धनगढीः नेपाली सेनामा सिपाही बेपत्ता हुने क्रम जारी नै छ। हाल सालैमात्र विभिन्न कारण देखाएर घर बिदामा निस्किएका दर्जन बढी सैनिक बेपत्ता भएका छन्।
जसमा आफ्नो विवाहका लागि छुट्टी लिएर ब्यारेकबाट निस्किएका सिपाही रामबहादुर गुरुङ बेपत्ता भएका छन्। फागुन १४ गते हाजिर हुनुपर्ने उनको अहिलेसम्म अत्तोपत्तो छैन। स्रोतका अनुसार उनी विवाहका लागि भनेर ३० दिन बिदामा बसेका थिए।
उस्तै सिपाही ब्राजिल चेमजोङ पनि कार्यालय फर्केका छैनन्। दुई दिन घर बिदामा बसेका उनी तीन सातादेखि गायव छन्। चितवनको भरतपुर नगरपालिका–१३ का सिपाही दिपेशबाबु थापा पनि गायव छन्।
यस्तै सिपाही सूर्य सापकोटा, रोशन सुनार लगायतका सिपाही बेपत्ता भएको बताइन्छ।
Facebook Comments Box