Author: महेन्द्रनगर पोष्ट

काठमाडौं । माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले प्रहरी नेतृत्वलाई निर्देशन दिएका छन् । गृहमन्त्री लामिछानेले आतबार आईजी वसन्तबहादुर कुँवर र सीआईबीका एआईजी श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएर महरालाई कारबाही गर्न निर्देशन दिएका हुन् । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न निर्देशन दिइएको गृह स्रोतले जनाएको छ । यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । त्यसैगरी गृहमन्त्री लामिछानेले बाँसबारी छाला जुत्ताको सरकारी जग्गा…

Read More

कैलाली:टीकापुर नगरपालिकाको १४औँ नगर सभामा एउटा वडालाई चार भागमा विभाजन गर्ने प्रस्ताव पारित भएको छ ।टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुको अध्यक्षतामा भएको नगर सभामा वडा नं १ लाई चार वटा वडामा विभाजन गर्ने प्रस्ताव वडा नं. १ का वडाध्यक्ष मोहन लुहार बिकले पेस गरेका थिए । सभाबाट वडा नं. १ लाई चार भागमा विभाजन गर्ने निर्णय पारित गरिएको उनले जानकारी दिए । ४६ हजार ६९८ जनसंख्या रहेको वडा नं. १ लाई चार वडामा विभाजन गर्ने निर्णय आवश्यक भएको बिकले बताए । राष्ट्रिय जनगणना २०६८ अनुसार ९८ हजार जनसंख्या रहेको टीकापुर नगरपालिकाको १ नं. वडामा मात्रै ४६ हजार जनसंखया…

Read More

बैतडी: बैतडीमा भन्सार छलीका सामान बरामद गरिएको छ । जिल्लाको दशरथचन्द नगरपालिका-५ धारीगाडस्थित सडक किनारा भन्सार छलीका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरीक्षक, नन्दराज जोशीले जानकारी दिए ।  खुद्रा किरानाका सरसामान खाने तेल, जीरा, मिठाइ, लुगा धुने सोडा लगायतका करीब २२ हजार ४ सय ९५ मुल्य बराबरका भन्सार छलीका सरसामान बरामद गरिएको प्रहरी निरीक्षक जोशीले बताए । शनिबार साझ जिल्ला  प्रहरी कार्यालयबाट खटिएको टोलीले उक्त सामान बरामद गरेको हो । उक्त सामान महाकाली भन्सार कार्यालय झुलाघाट पठाएको प्रहरीले जनाएको छ । 

Read More

धनगढी: कैलालीमा सुदूरपश्चिम प्रदेश प्रहरीको अनुसन्धान समूह (पिआइटी) ले अवैध भारतीय प्याज बरामद गरेको छ। जिल्लाको सत्ति भन्सार अगाडिबाट प्रहरीले प्याज बरामद गरेको हो। स्थानीय प्रहरी र पिआइटी टोलीले आइतबार बिहान खक्राैला नजिकैको पुरानो भन्सार नजिकबाट ६ क्विन्टल ६८ किलोग्राम प्याज बरामद गरेको जनाएको छ। उक्त प्याज थप अनुसन्धान एवं कारबाहीका लागि सत्ति भन्सार कार्यालयमा बुझाइएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरको एक घरमा आगलागी भएको छ। बेदकोट नगरपालिका-१ हात्तिथला स्थित प्रताप ऐरको जस्ता पाताले छाएको घरमा कुडो पकाउन बालेको आगोबाट अचानक आगलागी भएको हो। आगलागी हुँदा घर भित्र रहेको अन्न, लत्ताकपडा, भाँडाकुडा र पराल जली अन्दाजी ८५ हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्ष प्रकाश डाँगीले बताए। उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको डाँगीले बताए।

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला (आइतबार बिहान) देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहने छ। देशका बाँकी भूभागकार् मौसम मुख्यतया सफा रहने अनुमान महाशाखाले गरेकाे छ। आज दिउँसाे कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। तर, आज वर्षा भने कतै नहुने अनुमान मौसम पूर्वानुमान महाशाखाकाे छ। आज राति पनि देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने…

Read More

विराटनगर :मोरङको रंगेली नगरपालिका ३ मा आगलागी हुँदा २३ परिवारको बिचल्ली भएको छ । आगलागीबाट सन्थाल, सतार र मुसहर समुदायका २० घर जल्दा २३ परिवार प्रभावित भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवम् डिएसपी रञ्जन दाहालले जानकारी दिए । डिएसपी दाहालका अनुसार शनिबार दिउँसो करिब २ बजेतिर सुरु भएको आगो आइतबार बिहान ४ बजेमात्र पूर्णरुपमा निभाइएको छ । शनिबार पाँच बजेतिर आगोलाई नियन्त्रणमा लिइए पनि सानातिना आगो र धुवाँ आउने क्रम आइतबार बिहानसम्मै जारी थियो । आइतबार बिहान चार बजेमात्र आगो पूरै निभाइएको डिएसपी दाहालले भने । आगो निभाउन ७ वटा दमकल प्रयोग गरिएको थियो । पश्चिमबाट चलेको हावाका कारण…

Read More

धनगढीः धनगढी उपमहानगरपालिका–७ मोती चोकस्थित कैलाली होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक सहित सात जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी–७ का ४५ वर्षीय होटल सञ्चालक वीरबहादुर साउद लगायत ७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार ६ सय ५० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। केही दिन अगाडी धनगढी ५ हसनपुरबाट ५ जना जुवाडेहरुलाई समेत पक्राउ गरेको थियो ।

Read More

काठमाडौं : नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीको महिन्द्र राय यादव समूहबीच शनिबार एकता घोषणा भएको छ । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेश प्रसाद यादवसहितको समूहले माओवादी केन्द्रसँग एकताको घोषणाको सहमति गरेको हो । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको एकता संयोजन समितिको बैठकले एकताको निर्णय गरेको भन्दै माओवादी महासचिव देव गुरुङ र नेसपा महासचिव रमेशप्रसाद यादवले शनिबार संयुक्त विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा उल्लेख भए अनुसार पार्टी एकताका लागि वैचारिक एकरुपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ । कार्यदलमा माओवादी केन्द्रबाट महासचिव गुरुङ…

Read More

धनगढी : धनगढी उपमहानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुले पुर्णखोप अभियानमा सामाजिक तथा व्यवहार परिवर्तन सञ्चारको आवश्यकता महसुश भएको बताएका छन् । शनिबार धनगढीमा सम्पन्न तीन दिने व्यवहार परिर्वतन तालिममा सहभागिहरुले सो कुरा बताएका हुन । सहभागीहरुले सन २०२६ सम्ममा दादुरा रुबेला रोग निवारण गर्ने गरि राज्यले राखेको लक्ष्यलाई पुरा गर्न मानव केन्द्रित डिजाईन पद्धतीलाई व्यवहारमा लागु गर्ने बताएका छन् । उनिहरुले धनगढी प्रदेशको राजधानि तथा ठुलो जनसंख्या बसाइसराई भइरहने समस्याको कारण पुर्ण खोपमा चुनौती रहेको समेत बताए । खोप कार्यकर्ताहरुको लागि युनिसेफ नेपालको सहयोग, उपमहानगरपालिकाको सहकार्य तथा बास नेपालको आयोजना गरिएको थियो । तालिमको समापन कार्यक्रममा बोल्दै नगरपालिका उप प्रमुख कन्दकला रानाले…

Read More