Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : नेकपा एमालेका मन्त्रीहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउन बालुवाटार गएका छन्। उनीहरू केहीबेरअघि मात्रै अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटबाट बालुवाटारतर्फ लागेका हुन्। प्रधानमन्त्रीले साढे ८ बजेलाई समय दिएपछि मन्त्रीहरू बालुवाटार गएको एमालेका एक नेताले जानकारी दिए। मंगलबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न २४ घण्टाको समय दिएको थियो।

Read More

काठमाडौं : बालिका बलात्कारको आरोपमा पक्राउ परेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर शिवाकोटीलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । बुधबार न्यायाधीश शिशिरराज ढकालको इजलासले शिवाकोटीलाई थुनामा पठाउने आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । आफ्नो घरमा घरेलु श्रमिकका रुपमा राखिएकी १२ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा २३ जेठमा पक्राउ परेका शिवाकोटीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा जबर्जस्ती करणीको मुद्दा दायर गरेको थियो । बालिकालाई काठमाडौं महानगरपालिकाको बाल उद्दार समितिले उद्दार गरेपछि उनीमाथि जबर्जस्ती करणी भएको सार्वजनिक भएको थियो । महानगरको सामाजिक विकास विभाग अन्तर्गत नाताभन्दा बाहेकका व्यक्तिसँग बसेका…

Read More

काठमाडौँ : नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिएको छ । केहीबेरमै औपचारिक रूपमा समर्थन फिर्ताको पत्र दर्ता गरी प्रधानमन्त्रीलाई बुझाउने तयारी छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमाले मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउने औपचारिक निर्णय गरेपछि प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्ने विश्वास रहेकोमा त्यसो नभएको बताए । उनले प्रधानमन्त्रीबाट मार्ग प्रशस्त नभएपछि नयाँ राष्ट्रिय सहमतिको सरकार गठन प्रक्रिया अघि बढाउन एमालेले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र दर्ता गर्न लागेको बताए । यससँगै एमालेका मन्त्रीहरूको राजीनामासमेत दिइने बताइएको छ ।

Read More

धनगढी : कैलालीमा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका-११ की २० वर्षीया छोरी सुस्मिता चौधरीको कटैनी खोलामा बगेर मृत्यु भएको हो। सुस्मिता आज बिहान काठको पुल तर्ने क्रममा अचानक बढेको पानीले बगाएर बेपत्ता भएकी थिइन्। घटना थाहा पाएपछि स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय मसुरियामा खबर गरेका थिए। घटनास्थलमा इलाका प्रहरी कार्यालय मसुरियाका प्रहरी निरीक्षक नरेश कुमार ढकालको कमाण्डमा ६ जनाको प्रहरी टोली खटिएको थियो। प्रहरी टोलीले घटनास्थलमा पुगी खोजतलास कार्य गर्दा आजै १२ बजे सुस्मिता चौधरीलाई घटनास्थलबाट करिब १० मिटर दक्षिणमा मृत अवस्थामा फेला पारे। सुस्मिताको शवलाई पानीबाट बाहिर निकालेर सुरक्षित स्थानमा राखिएको र कानूनी…

Read More

धनगढी: जिल्ला प्रहरी कार्यालय अछामको हाकिमको रुपमा प्रहरी नायब उपरीक्षक (डीएसपी) इश्वरी भण्डारी हाजिर भएका छन्। उनी बुधबार जिल्ला प्रहरी कार्यालय अछाममा हाजिर भएका हुन्। यसअघिका प्रहरी प्रमुख सन्तोष पाठक हेडक्वाटरमा सरुवा भएपछि उनको स्थानमा भण्डारी आएका हुन्। उनै डीएसपी भण्डारीले आजै जिल्ला प्रहरी कार्यालय अछामको निरीक्षण गर्दै चुस्त रुपमा काम गर्ने र गराउन मातहतका कर्मचारीलाई निर्देशन दिएको बताइएको छ।

Read More

काठमाडौं: सशस्त्र प्रहरीको हेडक्वार्टर हलचोकमा हलचल मच्चिएको छ। हेडक्वार्टरका अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश गौतमका कारण हलचल मच्चिएको बताइएको छ। एआईजीले तल्लो तहसम्मै पुगेर हस्तक्षेप गर्दा हलचल मच्चिएको हो। अचेल एआईजी गौतम आफैंले सिपाहीदेखि अधिकृतसम्मका व्यक्तिलाई पिटी परेडमा हाजिर गराउन थालेका छन्। त्यसका साथै उनले सानो दर्जाका कर्मचारीलाई दु:ख दिने काम गरेको भन्दै उनी सामान्य हवल्दार मेजरले गर्ने काममा केन्द्रित बनेको आरोप लागेको छ। उनकै कारण सशस्त्र प्रहरीको प्रशासन विभाग पनि अस्तब्यस्त बनेको बुझिएको छ। उनै एआईजी गौतमको ध्यान संगठनका ठूला योजना भन्दा पिटी परेडमा गएपछि हलचल पैदा भएको हो। त्यस्तै हालै गरिएका सरुवामा पनि आइजीलाई गुमराहमा राखेर उनले आफ्नालाई सेफ…

Read More

काठमाडौं: सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको सचिवालयमा दलालको घुसपैठ रहेको बताइएको छ। बैतडीबाट निर्वाचन जितेर नेकपा एमालेका तर्फबाट मन्त्री बनेका भण्डारीको सचिवालयमा दलाल भर्ती गरिएको बताइएको हो। उनकै सचिवालयका एक सल्लाहकारले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त कुरा ओकलेका छन्। स्रोतका अनुसार राष्ट्रिय समाचार समिति (रासस) मा करार जागिरेका रुपमा कार्यरत राजेन्द्र बिष्ट मन्त्री भण्डारीको तलब बिनाको सल्लाहकार हुन्। मन्त्रीको प्रेस सल्लाहकारका रुपमा रोशन खड्का कार्यरत भएपनि कामकाजी सल्लाहकार रहेका उनै बिष्टले नै मन्त्रीको सचिवालयमा दलालको घुसपैठ रहेको जनाएका हुन्। मन्त्री भण्डारीको सचिवालयमा आनन्द भट्ट, लोकेन्द्र भण्डारी र रमेश भट्ट लगायतका पनि छन्। सल्लाहकार बिष्टले सचिवालयका एक जनालाई दलालको…

Read More

काठमाडौं : अबको दुई महिनाभित्र नेपाल प्रहरीको उच्च तहका एक सयभन्दा धेरै अधिकृतले अवकाश पाउने भएका छन् । केहीले असारमा र धेरैले १६ भदौमा एकैपटक अवकाश पाउन लागेका हुन् । एआइजी उमेशराज जोशीले बुधबारदेखि अवकाश पाउँदैछन् । मंगलबार प्रहरी प्रधान कार्यालयमा उनको बिदाई भइसकेको छ । उनको स्थानमा डिआइजी पोषराज पोखरेलको बढुवा सिफारिस भइसकेको छ । पोखरेलले पनि शुक्रबार अवकाश पाउनेछन् । त्यसभित्र मन्त्रिपरिषद्ले निर्णय नगरेमा उनले डिआइजीबाटै अवकाश पाउनसक्ने अवस्था छ । १६ भदौमा करिब एक सय जनाले एकैदिन अवकाश पाउने भएका छन् । २० भदौमा एआइजी श्यामराज ज्ञवालीले अवकाश पाउनेछन् । यसरी अवकाश पाउन लागेकाहरु धेरैको उमेर ५५…

Read More

धनगढी: धनगढीमा यौनधन्दामा संलग्न चार जना पक्राउ परेका छन्। धनगढी उप-महानगरपालिका ७ मनेहरास्थित ब्ल्याकस्टोन कटेजबाट उनीहरुलाई पक्राउ गरिएको हो। हिजो (मंगलबार) राति जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीको कमाण्डमा खटिगएको टोलीले उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ। पक्राउ पर्नेहरूमा बर्दिया, ठाकुरबाबा नगरपालिका-१ का ४५ वर्षीय पुरुष, कञ्चनपुर, भीमदत्त नगरपालिका-१० का ३२ वर्षीय पुरुष, बाजुराकी २१ वर्षीया महिला र, धनगढी उप-महानगरपालिका-१८ की १८ वर्षीया महिला रहेका छन्। नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासत कक्षमा राखिएको छ र थप अनुसन्धान कार्य भइरहेको छ।

Read More

काठमाडौं: काठमाडौंमा विमानस्थलबाट सुन तस्करी गर्ने गिरोहसँग एक हवल्दार पनि मिलेको पाइएको छ। हवल्दारलाई प्रहरीले तस्करसँग मिलेको आरोपमा पक्राउ गरेको छ। उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत हवल्दार सुन्दर नेपालीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरेको हो। स्रोतका अनुसार हवल्दार नेपालीलाई एक साताअघि नै पक्राउ गरिएको हो। विमानस्थलबाट ल्याइएको सुन एक समूहले लुटेको थियो। सो सुन फिर्ता गरिदिने भन्दै ती हवल्दारले लाखौँ रुपैयाँ लिएका थिए। पैसा लिएर पचाउने प्रयास गरेपछि सुन तस्करी गर्ने समूहले विभिन्न निकायमा उजुरी गरेका थिए। सिआइबीले सूचना पाएपछि हवल्दारलाई पक्राउ गरी सुन तस्करी गर्ने तथा लुट्ने समूहमाथि अनुसन्धान गरिरहेको छ।

Read More