Author: महेन्द्रनगर पोष्ट

धनगढी : ​नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको बर्दगोरिया गाउँपालिकाको प्रशासनिक भवनको उद्‌घाटन गरेका छन्। भवनको उद्घाटनपछि आज (आइतवार) कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गाउँपालिकालाई नमूना बनाउन नयाँ प्रशासकीय भवनको सदुपयोग गर्न सुझाव दिए। जनतालाई छिटो छरितो सेवा प्रवाह गर्न प्रविधिमा समेत ध्यान दिन उनले आग्रह गरेका छन्। नयाँ भवनबाट सेवा शुरू गर्दा प्रशासनिक झन्झट पनि हट्ने उनको विश्वास छ। भवन उद्घाटनपछि एमाले अध्यक्ष ओली कैलाली जिल्लाको नवौं जिल्ला अधिवेशनको उद्घाटनका लागि सुखड प्रस्थान गरेका छन्। प्रशासकीय भवन निर्माणका लागि गाउँपालिका र श्यामसुन्दर निर्माण सेवा काठमाडौंबीच २०७६ साउन ५ मा सम्झौता भएको थियो। ६ करोड १७ लाख २५ हजार ६ सय ११ रुपैयाँमा लागत रहेको भवनको…

Read More

काठमाडौँः अमेरिकी दूतावासको सहकार्यमा ठमेलस्थित एलओडी क्लबमा जमैकन अमेरिकी डीजे वाल्सी फायरले प्रस्तुती दिने भएका छन्। मेजर लेजर समूहका सदस्य डीजेले क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन्। वाल्शी फायर जमैकन अमेरिकी डीजे, एमसी र रेकर्ड निर्मातासमेत पनि हुन्। उनको समूहमा डीजे डिप्लो र एप ड्रम्स छन्। तर उनको समूहका अन्य साथीहरू भने नेपाल आउने छैनन्। उनीहरूले धेरै हिट गीत उत्पादन गरेका छन्। जुन नेपाली युवामा समेत उनका गीतले प्रसिद्धि कमाएको छ। उनका लीन अन (डीजे स्नेक र एमओसँग), कोल्ड वाटर (जस्टिन बिबरसँग), नो बेटर (ट्राभिस स्कटसँग), रन अप लगायतका गीतहरू छन्। क्लबका निर्देशक…

Read More

काठमाडाैं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई युवकको ज्यान जानेगरी भएको बालकुमारी घटनाबारे गठित छानबिन समितिको प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही हुने बताएका छन्। आज प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रमुख प्रतिपक्षी एमालेसहितका दलका सांसदले सरकारको आलोचना गरेपछि प्रधानमन्त्री प्रचण्डले आफूले आज छानबिन समितिको प्रतिवेदन बुझ्ने र अध्ययनपछि दोषीमाथि कारबाही गरिने बताए। उनले भने, ‘आज मैले प्रतिवेदन बुझ्दै छु, अध्ययनपछि प्रतिवेदनका आधारमा कारबाही हुन्छ।’ गृहमन्त्रालयमा प्रतिवेदन बुझाए पनि आफूले आज बुझ्ने कार्यक्रम रहेको जानकारी दिँदै उनले प्रतिपक्षी दलले नभएर सरकारले नै समिति गठन गरेको भन्दै बालकुमारी घटनाप्रति सरकारले चासो राखिरहेको स्पष्ट पारे। प्रधानमन्त्री दाहालले पीडितका परिवारलाई १० लाख…

Read More

काठमाडौं : नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो। महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रवार छापावाला सुन प्रतितोला १ लाख १७ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १६ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो। त्यसै गरी, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा २० रुपैयाँले बढेर तोलाको १४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी शुक्रबार १४१० रुपैयाँमा कारोबार भएको थियो।

Read More

धनगढी : कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा निर्माण भएको पुस्ताकलयसहितको यात्रु प्रतिक्षालय एमालेले कब्जा गरेको छ। घोडाघोडी नगरपालिकाको ५ लाख ६१ हजार र चन्दादाताको सहयोग गरी २० लाख बढीको लागतमा उक्त संरचना निर्माण गरिएको हो। भवनको भूँइ तलामा यात्रुप्रतिक्षालय रहने र दोस्रो तलामा सुबिधा सम्पन्न पुस्ताकालयको अवधारणासहित भवन निर्माण गरिएको थियो। निर्माणको सुरुवाती चरणमै प्रतिक्षालयको नाम र जमिनको विषयमा समेत विवाद नभएको भने होइन। तर, शिलान्यासदेखि उद्घाटन सम्म मात्र होइन, नामदेखि कामसम्म प्रतिक्षालय एमालेकै हो भन्दा पनि फरक पर्दैन। आइतबार प्रतिक्षालयको दोस्रो तलामा निर्माण गर्ने भनिएको सुबिधा सम्पन्न पुस्ताकालय हेर्न पुग्दा हामीले एमालेको घोडाघोडी नगरकमिटीको सचिवालय रहेको पायौं। हामी पुग्दा पनि…

Read More

धनगढी : कैलालीको घोडाघोडी नगरपालिकाका मेयर खडकबहादुर रावतले नगरले भाडा तिर्ने सरकारी कार्यालयलाई श्रीमतीको आवास बनाएका छन्। नगरपालिकाले सामानहरूको तापमान–नियन्त्रण तथा तिनीहरूको गुणस्तर सुनिश्चित गर्न भाडामा लिएको घरलाई निजी आवास बनाएको पाइएको हो। नगरपालिकाले मासिक भाडा तिरिरहेको उक्त घरमा मेयर रावतले स्थायी रुपमा श्रीमतिसहित परिवारका सदस्य ल्याएर राखेका छन्। २०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा रावत निर्वाचित भएका थिए। त्यसपछि नगर प्रमुख रावतले धनगढीमा बस्दै आएकी कान्छी श्रीमतीलाई घोडाघोडी ल्याउन नगरपालिकाको कोल्ड चेन आवासको प्रयोग गरेको पाइएको हो। उनले आफू विजयी भए लगत्तै २०७९ जेठको दोस्रो साता नै कान्छी श्रीमतीलाई घोडाघोडी ल्याएका थिए। नगरप्रमुख रावत आजका मितिसम्म पनि कान्छी श्रीमतीसमेत भाडाको घरमा बस्दै आएका छन्।…

Read More

काठमाडौं : समाजवादी मोर्चाको संयोजक नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव बनेका छन्। यसअघि मोर्चाको संयोजक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल थिए। आज बसेको मोर्चाको बैठकले विप्लवलाई संयोजक बनाउने निर्णय गरेको माओवादी केन्द्रका महासचिव देव गुरूङले जानकारी दिए। गत असारमा गठन भएको समाजवादी मोर्चाले तीन–तीन महिनामा चक्रिय प्रणालीअनुसार नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको थियो।

Read More

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गरेको छ। आइतबार प्रतिनिधिसभा बैठकमा एमालेले बालकुमारी घटनाका दोषी रहेका मन्त्री ज्वालालाई जिम्मेवारीबाट हटाउन माग गरेको छ। एमाले सचेतक महेश बर्तौलाले भने, ‘सरकारले बनाएको आयोगले मन्त्री दोषी बने। मन्त्री पदमा बहाल हुनुहुन्छ। मन्त्रीलाई बर्खास्त गरिएको छैन। सिपाहीलाई दण्ड मन्त्रीलाई झण्डा, मन्त्रीलाई चैन। विधिको शासन यही हो ? गृहमन्त्री पनि जोडिएको अवस्था छ। दोषीलाई जिम्मेवारीबाट बर्खास्त गरियोस्।’ गत १३ पुसमा भएको घटनामा प्रहरीको गोली लागेर दुई युवाको मृत्यु भएको थियो।

Read More

काठमाडौँ : पछिल्लो १० वर्षमा सशस्त्र प्रहरी बलमा कार्यरत ९ हजार २४९ जना कर्मचारीले राजीनामा दिएका छन्। पछिल्लो १० वर्षमा ९ हजार २४९ जनाले राजीनामा रोजेको सशस्त्र प्रहरी बलका प्रवक्ता (एसएसपी) राजेन्द्र खड्काले बताए। एसएसपी खड्काका अनुसार, अन्यत्र अवसर पाएर राजीनामा दिने गरेको सशस्त्र प्रहरीको निष्कर्ष छ। त्यस्तै, चालु आर्थिक वर्षमा सशस्त्र प्रहरी बलमा कार्यरत ३ सय ४४ जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन्। २०८० साउन भन्दा पछि कारबाहीमा पर्नेहरूमा प्रहरी उपरीक्षक भन्दा तल्लो तहका कर्मचारी छन्।

Read More

तनहुँ : आँबुखैरेनी गाउँपालिका-१ स्थित मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्तिका रूपमा बाख्राको पाठी दिइएको छ। छात्रवृत्तिका रूपमा नगद वा शैक्षिक सामग्री दिने चलन परिवर्तन गर्दै विद्यालयले तनहुँ जिल्लामै पहिलो पटक बाख्राको पाठी प्रदान गरेको हो। विद्यालयले तीन जना विद्यार्थीलाई छात्रवृत्तिका रूपमा पाठी वितरण गरेको प्रधानाध्यापक सुरेन्द्र बोगटीले जानकारी दिए। नगद वितरण गर्दा छिटो खर्च हुने र पुनः उही समस्या दोहोरिने भएकाले विद्यार्थीलाई आत्मनिर्भर बनाउन प्रेरित गर्ने उद्देश्यले छात्रवृत्तिमा पाठी वितरण अभियान सुरू गरिएको उनले बताए। ‘विद्यार्थीलाई आयआर्जनसँग जोड्न पहिलो पटक पाठी वितरण अभियान सुरू गरिएको हो। पैसा दिँदा खर्च हुने र अर्को वर्ष पनि उही विद्यार्थीलाई दिनपर्ने अवस्था आउँछ।…

Read More