Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका-१० स्थित तुल्सीपुर सामुदायिक वनमा पहलमानपुरका ४० वर्षीय धनबहादुर शाहको बुधवार मृत्यु भएको हो। करेन्ट लागेर गम्भिर घाइते भएका उनलाई उपचारका लागि घोडाघोडी अस्पताल सुखडमा लग्दा मृत घोषणा गरिएको थियो। करेन्ट लागेर एक जना घाइते पनि भएका छन्। घाइते हुनेमा मोहन्याल गाउँपालिका-३ की ३६ वर्षीया दुर्गा खत्री रहेकी छिन्। खत्रीलाई उपचारको लागि घोडाघोडी अस्पताल सुखड हुँदै थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाको कारण खुल्न नसकेको र यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। 

Read More

काठमाडौँ : चिकित्सा शिक्षा आयोगले स्नातक तहको एमबीबीएस र बीडीएस शैक्षिक कार्यक्रमहरूका लागि बंगलादेश सरकारबाट प्राप्त छात्रवृत्तिमा अध्ययनका लागि विद्यार्थी छनौट गरी पठाउन आवेदन माग गर्दै सूचना प्रकाशित गरेको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखाको पत्र अनुसार बङ्गलादेश सरकारले नेपाल सरकारको लागि शैक्षिक सत्र २०२३ / २४ मा स्नातक तहको मबीबीएस र बीडीएस शैक्षिक कार्यक्रमहरूमा छात्रवृत्तिका सिट प्राप्त भएको र सोका लागि उम्मेदवार छनौट गरी पठाउन भनी लेखी आएको आयोगको भनाई छ । 

Read More

डडेल्धुराः डडेल्धुराबाट फरार प्रतिवादी पक्राउ परेका छन्। डडेल्धुराको अमरगढी नगरपालिका–१ का ४३ वर्षीय प्रेम साउँदलाई मंगलवार दिउँसो जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले अमरगढी–५ बसपार्कबाट पक्राउ गरेको हो। जिल्ला अदालत कैलालीले सवारी ज्यान मुद्दामा २०७१ मा १ वर्ष ९ महिना १९ दिन कैद सजाय तोकेपछि साउँद फरार रहेका थिए।  

Read More

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटास्थित सनवोरा नदीको पुरानो बहाव क्षेत्रमा पुल निर्माण नहुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन् ।  झण्डै आधा किलोमिटर क्षेत्रको सडक हिउँदमै हिलाम्मे हुने गर्दछ  । पारिफाँटा भमरभोज जोड्ने सडकको बीच क्षेत्रमा पर्ने नदीको पुरानो बहाव क्षेत्रमा स्थानीय बासिन्दाले विगत १० वर्षदेखि पुलको माग गर्दै आएका छन् । अर्को वैकल्पिक सडक नहुँदा स्थानीय बासिन्दा, विद्यालय जाने विद्यार्थी, बिरामीलाई अस्पताल पुर्याउनुपर्दा सोही सडक भएर जानुपर्ने अवस्था रहेको स्थानीय धनसिंह ठगुन्नाले बताए । “चुनावकै बेला प्रचारप्रसार गर्न आएका उम्मेदवारले गाडी सडकमै फस्दा स्थानीयले घचेटेर निकालेका थियौँ”, उनले भने, “सडकको दुरावस्था देख्दा उम्मेदवारले चुनाव जितेपछि यस क्षेत्रमा पक्की पुल निर्माण…

Read More

कैलाली : बजेट अभावका कारण कैलालीमा सञ्चालित खानेपानीका योजना वर्षौँदेखि अलपत्र परेका छन् ।  विसं २०६४/ ०६५ देखि कैलालीमा सुरु गरेका दुई दर्जन बढी खानेपानीका योजना बजेट अभावका कारण अलपत्र परेका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनगढीले जनाएको छ । कार्यालयका अनुसार सङ्घीय सरकारले योजना सम्पन्न गर्न आवश्यक बजेट विनियोजन नगर्दा योजना अलपत्र परेका हुन् । कैलालीमा सञ्चालित कतिपय योजना भौतिक संरचना तयार भए पनि आवश्यक बजेट विनियोजन नहुँदा पाइप बिछ्याउन सकिएको छैन । बजेट अभावमा पाइप लाइन बिछ्याउन नसक्दा भौतिक संरचना तयार भएका योजना पनि सञ्चालनमा आउन नसकेको जनाइएको छ । सरकारले योजना सम्पन्न गर्न आवश्यक बजेट विनियोजन नगर्दा २०६४…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशको पहाडी भू-भागमा आंशिकदेखि  साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।  कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा  देशका बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाको भनाई छ ।  चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

Read More

कञ्चनपुर : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ स्थित निर्माणाधीन कभर्ड हल बजेट अभावले सम्पन्न हुन सकेको छैन । विसं २०७४ देखि निर्माण थालिएको उक्त कभर्ड बजेट अभावका कारण काम पूरा हुन नसकेको वडा नं २ का वडाध्यक्ष पदमसिंह रावलले जानकारी दिए । “कभर्ड हल निर्माणका लागि सङ्घ र प्रदेश सरकारबाट केही बजेट आए पनि रकम अभाव हुँदा निर्माणले पूर्णता पाउन सकेको छैन”, उनले भने । वडाध्यक्ष रावलले कभर्ड हल निर्माणमा अझै रु ४० लाख रकम लाग्ने अनुमान गरिएको जानकारी दिए । उनले आफूले नगरपालिकाबाट बजेट विनियोजन गर्न माग गरेपनि ठूलो रकम भएकाले बजेट विनियोजन नभएको बताए ।  “कभर्ड हलको छाना मात्रै…

Read More

काठमाडौं : नेपाल प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरी कर्मचारीहरुलाई ७ दिने सूचना जारी गरेको छ। जसमा सुदूरपश्चिम घर भएका तीनजना प्रहरी रहेका छन्। प्रधान कार्यालयका अनुसार देशभरका विभिन्न स्थानमा दरबन्दी रहेर लामोसमयदेखि बिना सूचना कार्यालयमा उपस्थित नभएको भन्दै २४ जना प्रहरीहरुलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन दिइएको हो। उपस्थित नभएमा सेवाबाट हटाउने समेत सूचनामार्फत जनाइएको छ। सूचनाः

Read More

धनगढी : धनगढीको चैतन्य पाठशालाले चैतन्य स्टिम वर्कसप, २०८० आयोजन गर्ने भएको छ। पाठशालाको साइन्स एण्ड रोबोटिक्स विभागका विद्यार्थीहरूको आयोजनामा वर्कसप हुने भएको हो। मङ्गलवार पाठशालाले आयोजना गरेको पत्रकार सम्मेलनमा माघ १६ गतेदेखि २२ गतेसम्म चैतन्य स्टिम वर्कसप सञ्चालन हुने जानकारी दिइएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ शिवनगरमा रहेको पाठशालाले विज्ञान,प्रविधि,अनुसन्धान तथा अन्वेषणमा रुचि राख्ने विद्यार्थीहरुलाई लक्षित गरी वर्कसप गर्ने तयारी थालेको हो। पाठशालाले वर्कसपमा धनगढीका विभिन्न विद्यालयका कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरुलाई निस्शुल्क सहभागी गराइने जानकारी दिएको छ। वर्कसपमा विभिन्न विद्यालयका करिब २ सयभन्दा बढी विद्यार्थीहरुको सहभागिता रहने छ। विद्यार्थीहरुलाई विज्ञान,प्रविधि,अनुसन्धान तथा अन्वेषणको प्रयोगात्मक अभ्यास र सिकाइ…

Read More

धनगढी : सशस्त्र प्रहरी बल, नेपालले २३ औं बार्षिकोत्सव सुदूरपश्चिममा धुमधामसंग मनाइएको छ । सशस्त्र प्रहरी बल, वैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया र मातहतका गणहरुले सप्ताहाव्यापी रुपमा विभिन्न कार्यक्रम गरी बार्षिकोत्सव मनाएका हुन । स्वास्थ्य शिविर तथा रक्तदान सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनीको परिसरमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाईटी संगको समन्वयमा भएको रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका थिए । साथै स्वास्थ्य शिविरमा एक सय ३४ जना विभिन्न प्रकारका बिरामीहरुले स्वास्थ्य उपचार सेवा लिएका थिए । यस्तै बाजुरा, कञ्चनपुर, कैलाली र डडेल्धुरा जिल्लामा कार्यरत जम्मा ७४ जना सशस्त्र प्रहरीहरुले रक्तदान गरेका थिए । भूकम्पीय…

Read More