Author: महेन्द्रनगर पोष्ट

कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले तेस्रो पटक विश्वासको मत लिने तयारी थालेका छन् । अहिले सम्म प्रदेश सभा बैठक कहिले बस्ने भन्ने निश्चित छैन। तर, मुख्यमन्त्री सोडारी भने पहिलो र दोस्रो प्रयासमा विश्वासको मत नपाउने देखेपछि जेठ ३ गते विश्वासको मत लिने तयारी गरेका छन् । वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएपछि उनले वैशाख २१ गते विश्वासको मत लिने तयारी गरेका थिए । विश्वासको मत लिनकै लागि वैशाख २१ गते साँझ ५ बजे प्रदेश सभा बैठक आह्वान गरिएको थियो । तर, एमालेले तत्काल केन्द्रमा छलफल नभएको र केन्द्रीय नेतृत्वसँग छलफल र परामर्श नगरी विश्वासको मत नदिने बताएपछि…

Read More

काठमाडौं : उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) सरकारबाट बाहिरिने भएको छ । सरकारबाट बाहिरिएसँगै जसपा नेपालले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने भएको छ । जसपा नेपाल विभाजन भएर अशोक राईको नेतृत्वमा जसपा गठन भएपछि उक्त पार्टीलाई सरकार छाड्न दबाब परेको थियो । विभाजन पछि बनेको नयाँ दल जसपाले भने सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । आइतबार बसेको जसपा नेपालको कार्यकारिणी समितिको बैठकले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिने निर्णय गरेको हो । यसबारे आज बस्ने केन्द्रीय कार्यकारीणी समितिको बैठकले थप निर्णय लिने बताइएको छ । उता एमाले र माओवादी केन्द्रले मधेशमा जसपा नेपाल नेतृत्वको सरकारलाई…

Read More

कञ्चनपुरः कञ्चनपुरबाट चरेश र खैरो हेरोईनसहित ३ जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका १० गड्डाचौकीबाट सोही ठाउँ बस्ने २६ वर्षीय नबिन कार्कीको घरबाट १९५ ग्राम चरेश, २१ वर्षीय दिपक कार्कीको घरबाट १.५८ ग्राम खैरो हिरोईन र २७ वर्षीय कुश कार्कीको घरबाट ०.१५ ग्राम खैरो हिरोईनसहित तिनै जनालाई आइतवार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। तिनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ।

Read More

धनगढी : कञ्चनपुरबाट नगदसहित ६ जना जुवाडे पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–५ बनखेत स्थित शंकर दत्त भट्टले संचालन गरेको हाईवे फास्ट फुडमा जुवातास खेलिरहेको अबस्थामा सञ्चालक भट्टसहित ६ जना पक्राउ परेका हुन्। वडा प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले फास्ट फुडमा चेकजाँच गर्दा नगद ६१ हजार २ सय र १ गड्डी ताससहित ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

Read More

विराटनगर: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ (५) अनुसार नियुक्त मुख्यमन्त्री कार्कीले उपधारा ४ अनुसार विश्वासको मत लिन लागेका हुन् ।  नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा मुख्यमन्त्री भएका उनलाई हालसम्म दुवै  दलका सांसदले विश्वासको मत दिने देखिएको छ । यस्तै जसपा नेपालकी सांसद निर्मला लिम्बूले पनि विश्वासको मत दिने बताएकी छिन् । कोशी प्रदेश सभामा ९३ सांसद मध्ये बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ ।  यसैबिच मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने प्रदेशसभा बैठक बहिष्कार गर्ने कांग्रेसले तयारी गरेको छ । औपचारिक निर्णय गर्न कांग्रेसले बिहान ८ बजे संसदीय दलको…

Read More

काठमाडौं : करिब पाँच किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३३ वर्षका सुरेश कुमार र ३४ वर्षका मोहन कुमार गणेशन रहेका छन् । विमानस्थल भन्सारबाट पास भएर वेलकम गेट (स्वागतद्वार) नजिक आइसकेका उनीहरुलाई विमानस्थल प्रहरीले सोमबार बेलुका नियन्त्रणमा लिएको हो । पक्राउ परेका सुरेश कुमार र मोहन कुमारले लगाएको टी–सर्ट, पेन्टी र जिन्स पाइन्टमा लेपन गरिएको अवस्थामा सुन बरामद भएको थियो । सुरेश कुमारबाट बरामद सुन कपडासहित २ किलो ६०० ग्राम र मोहन कुमारबाट बरामद भएको सुन कपडासहित २ किलो ५०० ग्राम रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी…

Read More

धनगढी : डडेल्धुरामा खोलामा डुबेर दुई किशोरीको मृत्यु भएको छ । आइतबार अपरान्ह जिल्लाको गन्यापधुरा गाउँपालिका २ कोरगाउँकी १७ वर्षीया लक्ष्मी सार्की र १४ वर्षीया दिपा मल्लको डुबेर मृत्यु भएको हो । गाउँकै तल रहेको खोलामा नुहाउने क्रममा दुवैजना डुबेको वडाअध्यक्ष मनोज देउवाले जानकारी दिए ।

Read More

धनगढी : भारतको दिल्लीमा ६५ वर्षीय डाक्टर योगेशचन्द्र पालको हत्या गरेर चार नेपाली फरार भएका छन् । डाक्टर पालको मे १० मा दिल्लीको जंगपुरास्थित आफ्नै घरमा घाँटी थिचेर हत्या गरिएको थियो । भारतीय सञ्चार माध्यमका अनुसार उक्त हत्यामा संलग्न तीन जना पक्राउ परेका छन् । भारतीय प्रहरीका अनुसार हत्यामा ७ जनाको संलग्नता रहेको छ । जसमध्ये ४ जना नेपाली नागरिक रहेका छन् । चारै जना नेपाली नागरिक नेपाल भागेको आशंका गरिएको छ । हत्याको मुख्य योजनाकार डाक्टर पालकी कर्मचारी बसन्ती हुन्, जो २४ वर्षदेखि मृतक डाक्टरको घरमा कार्यरत थिए । २४ वर्षसम्म घरमा राखेकी महिलालाई सबै थोक दिने परिवारले कल्पना…

Read More

काठमाडौं : सरकारलाई इन्टरनेट सेवा प्रदायक संस्थाबाट रोयल्टी राजस्व तथा ग्रामीण दूरसञ्चार विकास शुल्क कानुनबमोजिम असुल उपर गर्ने बाटो खुलेको छ । यस सम्बन्धमा सर्वोच्चमा वर्ल्डलिंक कम्युनिकेसनले दायर गरेका आठवटा रिट खारेज भएका छन् । सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र डा. नहकुल सुवेदीको संयुक्त इजलासले वर्ल्डलिंकको माग दाबी अस्वीकार गर्दै रिट खारेज गरिदिएको छ । यो फैसलासँगै सरकारलाई रोयल्टी राजस्व तथा ग्रामीण दूरसञ्चार विकास शुल्क कानुनबमोजिम असुलीको बाटो खुलेको हो । महालेखापरीक्षकले आर्थिक वर्ष २०७२/०७३ को वार्षिक प्रतिवेदनदेखि हरेक वर्ष निरन्तररूपमा इन्टरनेट सेवा प्रदायकहरूले नेपाल सरकारलाई बुझाउनुपर्ने रोयल्टी राजस्व प्राप्त नभएकाले कानुनबमोजिम असुलउपर गर्नुपर्ने बेरुजु भनेर औँल्याउँदै आएको थियो । यस विषयमा…

Read More

काठ्माडौं : गत बिहीबार एकाबिहानै सप्तरी प्रहरीमा बैंकका एक सुरक्षागार्डको हत्या भएको खबर आयो । सप्तकोशी नगरपालिका–१ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेड शाखा कार्यालयका सुरक्षा गार्ड ५५ वर्षीय पर्शुराम फुँयालको हत्या भएको थियो । प्रहरी टोलीले सीसीटीभी नियन्त्रणमा लिएर अनुसन्धान थाल्यो । सीसीटीभीअनुसार बिहीबार बिहान ३ बजेर १८ मिनेटमा फुँयालको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको पुष्टि भयो । प्रहरीलाई यो घटना लुटपाटका लागि भएको पनि सीसीटीभी फुटेजबाट नै स्पष्ट भयो । किनकि लुटेराले बैंकमा लुटपाटको प्रयासमा गार्डको हत्या गरेको थियो । उसले बैंकभित्र पसेर लकर, काउन्टर फुटाउने प्रयास गरे पनि सफल हुन सकेन । त्यसपछि लुटेरा फर्किएको सप्तरीका प्रहरी…

Read More