Author: महेन्द्रनगर पोष्ट

धनगढी: कञ्चनपुरकी बालिका निर्मला पन्त बलात्कार–हत्या प्रकरणसँग जोडिएको गाली–बेइज्जती मुद्दामा पत्रकार खेम भण्डारीलाई कञ्चनपुर जिल्ला अदालतले दोषी ठहर गरेको छ।  न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले मानसखण्ड दैनिकका सम्पादक भण्डारीलाई एक महिना कैद, १० हजार रुपैयाँ जरिवाना र १ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला सुनाएको हो। जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्रबहादुर चन्दका अनुसार पत्रकार भण्डारीले निर्मला पन्त प्रकरणमा तथ्यहीन रूपमा आफूलाई जोडेर समाचार लेखेको भन्दै तत्कालीन एसपी (हाल अवकाशप्राप्त एसएसपी) दिल्लीराज बिष्टका छोरा किरण बिष्टले उजुरी दिएका थिए। १० साउन २०७५ मा साथीको घरमा पढ्न जान्छु भनेर घरबाट निस्किएकी १३ वर्षीया पन्तको भोलिपल्ट भीमदत्त नगरपालिका–२ स्थित निम्बुखेडा खोलानजिकैको उखुबारीमा शव भेटिएको थियो।…

Read More

काठमाडौं: नेपाली सेनाले रिक्त रहेका विभिन्न ट्रेडका फलोअर्स पदमा भर्ना खुलाएको छ।  सेनाको भर्ना छनौट निर्देशनालयले आज सूचना जारी गर्दै १६६ जना जनशक्ति आवश्यक रहेको जनाएको छ। फलोअर्सअन्तर्गत सूचिकार, सफाईकर्मी, केशकतर्क, लोहाकारलगायत पदमा भर्ना खुलाइएको छ। योग्यता पुगेका इच्छुक व्यक्तिले आगामी जेठ ३१ गतेसम्म दरखास्त दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर थप एक हप्तासम्म फाराम बुझाउन पाइने सूचनामा उल्लेख छ। ट्रेड फलोअर्सका लागि साधारण लेखपढ गर्नसक्ने भएपुग्छ।

Read More

धनगढी: ‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ का लागि बैतडीको पाटन जान लागेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको टोली हिजो डडेल्धुरामा थियो। त्यहाँ टोलीको निकै ठूलो स्वागत गरिएको थियो भने सदरमुकाम अमरगढीमा चहलपहल निकै देखिन्थ्यो। त्यसका अलावा आज बिहान प्रचण्डले मर्निङ वाक कार्यक्रम गरेका छन् भने उनी अब पाटन प्रस्थान गर्ने तयारी छ। त्यस अगाडि भने उनले सुदूरपश्चिम प्रदेश सभा माओवादी संसदीय दलको नेता परिवर्तन गरिदिएका छन्। अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष नन्दकिशोर पुन पासाङ, महासचिव देव गुरुङ, उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलसहितका नेताहरूको उपस्थितिमा दलको नेता परिवर्तन गरिएको हो। २०८० माघ १२ गते…

Read More

काठमाडौं: नागढुंगामा ट्राफिक प्रहरी (इन्स्पेक्टर)ले डिउटीमै रहेका प्रहरी जवानमाथि कुटपिट गरेको घटना अनुसन्धान गर्न छानबिन समिति गठन भएको छ। उपत्यका प्रहरी कार्यालय रानीपोखरीले रानीपोखरीमै कार्यरत प्रहरी उपरीक्षक एसपी पदमबहादुर विष्टको नेतृत्वमा छानबिन समिति गठन गरेको हो। समितिमा ट्राफिक प्रहरी कार्यालय रामशाहपथका डीएसपी र जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना निरीक्षकसहित पाँचजना छन्। समितिलाई छानबिनका लागि एक हप्ताको समयावधि दिइएको छ। बुधबार दिउँसो ट्राफिक प्रहरी प्रभाग नागढुंगाका प्रमुख निरीक्षक जितेन्द्रकुमार साहले प्रहरी प्रभाग नागढुंगामै कार्यरत प्रहरी जवान मदन खड्कामाथि कुटपिट (गालामा चड्कन हानेको) गरेका थिए। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि निरीक्षक साहको जिम्मेवारी खोसिएको छ। समितिको छानबिनका आधारमा उनीहरूमाथि विभागीय कारबाही…

Read More

धनगढी: रिक्त रहेको मन्त्रालयमा मन्त्री सिफारिसलाई लिएर नागरिक रेशमलाल चौधरी संरक्षक रहेको पार्टी नागरिक उन्मुक्तिभित्र आन्तरिक विवाद चर्किएको छ। सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुनुपर्ने सन्दर्भमा पार्टी अध्यक्ष एवं रेशमलालपत्नी रञ्जिता श्रेष्ठ र संसदीय दलबीच मतभेद देखिएको हो। रेशमलाल र रञ्जिताकै आपसी मतभेद त्यहाँ पनि प्रकट भएको बताइएको छ। संसदीय दलका नेता घनश्याम चौधरीले प्रदेश सांसद रामेश्वर चौधरीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीका लागि सिफारिस गर्दै पत्र सार्वजनिक गरेका छन्। यो सिफारिस पार्टी अध्यक्ष श्रेष्ठको निर्देशनविपरीत भएको हो। अध्यक्ष श्रेष्ठले बुधबार संसदीय दललाई कैलाश चौधरीलाई मन्त्री बनाउने निर्देशनात्मक पत्र पठाएकी थिइन्। उनले मुख्यमन्त्रीलाई समेत कैलाशको नाम सिफारिस गरेकी थिइन्। तर…

Read More

बझाङ: १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। छबिसपाथिभेरा गाउँपालिका–४ झुतेडा बस्ने ३२ वर्षीय केशर खत्रीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।  केशरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आह्वान गर्न सिफारिस गरिएको छ। प्रदेश मन्त्रिपरिषद्ले प्रदेश प्रमुखलाई अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ११ गते ११ बजे प्रदेशसभाको बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुख नजिर मियाँ समक्ष सिफारिस गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ। मन्त्रिपरिषद्ले सिफारिस गरेपछि प्रदेश प्रमुखले अधिवेशन बोलाउने कानुनी व्यवस्था छ। सुदूरपश्चिम प्रदेशसभा ठप्प भएको एक महिनाभन्दा बढी भएको छ। प्रदेश सरकारले अनावश्यक रुपमा नियुक्ति गरेको, फजुल खर्च बढाएको र आर्थिक लेनदिनको आरोपमा छानबिन नगरेको भन्दै विपक्षी दलहरुले निरन्तर प्रदेशसभा बैठक अवरुद्व गरेपछि मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख मियाँले २५ चैतमा प्रदेशसभाको…

Read More

बाजुरा : बाजुरा जिल्लाको गौमूल गाउँपालिकाकी धना वादीले ५५ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन्। सोही गाउँपालिका–४ मानाकोटकी वादीलाई प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन। नागरिकता बनाउन सनाखत गर्ने कोही नहुँदा उनले नागरिकता प्राप्त गर्न सकेकी थिएनन्। माइती घर डोटीको सिलगढी भए पनि विवाह गरेर बाजुरा पुगेकी वादी श्रीमान् र आफन्त कोही नभएपछि नागरिकता पाउनबाट वञ्चित भएकी हुन्। प्रमुख जिल्ला अधिकारी पाध्याले कानुनी प्रक्रिया पूरा गरेर नागरिकता दिलाएपछि उनले खुसी व्यक्त गरिन। नागरिकता पाउनबाट वञ्चित जिल्लाका नागरिकलाई सहज र कानुनी प्रक्रिया पूरा गरेर नागरिकता उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताए। नागरिकता नहुँदा उनी राज्यबाट पाउने…

Read More

धनगढी: कञ्चनपुरमा मलामी जाँदै गरेका एक सेवा निवृत्त सशस्त्र प्रहरी हवलदारको सडक दुर्घटनामा परी मृत्यु भएको छ। भीमदत्त नगरपालिका–८ तिलाचौरका ४२ वर्षीय नकुल राना छिमेकी गुरुङ थरकी महिलाको मलामीमा जाँदै गर्दा दुर्घटनामा परेका हुन्। प्रहरीका अनुसार भीमदत्त नगरपालिका–९ अन्तर्गत ब्रह्मदेव क्षेत्रमा म १ त ९२५ नम्बरको ट्याक्टरबाट खसेर उनी गम्भीर घाइते भएका थिए। घाइते अवस्थामै रानालाई तत्कालै उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको थियो। तर, अस्पतालमा उपचारका क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ। राना सशस्त्र प्रहरी बलमा हवलदारका रूपमा कार्यरत रहेर सेवा निवृत्त भएका थिए। दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं: काठमाडौंको नागढुंगामा कुटपिटमा संलग्न प्रहरी कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता शेखर खनालका अनुसार उक्त कार्यमा संलग्न दुवैलाई अहिलेको जिम्मेवारीबाट हटाइएको छ। बुधबार ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख प्रहरी निरीक्षक जितेन्द्र कुमार साहले प्रहरी सहायक हवल्दार अमर खड्कालाई थप्पड हान्नुका साथै लछारपछार पारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। भिडिओ सार्वजनिक भएपछि दुवैलाई प्रधान कार्यालय बोलाइएको थियो। लगत्तै उनीहरूलाई जिम्मेवारीबाट हटाएर अहिले छानबिनको प्रक्रिया अघि बढाइएको खनालले जानकारी दिए। उक्त विषयमा थप छानबिन भइरहेको प्रहरीले जनाएको छ।

Read More