Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीमा पेस्तोलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। आज (शुक्रवार) जिल्लाको  मोहन्याल गाउँपालिका-६ सोल्टा बजार बस्ने धनादेवी शाहीको घरबाट पेस्तोलसहित २ जनालाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर बिष्टका अनुसार पक्राउ पर्नेमा मोहन्याल गाउँपालिका- ७ कुईने बस्ने वर्ष १८ का विकास नेपाली र सुर्खेत पञ्चपुरी नगरपालिका-११ बस्ने वर्ष १८ का उपेन्द्र शाही रहेका छन्। उनीहरू आफ्नी फूपू नाता पर्ने शाहीको घरमा पाहुना बसेका थिए। सोही समयमा उनीहरूले हतियार लुकाईछिपाई राखेको प्रहरीलाई सूचना मिलेको थियो। त्यसपछि स्थानीय प्रहरीको टोलीले घर खानतलासी गर्दा १ (एक) थान रिबल्बर (पेस्तोल) जस्तो देखिने हतियार बरामद गरेको थियो। अहिले घटनाको थप…

Read More

काठमाडौं : नेपाल प्रहरीका ७ एसपी कारबाहीमा परेका छन्। आज प्रहरी प्रधान कार्यालयले आज (शुक्रवार) विवादित छवि बनाएका एसपीहरुलाई कारबाहीस्वरुप अवधि नपुग्दै सरुवा गरेको हो। जसमा दयानिधी ज्ञवालीलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट नेपाल प्रहरी केन्द्रिय विषेश कार्यालय काठमाडौंमा तानिएको छ। यस्तै सन्जय सिंह थापालाई नुवाकोटबाट तानेर मधेश प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ। उनलाई नेपालकै पछिल्लो चर्चित सुनकाण्डमा पनि संलग्न रहेको भन्दै कारबाही सिफारिस गरिएको थियो। यस्तै एसपी सुवास चन्द्र बोहरालाई पनि जिल्ला प्रहरी कार्यालय बाँकेबाट तानेर मधेश प्रदेश प्रहरीमै हालिएको छ। त्यस्तै मित्रबन्धु शर्मालाई धनुषाबाट तानेर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान काठमाडौं हालिएको छ। यस्तै श्यामकुमार राइलाई महोत्तरीबाट तानेर अपराध…

Read More

डोटी : शुक्रबार कारागार कार्यालय बाजुराले ६ जना कैदीलाई डोटी सरुवा गर्‍यो । २५ जनाको मात्रै क्षमता भएको बाजुरा कारागारमा तेब्बरभन्दा बढी ७८ जना कैदीबन्दी पुगेपछि सरुवा गर्नुपरेको कारागार कार्यालयले जनायो । ‘हाम्रो कारागारको क्षमता २५ जनाको मात्रै हो । तर, ७८ जना पुगे’, कारागार प्रमुख अनिलकुमार तिवारीले भने, ‘६ जना डोटी पठाएपछि पनि ७२ जना कारागारमै छन् ।’ उनका अनुसार ७२ मध्ये २९ थुनुवा र ४३ कैदी छन् । उनले व्यवस्थापन गर्नै नसक्ने भएपछि सार्नु परेको बताए । डोटी कारागारको चाप पनि बाजुराको भन्दा कम छैन । ‘६७ जना पहिल्यै थिए । ७ बाजुराबाट सरुवा भई आएपछि ७३ जना…

Read More

धनगढी : बझाङको बुंगल नगरपालिकाकी एक महिला झुन्डिएको अवस्थामा फेला परेकी छिन् । बुंगल नगरपालिका-३ घर भएकी वर्ष २३ कि चन्दिका विष्ट आफ्नो माइतीघर नजिक मृत फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार विष्ट विगत २ वर्षदेखि माइतीघर बित्थडचिर गाउँपालिका-९ धारीमा बस्दै आएकी थिइन् । आज साँझ साढे ६ बजेको समयमा माइतीघर भन्दा ३ किलोमिटर टाढा महादेव सामुदायिक वनमा कडायाको रुखमा दोपट्टाले घाँटीमा पासो लगाई झुन्डी मृत अवस्थामा फेला परेकी हुन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

Read More

धनगढी : बझाङका छुट्टाछुट्टै तीन परीक्षा केन्द्रमा एसइई परीक्षार्थीबिच झडप भएको छ । शुक्रवार बिहान परीक्षा दिएर बाहिर निस्किएपछि जिल्लाका तीन वटा परीक्षा केन्द्रमा एसइई परीक्षार्थीबिच झडप भएको हो । झडपमा ४ जना घाइते भएका छन् । खप्तडछान्ना गाउँपालिका–५ कालुखेतीस्थित खप्तड माविमा परीक्षा दिने पाटादेवलका १७ वर्षीय खप्पिस थापालाई स्थानीय बाल्केश सिंह, आनन्द सिंह लगायत ३–४ जनाको समूहले चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट थापाको पेट, टाउको र हातमा चोट लागेको छ । चक्कु प्रहार गर्नेहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । यसैबिच जिल्लाको दुर्गाथली गाउँपालिका – १ मौरीबगडस्थित चौधारी मावि जुँजी परीक्षा केन्द्रमा पनि परीक्षार्थीबिच झडप भएको छ…

Read More

काठमाडौं : चर्चित क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसला बदर माग गर्दै दायर गरेको रिटमा उच्च अदालत पाटन झगडिया झिकाउन आदेश दिएको छ। उच्च अदालत, पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश कृष्णराम कोइरालाको संयुक्त इजलासमा भएको सुनुवाइपछि यस्तो आदेश भएको हो। पुनरावेदन गरिएको कुनै मुद्दामा अर्को पक्षलाई सूचना दिएर बोलाउने प्रक्रियालाई झगडिया झिकाउनु भनिन्छ। उच्च अदालत पाटन प्रशासनका अनुसार मुद्दाका दुवै पक्षलाई झिकाउने आदेशसँगै वैशाख ३ गतेलाई अर्को पेसी तोकिएको छ। गौशाला २६ सांकेतिक नाम दिइएकी एक युवतीले जाहेरी दिएपछि जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सन्दीप दोषी ठहर भएका थिए। त्यसपछि सन्दीपले जिल्लाको फैसलाविरुद्ध उच्च अदालत, पाटनमा पुनरावेदन…

Read More

काठ्माडौं : नेपाल प्रहरीको डीएसपीबाट एसपीमा बढुवा भएका अधिकारीलाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवर तथा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । गृह मन्त्रालयको सचिवस्तर निर्णयले यही चैत २१ मा उनीहरुको बढुवा गरिएको थियो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादब ढकाल, सन्तोष तामाङ्ग, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बु, बिनोद घिमिरे र प्राविधिकतर्फका कमला लामा रहेका छन् । यसै गरी प्रावधिकतर्फ प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका लक्ष्मी थापा, नितिन लाखे, चेत…

Read More

धनगढी : आगामी १५ वैशाखमा बझाङको प्रदेश सभा–१ मा उपनिर्वाचन हुँदै छ । गत ५ असारमा सवारी दुर्घटनामा परी सो क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । ४ मंसिर २०७९ मा भएको निर्वाचनमा कांग्रेसका सिंह विजयी भएका थिए । उनले १७ हजार ११२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका उम्मेदवार अफिलाल ओखेडा १३ हजार ३३६ मतमा रोकिएका थिए । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल कर्णबहादुर खड्काले ४२६ भोट ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिलाल भट्टराईले ४०४ मत ल्याएका थिए । उपनिर्वाचनको मिति नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ । मुख्य प्रतिस्पर्धी दलहरूले उम्मेदवारको टुंगो लगाइसकेका…

Read More

धनगढी: कैलालीको धनगढीमा आधा करोड बढीका अवैध कपडा बरामद गरिएको छ। सशस्त्र प्रहरी बल नं. ३४ गण कैलालीको टोलीले ५७ लाख बढी मूल्यका लत्ताकपडा बरामद गरेको हो। धनगढी उप-महानगरपालिका वडा नं. ४ स्थित उत्तरखेहडी ईलाकाबाट शुक्रबार ५७ लाख १८ हजार ५ सय रुपैयाँ बराबरका अवैध लत्ताकपडा बरामद गरेको डीएसपी साजेन्द्र श्रेष्ठले जानकारी दिए। उनका अनुसार धनगढी बसपार्कको उत्तरपट्टी उत्तरवेहडीस्थित जस्तापाताद्धारा निर्मित गोदाममा २३ वटा बोरामा प्याक गरी लुकाईछिपाई राखेको अवस्थामा कपडा बरामद गरिएको हो। सशस्त्रले विशेष सूचनाको आधारमा ३४ नम्बर गण हेक्वा कैलालीबाट सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेको कमाण्डमा खटिएको टोलीले उक्त अपरेसन चलाएको थियो। उक्त बरामद लत्ताकपडा कैलाली भन्सार…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ।तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार साँझ राजीनामा दिएपछि प्रदेश प्रमुखले आज (शुक्रवार) नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्। सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने समय बैशाख २ गतेसम्मका लागि तोकिएको छ। प्रदेश प्रमुख नजिर मिँयाले आज संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई बैशाखको २ गते बेलुकी ५ बजेसम्म मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरेका हुन्। ‘माननीय मुख्यमन्त्री कमल बहादुर शाहले २०८० साल चैत २२ गते संविधानको धारा १६९ (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएकाले माननीय प्रदेश प्रमुख नजिर मियाँ…

Read More