Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : गृहमन्त्री रवि लामिछानेले प्रहरीलाई अनुहार, पद, प्रतिष्ठा नहेर्न आग्रह गरेका छन् । उनले प्रमाण जुटाउँदै निष्पक्ष भएर अनुसन्धान तथा कारवाही गर्नुपर्ने सल्लाह दिए । प्रहरी मुख्यालय निरीक्षणपछि उच्च प्रहरी अधिकृतहरुलाई निर्देशन गर्दै उपप्रधानमन्त्री लामिछानेले भने, ‘तपाईंहरुलाई देख्दा बदमासहरूलाई डर होस् र आम सर्वसाधरणलाई भर होस् ।’ उनले मीटरब्याज र सहकारी पीडितहरूको समस्या ठूलो चुनौति रहेको उल्लेख गर्दै आर्थिक अपराध, ठगी, साइबर क्राइम लागूऔषध कारोबारलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीलाई निर्देशन दिएका छन् । मन्त्री लामिछानेलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेको बताइन्छ ।

Read More

धनगढी : धनगढीमा जंगली बदेल र चित्तलको ६१ किलो मासु बरामद गरिएको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र प्रहरी चौकी कैलाली गाउँबाट खटिएको टोलीले आइतबार धनगढी उपमहानगरपालिका–१३ बाट ६१ किलो मासु बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले से २ प ३७९६ नम्बरको मोटरसाइकलमा बेवारिसे अवस्थामा उक्त मासु बरामद गरिएको जानकारी दिए । उनकाअनुसार जंगली बदेलको जस्तो देखिने ३८ किलो र चित्तलको जस्तो देखिने १६ किलो गरेर ६१ किलो मासु बरामद गरिएको हो । जसमा ७ किलो आन्द्रा, भुडीसहितकाे रहेकाे छ । बरामद गरिएको मोटरसाइकल र मासु आवश्यक कारवाहीका लागि डिभिजन…

Read More

धनगढी: एमाले बैतडीको नवौं अधिवेशनको तयारी पूरा भएको छ। भोलिदेखि पाटनमा शुरु हुने जिल्ला अधिवेशनको तयारी पूरा भएको हो। अधिवेशनको उद्घाटनका लागि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बैतडी पुगिसकेका छन्। अधिवेशनका लागि ६ सय ३१ प्रतिनिधि छनौट भएका छन्। यस्तै अधिवेशनबाट अध्यक्ष बन्नका लागि आधा दर्जन जतिले इच्छा प्रकट गरेका छन्। जसमध्ये युवा तथा विद्यार्थी नेता एवं अनेरास्ववियुका केन्द्रिय उपाध्यक्ष गोविन्द गिरीले आफ्नो सशक्त दाबेदारी रहेको महेन्द्रनगरपोष्टलाई बताए। उनले आफू उम्मेदवार रहने बताउँदै सहमतिमै नेतृत्व चयनको प्रयास गरिने जनाए। उनी युवाहरू माझ लोकप्रिय मानिन्छन्। उनीसहित नरेश विक, लोकेन्द्र भण्डारी, नरेन्द्र बिष्ट र हजारी साउँद लगायतले पनि अध्यक्षमा आकांक्षा देखाएको बताइन्छ।

Read More

काठमाडौं : स्वार्थको मन्त्रालय जोडिएको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र श्रममन्त्री डिपी अर्याललाई तत्काल मन्त्रालय हेरफेर गर्नुपर्ने भन्दै प्रधानमन्त्री कार्यालयमा निवेदन परेको छ। निवेदन युवराज सफलले आज प्रधानमन्त्री कार्यलय सिंहदरबारमा पुगेर दिएका हुन्। उनले निवेदनमा रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्धा सर्वोच्च अदालतमा विचाराधीन रहेको निज गृहमन्त्रीमा रहदा आफ्नो राहदानी सम्बन्धी मुद्धाको अनुसन्धान प्रभावित पार्ने एवम् प्रमाण नष्ट गर्ने संभावना देखिएको तथा सहकारी ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेकोले उनी गृहमन्त्री हुँदा अनुसन्धान प्रभावित र प्रमाण नष्ट गर्न सभावना देखिएको बताएका छन्। त्यस्तै, निज रवि लामिछानेमाथि सम्पत्ति शुद्धिकरण विभागले समेत अकुत सम्पत्ति कमाएको आरोपमा आवश्यक अनुसन्धान एवम् छानविनसमेत गरिरहेकोले उनी तत्काल पदमा रहिरहन…

Read More

काठमाण्डौ: युक्रेन युद्धमा रुसी सेनाको तर्फबाट भारतीयहरु पनि भिडिरहेको जनाइएको छ। दर्जनौं भारतीय रुसी सेनामा भर्ति भएको र यसबीच दुई जनाको मृत्यु भएको समाचार छ। भारतीय विदेश मन्त्रालयका अधिकारीहरुले यसबारे रुससँग कुरा भइरहेको र रुसी सेनामा भारतीयलाई भर्ना नगराउन आग्रह गरिएको जानकारी दिएका छन्। संघीय अनुसन्धान एजेन्सी र केन्द्रीय अनुसन्धान ब्यूरोले भारतबाट मानव तस्करी गरेर रुस पुर्याइएको र सेनामा भर्ना गराइएको तथ्य फेला पारेको विदेश मन्त्रालयले बताएको छ। सञ्चार माध्यमहरुका अनुसार कम्तीमा तीन दर्जन भारतीय रुसी सेनामा भर्ना भएका छन्। उनीहरुलाई पहिले डेलिभरी ब्वाई र हेल्परको रुपमा लगिएको पाइएको छ। तर, सोही उद्देश्यमा मस्को पुगेका भारतीयहरुले रुस सरकारले आफूहरुलाई स्थायी…

Read More

कैलालीः क्याप्टेन बेद उप्रेतीले सुदूरपश्चिम चिनाउने पुस्तक बजारमा आएको छ । सुदूरपश्चिमको भू स्वर्गको परिकल्पना गरिएको पुस्तक बजारमा आएको हो । उप्रेतीद्वारा लिखित दुर्गम विस्मयलोकर भूस्वर्गको परिकल्पना ‘सुदूपश्चिम नेपाल’को लोकापर्ण गरिएको छ ।पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुस्तक लोकार्पण गर्दै धार्मिक, साँस्कृतिक, पर्यटकीय हिसाबले सुदूरपश्चिम सम्भाव नै सम्भावना बोकेको क्षेत्र भएकोे बताए । उनले उप्रेतीद्वारा लिखित पुस्तकले सुदूरपश्चिमलाई नेपाल र नेपाल बाहिर चिनाउन सहयोग गर्ने बताए । कार्यक्रममा काँग्रेस नेता रमेश लेखकले पुस्तकले सुदूरपश्चिमभित्र लुकेर बसेका सम्पदालाई बाहिर ल्याउने काम गरेको बताए । लेखकले भने, सुदूरपश्चिममा कहाँ कहाँ अनुपम सम्पदा छन् र तिनको सदुपयोग कसरी गर्न सकिन्छ…

Read More

बैतडी: सुर्नया गाउँपालिकाको केन्द्र रौलेश्वर बजार क्षेत्रमा जहाँतहीँ सिसा फालिन्छन्। पसल वरपर, नाली र सडक छेउछाउ तथा खाली चौरमा जहाँतहीँ सिसा देखिन्छन्। सोही ठाँउको सन्सेरीमाण्डौ बजार क्षेत्रको पनि अवस्था उस्तै छ। जिल्लाका अधिकांश बजार क्षेत्र तथा सडक छेउछाउमा सिसा अव्यवस्थित रुपमा यत्रतत्र देख्न पाइन्छ। ‘गाउँघरतिर मदिराका पसलहरू थुप्रै खुले, सिसीहरू जहाँतहीँ फालिन्छन्,’ सुर्नया गाउँपालिका –४ स्थित पञ्चदेव आधारभुत विद्यालयका शिक्षक भानबहादुर महरा भन्छन्, ‘ग्रामीण बजारहरू मदिरा पसलले भरिन थाले, सिसाले वातावरण भरियो।’ जहाँतहीँ फुटेका सिसाले विद्यार्थीहरूका लागि हिँडडुलमा समस्या आएको शिक्षक महरा बताउँछन्। ‘हिंडडुल गर्ने बाटो तथा ग्रामीण सडक र खेतहरूमा समेत सिसाहरू धेरै छन्।’ ग्रामीण क्षेत्रमा सडकको पहुँच पुगेसँगै…

Read More

काठमाडौं : त्रिकोणात्मक टी-२० आई श्रृङ्खलाको पहिलो खेलमा आज नेपालले हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ः१५ मा मोकं कोकमा सुरु हुनेछ । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच आजदेखि त्रिकोणात्मक टी-२० आई श्रृङ्खला सुरु हुँदैछ । त्यसअघि नेपालले शनिबार हङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेलमा नेपाल ७३ रनले पराजित भएको थियो । त्रिकोणात्मक श्रृङ्खला खेल्न नेपाली टोली बिहीबार हङकङ गएको थियो । नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग अर्को खेल खेल्नेछ ।फागुन ३० गते त्रिकोणात्मक श्रृङ्खलाको फाइनल खेल हुनेछ । नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।  यतिबेला (आइतबार) देशका पहाडी भूभागसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै भूभागमा आंशिक बदलीको अवस्था छ। देशको बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहने छ। राति पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश सहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहने छ। आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले आइतबार बिहान ६ बजे…

Read More

धनगढी : बाजुरामा शिवरात्रीको दिन भाङ खाएर नदिमा हाम फालेकी छिन । जिल्लाको त्रिवेणी नगरपालिका-२ कि जानकी न्यौपानेले बुढिगङ्गा नदिमा हामफालेकी हुन । उनले आफ्नो फेसबुक पोस्टमा झुक्याएर भाङ खुवाएपछी सहन नसकेर नदिमा हाम फालेको उल्लेख गरिकी छिन । साथै आफ्नो मृत्यु र परिवारको जिम्मेवारी भाङ खुवाउनेले लिनुपर्ने लेखेकी छिन् । जानकीको शव शनिबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए । मृतक महिला गाउँ सिम्लाबाट बुढीगंगा नदीमा हिडेर पुग्न करिव चार घण्टा लाग्छ । शुक्रबार महाशिवरात्रिका साथै नारी दिवस पनि परेको थियो । मृतक महिला उनको गाउँ सिम्लामा नै नारी दिवस मनाउने कार्यक्रममा…

Read More