Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालीले सात दशकभन्दा लामो सङ्घर्षबाट प्राप्त गरेको महत्वपूर्ण उपलब्धि भएको बताएका हुन् ।  राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले  प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको स्मरण गरेका छन् ।  ‘विसं २००७ को क्रान्ति सफल भएर निरङ्कुशताविरूद्धको बलिदानीपूर्ण सङ्घर्षको परिणाम स्वरूप मानवअधिकार…

Read More

काठमाडौं : प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले विभिन्न अफर ल्याएको छ । टेलिकमले साबिक बमोजिमको फ्रि रिसोर्स अर्थात १ जीबी डाटा, १०० मिनेट अन–नेट भ्वाइस र १०० अन–नेट एसएमएस सुविधा दिन लागेको हो । यस्तै, ३० दिन सम्म सो रिर्सोस चलाउन मिल्ने सिमकार्ड शहिद परिवारलाई निःशुल्क उपलब्ध गराइने जनाइएको छ । यस्तै, एफटीटीएच अन्तर्गत ५० एमबीपीएसको वार्षिक ‘वान टाइम’ प्याकेज र कम्बो वार्षिक ‘वान टाइम’ प्याकेजमा सहुलियत प्रदान गरिएको छ । कम्पनीको प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराइएको छ । यस अन्तर्गत १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस…

Read More

काठमाडौँ : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सोमबारदेखि शुक्रबारसम्म नेपालको धेरै स्थानहरूमा आंशिक देखि साधारणतया बदलीको सम्भावना रहेको छ । तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ । उक्त पश्चिमी न्यून चापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा यस प्रणालीको प्रभावका कारण सोमबार देखि बुधबार सम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दूई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ भने बिहीबार देखि शुक्रबार सम्म बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा…

Read More

काठमाडौं : सरकारले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई बर्खास्त गर्ने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई पदबाट हटाउने निर्णय गरेको हो । पौडेलले अमेरिकाको कानुनी स्थायी आवासीय अनुमति लिएको देखिएकाले उनलाई बर्खास्त गरिएको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । पौडेलविरुद्ध सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार गरेको आरोप लागेको छ ।‍

Read More

काठमाडौं : प्रहरी कार्यालयभित्रै गोली चलेपछि बलम्बुका प्रहरी प्रमुख इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठ जिम्मेवारीबाट हटाइएका छन् । उनलाई सोधपुछका लागि भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौं तानिएको हो । ड्यूटी सकेर ९ एमएमको पेस्तोल कोतमा बुझाउन जाँदा एक्कासी इन्स्पेक्टर श्रेष्ठको पेस्तोलबाट गोली चलेको थियो । त्यसक्रममा उनका सुरक्षागार्ड र एक जना सर्वसाधारण घाइते भएका थिए । दुबैको एपीएफ अस्पताल, बलम्बुमा उपचार भइरहेको छ । लगत्तै उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले छानबिन समिति बनाएर जाँच गर्न काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीलाई निर्देशन दिएका थिए । खत्रीका अनुसार, जाँचका लागि श्रेष्ठलाई परिसरमा झिकाइएको छ । यसअघि प्रहरी प्रभाग बलम्बुकै एक जना प्रहरीको…

Read More

धनगढी : कञ्चनपुरको प्रहरी प्रमुखका रूपमा कार्यरत ‘विवादित’ छविका एसपी कमल थापाले कञ्चनपुर बसाइँ दुःखद भएको बताएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आयोजित बिदाइ समारोहमा बोल्दै एसपी थापाले उक्त कुरा बताएका हुन्। उनले स्थानीय मान्छेहरू आफूहरू प्रति आक्रोशित भएको बताउँदै पछिल्ला दिनहरूमा आफूहरूका नराम्रा कुरा बाहिर आएको बताए। उनले जिल्लामा ठूलो संख्यामा पत्रकारहरू भएपनि ५०/६० जना मात्रै आफूकहाँ आउने जाने गर्ने भएकोले चिन्ने दाबी गरे। उनले जिल्लामा भएका पत्रकारले समाचार नलेखेको कुरामा आफूलाई दु:ख लागेको सुनाए। प्रहरीमा नेताजस्तै भाषण दिने प्रचलन छैन्। तर, उनले बिदाई कार्यक्रममा करिब आधा घण्टा बढी भाषण गरेका थिए। उनले आफूले कञ्चनपुरबाट पैसाको भारी लिएर नगएको…

Read More

काठमाडौँ : सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसीलाई प्रहरीले पक्राउ गरेको छ । पोखरास्थित नम्बर–४ बाहिनी पोखरामा कार्यरत केसीलाई स्वयम्भूबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले बताए । डीएसपी केसीलाई अहिले प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ । उनले स्वयम्भूस्थित न्यु इभान पोइन्ट रेस्टुरेन्टमा महिलाको अश्लील भिडियो खिचेको आरोप छ । पीडितहरूले उनीविरुद्ध प्रहरी वृत स्वयम्भूमा जाहेरी दिएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । वैयक्तिक गोपनियतासम्बन्धी ऐन–२०७५ को दफा–१६ अनुसार अनुमति बिना कसैको तस्बिर वा भिडियो खिच्न पाइँदैन ।

Read More

काठमाडौँ । नेकपा(एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिविमा उपकुलपति नियुक्तिका लागि सरकारले अपारदर्शी तवरले सिफारिस समिति गठन गरेको र समितिले स्वेच्छाचारी ढङ्गबाट प्रक्रिया अगाडि बढाएकोमा आपत्ति जनाएको छ । अनेरास्ववियु केन्द्रीय समितिको निर्णय आइतबार सार्वजनिक गदै उपकुलपति चयन प्रक्रियाप्रति आपत्ति जनाएको हो । ‘उपकुलपति नियुक्तिका लागि सरकारले अपारदर्शी तवरले सिफारिस समिति गठन गरेको, समितिले स्वेच्छाचारी ढङ्गबाट प्रक्रिया अगाडि बढाएकोमा अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ । मेरिटोक्रेसीको नाटक मञ्चन गरेर पुनः राजनीतिक भागबन्डाको आधारमा उपकुलपति नियुक्त नगर्न र तत्काल वर्तमान शासकीय संरचना परिवर्तन गरी बोर्ड अफ ट्रस्टीको अवधारणाको नीतिगत व्यवस्था गर्न जोडदार माग गर्ने निर्णय गरिएको छ’, विज्ञप्तिमा उल्लेख छ ।…

Read More

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका रबि लामिछानेका तत्कालीन पार्टनर जिबी राईसँग राष्ट्रपतिका कानुनी सल्लाहकारको कनेक्सन भेटिएको छ। सर्वसाधारणले सहकारी संस्थाहरुमा जम्मा गरेको अरबौँ रुपैयाँ कुम्ल्याएर फरार रहेका गोरखा नेटवर्क प्रालिका अध्यक्ष जिबी राईसँग सल्लाहकार बाबुराम कुँवरको कनेक्सन देखिएको हो। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) समेत रहेका वसन्त कुँवरका दाई नाता पर्ने बाबुराम यस अगाडि गण्डकी प्रदेशको पहिलो प्रदेश प्रमुख बनेका थिए। त्यस अगाडि तत्कालीन प्रधानमन्त्री सुशील कोइराला भएका बेला कुँवरलाई महान्यायाधिवक्ता नियुक्त पनि गरिएको थियो। कुँवर कांग्रेसनिकट कानुन व्यवसायीको छाता संगठन डेमोक्रेटिल लयर्स एसोसिएसनका पूर्व अध्यक्षसमेत रहिसकेका छन्। हाल राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार रहेका उनी केही…

Read More

काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाहाले प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा शुभकामना सन्देश दिँदै प्रजातन्त्र आएको सत्तरी वर्षपछि पनि प्रजातन्त्रकै विषयमा विवाद, द्वन्द्व र बहसमै व्यस्त र ग्रस्त रहेको जनाएका छन्। भोलि फागुन ७ गते ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस बनाइँदैछ। ‘प्रजातन्त्र आधुनिक शासन पद्धतिको सर्वोत्तम विधि व्यवस्था हो,’ पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट जारी सन्देशमा भनिएको छ, ‘प्रजातन्त्रमा जनशक्ति र जनसम्मति नै विशिष्ट पक्ष हो। जनताको आस्था, चाहना र जनभावना अन्तत अमिर रहन्छ र यसलाई मेट्न खोजेर, बटारेर त्यो मेटिँदैन, बटारिन्न।’ निषेध र विभेदको राजनीति सुरु गरिएकोमा मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको महसुस आम नेपाली जनताले गरिरहेको उल्लेख गर्दै…

Read More