Author: महेन्द्रनगर पोष्ट

धनगढी : दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्समा स्थान बनाएको नेपालले अब भारत र बंगलादेशसँग खेल्ने भएको छ । नेपाल समूह डी को निर्णायक खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको हो । समूह डी बाट नेपाल, पाकिस्तान र न्युजिल्यान्ड सुपर सिक्समा पुगेका छन् । शनिबार हुने पाकिस्तान र न्युजिल्यान्डबीचको खेलपछि समूहको शीर्ष र दोस्रो टोली निर्धारण गर्नेछ । यी तीन टोली समूह ए बाट आउने तीन टोलीसँग सुपर सिक्समा हुनेछन् । समूह ए बाट भारत, बंगलादेशले शीर्ष २ मा रहँदै सुपरसिक्समा स्थान पक्का गरेका छन् र नेपालले यी दुई टोलीसँगै सुपर सिक्समा खेल्ने छ…

Read More

धनगढी : कैलालीको गौरीगङ्गा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को सार्वजनिक सुनुवाइ तथा बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार नगरपालिकामा वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ तथा बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको हो । नगरपालिकाले आव २०८०/०८१ मा ७२ करोड ३१ लाख १३ हजार ४०० अनुमानित बजेट ल्याएको थियो । यसमा चालु ६ महिनामा कुल बजेटको ३०.५० प्रतिशत खर्च भएको छ । चालुतर्फ ४०.०३ प्रतिशत खर्च गरेको नगरपालिकाले पुँजीगततर्फ ११.३६ प्रतिशत खर्च भएको सार्वजनिक सुनुवाइ प्रतिवेदनमा उल्लेख गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले अर्धवार्षिक प्रतिवेदन प्रस्तुत गरेपछि प्रतिवेदनका आधारमा एवं नगरपालिकाको…

Read More

धनगढी : कैलालीको बर्दगोरीया गाउँपालिकाको माध्यमिक विद्यालयमा कार्यरत बालविकास शिक्षिका निरञ्जना मल्ल नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर भएकी छन् । विशेष अदालतका न्यायाधीश खुशीप्रसाद थारु, तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले शुक्रवार उनलाई दोषी ठहर गरेको हो । मल्ललाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालविकास शिक्षिका मल्लले नक्कली प्रमाणपत्र पेश गरी नियुक्ति लिएको अभियोगसहित विशेष अदालतमा मंसिर १५ गते मुद्दा दायर गरेको थियो । मल्लले माध्यमिक शिक्षा परिषद क्षेत्रीय कार्यालय वाराणासी भारतबाट जारी भएको हाई–स्कूल परीक्षाको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएको ठहर भएको छ ।

Read More

धनगढी : ब्याटिङमा कप्तान देव खनाल र बलिङमा आकाश चन्दले शानदार प्रदर्शन गर्दा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत दक्षिण अफ्रिकाको इस्ट लण्डनमा शुक्रबार सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले हराएको हो। अफगानिस्तानले दिएको १४६ रनको सामान्य लक्ष्य नेपालले कप्तान देव खनालको अर्धशतकको मद्दतमा ९ विकेटको क्षतिमा पूरा गर्यो। अफगानिस्तानले दिएको १४६ रनको सामान्य लक्ष्य नेपालले कप्तान देव खनालको अर्धशतकको मद्दतमा ९ विकेटको क्षतिमा पूरा गर्यो। नेपालले ४५ औं ओभरको चौथो बलमा ९ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो। टोलीलाई १९ रन आवश्यक हुँदा देव ३७ औं ओभरको तेस्रो बलमा ५८ रनमा आउट हुन…

Read More

धनगढी : आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा कप्तानी इनिङ खेलेका देव खनाल आउट भएका छन्। नेपाली टोलीबाट अफगानिस्तानविरुद्ध अर्धशतक बनाएका उनी जितनजिक पुगेका बेला आउट भएका हुन्। लगातार विकेट गुमाएर दबाबमा परेको नेपाललाई चौथो क्रममा आएका खनालले उद्धार गर्दै लक्ष्यतर्फ अघि बढाएका थिए। तर ५८ रन बनाएको अवस्थामा खनाल आउट भएपछि नेपालमाथि दबाब बढेको छ। उनले ८९ बलको सामना गर्दै ५८ रनको कप्तानी इनिङ खेले। खनाल आउट भएपछि अहिले क्रिजमा सुवास भण्डारी आएका छन्। खनाललाई साथ दिएका दीपक बोहोरा ३० बलमा १८ रनसहित क्रिजमा छन्। सम्हालिएर खेल्न सके नेपाल जितनजिक छ। नेपालले ३७ ओभर खेल्दै ७ विकेटको क्षतिमा…

Read More

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले उनको सचिवालय छोडेका छन् ।​ रास्वपा स्थापनादेखि नै लामिछानेको सचिवालयमा रहेर काम गर्दै आएका सिग्देलले बिहीवारदेखि सचिवालय छोडेको घोषणा गरेका हुन् । ‘केही समयका लागि पारिवारिक काममा व्यस्त रहने जानकारी गराउँदछु’, रविलाई छोडेपछि सिग्देलले सामाजिक सञ्जालमा लेखेका छन् । ​सिग्देलले आफ्नो फेसबूकको इन्ट्रोमा पनि ‘स्वकीय निवर्तमान उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने’ भन्ने व्यहोरा लेखेका छन् । सचिवालय छाड्नुको कारण भने उनले उल्लेख गरेका छैनन् । तर रवि निकट स्रोतका अनुसार पारिवारिक कारण देखाउँदै सिग्देलले केही समय अघिदेखि नै सचिवालय छोड्ने तयारी गरेका थिए । ग्यालेक्सी टेलिभिजन…

Read More

धनगढी : आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपाली कप्तान देव खनालले अर्धशतक बनाएका छन्। लगातार विकेट गुमाएर दबाबमा परेको नेपाललाई चौथो क्रममा आएका खनालले उद्धार गर्दै लक्ष्यतर्फ अघि बढाएका हुन् । उनले ७३ बलको सामना गर्दै ७ चौकाको मद्दतमा अर्धशतकीय पारी पूरा गरेका हुन्। अफगानिस्तनले पहिले ब्याटिङ गर्दै दिएको १ सय ४६ रनको लक्ष्य अहिले नेपालले पछ्याइरहेको छ। कप्तान खनालकै प्रेरणामा नेपालले ३२ ओभर खेल्दै ६ विकेटको क्षतिमा ११६ रन बनाइसकेको छ। नेपालबाट अहिले क्रिजमा कप्तान देव खनाल ७७ बलको सामना गर्दै ५२ रनसहित क्रिजमा छन्। उनलाई साथ दीपक बोहोरा आएका छन्। उनले पनि खनाललाई साथ दिँदै १९…

Read More

धनगढीः : नेपाल टेलिकम दूरसञ्चार निर्देशनालय, अत्तरियाको कबाड प्रकरणको अख्तियारले कागजपत्र नियन्त्रणमा लिएको छ। दूरसञ्चार निर्देशनालय, अत्तरियाले अभिलेखमा कम तौल देखाएर बढी तामाजन्य कबाड विक्री गरेपछि अख्तियारले अनुसन्धान गर्न सम्पूर्ण सक्कली कागजपत्र नियन्त्रणमा लिएको हो। दूरसञ्चार निर्देशनालय स्रोतका अनुसार कबाड बिक्रीको सूचना, ठेक्का प्रक्रिया, सम्झौता तथा बैँकमा रकम जम्मा गरिएका भौचर लगायतका कागजपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले आफ्नो नियन्त्रणमा लिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरका प्रमुख रमेशकुमार केशीले अख्तियारले अनुसन्धान सुरु भएको बताए। जिल्ला प्रशासन कार्यालय कैलालीको प्रतिवेदनका आधारमा प्रहरीले समेत अनुसन्धान अघि बढाएको छ।दूरसञ्चार निर्देशनालय, अत्तरिया र बिएसएल कन्स्ट्रक्सन काठमाडौँका बिच ९६ हजार दुई सय ५७…

Read More

धनगढी : नेपालले आईसीसी यू-१९ विश्वकपमा अफगानिस्तानले दिएको १४६ रनको मध्यम विजयी लक्ष्य पछ्याउनेक्रममा तेस्रो विकेट गुमाएको छ । नवौं ओभरको पहिलो बलमा खलिल अहमदले ओपनर विपिन रावललाई योर्करमा २ रनमा एलबीडब्लू आउट गरे । उनले १९ बल खेलेका थिए । नेपालका कप्तान देव खनालले ४ रनमा ठूलो जीवनदान पाएका छन् । स्पिनर घजान्फरको आठौं ओभरको पाँचौं बलमा कट एन्ड बोल्ड हुनबाट बचेका थिए । खलिल अहमदको बलमा गुल्शन झा १२ बलमा १ रन बनाउँदै बोल्ड आउट भए । यसअघि उनी न्युजिल्यान्डसँग २ र पाकिस्तानसँगको खेलमा १८ रनमा आउट भएका थिए । अर्जुन कुमाल तीव्र गतिका बलर फरिदुनले पाँचौं ओभरको…

Read More

काठमाडौं : कोशीमा भएको फ्लोर क्रसको विषयमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असन्तुष्टि जनाएका छन्। उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग फोनमा काँग्रेसबाट भएको घातलाई गम्भीर रूपले लिएको भन्दै असन्तुष्टि जनाएका हुन्। ‘राष्ट्रियसभाको निर्वाचनमा मात्रै होइन, पटक पटकको निर्वाचनमा कांग्रेसबाट घात हुँदै आइरहेको छ। हामी इमान्दार हुने, तर कांग्रेसबाट घात भयो,’ प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो। प्रचण्डले असन्तुष्टि जनाएपछि देउवाले जवाफमा भने, ‘शेखरले हो शेखरले।’ देउवाको जवाफपछि प्रचण्डले शेखर होस् वा गगन जसले भएपनि कारबाही गर्न भनेका छन्। हिजो भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनबाट फ्लोर क्रस भएर गठबन्धनतर्फ माओवादीकी उम्मेदवार चम्पादेवी कार्कीलाई हराउँदै एमाले राप्रपा…

Read More