Author: महेन्द्रनगर पोष्ट

धनगढी ! कैलालीको धनगढीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका-६ जालीस्थित बासुदेबी विद्यालय नजिक से १ प २८५९ नम्बरको स्कुटर आफै अनियन्त्रित भएर मंगलवार साँझ दुर्घटना हुँदा स्कुटर पछाडी सवार बर्दियाको बाँसगढी नगरपालिका ४ बठौवागाँउ बस्ने २५ वर्षीय लालु चौधरीको मृत्यु भएको हो। दुर्घटनामा गम्भिर घाइते भएका उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो । तर, अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। स्कुटर र चालक धनगढी उपमहानगरपालिका-५ जाईका २५ वर्षीय रमेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। साथै देशका तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ। आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू(भागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानहरूमा…

Read More

धनगढी : धनगढीमा युवासँग जनप्रतिनिधि कार्यक्रम सम्पन्न भएको छ । मंगलबार धनगढी उपमहानगरपालिका वडा नम्बर ११ घोडसुवामा कार्यक्रम सम्पन्न भएको हो । युवासँग जनप्रतिनिधिको भूमिका महत्त्वपूर्ण भएको सहभागीले बताएका छन् । यस्ता कार्यक्रम र छलफलले स्थानीय सरकार सँग भएको दुरीलाई कम गर्न सकिने सहभागी बताउँछन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ११ को घोडसुवाका धनबहादुर चौधरीले यूूवा र जनप्रतिनिधि बिच समन्वय हुन नसक्दा समस्या हुने गरेको बताए । उनले समाजमा अझै पनि विभिन्न समस्या रहेको बताएका छन् । अझै पनि रोजगार, शिप नभएर युवाहरू विदेश पलायन हुनुपर्ने अवस्था आएको बताए । यसका लागि वडा र स्थानीय तहले पनि सहयोग गरी यही…

Read More

धनगढी : विनोद शाही हत्यामा फरार रहेकी अभियुक्त दानमती शाही कारागार चलान भएकी छिन् । फरार रहेकी अछाम जिल्ला समन्वय समितिकी उपप्रमुख शाही मंगलबार जिल्ला अदालत अछाममा उपस्थित भएकी थिइन् । थुनचेक बहसपछि उपप्रमुख शाही पुर्पक्षका लागि कारागार चलान गर्न अदालतले आदेश दिएको हो । अछामको पञ्चदेवल विनायक नगरपालिका– ४ का १५ वर्षीय विनोद ०७९ जेठ २१ गते मृत अवस्थामा भेटिएका थिए। यस्तो थियो विनोद हत्याको घटना ०७९ जेठ १६ गते अछामको पञ्चदेवल नगरपालिका– ४ कुुच्चीका महेन्द्र शाही, देवेन्द्र शाही र गंगाबहादुर शाहीको दुई समूहबीच गाउँमा झडप भयो। त्यो दिन कुटाकुट हुँदा दुवै पक्षका युवा घाइते भए। झडपमा संलग्नलाई पक्राउ…

Read More

काठमाडौं : यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको नेपाल खेल्दै नखेलि सेमिफाइनल नपुग्ने पक्का भएको छ। मंगलबार समूह १ अन्तर्गत भएको खेलमा समूह विजेताका रुपमा रहेका भारत र पाकिस्तानले आ-आफ्नो खेलमा जित निकालेसँगै नेपाल, न्युजिल्यान्ड र आयरल्यान्ड सेमिफाइनल नपुग्ने पक्का भएको हो। मंगलबार भएको खेलमा ४ अङ्क सहीत सुपर सिक्समा पुगेको समूह ‘ए’ को विजेता भारतले न्युजिल्यान्डलाई २ सय १४ रनको फराकिलो अन्तरले हराउँदै ६ अङ्क बनायो। भारतले सुपर सिक्सको पहिलो खेलमा न्युजिल्यान्ड विरुद्ध पहिले ब्याटिङ गर्दै २ सय ९६ रनको लक्ष्य दिएको थियो। जवाफमा न्युजिल्यान्ड ८१ रनमै अलआउट भयो। त्यस्तै अर्को खेलमा समूह ‘डी’ को विजेता बनेको पाकिस्तानले आयरल्यान्डलाई…

Read More

धनगढी : कैलालीको गौरीङ्गगा नगरपालिकामा एक दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ । नगरपालिकाको वडा नम्बर ६ स्थित वनबेहडाको अमर माध्यामीक बिद्यालयमा यही माघ २० गते (शनिबार) आयोजना हुने आयोजकले जानकारी दिएको छ। बास नेपाल कैलाली शाखाको आयोजनामा सञ्चालन हुने निशुल्क स्वास्थ्य शिविरमा धनगढीको सिपी अस्पतालको सहयोगमा तथा गौरीङ्गगा नगरपालिकाको सहकार्य रहेको छ । निशुल्क स्वास्थ्य शिविर बिहान १० बजे देखी ४ बजेसम्म रहने बास नेपाल कैलाली शाखा अध्यक्ष चिरञ्जीवी छेडालले जानकारी दिए । शिविरमा विभिन्न चिकित्सा स्वास्थ्य सेवा रहेका छन् ।

Read More

धनगढी : प्रहरीले ठमेलको पर्यटकीय होटलमा जुवा खेलिरहेको अवस्थामा पक्रेको झण्डै एक दर्जनको नाम सार्वजनिक गरेको छ । ६१ किलो सुनकाण्डमा मुछिएका दावा छिरिङ र उनकी पत्नी अमला रोकाको होटलमा प्रहरीले हिजो छापा मारेर झण्डै १४ लाख रुपैयाँ, चार बुक ताससहित उनीहरुलाई नियन्त्रणमा लिएको थियो । ठमेल, ज्याठास्थित होटल भियनाको कोठा नम्बर ६१२ मा जुवा खेलिरहेको अवस्थामा जोरपाटीका अरुण घिमिरे, काभ्रेपलाञ्चोकका हरिबोल खनाल, किशोर अधिकारी, चितवनका दिपक गुरुङ पक्राउ परेका हुन् । त्यसैगरी नुवाकोटका कृष्णबहादुर राई, राजु पन्त, शंकर शाही, रुपन्देहीका घनश्याम शर्मा, रोल्पाका लीला डाँगी, बाँकेका मेदनाथ बुचबन्दिया र गोरखाका अर्जुन गुरुङ पनि प्रहरी हिरासतमा पुगेका छन् । उनीहरुको…

Read More

धनगढी : नेकपा एमाले कैलाली जिल्लाले पार्टीको जिल्ला अधिवेशनको तयारी सुरु गरेको छ । ९औँ जिल्ला अधिवेशन यही फागुन ६ र ७ गते कैलालीको घोडाघोडी नगरपालिकाको स्थित सुखडमा अधिवेशन आयोजना गर्ने निर्णय गरेको थियो । मङ्गलवार नेकपा एमाले पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज गणेश सिंह ठगुन्ना सहितको टोलीले कार्यक्रम आयोजना हुने स्थलको पनि निरीक्षण गरेको छ । स्थल निरीक्षणमा इन्चार्ज ठगुन्ना सहित कैलाली कार्यवाहक अध्यक्ष दुर्गा जोशी, सचिव डेजी पाण्डे उपसचिव ममता प्रसाद चौधरी र लोकेन्द्रबहादुर शाही सहित जिल्ला कमिटी सदस्यहरूको उपस्थिति रहेको थियो । सुखडको हेलिप्याडमा भव्य समारोहको बिच एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्ने तयारी भएको…

Read More

धनगढी : धनगढीमा जारी ‘सिसिएस प्लस टु’ अन्तर बिद्यालय स्तरिय फुटवल प्रतियोगिता अन्तर्गत आज ४ खेल सम्पन्न भएका छन् । आज भएका चार खेलमा धनगढी मोडेल माध्यमिक बिद्यालय, सुदूरपश्चिमाञ्चल एकेडेमी, सरस्वती माध्यमिक बिद्यालय धनगढी र इलायन्स इन्टरनेश्नल स्कुल क्वाटर फाइनल प्रवेश गरेका छन् । धनगढी रगंशालामा भएको पहिलो खेल अन्तर्गत धनगढी मोडेल माध्यमिक बिद्यालय धनगढीले नास्ट एकेडेमीलाई ३–१ गोल अन्तरले पराजित गरे संगै नास्ट एकेडेमी खेलबाट बाहिरिएको छ, भने धनगढी मोडेल माध्यमिक बिद्यालय क्वाटर फाइनल प्रवेश गरेको छ । आजै भएको दोश्रो खेल अन्तर्गत सुदूरपश्चिमाञ्चल एकेडेमी अत्तरिया स्थित होलिल्याण्ड इङ्लिस बोर्डिङ स्कुल लाई ४–२ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटर…

Read More

धनगढी : धनगढी उपमहानगरपालिकाले गत साउनमा १९ वटै वडा कार्यालयलाई लेखापढी गर्ने व्यक्ति हटाउन भन्दै दिएको निर्देशनको वेवास्ता गरिएको पाइएको छ । उपमहानगरपालिकाको परिपत्रअनुसार धेरै वडाले लेखापढी गर्ने व्यक्तिलाई कामबाट हटाएपनि केहीले अझै काममै राखेको पाइएको हो । धनगढी उपमहानगरपालिका–८ को वडा कार्यालयमा २०७८ सालदेखि लेखापढी गर्दै आएका रामदयाल राना अहिले पनि काम गरिरहेका छन् । उनलाई वडा कार्यालयले अझै हटाएको छैन । राना वडा कार्यालयभित्रै बसेर काम गर्दै आएका छन् । उनले वडा कार्यालयले भर्नुपर्ने सरकारी फारम भरिदिएवापत सेवाग्राहीबाट १० देखि २० रुपैयाँसम्म शुल्क लिदै आएका छन् । जबकी त्यस्तो फारम भर्न कर्मचारीले समेत सहजीकरण गर्न सक्छन् । रानाले…

Read More