Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : प्रदेश सरकारको नेतृत्व भागबन्डामा सत्तारुढ दलहरु सहमति नजिक पुगेका छन् । माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको भेटमा यसबारे कुराकानी भएको छ । अब बस्ने सत्ता साझेदार दलहरुको बैठकले भागबन्डा टुंगो लगाउने तयारी छ । नाउपालाई सुदूरपश्चिममा मुख्यमन्त्री दिएर भए पनि लुम्बिनीमा समर्थन जुटाउने दलहरुको तयारी छ । तर नाउपा आफैंमा विभाजित छ । संरक्षक रेशम चौधरीको जोडबलमा नाउपा सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा सहभागी भएको छ । तर केन्द्रमा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको जोडबलमा प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेको छ । ५३ सदस्यीय प्रदेशसभामा…

Read More

काठमाडौँ : बी एन्ड सी कलेजको सम्बन्धन विवादमा सर्वोच्च अदालतले दुर्गा प्रसाईको पक्षमा फैसला सुनाएको छ। न्यायाधीशद्वय कुमार चूडाल र सारंगा सुवेदीको इजलासले प्रसाईको मागअनुसार रिट जारी हुने निर्णय सुनाएको छ। प्रसाईले आफ्नो बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन नदिएको भन्दै चिकित्सा शिक्षा आयोग, काठमाडौँ विश्वविद्यालयलयागत निकायका विरुद्ध २०७७ असारमा रिट दायर गरेका थिए। आफ्नो मेडिकल कलेजलाई सम्बन्धन नदिएको भन्दै चिकित्सा शिक्षा आयोग, काठमाडौँ विश्वविद्यालयलगायत निकायका विरुद्ध २०७७ असारमा प्रसाईले दायर गरेको रिटको अन्तिम सुनुवाइ मंगलबार सकिएको हो।

Read More

काठमाडौं : युवा हिटर आदिल अन्सारी नेपाली क्रिकेट टोलीमा फर्किने बाटो खुलेको छ । गतवर्ष पुसमा नेपाल टी-२० लिगमा स्पट फिक्सिङ गरेको आरोप लागेपछि उनी नेपाल र घरेलु क्रिकेट दुबैबाट बाहिर थिए । उक्त आरोपपछि पक्राउ परेका पूर्वक्रिकेटर महबुब आलम र अन्सारीलाई अदालतको आदेशमा ३ लाख धरौटी बुझाएर रिहा भएका थिए । उक्त मुद्धामा अन्तिम फैसला नहुँदा आदिलले घरेलु र अन्तर्राष्ट्रिय दुबै खेल खेल्न पाएका थिएनन् । सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले आरोपमा दाबी नपुग्ने भन्दै आदिल र महबुबसँगै स्पट फिक्सिङको आरोप लागेका पाँच जनालाई नै सफाइ दिएको छ । योसँगै नेपाली क्रिकेट टोलीमा फर्किएने बाटो खुलेको…

Read More

धनगढी : कर्णाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन्। होली पर्वको अवसरमा सोमबार दिउँसो चिसापानीस्थित कर्णाली नदीमाथि रमाइलो गर्दै पौडी खेल्न हाम फालेका १७ जनामध्ये एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता हुनेमा लम्किचुहा नगरपालिका ३ चिसापानी बस्ने अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही छन्। पुलबाट रमाइलो मान्दै फोटो सुट गर्दै पौडी खेल्न नदीमा हाम फालेका उनी बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दका अनुसार बेपत्ता शाहको खोजी कार्य भइरहेको छ। [भिडिओ]

Read More

काठमाडाैं : नेपालले पहिलो टी २० क्रिकेटमा सोमबार आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २१ रन बनाएको थियो ।  जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.१ ओभरमै केवल चार विकेट गुमाएर विजयलक्ष्य पुरा गर्‍यो । नेपालको जितमा सन्दीप जोरा, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले महत्वपूणर् योगदान गरे । सन्दीपले ३६, कुशल भुर्तेलले अविजित ३७ र दीपेन्द्रले अविजित २० रन बनाए ।

Read More

काठमाडौं : नवनियुक्त वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ ग्रहण गराएका हुन् । आज दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्कीलाई प्रधानमन्त्री प्रचण्डले शपथ ग्रहण गराएका हुन् । कार्की आजै राज्यमन्त्री नियुक्त भएका थिए । उनी जसपाबाट मन्त्री बनेका हुन् ।

Read More

काठमाडौँ : नेपाल भ्रमणमा रहेको आयरल्यान्ड वुल्भ्सको टोलीले टी–२० आई सिरिजको पहिलो खेलमा नेपाली टोलीसामु जितका लागि १ सय २२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा१ सय २१ रन बनाउँदा अलआउट भयो। आयरल्यान्डका लागि ओपनर तथा विकेट किपर स्टेफन डोहिनीले बनाएको ४६ रन नै सर्वाधिक रह्यो। ३९ बलमा ४ चौका र २ छक्का प्रहार गरेका स्टेफन चौथो ओभरको पहिलो बलमा कुशल भुर्तेलको बलमा दिपेन्द्र सिंह ऐरिको हातबाट क्याच आउट भए। लियम म्याकार्टीले १६ रन बनाउँदा ललित राजवंशीको बलमा एलबीडब्लु धरापमा परे। थोमस मयस १६ रन बनाउँदा रन आउट…

Read More

काठमाडौँ : ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत सशस्त्र प्रहरी बल नेपालले चौबीसै घण्टा सीमा क्षेत्रमा गस्ती परिचालनको लागि ‘सीमा पैदल गस्ती परिचालन सम्बन्धी अवधारणा पत्र, २०८०’ तयार गरी लागू गरेको छ। अन्तर्राष्ट्रिय सीमा इलाकामा एक प्लाटुन सशस्त्र प्रहरी बल नेपालको फौज परिचालनमार्फत सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले यो अवधारणा पत्र तयार गरी लागू गरिएको हो। योसँगै अब प्रत्येक प्रदेशमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा एक प्लटुन टोली चौबीसै घण्टा सीमा गस्तीमा तैनाथ रहने सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। सीमासँग जोडिएका जिल्लाहरुका सीमा स्तम्भ तथा दशगजा क्षेत्रको सुरक्षा, सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा…

Read More

काठमाडौँ : नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ए टोलीले घरेलु टोलीविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्याण्ड ‘ए’ले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। आयरल्यान्डसँगको दुई टी–२० खेलपछि नेपाली टोलीले भारतमा हुने फ्रेन्डसिप कप खेल्नेछ। नेपालको सुरुवाती ११कुशल भुर्तेल, आशिफ शेख, रोहित कुमार पौडेल, कुशल मल्ल, अविनाश बोहोरा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित नारायण राजवंशी, गुल्सन झा र दिपेन्द्र सिंह ऐरी

Read More

काठमाडौँ : काभ्रेको बनेपामा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। सोमबार बिहान साढे १० बजे बनेपा नगरपालिका१२ बाँसडोल थुम्कामा बा २ ख ९४५६ नम्बरको बस दुर्घटनामा परेको हो। बाँसडोलबाट बनेपा तर्फ आउँदै गरेको बस आफैँ अनियन्त्रित भई स्थानीय शिवप्रसाद ज्ञावलीको साढे दुई तल्ले पक्की घरको गेटमा ठक्कर खाएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेको बसमा ३० जना सवार थिए। जसमध्ये १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। घाइतेलाई शिरमेमोरीयल अस्पताल बनेपा पठाएको छ। दुर्घटनामा परेको बसका चालक पनि घाइते छन्।

Read More