Author: महेन्द्रनगर पोष्ट

धनगढी : बाजुरामा मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले अस्थायी अनुमति दिएको हो। बिहीबार बडीमालिका र बुढीनन्दा नगरपालिकाका जनप्रतिनिधिको संयुक्त बैठकले बस सेवा सञ्चालन गर्न अनुमतिको मागेका थियो हो। बस सेवा सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारीसहितको सर्वपक्षीय बैठकले चार पालिकाका नागरिकलाई आवतजावत गर्न सहजता हुने गरी बस सेवा नियमित रूपमा सञ्चालन गर्ने अनुमति दिएको सहायक प्रमुख जिल्ला अधिकारी रामकुमार तिमल्सेनाले जानकारी दिए। बैठकले मार्तडी–कोल्टी सडकखण्डमा यातायात व्यवासयीसँग रात्रिबसको हकमा आठ वर्ष ननाघेका तथा दिवाबसको हकमा १० वर्ष ननाघेका कम्तीमा पाँचवटा बस हुनुपर्ने निर्णय भएको उनले बताए। बुढीनन्दा, बडीमालिका र बुढीगङ्गा नगरपालिकाले मर्मतसम्भार…

Read More

काठमाडौं : नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूहका २११ जना प्रहरी जवान प्रहरी सहायक हवल्दारमा बढुवा सिफारिस भएका छन् । बिहीबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सञ्चारतर्फका प्रहरी जवानहरुलाई सोही समूह, उपसमूहतर्फको प्रहरी सहायक हवल्दार पदमा बढुवा गरिएको हो । प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस सूची सार्वजनिक गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । cn_6607_to_6614_technical_pc_to_ahc_20810120_prj_btt_prsh_sbDownload

Read More

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे बैठक बस्न लागेको हो । आज बस्ने बैठकमा इलाम—२ को उपनिर्वाचनको समीक्षा गरिने महामन्त्री मुकुल ढकालले जानकारी दिए। इलाम—२ को उपनिर्वाचनमा चौथो भएको रास्वपाको जमानत जफत भएको थियो।

Read More

काठमाडौं : नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूहका ९ जना प्रहरी सहायक हवल्दारलाई प्रहरी हवल्दारमा बढुवा सिफारिस गरिएको छ । बिहीबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार प्राविधिक प्रहरी समूह, संगित उपसमूहतर्फका उनीहरुलाई सोही समूह, उपसमूहतर्फको प्रहरी हवल्दार पदमा बढुवाका लागि गरिएको हो । प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस सूची प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । cn_6606_tech_sangit_ahc_to_hcDownload

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आज ५ बजे विश्वासको मत लिने तयारी गरेका छन्। नेकपा एकीकृत समाजवादीका सोडारीले नेकपा एमाले, माओवादी केन्द्र, नाउपा, स्वतन्त्रसहितको समर्थनसहित विश्वासको मत लिने तयारी गरेका हुन्। यसका लागि उनले १८ गते नै सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मतको लागि २१ गते प्रदेश सभा बैठक आह्वान गर्न भन्दै पत्र पठाइसकेका थिए। सोही सूचनाको आधारमा आज ५ बजेको लागि प्रदेश सभा बैठक आह्वान गरिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए। तर सोडारीले आज विश्वासको मत लिने तयारी गरेपनि संसद् बस्ने विषय भने अझै अनिश्चित छ। आज बिहान ८ बजे कार्य व्यवस्था परामर्श…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आज विश्वासको मत लिने तयारी गरेका छन्। १८ गते नै उनले सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मतको लागि २१ गते प्रदेश सभा बैठक आह्वान गर्न भन्दै पत्र पठाइसकेका थिए। सोही सूचनाको आधारमा आज ५ बजेको लागि प्रदेश सभा बैठक आह्वान गरिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए। मुख्यमन्त्री सोडारीले आज बिश्वासको मत लिने तयारी गरेपनि संसद् बस्ने विषय भने अझै अनिश्चित छ। यसैक्रममा नाउपाले सोडारी नेतृत्वको सरकारलाई विश्वासको मत नदिन उर्दी जारी गरेको पाइएको छ। नाउपा सुदूरपश्चिमका संसदीय दलका सचेतक खुसीराम डगौराले सो उर्दी जारी गरेको पाइएको हो। नागरिक उन्मुक्ति…

Read More

धनगढी : भारतको चम्पावतका पूर्व विधायक कैलाश गहतोडी निधन भएको छ । राज्य वन विकास निगमका अध्यक्षसमेत रहेका गहतोडीको लामो बिरामीपछि देहरादूनको सरकारी निवासमा निधन भएको हो । गहतोडी लामो समयदेखि क्यान्सरबाट पीडित थिए र उनको निरन्तर उपचार भइरहेको थियो । उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामी काशीपुर भ्रमणका क्रममा पूर्व विधायक कैलाश गहतोडीको निवासमा पुगेका थिए । त्यसपछि उनलाई हेलिकप्टरबाट देहरादुन लगिएको थियो । गहतोडीको म्याक्स अस्पतालमा उपचार भइरहेको थियो । गहतोडीको निधनमा शोक व्यक्त गर्दै प्रदेशका मुख्यमन्त्री धामीले ट्विट गर्दै वन विकास संस्थानका अध्यक्ष, पूर्व विधायक, प्रिय मित्र तथा जेठा भाइ श्री कैलाश गहतोडीको निधनको दुखद खबर सुनेर स्तब्ध…

Read More

बैतडी: ‘ठेउका’ (एक प्रकारको गुणस्तरहिन मदिरा)का कारण बैतडीको पुर्चौडी नगरपालिका–३ को ग्रामिण क्षेत्रका नागरिक अकालमै ज्यान गुमाई रहेको घट्ना सार्वजनिक भएको छ । वडा नम्बर ३ को जेबलधार र कसाड ठाडाइजरमा एक हप्ताको अवधिमा ठेउकाकै कारण दुई जना पुरुषको लडेर ज्यान गएको छ । स्थानीय साँफेबजार र न्वाला बजारमा पाइने स्वास्थ्यका दृष्टिकोणले अति खराब गुणस्तरहिन ‘ठेउका’ मदिरा पिएर घर फर्कने बेला वैशाख ९ गते राती स्थानीय काटेबाटोको भिरबाट लडेर जेबलधारका स्थानीय अन्दाजी ६० वर्षिय शिवे बोहराको ज्यान गयो । उनि लडेको ३/४ दिनपछि गन्हाएको अवस्थामा स्थानीयले उनको शव फेला पारेका थिए । पुर्चौडी नगरपालिकाको वडा नम्बर ३ र ४ को…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आज विश्वासको मत लिने तयारी गरेका छन् । १८ गते नै उनले सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मतको लागि (आज) २१ गते प्रदेश सभा बैठक आह्वान गर्न भन्दै पत्र पठाइसकेका थिए । सोही सूचनाको आधारमा आज प्रदेश सभा बैठक आह्वान गरिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए । शुक्रबार बिहान ८ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक पनि आह्वान गरिएको छ । ८ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने र ५ बजे मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने नेकपा एकीकृत समाजवादीका उपनेता प्रकाश रावलले जानकारी दिए । दिउँसो नेकपा एकीकृत…

Read More

काठमाडौं : प्रि–मनसुन अवधिमा वर्षा नहुँदा आगलागीका घटना बढेका छन्। देशैभर तीन सय ५० भन्दा बढी स्थानका वनमा डढेलो लागेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तत्काल पानी पर्ने सम्भावना नरहेको बताएको छ। महाशाखाले जारी गरेको तीन दिने बुलेटिनअनुसार अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। शुक्रबार पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको उसले बताएको छ। आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भई बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ। राति सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी…

Read More