Author: महेन्द्रनगर पोष्ट

सुदूरपश्चिम :  संसद्को शून्य समय र विशेष समयमा उठाइएका विषयका कार्यान्वयनमा सरकारबाट पर्याप्त ध्यान नदिइएको मेरो अनुभव छ । संसद्को ‘रोष्ट्रम’ र ‘फ्लोर’बाट मैले आफ्नो निर्वाचन क्षेत्रका समस्या, देशका जल्दाबल्दा विषयमा पटकपटक आवाज उठाएको छु र यस्ता विषयमा सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धतासहित सकारात्मक जवाफ दिए पनि त्यसअनुरुपको काम विल्कुल भएको हुँदैन । खासगरी मैले नेपाल–भारत सीमा विवाद, कञ्चनपुरका आरक्षपीडित, हुलाकी राजमार्गको निर्माणमा ढिलाइसमेतका समस्याका साथै नदी कटान रोकथामजस्ता कञ्चनपुरका समस्या समाधानमा संसद्को शून्य र विशेष समयमा ध्यानाकर्षण गराएको थिएँ, सरकारले समस्या समाधान गर्छौँ पनि भन्यो, तर कार्यान्वयन नगरेर पूर्वाग्रही व्यवहार देखायो । मैले यसअघि पनि पाँचवर्षे कार्यकाल सुदूरपश्चिम प्रदेशसभा सदस्यको…

Read More

काठमाडाै‌ : नेपाल प्रहरीले जनपथ तर्फको सहायक हवल्दारबाट हवल्दार बढुवाका लागि सिफारिस सूची प्रकाशित गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार रिक्त रहेको १ हजार ४५ जना प्रहरी हवल्दारका लागि बढुवा सूची प्रकाशित गरेको हो । सूचीः police-haldarDownload

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले लुम्बिनी, सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो पनि लुम्बिनी, सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति भने  गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा…

Read More

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत डीआईजी अर्जुन चन्दलाई नक्सालमा ‘काज’ सरुवा गर्न प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा सिफारिस गरेको छ । प्रहरी महानिरीक्षक बसन्त कुँवरले उनलाई काजमा प्रधान कार्यालयमा सरुवाका लागी गृह मन्त्रालयमा सिफारिस पत्र पठाएका हुन् । डीआईजी अर्जुन चन्दले राजीनामा पेस गरेका छन् । तर, प्रहरी प्रधान कार्यालयले राजीनामा ‘प्रक्रिया नपुगेको’ भन्दै स्वीकृतिका लागि अगाडी बढाएको छैन । प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृत भन्छन्–‘राजीनामा पत्र फर्म्याटमा ल्याउन भनेर उहाँलाई नै फिर्ता गरेका छौँ ।’ प्रधान कार्यालयले राजीनामा पत्र फिर्ता दिएपछि उनले १० दिनको बिदा लिएका छन् । चन्दले राजीनामा बुझाएको कुरा २० माघमा सार्वजनिक भएको थियो…

Read More

धनगढी : दार्चुलाको शैल्यशिखर नगरपालिकामा कार्यरत इन्जिनियर योगेशसिंह धामीको समूहले सहलेखापाल विजयकुमार विष्टलाई धम्क्याएर मध्यराति चेक काट्न लगाएको घटना बाहिरिएसंगै वडाध्यक्षले पनि ज्यान मार्ने धम्की दिएका छन्। नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष जनकसिंह डागाले पनि सहलेखापाल विष्टलाई ज्यान मार्ने धम्की दिएका हुन्।वडाध्यक्ष डागाले प्रक्रिया नपुगेको बिलमा भुक्तानी दिनका लागि दबाब दिँदै आफूलाई ज्यान मार्ने धम्की दिएको विष्टले बताए। ‘लेखा शाखामै आएर वडाध्यक्षले मलाई बिल भुक्तानी किन नगरेको भन्दै धक्कामुक्की गरे। भनेको नमान्ने भए काम गर्न नआउनू भनेका छन्। लेखामा आएर काम गरेको देखेमा तँलाई मार्छु भनेर धम्क्याएपछि म कार्यालयबाट निस्किए’, सहायक लेखापाल विष्टले भने। यहीँ माघ १० गते नमस्कार…

Read More

धनगढी : कञ्चनपुरमा नियम विपरीत चलाइएको भन्दै प्रहरीले भारतीय नम्बर प्लेटका ५८ वटा गाडी नियन्त्रणमा लिएको छ। नेपाल भारत सिमाको नेपाल तर्फको दशगजा क्षेत्रमा लामो समयदेखि भारतीय नम्वर प्लेटका सवारी साधनहरु पार्किङ गरी नेपालमा कुनै भन्सार नतिरी,सुविधा नलिएर आर्थिक ऐन र भन्सार ऐनमा व्यवस्था भएका ऐन नियम पालना नगरी यात्रु बोक्ने गाडीलाई मंगलबार नियन्त्रणमा लिइएको हो । दशगजा क्षेत्रको संरक्षण तथा व्यवस्थापनका लागि स्थानीय रुपमा सर्वपक्षीय बैठक बसाली सवारी साधन पार्किङ नगर्ने निर्णय गरि सहयोगको लागि प्रहरीलाई सोमबार पत्र दिइएको थियो । सोही आधारमा सो क्षेत्रमा पार्किङ गरिएका र आसपासमा चलिरहेका ५८ वटा सवारी साधनहरु नियन्त्रणमा लिईएकोमा आवश्यक प्रक्रिया र…

Read More

धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेलाई कालोमोसो फाल्ने पक्राउ परेका छन्। न्यौपानेलाई कालो मोसो फाल्ने लम्की चुहा नगरपालिका वडा नम्बर ९ का ३१ वर्षीय भुवन रम्तेल पक्राउ परेका हुन्। कैलाली प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय, हसुलियाको टोलीले उनलाई सुदूरपश्चिम प्रदेश ०१–००९ प ७३२२ नम्बरको मोटरसाइकलसहित कैलारी गाउँपालिका वडा नम्बर ७ बाट पक्राउ गरिएको हो। लम्की चुहा नगरपालिका वडा नम्बर ४ का न्यौपानेलाई बलियास्थित पूर्व–पश्चिम राजमार्गमा सोमवार मोटरसाइकलमा आएका चार/पाँच जना युवाहरुको समूहले कालोमोसो फालेका थिए। नगरपालिकाबाट फिर्कीने समयमा उनको मोटरसाइकल रोकेर युवाहरुले कालो मोसो फालेका हुन्।

Read More

तेज बोहरा, धनगढीः जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा दरबन्दी रहेकी एक महिला सहायक प्रहरी हवल्दार माघ १० गते महेन्द्रनगरको होटेल ओपेरा क्षेत्रमा ड्युटीमा थिइन्। साँझ साढे ७ बजेको समयमा भारतीय नम्बरको मोटरसाइकल र नेपाली नम्बरको मोटरसाइकल आपसमा ठोक्किए। दुर्घटनाको कारण थियो, सडकको बीचमा रहेको बिएसी ६७२० नम्बरको गाडी बीच सडकमा पाकिङ्गमा राखिएको थियो। गाडी धनी थिए, तेजबहादुर चन्द। चन्द कञ्चनपुरका नाम चलेकै व्यापारी हुन्। ड्युटीमा रहेकी ती महिला प्रहरीले बीच सडकमा रहेको गाडी हटाउन अनुरोध गरिन्। गाडी हटाउनुको साटो उल्टै चन्दसहितका व्यापारीले उनको मजाक उडाए। त्यति मात्रै होइन, व्यापारी चन्दले ड्युटीमा रहेकी ती प्रहरीको हात समेत समाउन भ्याए। उनको हात समाउँदै…

Read More

काठमाडौँ : चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षमा ११ वटा गैँडा मृत भेटिएका छन्। मृत भेटिएकामध्ये दुई वटा चोरी सिकारीले मारेका र नौ वटा प्राकृतिक कारणले मरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। उनका अनुसार प्राकृतिक कारणले मर्नेमा दलदलमा फसेर, बिरामी भएर, जुधेर, बाघको आक्रमणमा परेर र बुढो भएर मरेका थिए। सोमबार पश्चिम चितवनको राप्ती नदी किनारमा मृत भेटिएको भाले गैँडा बुढो भएर मरेको र अन्दाजी ३० वर्षको सो गैँडाको खाग, खुर सुरक्षित रहेको सूचना अधिकारी तिवारीले जानकारी दिए।

Read More

धनगढी : जिल्ला अदालत डडेल्धुराको न्यायाधीशको जिम्मेवारी न्यायाधीश हर्कबहादुर क्षेत्रीलाई तोकेको छ । आज बसेको न्याय परिषद्को बैठकले न्यायाधीश दयाराम ढकालको चितवन सरुवा गरेपछि बैतडी जिल्ला अदालतका न्यायाधीस क्षेत्रीलाई जिम्मेवारी दिएको हो । बैठकले उच्च अदालतका तीन र विभिन्न जिल्ला अदालतका नौ गरी १२ जना न्यायाधीशको काज सरुवा गरेको थियो ।

Read More