काठमाडौँ : सन् २०३४ मा हुने फिफा विश्वकप साउदी अरबले आयोजना गर्ने भएको छ। अष्ट्रेलियापछि हटेपछि साउदी अरबले प्रतियोगिता आयोजना गर्ने पक्का भएको हो। गत वर्षमात्र एसियाली राष्ट्रका रूपमा कतारले विश्वकप आयोजना गरेको थियो। आगामी विश्वकप सन् २०२६ मा क्यानडा, मेक्सिको र अमेरिकाले आयोजना गर्दैछन् । मोरक्को, पोर्चुगल र स्पेनले सन् २०३० को विश्वकप आयोजना गर्नेछन्। त्यसपछिको विश्वकप साउदी अरबले आयोजना गर्ने छ। विश्वकप हरेक चार वर्षमा आयोजना हुन्छ।
Author: महेन्द्रनगर पोष्ट
कैलाली : लागु औषध (खैरो हेरोईन) सहित १ जना भारतिय नागरिक पक्राउ परेका छन् । मंगलवार (आज) दिउसो जिल्लाकाे टीकापुर नगरपालिका वडा नं.८ खक्रौलाबाट लागु औषध (खैरो हेरोईन) सहित भारतिय नागरिक प्रेम सिंहलाइ प्रहरी पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय टीकापुर कैलाली बाट सादा पोशाकमा खटिएको प्रहरी टोली र प्रहरी चौकी कालाकुण्डा कैलाली बाट प्र.ना.नि. राजेन्द्र बहादुर कुमालको कमाण्डमा खटिएको प्रहरी टोलीले लखिमपुर जिल्ला, खिरी तिकुनिया ठाना ईन्द्रनगर (भारत) बस्ने सिंहलाई पक्राउ गरेका हुन् । सिंहले चलाएको UP 31BY 2728 नं.को मोटरसाईकल माथि प्रहरीलाई शंका लागेपछि चेकजाच गर्दा सिंहको साथ बाट लागु औषध खैरो हेरोईन फेला परेको थियो ।…
कञ्चनपुरः कञ्चनपुरबाट ७ जना जना जुवाडे पक्राउ परेका छन्। मंगलबार बिहान जिल्लाको बेलौरी नगरपालिका–७ फगतपुरस्थित राजु चौधरीको नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा चौधरीसहित ७ जना जुवाडे पक्राउ परेका हुन्। उनीहरु जुवाखालबाटै पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले नगद ११ हजार ५ सय ८० रूपैयाँ र एक बुक ताससहित पक्राउ गरेको हो। घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
काठमाडौँ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संक्रमणकालीन न्याय सजिलो विषय नभएको बताएका छन् । उनले नेपालले लामो समयको प्रयासपछि संक्रमणकालीन न्यायको माध्यमबाट युद्धको घाउ निको पार्न लागिरहेको उल्लेख गर्दै यसले नेपालको दिगो शान्ति र विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए । नेपालमा भ्रमणमा आएका गुटेरेसले मंगलबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै अल्पविकसितको अवस्थाबाट अघि बढ्न लागेकोमा त्यसका लागि नेपाललाई संयुक्त राष्ट्रसङ्घको समर्थन र सहयोग रहने बताए । उनले समावेशी र पीडित केन्द्रित भएर मात्रै संक्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन सकिने बताए । संयुक्त राष्ट्रसङ्घ र नेपाल पुराना मित्र भएको भन्दै महासचिव गुटेरेसले दुईबीचको सहकार्य गहन…
काठमाडौँ: संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालले तीस वर्षको अवधिमा आफ्नो हिमनदीको झन्डै एक तिहाइ गुमाएको बताएका छन् । नेपालको चार दिने भ्रमणमा रहेका महासचिव गुटेरेसले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्याबारे उल्लेख गरेका हुन् । ‘प्रभाव विनाशकारी छ ।पानीले भरिएका ताल फुट्दै छन् । नदी र समुद्रको पानी बढ्दै छ । संस्कृतिहरूले चुनौतीका सामना गरिरहेका छन् । पहाडहरू जोखिममा छन् र चट्टान, पहिरो तथा हिमपहिरोको जोखिम बढ्दो छ, ’महासचिव गुटेरेसले भने । हिमालयका नदीहरूले एक अर्बभन्दा बढी मानिसलाई स्वच्छ पानी प्रदान गरिरहेको उल्लेख गर्दै ती जसरी संकुचित हुन्छन् त्यसरी नै नदीहरू बग्ने बताए ।…
काठमाडौं : नेपाली सेनाविरूद्ध घृणा फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ परेका छन्। झापा दमक नगरपालिका वडा नम्बर ५ का ४६ वर्षीय खनाललाई पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले बताए। सेनाप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन तथा प्रदर्शन गरेको भन्दै सेनाले साइबर ब्युरोलाई पत्र लेखेको थियो। उनी सोही पत्रको आधारमा पक्राउ परेका हुन्। उनीविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कसुरमा थप अनुसन्धानको लागि प्रहरीले काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेको छ। डिल्लीराम यसअघि कलाकार करिष्मा मानन्धरको चरित्रहत्या गरेको आरोपमा पक्राउ परेर धरौटीमा छुटेका थिए।
काठमाडौँ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेटवार्ता गरेका छन् । नेपाल भ्रमणमा रहेका गुटेरेसलाई गृहमन्त्री श्रेष्ठले आज दिउँसो गृह मन्त्रालयमा स्वागत गरेका हुन् । भेटमा जलवायु परिवर्तन, एसडीजी, राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपालको भूमिकालगायतका नेपाल-संयुक्त राष्ट्रसङ्घीय साझेदारीका विविध विषयमा छलफल भएको जनाइएको छ ।
काठमाडौं : नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ। टी-२० विश्वकपको एसिया क्वालिफार्यसअन्तर्गत मंगलबार टियु मैदानमा भएको खेलमा नेपालले दोस्रो जित हात पारेको हो। मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि कुशल मल्लले अर्धशतक प्रहार गरे। ३४ बल खेलेका उनले २ चौका र ७ छक्का प्रहार गरेका थिए। त्यस्तै कुशल भुर्तेलले ४३ रन बनाए। उनले २४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। आसिफ शेखले भने २३ बलमा १ चौका र २ छक्कासहित ३२ रन बनाए। कप्तान रोहित पौडेल भने २ रनमै आउट भए। सन्दीप जोरा १८ र विवेक यादव…
धनगढी : डीएसपी भीमलाल भट्टराईमाथि प्रहरीले छानबिन थालेको छ। मादक पदार्थ सेवन गरेर महिलाहरुलाई दुर्व्यवहार गरेको आरोपमा उनीमाथि छानबिन थालिएको हो। जिल्ला प्रहरी कार्यालय हुम्लाको प्रमुख रहेका गरेका बेला मादक पदार्थ सेवन गरेर दुर्व्यवहार गरेको उजुरी परेपछि उनीमाथि छानबिन थालिएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले जानकारी दिए। कर्णाली प्रदेश प्रहरी कार्यालयले पनि उनीमाथि छानबिन गरिरहेको कडायतको भनाइ छ। उनकाअनुसार केन्द्रबाट पनि छानबिनका लागि समिति बनाउने तयारी छ। प्रहरी अधिकृतहरुका अनुसार, उनले मादक पदार्थ सेवन गरेर महिला प्रहरीसहित बाहिरका महिलालाई समेत दुर्व्यवहार गरेको उजुरी परेको छ। उजुरी परेपछि उनलाई निलम्बन गरेर जिल्ला प्रहरी कार्यालय, हुम्लाका प्रमुखको जिम्मेवारी रवीन्द्र खनाललाई दिइएको छ।…
बझाङ : बझाङको मस्टा गाउँपालिका-४ तातोपानीस्थित सेती नदीमा बेपत्ता भएका व्यक्तिको खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपालको गोताखोर परिचालन गरिएको छ। सोही गाउँपालिका ४ आग्रा बस्ने अन्दाजी ३८ वर्षीय सुरेन्द्र कठायत यही कात्तिक ११ गते नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए। उनको खोजीकार्यका लागि मंगलबार सशस्त्र प्रहरी बल नेपाल नंं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ७ जना गोताखोरसहितको सुरक्षा फौज आवश्यक उद्धार सामाग्रीसहित खटाईएको हो।