Author: महेन्द्रनगर पोष्ट

धनगढी : कञ्चनपुर घर भएका विपीन जोशीको रिहाइको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ। असोज २० गतदेखि बेपत्ता जोशीको सकुशल उद्धारको लागि उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाइएको हो। नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दल र पार्टी प्रदेश कमिटीकोतर्फबाट परराष्ट्र मन्त्री श्रेष्ठलाई ज्ञापन पत्र बुझाइएको छ। जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालय कृषि तथा विज्ञान संकायमार्फत् इजरायल पुगेका थिए। प्यालेस्टाइनको हमास समूहले नेपाली विद्यार्थीहरू बसेको बङ्करभित्रै पसेर आक्रमण गरेका थिए। हमासको आक्रमणबाट १० जना नेपाली विद्यार्थी मारिएका थिए। त्यस क्रममा बेपत्ता भएका जोशीको अवस्था अझै अज्ञात रहेको छ। उनलाई हमास समूहले नियन्त्रण दिएको पुष्टि भएको थियो। तर, अहिलेसम्म…

Read More

काठमाडौँ : सरकारले सञ्चालन गरेको दादुरा–रुवेलाविरुद्धको खोप अभियानमा ५६ लाख ४३ हजार नौ सय १२ जना बालबालिकाले खोप लगाएका छन् । दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारले गत फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गरेको थियो । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिका खोप लगाउने लक्ष्य रहेकामा ५६ लाख ४३ हजार नौ सय १२ जनाले बालबालिका खोप लगाएका हुन् । “हाम्रो लक्ष्यअनुसार नै बालबालिकाले खोप लगाएका छन्” उनले भने, “ जिल्लाबाट प्राप्त प्रारम्भिक चरणको प्रतिवेदनमा ९६ प्रतिशतले खोप लगाएका पाइएको छ । ” सरकारले यस…

Read More

काठमाडौँ : फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटको दोस्रो चरणमा आज (बिहीबार) नेपाल बहराइनसँग भिड्दै छ। बहराइनको घरेलु मैदानमा हुने खेल नेपाली समयानुसार राति पौने १ बजे सुरु हुनेछ। होम एन्ड अवेका आधारमा खेल हुने भए पनि दशरथ रगंशाला खेल्न अयोग्य भएपछि नेपालले दुवै खेल बहराइनमा खेल्ने भएको हो। नेपालले न्युट्रल भेन्युका रूपमा भुटान र साउदी अरब प्रस्ताव गरे पनि बहराइनले खेल्न अस्वीकार गर्दै दुवै खेल आफ्नै मैदानमा खेल्ने बताएको हो। नेपालले पहिलो चरणको पहिलो लेगमा लाओससँग बराबरी गरेको छ भने दोस्रो लेगमा १–० को जित हासिल गरेको छ। नेपाल समग्रमा १–० नतिजा निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको हो।…

Read More

काठमाडौं : बाँसबारी जग्गा हिनामिना प्रकरणमा मुछिएका उद्योगपति एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले बयान लिएको छ । सरकारी वकिलको कार्यालयमा बिहीबार बिहान चौधरीको बयान लिइएको स्रोतले बतायो । आज बिहान सीआईबीको सम्पर्कमा आएका उनलाई सरकारी वकिलको समन्वयमा बिहान ८ बजे बयान लिइएको हो । बिहान उनी आफैं सरकारी वकिलको कार्यालय, काठमाडौंमा पुगेका थिए । बाँसबारी जग्गा हिनामिना प्रकरणमा सीआईबीले अनुसन्धान गर्दै आएको छ । यसैक्रममा सीआईबीले सभामुख देवराज घिमिरेलाई पत्र लेखेर सांसद चौधरीमाथि पनि अनुसन्धान भइरहेको जानकारी गराएको थियो । बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको १० रोपनी जग्गा च्याम्पियन फुटवेयर…

Read More

-आभुषण तिम्सिना/ होइन प्रधानमनत्रीज्यू ?यो के कस्तो खेल खेलिबक्सेको ? या कस्तो खेल को आयोजना गरिबक्सेको ? हजुर संबिधान मान्ने कि नमान्ने ? मान्ने भए किन यस्तो झेल गरिबक्सेको ? पुलिसको कुरा के गरौं। हिजो हजुरकै नेतृत्वको सरकारको पुलिसको सिआइबिले सुन काण्डको मुद्दा अनुसन्धान गर्दा चोख्याएका दिपेश पुन अनि महरालाई आज त्यहि पुलिसले पक्राउ गरेर सुन काण्डको अनुसन्धान सुरु भन्दै गर्दा हिजो हजुरले नेतृत्व गरेको सरकारले गरेको कामको आधिकारिकतालाई कसरि पुष्टि गर्नुहुन्छ ? पुलिस हिजो सहि थियो कि आज सहि कार्य गर्दै छ कसरि जनताको सामु स्पष्ट पार्नुहुन्छ ? आज महरा र दिपेश पुनलाई पक्राउ गर्नु सँग सँगै हिजो नेपाल…

Read More

काठमाडौँ : कालीकोटको खाडाचक्र ५ ढाडगाउँको वनमा लागेको डढेलोमा परेर बाबु छोरीको मृत्यु भएको छ। स्थानीय नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परेर गम्भीर घाइते भएका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। यही चैत २ गते बाख्रा चराउन गएको बेला वनमा लागेको डढेलोमा परेर बाबुछोरी गम्भीर घाइते भएका थिए। उनीहरुलाई उपचारको लागि गएको शनिबार साँझ हेलिकोप्टरबाट सुर्खेत लगिएको थियो। छोरीको सोमबार दिउँसो र बुवाको बुधबार मृत्यु भएको हो। आगोमा जलेर गम्भीर घाइते भएका चौलागाईंको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। यसअघि छोरीको पनि सोही अस्पतालमा मृत्यु…

Read More

धनगढी : नेपाल प्रहरीका १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको २०८० चैत्र ७ गतेको निर्णयानुसार डीएसपीहरूको सरुवा गरिएको हो । सरुवामा जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दको अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालय सरुवा भएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी कबिन्द्र सिहं बोहरा कैलाली आउने भएका छन् । सरुवा भएको दरबन्दीबाट तलबभत्ता खान पाउने गरी सरुवा भएको छ ।

Read More

काठमाडौं : नेपाल प्रहरीका १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।प्रहरी महानिरीक्षकको २०८० चैत्र ७ गतेको निर्णयानुसार डीएसपीहरूको सरुवा गरिएको हो । सरुवा भएको दरबन्दीबाट तलबभत्ता खान पाउने गरी सरुवा गरेको जनाएको छ ।

Read More

काठमाडौँ : नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७६ पैसा र बिक्री दर १३३ रुपैयाँ ३६ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ९३ पैसा र बिक्री दर १४४ रुपैयाँ ५८ पैसा रहेको छ। यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५६ पैसा र बिक्री दर १६९ रुपैयाँ ३२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ…

Read More

धनगढी : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुदूरपश्चिम प्रदेश कार्य सम्पादन समितिको बैठक सकिएको छ । बुधबार धनगढीमा सम्पन्न भएको बैठकले केन्द्रीय कार्य सम्पादन समितिको निर्णय अमलम्बन गर्दै अघि बढ्ने निर्णय गरेको छ । बैठकमा सुदूरपश्चिम प्रदेश सरकारकाबारेमा समेत छलफल भएको थियो तर कुनै निर्णय नभएको कार्य सम्पादन समितिका सचिव छत्रबहादुर शाहीले जानकारी दिए । ‘बैठकमा प्रदेश सरकारका बारेमा छलफल भएको थियो । सरकारलाई समर्थन गर्नुपर्छ र समर्थन गर्नुहुदैन् भन्ने दुवै मत आएका छन्,’ शाहीले भने, ‘समर्थन गर्ने अवस्थामा सरकारमै जानुपर्छ भन्ने सुझाव पनि आएका छन् तर आज कुनै निर्णय हुन सकेन ।’ शाहीले केन्द्रीय कार्य सम्पादन समितिको बैठकले फेरी एकपटक…

Read More