धनगढी : भौगोलिक रूपमा अत्यन्तै विकट कैलालीको चुरे गाउँपालिका-२ मा फाया नेपाल नामक गैर सरकारी संस्थाले निर्माण गरेको स्वास्थ्य चाैकी भवन हस्तान्तरण गरिएको छ ।
फाया नेपालले जापानको परराष्ट्र मन्त्रालय र आम्दा माइन्ड्सको आर्थिक तथा प्राविधिक सहयोगमा मातृ तथा बाल स्वास्थ व्यवहार प्रवर्द्वन परियोजना अन्तरगत खैराला स्वास्थ्य चौकी भवन निर्माण गरेको थियो ।
झण्डै दुई करोड अर्थात् एक करोड ९९ लाख ३५ हजारको लागतमा निर्माण गरिएको भवन फाया नेपालका अध्यक्ष लोकराज भट्ट र आम्दा माइन्ड्सकी नेपाल प्रमुख माइको काेवाइसी (उप्रेती) ले संयुक्त रूपमा चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीलाई हस्तान्तरण गरेका हुन् ।
Facebook Comments Box