुलाको मालिकार्जुन गाउँपालिका–५ डाडाकोटस्थित भिरबाट लडेर वडा सचिवको मृत्यु भएको छ। गाउँपालिकाको केन्द्र पस्तीबाट डाडाकोट जाने क्रममा वडा सचिव ४० वर्षीय गंगाराम लुहारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार घटना बिहीबार भएको र प्रहरिले शुक्रबार जानकारी पाएको जनाएको छ। उनी हिजो बेलुकीतिर लडेको हुनसक्ने प्रहरीले अनुमान गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए। अहिले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

धनगढी: डोटीमा सेती नदीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर-१ तिखा कहरेकुडा बस्ने दुलैसिंह खड्काको छोरा वर्ष १८ को महेश खड्का बासुधारास्थित सेती नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। नदीमा नुहाउने क्रममा दिउसो १२ बजेर ४० मिनेटको समयमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव नदीबाट निकाएको र घटनास्थलमा पुरेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

Read More

धनगढी: नेपाल प्रहरीले नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य राजमती (रक्षा) बमलाई हिरासतमुक्त गरेको छ। आज उनलाई हिरासतमुक्त गरिएको हो। सरकारी वकीलको कार्यालयले बमलाई बाहिर राखेर पनि अनुसन्धान गर्न मिल्ने बताएपछि उनलाई छाडिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ। प्रहरी वृत्त महाराजगञ्जमा आपराधिक लाभको कसूरमा जाहेरी परेपछि बुधबार प्रहरीले उनलाई पक्राउ गरेको थियो। तर साँझ स्वास्थ्यको कारण देखाउँदै उनलाई अस्पताल भर्ना गरिएको थियो। प्रहरीले पक्राउ गरेपछि उनलाई अनेरास्ववियुले निलम्बन गरेको छ। बमले रश्मिला कुमारी धामीको मोबाइलबाट गोप्य तस्वीर र भिडियो हात पारेर उनीसँग ‘ब्ल्याकमेलिङ’ गरेको आरोप छ। उनी प्रहरी नियन्त्रणबाट छुटे पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको…

Read More

भारतीय विमान कम्पनी एअर इण्डियाले रक्सी पिएर विमान उडाएको आरोपमा एक जना पाइलटलाई बर्खास्त गरेको छ । गतसाता थाइल्याण्डको फुकेटबाट नयाँ दिल्लीको उडानमा रहेका ती पाइलटले रक्सी सेवन गरेको पाइएको थियो । नयाँ दिल्लीमा विमान अवतरणपछि गरिएको मादक पदार्थ सेवन परीक्षणमा उनले रक्सी पिएको देखिएको हो । भारतीय नागरिक उड्डयन कार्यालयका अनुसार ती पाइलटले उक्त उडानमा क्याप्टेनको तालिम गरिरहेका थिए । भारतमा पछिल्लो छ महिनामा ३३ जना पाइलट र ९७ जना चालक दलका सदस्यले उडानमा मापसे सेवन गरेको पाइएको छ । भारतको आन्तरिक उडानमा यात्रुलाई रक्सी दिईंदैन भने अन्तर्राष्ट्रिय उडानमा दिइन्छ । त्यसैले अन्तर्राष्ट्रिय उडान पूरा भएपछि विमान अवतरण लगत्तै…

Read More

काठमाडौं । सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक अधिकारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवामा सिफारिस भएका छन् । बिहीबार बसेको बढुवा समितिको सचिवालय बैठकले एसएसपी दीपक अधिकारीलाई डीआईजीमा बढुवा सिफारिस गरेको हो । अधिकारीलाई सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) को (ख) बमोजिम बढुवा सिफारिस गरिएको समितिले जनाएको छ । सशस्त्र प्रहरीमा एक जना डीआईजीको दरबन्दी रिक्त थियो । बढुवा सिफारिसउपर चित्त नबुझे नियमावलीको ५५ मा व्यवस्था भएबमोजिम सात दिनभित्र उजुरी सुन्ने समितिमा उजुरी दिन सकिने सचिवालयले सूचना मार्फत जानकारी गराएको छ ।

Read More

सिराहा । एसईईको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ । परीक्षा सुरु भएको १० मिनेट पछि नै नेपाली विषयको प्रश्न पत्र बजारमा उपलब्ध भएको हो । चिट बनाउन सक्रिय रहेको टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरू कै सहयोगमा बाहिर निकालिएको थियो । त्यहाँबाट तस्बिर खिचेर ह्वाटसअपमा छ्यापछ्याप्ती बनाइएको छ । परीक्षा हल वरिपरि फोटोकपी मेसिनसहित चिट बनाउने टोलीहरू सक्रिय देखिएका छन् । उनीहरूको हात हातमा आजको नेपाली विषयको प्रश्न पत्र पुगेको छ ।

Read More

बैतडी,बैतडीको सिगास गाउँपालिका–४का दुई जना बालक बेपत्ता भएका छन् । यही चैत्र १२ गतेदेखि नै घरबाट विद्यालय जान्छु भनी हिडेका अन्दाजी १३ वर्षीय हरिश धामी र अन्ताजी ९ वर्षीय गणेश धामी बेपत्ता भएका हुन् ।गत सोमबार बिहानै विद्यालयमा प्रयोगात्मक परीक्षा दिनभनी हिडेका र अहिलेसम्म सम्पर्कमा नआएको आफन्त योगेन्द्र सिंह धामीले जानकारी दिए ।सोमबार घरबाट हिडेका उनिहरु मंगलबार साँझ जिल्लाको पाटन नगरपालिका–८ स्थित ज्याफूको एक पसलमा बसेका थिए । पसलमा बसेको विषयमा गाँजरी प्रहरी चौकीलाई जानकारी गराइएको थियो । त्यसपछि गाँजरी प्रहरी चौकीले आफन्तलाई जानकारी गराएर बालकहरुलाई लिएर आउन भनेको भएपनि भोलीपल्ट बुधबार बिहानै उक्त पसलबाटपनि भागेपछि अहिलेसम्म सम्पर्कमा आएका छैनन्…

Read More