Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको ६ महिनामा देशभर १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनहरूलाई कारबाही गरेको छ। गत साउनदेखि पुस मसान्तसम्म गरिएको कारबाहीबाट ७९ करोड ७१ लाख ४४ हजार आठ सय ५२ राजस्व सङ्कलन गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ। राजस्वमध्ये काठमाडौँ उपत्यकाबाट ३२ करोड ३३ लाख ७० हजार, कोशी प्रदेशबाट सात करोड ८७ लाख दुई हजार ९४३, मधेशबाट १० करोड पाँच लाख ५८ हजार ९०१, बागमतीबाट सात करोड ८८ लाख ४० हजार, गण्डकीबाट आठ करोड १८ लाख ७६ हजार छ, लुम्बिनीबाट नौ करोड ३८ लाख ६४ हजार दुई, कर्णालीबाट एक करोड ५६ लाख ४५…

Read More

काठमाडौं : नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो सुटकेस फुटाएर चकलेट चोरिएको गुनासो गरेकी छिन्। आज (आइतबार) प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष उनले गुनासो गरेकी हुन्। आफन्तहरूसँग मलेसिया र सिंगापुर भ्रमण सकेर विमानस्थल आएर सुटकेस लिने क्रममा सुटकेस फुटेको र चकलेट चोरी भएको अवस्थामा पाएको उल्लेख गरिन्। ‘संसारको कुन एयरपोर्टमा यात्रुको सुटकेस फुटाइन्छ। तर, नेपालको एयरपोर्टमा यसरी फुटाइँदो रहेछ,’ उनले भनिन्। उनले सरकारको यस्ता घटनातर्फ ध्यानाकर्षण हुनुपर्नेमा जोड दिइन्।

Read More

धनगढीः कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का २८ वर्षीय राजकुमार रानाको मृत्यु घटनामा पाँच महिनापछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का महेश चौधरी र चेतराज भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश डाँगीले जानकारी दिए। उनकाअनुसार उनीहरुलाई केही दिन अघि मात्र इलाका प्रहरी कार्यालय झलारीको टोलीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। पक्राउ पर्ने चौधरी प्रहरी सहायक हवल्दार समेत हुन्। राना गत २८ असोजमा कृष्णपुर नगरपालिकाको बालुवाफाँटा जंगलमा मृत भेटिएका थिए। मृतककी पत्नि सुशिला रानाले चौधरी र भण्डारीका नाममा पटकपटक किटानी जाहेरी दर्ता गर्न खोज्दा इलाका प्रहरी कार्यालय झलारीले इन्कार गरेको थियो। प्रहरीले जाहेरी…

Read More

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले घटेको हो। महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि गत शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५०० र तेजाबी सुन १ लाख १७ हजार ९५० रुपैयाँमा किनबेच भएको थियो। साथै गत शुक्रबारको तुलनामा आइतबार चाँदीको भाउ भने स्थिर रहेको छ। गत शुक्रबार १ हजार ३९० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ।

Read More

काठमाडौँ : कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्ध मुद्दाको पेसी आजका लागि तोकिएको छ । मुद्दाको आजदेखि निरन्तर सुनुवाइ हुने जनाइएको छ। ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरलगायतका आरोपमा आलमसहित ११ जनाविरुद्ध दायर रिटको सुनुवाइ हुन लगोको हो। आलम लगायतविरुद्ध दायर मुद्दा न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासमा पेसी तोकिएको छ। आइतबार गोला तान्ने क्रममा फाँट नम्बर ५ को गोला न्यायाधीश आचार्यले तानेका थिए। फाँट नम्बर ५ मा रहेको आलमको मुद्दामा अब निरन्तर सुनुवाइ हुने अपेक्षा गरिएको छ। यसअघि गत पुस २९ गते आइतबारका लागि उक्त मुद्दाको पेसी तोकेको थियो। तर उक्त दिन दिन न्यायाधीश अभावका कारण गोला नतानिएपछि…

Read More

धनगढीः कैलालीको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण बोहरा र पूर्व अध्यक्ष अशोकराज देवकोटा फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय, कैलालीमा नक्कली टिकट प्रकरणमा उनीहरूको समेत नाम जोडिएपछि दुबै जना फरार भएका हुन्। संघका वर्तमान अध्यक्ष बोहरा र पूर्व अध्यक्ष देवकोटाको नाममा पक्राउ पुर्जी जारी भएपछि उनीहरू सम्पर्कमा नरहेकोे कैलाली प्रहरीका प्रवक्ता कुलदिप चन्दले जानकारी दिए। डीएसपी चन्दका अनुसार घटना बारे अनुसन्धान जारी छ। सुदूरपश्चिम प्रादेशिक महोत्सव, अत्तरियामा नक्कली टिकट विक्री गरेको आरोप लागेका चार जना प्रहरीको हिरासतमा रहेका छन्। प्रादेशिक महोत्सवमा २८ वटा टिकट ठेली नक्कली टिकट बिक्रीका लागि राखिएको फेला परेका थिए। ठेली छपान गर्ने बमबहादुर बोगटी, रुजु…

Read More

धनगढीः कञ्चनपुरमा मामाको छोरालाई बञ्चरो प्रहार गरेर एक जना फरार भएका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–९ मा आफ्नै मामाको छोरालाई बञ्चरो प्रहार गरेर ४० वर्षीय रुद्रे भुल फरार भएका हुन्। हिजो (शनिवार) राति जोरायल टोलमा आफ्नै मामाको छोरा डम्मरे भुललाई बञ्चरो प्रहार गरेर रुद्रे फरार भएका कञ्चनपुर प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक बीर बहादुर बुडाऐरका अनुसार घाइते डम्मरको अवस्था गम्भीर रहेको छ। उनको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। बञ्चरो प्रहार गर्ने भुलको खोजी जारी रहेको छ।

Read More

बैतडी : बैतडीमा एक बंगुर खोरमा आगलागी हुँदा ११ बंगुर मरेका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ सान्नमा नरसिंह सुतार र महादेव धनाडीले सञ्चालन गरेकोे बङ्गुरको खोरमा आगलागी भएको हो। सालको काठले बनाइएको त्रिपालले छाएको खोरमा रातिको समयमा आगो लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। खोरमा आगो लागेपछि ११ वटा बङ्गुर जलेर मरेका प्रहरी निरीक्षक केसीले बताए। बंगुर खोरमा आगलागी हुँदा डेढ लाख बढीको क्षति भएको अनुमान गरिएको छ। आगलागीको कारण भने खुल्न सकेको छैन्। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।

Read More

काठमाडौं : नेकपा एकीकृत समाजवादीले आसन्न महाधिवशेनमा सदस्यता, नवीकरण, सङ्गठन विस्तार आदि कामको मूल्याङ्कनका आधारमा १० जिल्लालाई पुरस्कृत गर्ने भएको छ। संङ्गठन सुदृढीकरण अभियान अन्तर्गत पार्टी सदस्यता नवीकरण, अद्यावधि तथा विस्तार, राजनीतिक तथा सामाजिक गतिविधिको अभिलेखीकरण, प्रशिक्षणलगायत कार्यक्रम गरिने छन्। ती कार्यक्रमका आधारमा उत्कृष्ट जिल्ला पुरस्कृत हुने जनाइएको छ। महाधिवेशन केन्द्रित संङ्गठन सुदृढीकरण अभियानलाई थप गतिशील बनाउन यस किसिमको कार्यक्रम ल्याइएको पार्टी कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए। यही माघ २५ देखि आगामी चैत २५ गतेसम्म देशभर सञ्चालन हुने सो अभियान समाप्त भएलगत्तै जिल्लाको छनोट गरी पुरस्कृत गरिने उनले जानकारी दिए। सो पार्टीले सदस्यता नवीकरण गर्न आगामी चैत मसान्तसम्म समय…

Read More

बैतडी : ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा दिने महिला स्वास्थ्यकर्मीमाथि नै छाउपडी विभेद हुने गरेको पाइएको छ । महिला स्वास्थ्यकर्मीले डेरा नपाउने, महिनावारी भएका बेला खानेपानीको धारा छुन नपाउने जस्ता विभेद खेप्नु परेको स्वास्थ्यकर्मीले गुनासो गरेका छन्। जिल्ला स्वास्थ्य कार्यालय बैतडीले आधारभूत स्वास्थ्य सेवाको स्तरीय उपचार पद्धतिका बारेमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा देहीमाडौँ स्वास्थ्य चौकीका इन्चार्ज निर्मला पन्तले महिनावारी भएका बेला पानीको धारा छुन नदिने गरेको पीडा सनाइन्। मेलौली नगरपालिकाको महारुद्र स्वास्थ्य चौकीका अहेव सरिता न्यौपानेले गाउँलेले महिला स्वास्थ्यकर्मीलाई महिनावारी हुनु भयो कि नाई ? बच्चा जन्माउँदा छुनु भयो कि ? भन्दै प्रश्न सोध्ने गरेको बताइन्। सुत्केरी महिलालाई छोएको भए स्वास्थ्यकर्मीलाई खानेपानीको…

Read More