Author: महेन्द्रनगर पोष्ट

धनगढी : डोटीमा एक बालकको रुखमा च्यापिएर मृत्यु भएको छ। दाउराका लागि रुख काट्ने क्रममा आफैले काटेको बाँझको रुखमा च्यापिएर डोटीको सायल गाउँपालिका–२ खड्गडाका १४ वर्षीय तिलक बोहरा रुखले च्यापिएर घाइते भएका थिए। घाइते तिलकको डोटी जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायणसिंह नेगीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

Read More

धनगढी : धनगढीमा सम्पन्न दोस्रो संस्करणको कैलाली प्रिमियर लिग अन्तरपालिका टी- २० क्रिकेट प्रतियोगिताको उपाधि डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको छ। शनिवार सम्पन्न फाइनल भिडन्तमा डडेल्धुराकै परशुराम नगरपालिकामाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै आलितालले उपाधि जित्यो । उपाधिसँगै आलितालले २ लाख पुरस्कार पायो भने परशुरामले १ लाख पायो । जितका लागि पाएको १११ रनको लक्ष्य आलितालले १८.१ ओभरमा ९ विकेटको क्षतिमा पूरा गर्‍यो। जसमा दिलबहादुर बोहराले ३० र राजु रिजालले २२ रनको योगदान गरे। परशुरामका महेन्द्र धामीले ३ र कृष्ण विष्टले २ विकेट लिए। त्यसअघि फाप्ला क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको परशुराम १०७ रनमा समेटियो। उसका यश कठायतले ३२ र मान साउले २१…

Read More

धनगढी: नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पति रेशमलाल चौधरीको उनकी पत्नी एवं पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले स्वागत गरेकी छन्। आज (शनिबार) जापान यात्राबाट नेपाल फर्किएका रेशमलाई रञ्जिताले एयरपोर्टमै पुगेर स्वागत गरेकी हुन्। उनले स्वागत छ राजा भन्दै अंगालो हालेर रेशमलाललाई स्वागत गरिएको फेसबुकमार्फत जानकारी दिएकी छन्। पूर्वमन्त्रीसमेत रहेकी रेशमकी पत्नी र रेशमबीच पछिल्लोसमय सम्बन्धि बिग्रेको चर्चाका बीच उनले एयरपोर्टमै पुगेर स्वागत गरेकी हुन्। उनीहरूबीच राजनीतिक कारणले मतभेद छताछुल्ल भएकै बेला पारिवारिक सम्बन्ध पनि बिग्रेको बताइन्छ। केही समय अगाडि रेशमले पनि सोसल मिडियामै आन्तरिक मतभेद रहेको कुरा स्पष्ट पारेका थिए। स्मरण रहोस्, उनी रेशमकी दोस्री पत्नी पनि छन्। केन्द्रमा रेशमको…

Read More

धनगढी: धनगढीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। आज (शनिबार) धनगढी उपमहानगरपालिकाको वडा नम्बर ७ मा युवती मृत फेला परेकी हुन्। प्रहरी स्रोतका अनुसार बझाङ स्थायी घर भएकी २१ वर्षीया महेश्वरी गिरी भान्सामा झुन्डिएको अवस्थामा फेला परेकी हुन्। धनगढीकै ऐश्वर्य बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत गिरी ठुलबुवाको घरमा धनगढीमा बस्दै आएकी थिइन्।

Read More

धनगढीः नेपाली सेनामा सिपाही बेपत्ता हुने क्रम जारी नै छ। हाल सालैमात्र विभिन्न कारण देखाएर घर बिदामा निस्किएका दर्जन बढी सैनिक बेपत्ता भएका छन्। जसमा आफ्नो विवाहका लागि छुट्टी लिएर ब्यारेकबाट निस्किएका सिपाही रामबहादुर गुरुङ बेपत्ता भएका छन्। फागुन १४ गते हाजिर हुनुपर्ने उनको अहिलेसम्म अत्तोपत्तो छैन। स्रोतका अनुसार उनी विवाहका लागि भनेर ३० दिन बिदामा बसेका थिए। उस्तै सिपाही ब्राजिल चेमजोङ पनि कार्यालय फर्केका छैनन्। दुई दिन घर बिदामा बसेका उनी तीन सातादेखि गायव छन्। चितवनको भरतपुर नगरपालिका–१३ का सिपाही दिपेशबाबु थापा पनि गायव छन्। यस्तै सिपाही सूर्य सापकोटा, रोशन सुनार लगायतका सिपाही बेपत्ता भएको बताइन्छ।

Read More

बैतडीः बैतडीको सिगास गाउँपालिका–४ का बेपत्ता भएका दुई बालक पाँच दिनपछि फेला परेका छन्। चैत्र १२ गतेदेखि घरबाट विद्यालय जान्छु भनी हिडेका अन्दाजी १३ वर्षीय हरिश धामी र ९ वर्षीय गणेश धामी शनिबार बिहान आफन्तको घरमा पुगेका हुन्। उनीहरु सिगास गाउँपालिका- १ मा रहेका आफन्त खडकसिंह धामीको घरमा शनिबार आफैं फर्किएर आएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सोमबार घरबाट हिडेका उनीहरु मंगलबार साँझ जिल्लाको पाटन नगरपालिका–८ स्थित ज्याफूको एक पसलमा बसेका थिए। त्यहाबाट पनि भोलिपल्ट बिहानै भागेका दाजुभाइ आज आफैं फर्किएर आएको बताइएको छ।

Read More

काठमाडौंः पोखराको लेखनाथ अर्चलेमा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। लेखनाथ क्षेत्रको आरुपाटाबाट पोखरा आउँदै गरेको ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना भएको हो। दुर्घटनामा बसमा भएका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी घाइते भएका छन्। बसमा अन्य यात्रु नभएको बताइएको छ। घाइतेहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै छ। बसमा चालक र सहचालकमात्र रहेको जिल्ला प्रहरी कार्यालयल कास्कीका सूचना अधिकारी सूर्यबहादुर रानामगरले जानकारी दिए। अहिले दुर्घटनापछि सडकमा ठाडै उभिएको बसको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

Read More

धनगढीः कैलालीमा वेवारिसे अवस्थामा शव भेटिएको छ। जिल्लाको टिकापुर नगरपालिका– ४ इन्द्रैयास्थित खेतमा अन्दाजी ४० वर्षीय पुरुषको शुक्रबार दिउँसो शव भेटिएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ।

Read More

डडेल्धुराः डडेल्धुराका एक जना लागूऔषधसहित पक्राउ परेका छन्। अमरगढी नगरपालिका-२ चालिसे मोड नजिकबाट ०.४९५ किलोग्राम लागूऔषध चरेशसहित अमरगढी नगरपालिका ४ का ४३ वर्षीय कमल गुरुङ शुक्रवार दिउँसो पक्राउ परेका हुन्। बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी बागबजारबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनले प्रयोग गरेको से।७ प। ३६१५ नम्बरको मोटरसाईकलको दाहिने लेकगार्डमा झुण्डाई लुकाई छिपाई राखेको चरेस फेला पारी उक्त पदार्थ र मोटरसाईकल सहित गुरुङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

Read More

धनगढीः धनगढीमा ८ जना जुवाडे पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–६ मट्यारीमा २७ वर्षीय ओमप्रकाश कठायतले संचालन गरेको दकाजी किराना पसलभित्र जुवा खेलिरहेको अवस्थामा शुक्रबार साँझ उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट नगद ३० हजार ५७५ रुपैयाँ बरामद गरिएको छ भने पक्राउ परेका सबैलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More