Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : १५ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । एकै जना पीडित रहेको तीनवटा छुट्टाछुट्टै घटनामा प्रहरीले ६ जनालाई काठमाडौंबाट पक्राउ गरेको हो । एकपटक तीन जनाले र एकपटक दुईजनाले सामूहिक बलात्कार गरेको पीडितले जाहेरी दिएकी छन्। गत २४ माघमा विशालनगरमा सामूहिक बलात्कार गरेको अभियोगमा बाजुराका अंगराज बोहरा, तेजबहादुर दानी र जनक बोहरा पक्राउ परेका हुन् । बोहराको कोठामा आफूलाई मदिरा पिलाएर उनीहरूले पटक–पटक बलात्कार गरेको पीडितको उजुरी छ । अभियुक्तहरूले भने सहमतिमै आफूहरूले सम्बन्ध राखेको दाबी गरेका छन्। जनक बोहराले तीनपटक, तेजराज दानीले दुईपटक र अंगराज बोहराले एकपटक सम्बन्ध राखेको उनीहरूको बयानमै उल्लेख…

Read More

डोटीः जोरायल गाउँपालिका–६ ले विवाह गर्ने उमेर पुगेपछि विवाह गर्ने एक जोडीलाई सम्मान गरेको छ। वडाले गत जेठ ३१ गते २० वर्ष पुगेपछि विवाह गर्नेलाई सम्मान गर्ने निर्णयका आधारमा एक जोडीलाई सम्मान गरेको हो। सम्मानित हुनेमा सोही वडाको सित्तोली माइती भइ बैतडीको मेलौली नगरपालिका–३ कुजागाड घर भएकी २६ वर्षीया कमला बोहराको जोडी रहेको वडा अध्यक्ष गणेशबहादुर बोहराले बताए। बोहरा दम्पतीलाई टीका, खादा, मायाको चिनो र नगद प्रदान गरिएको थियो। दण्ड तथा सजायले मात्रै बालविवाह नरोकिने देखिएपछि सम्मान कार्यक्रमको सुरुवात गरिएको वडाले जनाएको छ। यसप्रकारको कार्यक्रमले बालविवाह रोक्नका लागि सहयोगी हुने वडाध्यक्ष बोहराको विश्वास छ। वडाको यस अभियानलाई यहाँ सक्रिय अन्य…

Read More

धनगढी : बझाङको जयपृथ्वी नगरपालिका-१ का दुई जनालाई सरकारले सहिद घोषणा गरेको छ । प्रज्वल शाही र रामबहादुर सिहंलाई सहिद घोषणा गरिएको हो । गत पुस २४ गते बसेको मन्त्री परिषद् बैठकले उनीहरु सहित २ हजार ६७४ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो । मन्त्री परिषद्को निर्णय अनुसार उनीहरूको नाम फागुन २२ गते राजपत्रमा प्रकाशित भएको छ। शाही र सिहंको भिन्दाभिन्दै बम बिस्फोटमा मृत्यु भएको थियो । बझाङबाट उच्च शिक्षाका लागि काठमाडौं गएका प्रज्वल तत्कालिन समयमा नेत्रविक्रम चन्दसँग विप्लव विद्यार्थी सङठनका केन्द्रीय सदस्य थिए । प्रज्वलको २०७६ जेठ १२ घट्टेकुलोस्थित आफ्नै कोठामा बम बनाउने क्रममा विस्फोट हुदाँ मृत्यु भएको…

Read More

काठमाडौं : चिनियाँ जनसेनाका मेजर जनरलको नेतृत्वमा छ सदस्यीय टोली काठमाडौं आइपुगेको छ । अन्तर्राष्ट्रिय सैन्य सहयोग कार्यालय (सिएमसी) उपप्रमुखको जिम्मेवारीमा रहेका चाङ पाओछुनको नेतृत्वमा नेपाल भ्रमणमा आएको टोली कतारको राजधानी दोहा हुँदै आएको बताइएको छ । कतार एअरवेजको उडान नम्बर क्युआर ६४६ मा जनसेनाका वरिष्ठ कर्नेलहरु छन पेइलिङ, सङ लिसिङ, लि यिङफङ, वरिष्ठ क्याप्टेन वाङ कुओचङ र सि सिआङयाङ आएका हुन् । नेपाल भ्रमणपछि टोलीको आगामी मंगलबार राति सिंगापुर हुँदै स्वदेश फर्कने कार्यक्रम छ । त्यसअघि नेपाली सुरक्षा निकायहरुको क्षमता अभिवृद्धिलगायत विषयमा अधिकारीहरुसँग छलफल गर्ने बताइएको छ । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका उपरथी विजय थापाले स्वागत गरेका…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका चार मन्त्री रेशम चौधरीलाई भेट्न शनिबार बर्दिया पुगेका छन् । नागरिक उन्मुक्तिबाट सरकारमा रहेका आर्थिक मामिला मन्त्री घनश्याम चौधरी, बिना विभागीय मन्त्री खुसीराम चौधरी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी र राज्यमन्त्री इन्दिरा चौधरी रेशमरीलाई भेट्न बर्दियाको पुगेका गुलरिया हुन । नाउपा अध्यक्ष रन्जिता श्रेष्ठ (श्रीमती)संगको विवादले रन्थनिएका रेशम घरमै आराम गरिरहेका छन् । आफूलाई भेट्न बर्दीया पुगेका मन्त्रीहरुलाई रेशमले राम्रो काम गर्न निर्देशन दिएका छन् । उनीहरूलाई बधाई दिँदै राम्रो काम गर्न रेशमले निर्देशन दिएका हुन् । ‘सरकारमा समर्थन रहन्छ । उक्त भेटमा सम्भावित राजनैतिक परिस्थितका विषयमा पनि कुराकानी भएको थियो ।…

Read More

धनगढीः नेपाली सेनाले धनगढी रङ्गशालामा प्रदर्शनी सुरु गरेको छ । नेपाली सेनाको सुदूरपश्चिम पृतना हेड क्वाटर तेघरीले धनगढी रङ्गशालामा २६१ औँ नेपाली सेना दिवस अवसरमा प्रदर्शनी गरिएको हो । नेपाली सेनाले हरेक वर्ष आफ्नो स्थापना दिवस महाशिवरात्रीको दिन मनाउने गरेको छ। तर, धनगढीमा एक दिन ढिलो दिवस मनाइएको हो। धनगढीमा शनिवार मनाइएको सेना दिवसमा सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमलबहादुर शाह, आन्तरिक मामिला मन्त्री शिवराज भट्ट, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा, धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल लगाएत विभिन्न व्यक्तीहरुको सहभागिता रहेको थियो। जनस्तरमा नेपाली सेनाको सम्बन्ध बलियो बनाउन प्रदेश स्तरमा प्रस्तुति तथा पदर्शनीसमेत गरिएको छ। धनगढीस्थित कवर्ड…

Read More

काठमाडौं : काभ्रेमा कुटपिट गरी श्रीमानको हत्‍या गरेको आरोपमा प्रहरीले श्रीमतीलाई पक्राउ गरेको छ। शनिबार बिहान साढे ९ बजे नमोबुद्ध नगरपालिका वडा नम्बर ५ कानपुरमा श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए। ५९ वर्षीय धनबिर दमाईमाथि ४० वर्षीया श्रीमती कमला परियारले निगालोको लाठीले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। मादक पदार्थ सेवन गरी कमलाले धनबिरमाथि लाठी प्रहार गर्दा उनको मृत्यु भएको हो। उक्त खबरपछि कानपुर प्रहरी चौकीबाट टोली खटिएर घटनास्थललाई सुरक्षित राखिएको छ। प्रहरीले कमलालाई नियन्त्रणमा लिएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तयारी गरेका छन्। फागुन ३० गते प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका हुन्। माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसहितको नयाँ समीकरण बनाएका छन् । कांग्रेसले दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले चैत २३ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । अहिले प्रधानमन्त्री प्रचण्डलाई एमाले, रास्वपा, जसपा र नेकपा एसको समर्थन छ ।

Read More

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले एमाले–माओवादी नेतृत्वको सरकारको आयु एक महिना पनि नरहेको दाबी गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले विकसित राजनीतिक घटनाक्रमबारे दलको धारणा लिनको आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो सरकार बेठीक नियतका साथ बनेकाले यसको आयु लामो नरहेको दाबी गरेका हुन् । ‘यो सरकार बेठीक नियतको साथ बनेको छ । यद्यपि मेरो पार्टी पनि सरकारमा सहभागी छ । बेठीक नियतको साथ बनेको कारणले यो सरकारसँग अपार चुनौती छ । निकै सानो अवसर छ । यो कुरा म विश्वासका साथ भन्छ, यो सरकार मुस्किलले बढीमा एक महिनाभन्दा यसको आयु छैन,’ उनले…

Read More

काठमाडौँ : गायिका एलिना चौहानले गत आइतबार पर्वतको कुश्मामा भएको तेस्रो ऐतिहासिक मगर महोत्सवमा साउन्ड सिस्टमका कारणले भएको घटनामा आत्मालोचना गरेकी छिन्। स्टेजमा गीत गाउँदा गाउँदै साउन्ड सिस्टममा बसेका टेक्निसियनसँग भनाभनसम्म भएको घटनामा आफू आवश्यक्ताभन्दा बढी प्रतिकारात्मक देखिन पुगेको उनले स्वीकार गरेकी हुन्। ६ वटा साउन्ड सिस्टम कम्पनीले एलिनाले माफी माग्नुपर्ने माग राखेपछि उनले शनिबार दिउँसो सामाजिक सञ्जालमार्फत आत्मालोचना गरेकी हुन्। ‘सो घटनामा तत्कालिन समयमा म आवश्यकता भन्दा बढी प्रतिकारात्मक देखिन पुगेका प्रति आत्मालोचना गर्दछु,’ एलिनाले भनेकी छिन्, ‘मञ्चिय प्रस्तुतीका क्रममा साउण्ड ईन्जिनियरबाट हुने गरेका सामान्य कमी कमजोरीलाई माईकबाटै राखिदिने स्वाभावलाई मैले मेरो कमजोरीका रुपमा स्वीकार गर्दछु।’ उक्त महोत्सवमा टेक्निसियनले…

Read More