Author: महेन्द्रनगर पोष्ट

धनगढी: धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत एक छात्राको निधन भएको छ। हिजो (सोमबार) बिएड चौथो वर्षमा अध्ययनरत माया चौधरीको निधन भएको बताइएको छ। उपचारका क्रममा उनको काठमाडौंमा निधन भएको हो। उनी केही समयदेखि स्वास्थ्य समस्याले ग्रसित थिइन्। उनको निधनप्रति स्ववियु र क्याम्पस परिवारले शोक व्यक्त गरेको छ।

Read More

काठमाडौं : विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका विकल पौडेललाई दोस्रो पटक भ्रष्टाचारी ठहर गरेको छ । न्यायाधीश टेकनारायण कुँवर र सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले झुटा विवरण पेश गरी लाभ लिएको आरोपमा भ्रष्टाचारी ठहर गरेको हो । विशेष अदालतले उनलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो । उनीमाथि झुटा विवरण पेश गरेर सचिव सरहको पद लिएको आरोपमा थप ६ महिना कैद सजाय तोकेको छ । अख्तियारले ९ वैशाख, २०८१ मा पौडेलमाथि अमेरिकाको स्थायी आवास अनुमतिपत्र(पीआर) लिएको अवस्थामा त्यसलाई लुकाई नेपालमा सार्वजनिक पदमा नियुक्ति लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर…

Read More

धनगढी : कञ्चनपुरबाट लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका १३ बुद्धचोकबाट यसोधा राना र राजु औजी रहेका छन् । प्रहरी उनीहरुको साथबाट २ सय ८० मिलिग्राम खैरो हेरोइन र २ सय ६० मिलिग्राम चरेससमेत बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले फरार रहेकी यसोधा रानालाई पक्राउ गर्ने क्रममा उनकै कोठाबाट उक्त लागूऔषधसहित राजुलाई समेत पक्राउ गरेको हो ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालको रुपमा रहेको सेती प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु गरिएको छ । आइतबारदेखि अस्पतालले एमआरआई सेवा सुरु गरेको हो । अस्पतालले एक सूचना जारी गर्दै एमआरआई मेसिन जडान भई परीक्षण सबै कार्य पूरा गरी आइतबारबाट सेवा सुचारु गरिएको जानकारी दिएको छ । यससँगै सर्वसाधारणले सस्तो शुल्कमा सरकारी अस्पतालबाटै एमआरआई सेवा पाउनेछन् ।

Read More

काठमाडौं : नेपाल प्रहरीले गर्ने करोडौंको खरिदमा सेटिङ हुने गरेको आंशका महालेखापरीक्षकको कार्यालयले गरेको छ । लागत अनुमानकै हाराहारीमा ठेक्का लाग्ने गरेकोले यसमा मिलेमतोको आशंका गरिएको हो । आर्थिक वर्ष २०८९/८० मा ५९ करोड बराबरको स्केलका सामान खरिद गर्दा शंकास्पद देखिएको हो । प्रतिवेदनमा भनिएको छ,‘प्रहरी प्रधान कार्यालयले बोलपत्रको माध्यमबाट प्रहरी कर्मचारीका लागि उलन पाइन्टसर्ट, कटन पाइन्टसर्टलगायतका १४ प्रकारका व्यक्तिगत सामान र सात प्रकारका सञ्चार उपकरण खरिद गरी ५९ करोड ८२ लाख खर्च लेखेको छ । उक्त मालसामानहरूको लागत अनुमान तयार गर्न उद्योग वाणिज्य महासंघ र विभिन्न सरकारी कार्यालयहरूसँग दररेट माग गरेकोमा कार्यालयबाट दररेट उपलब्ध नभएको बेहोरा उल्लेख गरी विभिन्न…

Read More

कञ्चनपुरः कञ्चनपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको बेलौरी नगरपालिका–२ कटानस्थित आफ्नै घरको भित्र कोठाको ढोकामा मुसाले काटेको बिजुलीको तारमा हात लागेपछि ५५ वर्षीया द्रोपती चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) रबिन्द्र केसीले मातहतका प्रहरी प्रमुखहरुलाई निर्देशन दिएका छन् । सोमबा भर्चुअल मिटिङ मार्फत उनले सात वटा पहाडी जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई आवश्यक निर्देशन दिएका हुन् । उनले जिल्लाहरुको अपराध नियन्त्रण तथा अनुसन्धान एवं शान्ति सुरक्षाको वर्तमान अवस्थाको सम्बन्धमा जानकारी लिएका थिए । साथै बर्षादको मौसम सुरु हुन लागेकोले सम्भावित विपद व्यवस्थापन तथा उद्दारका लागि तयार रहन उनले निर्देशन दिए । यस्तै उनले अवैध भन्सार छली, तस्करी नियन्त्रणमा जोड दिन, नागरिक मैत्री व्यवहार गर्न, अपराध र अपराधिबिरुद्व कानूनी निर्ममताका साथ प्रस्तुत हुन निर्देशन दिए । उनले डोटी, अछाम, बाजुरा, बझाङ,…

Read More

काठमाडौं : नेपाल प्रहरीका २१ जना प्रहरी नायव निरीक्षक वरिष्ठ नायव निरीक्षक पदमा बढुवा भएका छन् । प्रहरी महानिरीक्षकको आइतबारको निर्णयानुसार प्राविधिक प्रहरी समूहतर्फका सईहरुलाई वरिष्ठ सईमा बढुवा गरिएको हो । उनीहरुलाई प्रचलित नियमानुसार तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी पदस्थापनसमेत गरिएको छ । साथै आवश्यक कारवाही गर्न गराउन एवं दर्ज्यानी चिन्हद्वारा सुशोभन गराउन हुन समेत सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिइएको छ । si_to_ssi_081Download

Read More

धनगढी : भौगोलिक रूपमा अत्यन्तै विकट कैलालीको चुरे गाउँपालिका-२ मा फाया नेपाल नामक गैर सरकारी संस्थाले निर्माण गरेको स्वास्थ्य चाैकी भवन हस्तान्तरण गरिएको छ । फाया नेपालले जापानको परराष्ट्र मन्त्रालय र आम्दा माइन्ड्सको आर्थिक तथा प्राविधिक सहयोगमा मातृ तथा बाल स्वास्थ व्यवहार प्रवर्द्वन परियोजना अन्तरगत खैराला स्वास्थ्य चौकी भवन निर्माण गरेको थियो । झण्डै दुई करोड अर्थात् एक करोड ९९ लाख ३५ हजारको लागतमा निर्माण गरिएको भवन फाया नेपालका अध्यक्ष लोकराज भट्ट र आम्दा माइन्ड्सकी नेपाल प्रमुख माइको काेवाइसी (उप्रेती) ले संयुक्त रूपमा चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीलाई हस्तान्तरण गरेका हुन् ।

Read More

काठमाडौं : प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायव महानिरीक्षक (डिआइजी)मा बढुवा भएका चार जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । आईजीपी बसन्त बहादुर कुँवरले उनीहरुलाई फुली लगाइदिएका हुन्। आईजीपी कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच डिआइजीहरु कृष्णहरि शर्मा पोखरेल, दान बहादुर कार्की, मनोज केसी र राजन अधिकारीलाई दर्ज्यानी चिन्ह लगाइदिए। समारोहमा आईजीपी कुँवरले पदोन्नति भएका डिआइजीहरुलाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व वहन गर्नको निम्ति सफल हुने विश्वास समेत व्यक्त गरे ।

Read More