Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपालले क्यानडासँगको एक दिवसीय सिरिजको दोस्रो खेलमा टस हारेर पहिला फिल्डिङ गर्दैछ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा क्यानडाका कप्तान साद बिन जफरले टस जितेर पहिला ब्याटिङको निर्णय लिएपछि नेपालले फिल्डिङ गरेको हो । नेपालले आजको खेलमा आकाश चन्दलाई डेब्यु गराएको छ । आजको खेलमा कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी र हेन्त धामी बेन्चमा छन् । नेपालले तीन परिवर्तन गरेको छ । आकाशले डेब्यु गरेका छन् भने अनिल शाह र देव खनाल टोलीमा फर्किएका छन् । आरिफ, ललित र कुशल बेन्चमा छन् । नेपाल पहिलो खेलमा उत्कृष्ट पुनरागमनका साथ ७ रनले विजयी भएको थियो । नेपाल लगातार…

Read More

धनगढीः धनगढीमा एक भारतीय पुरुष मृत अवस्थामा फेला परेका छन्। भारतको लखिमपुरका ५५ वर्षीय अर्जुन बर्मा आज ( शुक्रवार) मृत अवस्थामा फेला परेका हुन्। बर्मा धनगढी उपमहानगरपालिकाको–१६ बेहडाबाबाका भिखुराम चौधरीको घरमा बस्दै आएका थिए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपाल प्रहरीले फैसला कार्यान्वयनका क्रममा पाँच हजार तीन सय ६४ जनालाई पक्राउ गरी रु एक अर्ब १९ करोड जरिवाना असुल गरेको छ। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा पाँच हजार तीन सय ६४ जना फरार प्रतिवादी पक्राउ परेका छन्। साथै उनीहरूलाई तोकिएको रु एक अर्ब १९ करोड ८४ लाख ४९ हजार तीन सय ६१ जरिवाना असुल उपर गरिएको छ। उक्त रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भन्दा करिब तीन सय १३ प्रतिशतले बढी हो। सो अवधिमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट ५४ जना, काठमाडौं उपत्यकाबाट ६ सय १३ जना,…

Read More

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्मालाई दिइएको छ। उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले डीआईजी अर्जुन चन्दलाई प्रहरी प्रधान कार्यालय स्थित प्रदेश समन्वय विभागमा सरुवा गरेर विमानस्थलमा शर्मालाई ल्याएका हुन्। विमानस्थलमा कार्यरत एसएसपी दीपशम्शेर जबरालाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काज सरुवा गरिएको छ। कृष्णहरि शर्मा पोखरेल बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौलीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा भएका हुन्। माघ १२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत छायाँलाल मोक्तान र प्रहरी कर्मचारीबिच कुटाकुट भएपछि त्यहाँको अवस्था ‘असामान्य’ बनेको छ।

Read More

बैतडी: बैतडीमा चितुवाले एक किसानले पालेका १५ बाख्रा एकैदिन मारेको छ। जिल्लाको सिगास गाउँपालिका- ५ ढुंगाड गजेलीका लालबहादुर धामीले पालेका १५ बाख्रा चितुवाले मारेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। उनका अनुसार, धामीले सञ्चालन गरेको मिलन बाख्रा फार्ममा विहीबार राति चितुवा पसेर बाख्रा मारेको हो। रातिको समयमा फार्मको झ्यालबाट छिरेर चितुवाले बाख्रा मारेको हो। चितुवाले १२ ओटा बाख्रा मारेर फार्ममै छाडेको र ३ ओटा बाख्रा फार्ममा नभेटिएका उनले बताए।

Read More

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले त्रिकोणीय टी–२० सिरिजको खेल तालिका सार्वजनिक गरेको छ। नेपालसहित नामिबिया र नेदरल्याण्डस बीच हुने यो सिरिज २७ फेब्रुअरीदेखि ५ मार्चसम्म हुने छ। यो सिरिज आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणीय सिरिजपछि हुने छ। लिग–२ सिरिज २५ फेब्रुअरीसम्म हुने छ। सिरिजको पहिलो खेल फागुन १५ गते नेपाल र नामिबिया बीच हुने छ। डबल राउण्ड रोबिनका आधारमा हुने सिरिजमा फागुन १६ गते नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुने छ। त्यस्तै फागुन १८ गते नेपालले नामिबियासँग पुन प्रतिस्पर्धा गर्ने छ। लिग चरणको अन्तिम खेलमा फागुन १९ गते नेदरल्याण्ड्ससँग नेपालले खेल्ने तालिका रहेको छ।

Read More

धनगढी : नेपाल प्रहरीका १६ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल डोटीमा कार्यरत एसएसपी गणेश चन्दसहित १६ जनाको सरुवा भएको हो। प्रहरी प्रधान कार्यालयका अनुसार गृहमन्त्रीस्तरीय निर्णयबाट ती एसएसपीहरुको सरुवा भएको हो। गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरेको निर्णयअनुसार एसएसपीहरु अरुण पौडेल, ईश्वर कार्की, ओम बहादुर राना, कृष्ण बहादुर पल्ली मगर, कृष्णहरि शर्मा पोखरेलको सरुवा भएको छ। यस्तै गणेश चन्द, शेखर खनाल, सिद्धि विक्रम शाह, सुशील सिंह राठौर, गोपालचन्द्र भट्टराई, जीवनकुमार श्रेष्ठ, दीप शम्शेर जबरा, प्रवीण पोखरेल, मुकुन्द मरासिनी, रमेश कुमार बस्नेत र राजेन्द्र कुमार भट्टको पनि सरुवा भएको छ। हेर्नुहोस् सूची :

Read More

धनगढी : टीकापुर बजार क्षेत्रको १२५ कट्ठा सरकारी जग्गा नेता, कार्यकर्ता र आफन्तलाई बाँडेको अभियोगमा अख्तियारले कांग्रेस, एमाले र माओवादीका स्थानीय नेतामाथि मुद्दा चलाएको छ । तर, यो प्रकरणमा मुछिएका रेशम चौधरी र डा. आरजु राणा देउवा प्रतिवादी नै बनाइएका छैनन् । २०८० माघ २६ गते १८: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक पहुँच प्रयोग गरेर कैलालीको टीकापुर बजार क्षेत्रको सरकारी जग्गा हडप्नेहरू माथि विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । कैलालीको टीकापुर बजार क्षेत्र वरिपरिको झण्डै १२५ कट्ठा सरकारी जग्गा टीकापुर विकास समितिका पदाधिकारीमा नियुक्त भएका राजनीतिक कार्यकर्ताले विभिन्न मितिमा वितरण गरेका थिए । टीकापुर क्षेत्रका प्रमुख राजनीतिक दलका नेता, सो…

Read More

काठमाडौँ: डिउटी सकेर फर्किनेक्रममा प्रहरीको गाडीबाट खसेर मृत्यु भएका प्रहरी सहायक हवल्दारको मृत्यु प्रकरणमा काठमाडौँ उपत्यका प्रहरी कार्यालयले एसएसपी दिनेशराज मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ।  उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले मैनालीको संयोजकत्वमा गठन गरेको समितिमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसी र जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी अनिल अधिकारी सदस्य रहेका छन्।  समितिलाई १० दिनभित्र प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको थापाले बताए। गएराति ११ : १५ बजे ड्यूटी सकेर फर्किँदै गर्दा प्रहरीको बा १ झ ७४१८ नम्बरको गाडीबाट लडेर सहायक हवल्दार हेमराज एलजीको मृत्यु भएको थियो।

Read More

धनगढी: सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सुदूरपश्चिमका ६ एसपीको सरुवा गरेको छ। हिजो (बिहीबार) प्रदेशका ६ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरिएको हो। विगतको कमाण्डलाई आधार मानेर ज्येष्ठ सशस्त्र प्रहरी उपरीक्षकहरुलाई सो अनुसारको जिम्मेवारीमा सरुवा गरिएको बताइएको छ। सशस्त्र प्रहरी स्रोतका अनुसार दार्चुलास्थित गणका गणपति एसपी डम्बर विष्टको सरुवा भएकोमा उनको स्थानमा हर्कराज पन्त आएका छन्। यस्तै कञ्चनपुरस्थित गणका प्रमुख एसपी प्रेम रावलको स्थानमा खगेन्द्र चन्द, कैलालीस्थित गणका प्रमुख रामहरी अधिकारीको स्थानमा दलबहादुर पाण्डे आएका छन्। यस्तै रिजर्व गण वनवेहडाका एसपीवीर सिंह साहुको सरुवा भएकोमा उनको स्थानमा हर्कबहादुर विष्ट, डोटीस्थित गणका गणपति एसपी राजु गौतमको स्थानमा निलमणि आचार्य…

Read More