Author: महेन्द्रनगर पोष्ट

धनगढी : कञ्चनपुरमा एक सय ५० किलो अवैध कुखुरा बरामद गरिएको छ। जिल्लाको बेलौरी नगरपालिका–१ फटैया नाकाबाट भारतबाट अवैध रूपमा ल्याइरहेको अवस्थामा हिजो (मंगलबार) राति कुखुरा बरामद गरिएको हो। नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) ले १५० किलो अवैध बोईलर कुखुरा बरामद गरेको हो। बरामद गरिएको कुखुरा आवश्यक कारवाहीका लागि प्रहरी चौकी फटैया बुझाइएको छ।

Read More

चितवन : चितवनमा खाना खाने क्रममा एक जनाको घाँटीमा भात अड्केर ज्यान गएको छ। हिजो बेलुकीको खाना खाने क्रममा कालिका नगरपालिका ६, शान्ति टोलका ६८ वर्षीय आइतराम कुमालको भात अड्केर निधन भएको बताइएको छ। खाना अड्केपछि बेहोस भएका कुमाललाई तत्काल भरतपुरस्थित अस्पताल पुर्याइएको थियो। उपचारको क्रममा पौने ९ बजे उनलाई चिकित्सकहरुले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

Read More

धनगढी : गत माघ १५ गते पोखरा महानगरपालिका–१९ ले बाँदर नियन्त्रण गर्न भन्दै ‘मेरो रूख मै काट्छु’ अभियान चलाउन खोजेको थियो। तर, रूख काटेर बाँदरको समस्या हल नहुने टिप्पणी र आलोचना पछि मेयरले नै रूख नकाट्न निर्देशन दिएका थिए। फेरी बाँदरले बालीनाली खाएको भन्दै सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३ ले निजी जग्गाका रूख काट्न सूचना निकालेको छ। फागुन महिनाभरि रूख काट्न भन्दै वडाध्यक्ष शिव कार्कीले सूचना निकालेका छन्। वडाध्यक्ष कार्कीका अनुसार, अघिल्लो साल पनि बजेट राखेर झाडी फाँड्ने अभियान चलाइएको थियो। उनले गाउँमा बाँदरको आतंक बढेको बताए। बालीनाली बाँदरले खाइदिएपछि मानिसहरूले बस्ती नै छाडेर हिँड्न थाले। मानव जोगाउनकै लागि निजी जग्गाका रूख…

Read More

कञ्चनपुरः बहुविवाह मुद्दामा फरार रहेकी एक महिला कञ्चनपुरको महेन्द्रनगर बजारबाट पक्राउ परेकी छिन्। कञ्चनपुरको भीमदत्त नगरपालिका-१० की ३२ वर्षीया देवकी टमटालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलवार दिउँसो महेन्द्रनगर बजारबाट पक्राउ गरेको हो। जिल्ला अदालत कञ्चनपुरले २०७९ भदौ २६ गते ११ महिना ११ दिन कैद सजाय र २० हजार जरिवाना तोकी फैसला सुनाएपछि उनी फरार रहेकी थिइन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले टमटालाई मंगलबार नै अदालतमा उपस्थित गराएको थियो।

Read More

दार्चुलाः मंगलबार साँझ दार्चुलामा जडीबुटी बरामद गरिएको छ। मार्मा गाउँपालिका-२ लटिनाथस्थित चेक प्वाईन्टबाट अवैध रुपमा ल्याइरहेको ४ क्विन्टल ६२ किलो जडीबुटी पासणभेद प्रहरीले बरामद गरेको हो। ईलाका प्रहरी कार्यालय लटिनाथ दार्चुलाबाट खटिएको प्रहरी टोलीले मार्मा गाउँपालिका-५ मुरैबाट लटिनाथतर्फ आउँदै गरेको म १ च ६८४ नम्बरको बोलेरो जिपलाई चेकजाँच गर्ने क्रममा उक्त जडिबुटी फेला पारी नियन्त्रणमा लिएको बताएको छ। उक्त जडिबुटीसहित जीप र चालक मार्मा गाउँपालिका-४ का ३२ वर्षीय दिनेश बिष्टलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

Read More

काठमाडौं : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत इन्सपेक्टर बिनु शाहीको अत्याचारबाट एक महिलासहित २ प्रहरी पीडित बनेको खबर बाहिर आएसँगै उनैसँग सम्बन्धित नयाँनयाँ तथ्य सार्वजनिक भइरहेका छन्। कञ्चनपुरका एसपी कमल थापाको निकट मानिएकी बिनुलाई पहिलो पोष्टिङमै जटिल मानिने मुद्दा फाँटको जिम्मेवारी दिएको पाइएको छ। यसबाटै प्रष्ट हुन्छ कञ्चनपुर प्रहरीमा बिनुको दबदबा कति छ भनेर। कार्यालयमा २०७० को ब्याचका इन्सपेक्टर पुष्कर पन्त छन् । तर, उनी बिदामा गएको मौका पाएर एसपी थापाले करिब २ महिनाअघि बिनुलाई मुद्दा फाँटको जिम्मेवारी दिएका थिए। यो विषयमा डीएसपी प्रकाश डाँगीसँग प्रतिक्रिया माग्दा उनले कार्यालय प्रमुखले गरेको निर्णय नै अन्तिम हुने बताएका छन्। एसपी थापा र…

Read More

काठमाडौं : काठमाडौं जिल्ला अदालतको आदेश अनुसार बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरी बुधबार हिरासतमुक्त हुँदैछन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)ले गत माघ १८ गते बिहीबार काठमाडौंको लैनचौरबाट पक्राउ गरेका व्यवसायी चौधरीसहित तीन जना अदालतको आदेश अनुसार आज छुट्ने भएका हुन् । काठमाडौं जिल्ला अदालतले बिहीबार पक्राउ परेका उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न भनी सोमबार दुई दिन म्याद थप्ने आदेश दिएको थियो । बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयरका सञ्चालक चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुर ग्राण्डी अस्पतालमा छन्…

Read More

काठमाडौँ :  परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज बुधबार अष्ट्रेलियाको पर्थतर्फ प्रस्थान गर्ने भएका छन् । अस्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनद्वारा यही माघ २६ र २७ गते पर्थमा संयुक्तरुपमा आयोजना हुने सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन मन्त्री साउद श्रीमती ज्योत्स्ना अधिकारी साउद र परराष्ट्र मन्त्रालयका अधिकारीहरूसहित त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  यही माघ २७ गते स्थिर र दिगो हिन्द महासागरतर्फ,’ विषयमा हुन लागेको सम्मेलनलाई मन्त्री साउदले सम्बोधन गर्ने कार्यक्रम छ । पर्थमा रहँदा उनले अष्ट्रेलियाको विदेशमन्त्री पेनी वोङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । साथै उनले सम्मेलनमा सहभागी मित्र राष्ट्रका प्रतिनिधिमण्डलका प्रमुखहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।  परराष्ट्र मन्त्रालयका…

Read More

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा बेलौरी नगरपालिका–३ पडावमा पुनःस्थापन भएका धम्मलराज चौधरीले अढाई बिघा जमिनमा व्यावसायिक तरकारी खेती लगाएका छन् । निकुञ्जबाट विस्थापित भएर दश कट्ठा जग्गा पाएका उनी पाँच दाजु-भाइले बाँड्दा दुई कट्ठामा समेटिए । गाउँमै खेती किसानी गरेर जीविका चलाउँदै आएका उनले व्यावसायिक तरकारीबाट भएको आम्दानीले अहिले ११ कट्ठा जग्गा जोड्न सफल भएको बताए । विगत आठ वर्षदेखि गाउँमा तरकारी खेती गरेका उनले अहिले वार्षिक रु नौ लाख बचत गर्ने जानकारी दिए । “मैले सुरु गरेको तरकारी खेतीबाट भएको आम्दानीले मेरो परिवारको आर्थिक अवस्थामा सुधार आउनाका साथै गाउँका अरू किसान पनि तरकारी खेतीतर्फ आकर्षित भएका छन्”,…

Read More

कैलाली : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुमन्त्री शिवराज भट्टले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानलाई व्यवस्थितरुपमा सञ्चालन गर्नका लागि यससम्बन्धी ऐनलाई संशोधन गर्न संशोधन विधेयक ल्याउनुपरेको बताएका छन् । सुदूरपश्चिम प्रदेशसभाको हिजो बसेको बैठकमा सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भट्टले प्रज्ञा प्रतिष्ठान प्रारम्भिक अवस्थामा रही प्रभावकारी ढङ्गले सञ्चालन हुन नसकेको अवस्था रहेकाले यससम्बन्धी ऐनलाई समयानुकूल  बनाउन संशोधन विधेयक ल्याइएको स्पष्ट पारे ।  विधेयकमाथिको छलफलमा प्रदेशसभाका सदस्य मानबहादुर रावल, शिवसिंह ओली, राजेन्द्रसिंह रावल, इन्दिरा गिरी, प्रकाश रावल र तुल्सी देवकोटाले भाग लिएका थिए । यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री भट्टले…

Read More