Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुरः कञ्चनपुरमा भरुवा बन्दुक फेला परेको छ। भीमदत्त नगरपालिका–१५ गोबरिया राधाकृष्ण टोल स्थित फोहोर नाला खन्ने क्रममा भरुवा बन्दुक फेला परेको हो। शुक्रवार दिउँसो माटोभित्र खिया लागेको अवस्थामा भरुवा बन्दुक थान १ फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट आवश्यक अनुसन्धान भईरहेको छ।

Read More

धनगढी : कैलालीमा नेपाली सेनाको गाडीले मोटरसाइकलाई ठक्कर दिएको छ। शुक्रबार गोदावरी नगरपालिका २ को राष्ट्रिय वाणिज्य बैंक नजिकै गोदावरीतर्फ जादै गरेको बा६८ प५९८४ नम्बरको मोटरसाइकलाई तेघरी ब्यारेकको गाडीले ठक्कर दिएको हो। प्रहरीकाअनुसार लेस नायक दमन बहादुर सिहले चलाएको तेघरी ब्यारेकको बा९च ५७३६ नम्बरको टाटा पिकअप जिपले ठक्कर दिएको हो। ठक्करबाट मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका ९ बस्ने २० वर्षीय नविन चौधरी र पछाडि सवार जानकी गाउँपालिका ४ बस्ने २४ वर्षीय कृष्ण डगौरा घाइते भएका छन्। उनीहरूको अत्तरियाको पद्मा अस्पतालमा उपचार भइरहेको छ । सेनाको जिप र चालक सिहलाई इलाका प्रहरी कार्यालय मालाखेतिले नियन्त्रणमा लिएको छ ।

Read More

धनगढी : बझाङको सदरमुकाम चैनपुरमा गएराति एक पसलमा आगलागी भएको छ । जयपृथ्वी नगरपालिका ११ का वडा अध्यक्ष सर्जन थापाको चैनपुरमा रहेको घरमा आलगाली भएको हो । घरको भुँईतलामा रहेको सिलाई सेन्टरमा अचानक बिद्युतको तार सर्ट भई आगलागी भएको जिल्ला प्रहरि कार्यालय बझाङले जनाएको छ । आगलागि बाट पसल र घर भित्र रहेका सम्पुर्ण सामानहरु पुर्ण रुपमा जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरक्षक आनसिंह धामीको कमाण्डमा ६० जनाको प्रहरी टोली र जयपृथ्वी नगरपालिकाको दमकल र स्थानिय मानिसहरुको सहयोगमा आगो नियन्त्रण लिइएको थियो ।

Read More

धनगढी : बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। गएराति ९ बजे जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ६ नौरामा चट्याङ लाग्दा एक जनाको मृत्यु भएका छ भने ७ जना घाइते भएका छन्। मृत्यु हुनेमा ५२ वर्षीय गजेन्द्र बहादुर सिंह रहेका छन् । त्यस्तै घाइते हुनेमा मृतक सिंहकी १८ वर्षीया छोरी शान्ति सिंह, ३० वर्षीय धिरेन्द्र बहादुर सिंह, उहाँकी श्रीमती निशा सिंह, छोरी कृतिका सिंह रहेका छन्। त्यस्तै सोही ठाउँका धन बहादुर सिंहकी श्रीमती ४० वर्षीया पञ्चादेवी सिंह, उहाँको छोरा ९ वर्षीय नितेश सिंह र छोरी १३ वर्षीया लक्ष्मी सिंह रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक…

Read More

काठमाडौं : कमेडी च्याम्पियनका प्रतियोगी चढेको गाडी शुक्रबार भक्तपुरमा दुर्घटनामा परेको छ। सूर्यविनायक नगरपालिका वडा नम्बर १० मा कार दुर्घटनामा परेको हो। बागमती प्रदेश ०१-०२६ च ०३५९ नम्बरको कार अनियन्त्रित भई प्रदेश ३-०१-००३ क ६२९८ नम्बरको टिपरसँग ठोकिएको थियो। दुर्घटनामा कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीसहित ६ जना घाइते भएको र तीमध्ये एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले जानकारी दिए। कारमा कमेडी च्याम्पियनका निर्देशक भण्डारीसहित पूजन अधिकारी, सुशान्त बस्याल, रजनेस अर्याल, प्रकृति गिरी र पवन भट्टराई घाइते भएका छन्। भण्डारी र अधिकारी अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। अरूको मध्यपुर थिमी अस्पतालमा उपचार भइरहेको छ। उनका अनुसार गम्भीर…

Read More

काठमाडौं : थाइल्याण्डमा अलपत्र परेका १३ नेपालीको उद्धार गरिएको छ। थाइल्याण्डमा अलपत्र परेका १३ नेपालीको उद्धार गरी आज शुक्रबार नेपाल ल्याइएको हो। थाइल्याण्डस्थित नेपाली राजदूतावास बैंककले एक विज्ञप्ति जारी गर्दै थाइल्याण्ड र म्यान्मार सीमा नजिक म्यान्मारको म्यावड्डीमा विगत लामो समयदेखि समस्यामा परेका १३ नेपाली नागरिकहरूलाई थाई परराष्ट्र मन्त्रालय, थाई इमिग्रेसन ब्यूरो र नेपाली राजदूतावासको समन्वयमा उद्धार गरेको जनाएको छ।

Read More

धनगढी : शिक्षक सेवा आयोगले अहिले प्राथमिक तहको शिक्षकको मौखिक एवं अन्तिम परिक्षाको परिक्षाफल प्रकाशन गरिरहेको छ। १९ वर्षको कलिलो उमेरमै नाम निकालेपछि बझाङको बित्थडचिर गाउँपालिका १ का किशोर बोहरा चर्चामा छन्। सम्भवत: उनी देशकै कान्छा शिक्षक बनेका हुन्। उनै किशोरलाई अहिले बधाई र शुभकामना थाप्न उनलाई भ्याइनभ्याइ छ। २०७६ सालमा १४ वर्षमा एसईई दिएका किशोर १९ वर्षमा शिक्षक बनेका हुन्। बझाङमै उनका बुबा रामबहादुर पनि शिक्षण पेसामै छन्। बझाङको केदार माविमा १२ कक्षासम्म पढेका किशोर सानैदेखि पढाइ राम्रो दिए। घरमा बुबा शिक्षक भएर होला उनलाई पनि शिक्षक भएर सेवा गर्ने सपना थियो। ‘सुनकुडा क्याम्पसमा स्नातक तह दोस्रो वर्षमा पढ्दै…

Read More

महेन्द्रनगर : नेपाल र भारतको सीमानाका रहेको टनकपुरस्थित नदीमा डुबेर २ जनाको मृत्यु भएको छ। आज (शुक्रबार) टनकपुर शारदाघाट नजिकै नदीमा डुबेर उनीहरूको मृत्यु भएको हो। भारतीय प्रहरीका अनुसार मृत्यु हुनेमा आमाछोरी समेत रहेका २८ वर्षीया कन्चन र उनकी छोरी ४ वर्षीया दिव्यान्सी रहेका छन्। उनीहरू भारतीय नागरिक हुन्। अहिले उनीहरूको शव प्रहरीले सनाखत गरिसकेको र थप अनुसन्धान भैरहेको बताइएको छ।

Read More

काठमाडौं : पूर्वमन्त्रीका छोरालाई चेकिङ (जाँच) गर्दा ९ प्रहरी कर्मचारी कारबाहीमा परेका छन्। पूर्व बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीका छोरालाई चेकिङ गर्दा ९ प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिएको हो। सबैको जिम्मेवारी खोसेर अन्यत्र सरुवा गरिएको छ। घटना भएको तीन महिना बितिसक्दा समेत प्रहरीमाथि छानबिन गर्दै कारबाही अझै रोकिएको छैन। घटना ६ पुसको हो। बिहानको करिब ११ बजेतिर प्रहरी प्रभाग इमाडोलले प्रहरी बिट भन्दा केही अगाडि चेकिङ राखेको थियो। त्यस क्रममा ग्वार्कोतर्फबाट बागमती प्रदेश–०२–०३९ प ८३८१ नम्बरको बुलेट मोटरसाइकलमा तीन युवा बिना हेल्मेट आएपछि प्रहरीको चेकिङमा परेका थिए। घटना भएको दिन ललितपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, तत्कालीन…

Read More

धनगढी : धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले होली मिलन कार्यक्रम मनाएको छ । सुदूरपश्चिम प्रदेशसभा सदस्य चक्रबहादुर मल्लको प्रमुख आथित्यतामा स्ववियुले होली मिलन कार्यक्रम मनाएको हो । अनेरास्ववियुका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज दिपक धामी विशिष्ट अतिथि, क्याम्पस प्रमुख धर्मदेव भट्ट, अनेरास्ववियुका सुदूरपश्चिम प्रदेश अध्यक्ष मनोज राई, उपाध्यक्ष रोहित बोगटी, अनेरास्ववियुका केन्द्रीय सदस्य प्रमोद खड्का, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य घनश्याम बम लगायतको कार्यक्रममा सहभागीता रहेको थियो । हाम्रो परम्परा हाम्रो संस्कृति, हाम्रो रितिरिवाज युवा विद्यार्थीले नै जोगाउनुपर्छ भन्ने उद्देश्यले होली मिलन कार्यक्रम आयोजना गरिएको स्ववियुका सभापति कुँवेर खड्काले बताए ।

Read More