Author: महेन्द्रनगर पोष्ट

धनगढी : कैलालीको हाटखोलीमा विस्फोटक पदार्थ फेला परेको छ । बुधबार बिहान गोदावरी नगरपालिका–४ को हाटखोलीमा विस्फोटक पदार्थ भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले नेपाली सेनाले प्रयोग गर्दै टुइन्च मोटर बम फेला परेको जानकारी दिए । उनकाअनुसार स्थानीयले हाटखोलीस्थित खोलामा टुइन्च मोटर बम देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तत्काल नेपाली सेनाको बम डिस्पोजल टोली मगाएको थियो । उक्त टोलीले बमलाई डिस्पोज गरेर फर्किएको प्रहरीले जनाएको छ । हाटखोली क्षेत्रमा नेपाली सेनाले तालिम अभ्यास गर्ने गरेका कारण सोही क्रममा बम हराएको हुनसक्ने अनुमान गरिएको छ ।

Read More

काठमाडौं : नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन आगामी वैशाख २१ गते लुम्बिनीमा हुने भएको छ । महासंघको आज बसेको बैठकले महाधिवेशनको मिति र स्थान तय गरेको हो । बैठकले प्रदेश अधिवेशन वैशाख १ देखि १२ गतेसम्म सम्पन्न गरिसक्ने निर्णयसमेत गरेको छ । त्यसअघि महासंघका सबै शाखा समिति, प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाको अधिवेश गर्न निर्देशन दिइएको छ । अधिवेशन सम्पन्न गर्दा महासंघबाट केन्द्रीय प्रतिनिधिको अनिवार्य सहभागिता हुनुपर्ने निर्णय छ । बैठकले महाधिवेशन तयारीका लागि अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्याक्ष रमेश विष्ट र महासचिव रोसन पुरीको नेतृत्वमा स्टेरिङ समिति गठन गरेको छ । सो समितिले महाधिवेशनको सम्पूर्ण तयारीलगायत प्रदेश र…

Read More

धनगढी : बझाङको बुंगल नगरपालिकामा चालु आर्थिक बर्षको सात महिनामा ४ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबारबाट बुंगल नगरपालिकाको प्रशासन र आर्थिक अधिकार सहितको जिम्मेवारी नगरपालिकामा स्वास्थ्य सेवा इन्स्पेक्सन समुह अधिकृत स्तर छैठौं तहमा कार्यरत नरेश कुँवरलाई दिएको छ । गत असोजमा नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रशाद चापागाईको मकवानपुर सरुवा भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई महिनाको लागि नगरपालिकाको प्रशासन र आर्थिक अधिकार सहित निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी धुर्वराज जोशीलाई दिएको थियो । उनको कार्याअवधि मंसिर २४ गते सकिएपछि फेरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिकाको प्रशासन…

Read More

काठमाडौं : नेपाली सेनाका नवनियुक्त अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्राड (कानुन) सेवा र प्राविधिक सेवाअन्तर्गत स्वास्थ्य समूहमा रिक्त अधिकृत पदहरुमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट छनौट भएका दुई जना उपसेनानी (लप्टन) र ५३ जना प्राविधिक उपसेनानीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्मा,बलाधिकृत रथी अशोकराज सिग्देल, सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकालले दर्ज्यानी चिन्ह प्रदान गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सो क्रममा प्रधानसेनापति शर्माले नवनियुक्त अधिकृतहरुलाई बधाई पनि दिएका थिए । कार्यक्रममा सेनाका रथीवृन्द,अधिकृतहरु साथै नवनियुक्त अधिकृतका परिवारजनको उपस्थिति थियो ।

Read More

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सभामुखलाई पत्र लेखी नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथि आफूहरुले अनुसन्धान गरिरहेको जानकारी गराएको छ । सीआईबीले सभाामुख देवराज घिमिरेलाई पठाएको पत्रमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सांसद चौधरीमाथि अनुसन्धान भइरहेको उल्लेख गरिएको छ । ‘‘बाँसबारी छाला जुत्ता कारखाना लि।को नाममा दर्ता कायम रहेको का.जि.का.म.पा. ३ स्थित १०–०–०–० (दस रोपनी) जग्गा गैरकानुनी तवरबाट च्याम्पियन फुटवेयर लि. को नाममा स्वामित्व हस्तान्तरण गरेको सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लि. का संस्थापक शेयर धनी तथा तत्कालिन संचालक समितिका सदस्य संघीय संसदका माननीय सदस्य श्री विनोद कुमार चौधरीका सम्बन्धमा यस…

Read More

धनगढी : पिथौरागढमा सम्पन्न नेपाल–भारत सीमा समन्वय बैठकले दुई देशबीचको बैतडीको झुलाघाट नाका बुधबार बेलुकी ७ बजेसम्म खोल्ने सहमति भएको छ। यसअघि बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ने सो नाका अबदेखि बेलुका ७ बजेसम्म खोल्ने सहमति भएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए। बैठकमा भारतमा हुने लोकसभा चुनावलाई मध्यनजर गरेर सीमा क्षेत्रमा अपनाउनुपर्ने सतर्कताबारे पनि छलफल भएको छ। साथै दुवै देशका सीमा क्षेत्रमा हुनसक्ने आपाराधिक गतिविधि नियन्त्रण, मानव तथा वन्यजन्तु तस्करीमा रोक, लागुऔषध ओसारपसारमा रोकलगायतका विषयमा पनि बैठकमा छलफल भएको छ। बैठकमा भारतीय पेन्सनरी नेपालीलाई सहजता गर्ने, सीमा क्षेत्र भएर बग्ने महकाली नदीको सरसफाइ, द्विपक्षीय सीमा क्षेत्रका विविध…

Read More

धनगढी : जिल्ला प्रहरी कार्यालय डडेल्धुराको मुद्दा शाखामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक करविर सिंह ऐरको बढुवा भएको छ । गृह मन्त्रालय सचिव स्तरको निर्णयबाट उनी प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा भएका हुन् । बढुवापछि डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक कुमार कार्कीले उनलाई आज दर्जानी चिह्न प्रदान गरेका छन् । केही समयअघि जिल्ला प्रहरी कार्यालय बझाङबाट सरुवा भएर आएका ऐर मुद्दा शाखामा अनुभवी कर्मचारीका रुपमा चिनिन्छन् । बझाङ सरुवा हुनुअघि पनि उनी डडेल्धुरा प्रहरीकै मुद्दा शाखा हेर्थे । उनी चाडैं रिटार्यड हुने लाईनमा छन्।

Read More

काठमाडौं: चट्याङ लागेर पाँचथरमा एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ। प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको गएराति चट्याङ लागेर मृत्यु भएको हो।  गएराति ११:२० बजे प्रहरी चौकीको ढोकामा उभिएका माझीलाई चट्याङको झड्का लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए। चौकीमा रहेका अन्य प्रहरीले माझीलाई उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पुर्‍याएका थिए। ‘प्राथमिक उपचारपश्चात् थप उपचारका लागि मध्यरात जिल्ला अस्पताल पुर्‍याएका थियौँ। चिकित्सकले करिब राति १२ बजे माझीलाई मृत घोषित गरेका थिए’ प्रहरी निरीक्षक कुशवाहाले भने। उनका अनुसार प्रहरी सहायक हवल्दार माझी साँझको गस्ती गरिरहेका बेला…

Read More

धनगढी: भीमदत्त राजमार्ग अन्तर्गत डडेल्धुराको शाहुखर्कमा रहेको ‘बाजेको खिर’ पसल चर्चित छ। सोही पसलमा खिर खान अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्क पुगेकी छिन्। बुधबार अष्ट्रेलियन राजदूतावासको आधिकारि फेसबुक पेजमार्फत भोल्क उक्त पसलमा गएर खिर खाएको जानकारी दिइएको छ। ‘बाजेको खिर पसलमा खिरको मजा लिइयो’ तीन वटा फोटो राखिएको उक्त फेसबुक पोष्टमा भनिएको छ। उक्त खिर पस स्वर्गीय शेरबहादुर देउवाले सञ्चालनमा ल्याएका थिए। डडेल्धुराको साहुखर्कमा रहेको चर्चित बाजेको खिर पसलका सञ्चालक देउवाको गत जेठ ९ गते निधन भएको थियो। अहिले उनका छोराले उक्त खिर पसल बाजेको खिर’ पसलकै नाममा सञ्चालन गरिरहेका छन्।

Read More

धनगढी: सुदूरपश्चिममा ५ जना दशाैं तहका कर्मचारीको बढुवा भएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयस्थित बढुवा समितीको सूचना अनुसार रिक्त पदहरुका लागि योग्य उम्मेदवारको बढुवा गरिएको हो। जसमा कृषितर्फका २ जना र स्वास्थ्यका ३ जना गरि ५ जनाको बढुवा भएको छ। ती ५ जनामा कृषितर्फका टीकाराम थापा र खगेन्द्र प्रसाद शर्मा रहेका छन् भने स्वास्थ्यतर्फका नरेन्द्रसिंह कार्की, डा. शेरबहादुर कमर र खगेन्द्रराज भट्ट रहेका छन्। उनीहरुलाई लोक सेवा आयोगले बढुवा सिफारिस गरेको थियो। दशौ तहका उनीहरु एघारौं तह (सहसचिव) स्तरमा बढुवा भएका हुन्। हेर्नुहोस् सूचना

Read More