Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बिहीबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । डिजेल मट्टितेल र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ । भारतीय आयल कर्पोरेसनबाट प्रतिलिटर १.५६ रुपैयाँले मूल्य बढेर आएपनि निमगले प्रतिलिटर २ रुपैयाँले मूल्य बढाएको हो । निगमका अनुसार हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य यथावत छ । निगमका अनुसार बढेको मूल्य शुक्रबार विहान १ बजेदेखि नै लागू हुने छ ।

Read More

धनगढी : बझाङको तल्कोट गाउँपालिकाको साईलाबगडमा नजिक जिप दुर्घटना हुँदा एक जना मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । तल्कोट १ का सुस्मिता कठायतलाई बेहोस अवस्थामा जिल्ला अस्पताल पुर्‍याइएको र अस्पतालले उनको मृत्यु घोषणा गरेको छ भने चालक तल्कोट ३ का राजेश कडाल र सहचालक मष्टा ५ का कमल कठायतको अवस्था हाल मध्यम रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक भरत बहादुर शाहका अनुसार तलकोटबाट चैनपुर आउने क्रममा से १ ज ८६८ नम्बरको जीप बिहिबार साझ अनियन्त्रित भएर सडकबाट ७० फिट तल खसेको थियो । दुर्घटनामा घाइते भएकाहरु दुबै जनाको उपचार जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ । १. जिल्ला बझाङ तलकोट गा.पा.३…

Read More

धनगढी : दाङमा डिउटीमा रहेकी एक महिला प्रहरी जवानलाई गोली हानेर हत्या गरिएको छ । वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत जवान धनमाया थापाको घोराहीको दामोदर चोकमा आज साँझ करिब ७ बजेतिर गोली हानी हत्या गरिएको हो । गोली हान्नेमा उनकै श्रीमान यमबहादुर झाक्री रहेका छन् । उनले प्रहरीले पक्राउ गरि थप अनुसन्धान गरिरहेको छ ।

Read More

धनगढी : कालिमाटीस्थित अमन खाद्य स्टोरमा २७ माघमा मध्यराति चोरी भएको कुरा भोलिपल्ट स्टोर संचालकले थाहा पाए । त्यसपछि उनले प्रहरीमा उजुरी गरे । बाराको गढीमाई घर भएका ४७ वर्षीय मनोज कुमार गुप्ताले संचालन गरेको खाद्य स्टोरबाट २० लाख रुपैयाँ नगद चोरी भएको हो । चोरीमा संलग्न आरोपमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ घर भएका लोकसिंह ठगुन्नालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए । २२ वर्षका ठगुन्नाले राति १२ बजेतिर सटर फुटाएर चोरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । खाद्य स्टोरको चेनगेट खुला देखेपछि ठगुन्ना साँझ ९ बजेतिर भित्र छिरेका हुन् । तर, राति १२ बजेसम्म उनी प्यासेजमा…

Read More

धनगढी : बझाङको तल्कोट गाउँपालिकाको साईलाबगडमा नजिक जिप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइतेहरुमध्ये एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक भरत बहादुर शाहका अनुसार तलकोटबाट चैनपुर आउने क्रममा से १ ज ८६८ नम्बरको जीप बिहिबार साझ अनियन्त्रित भएर सडकबाट तल खसेको थियो । दुर्घटनामा घाइते भएकाहरु तीनै जनाको उपचार जिल्ला अस्पताल बझाङमा उपचार भईरहेको छ ।

Read More

धनगढी : नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई कारबाही गरिएको छ । बिहिबार केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य महरले दिएको राजीनामा स्वीकृत गरेको उल्लेख गरेको छ । तर महरले राजीना नदिएको र उनलाई कारबाही भएको बुझिएको छ । पार्टीका एक नेताका अनुसार महर विभिन्न विवादहरुमा मुछिएकाले केन्द्रीय सचिवालय बैठकले उनलाई कारबाही गरेको बताए । महर विरुद्ध सचिवालयमा उजुरी समेत परेको बुझिएको छ । गत मंसिरमा महरको भनिएको ‘यौनसम्बन्धी विवाद’को एक अडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

Read More

धनगढी : नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले राजीनामा दिएका छन् । केन्द्रीय सचिवालय बैठकले उनको राजीनामा स्वीकृत गरेको केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै सिराज अहमत फारुकीको राजीनामा पनि स्वीकृत भएको छ ।

Read More

काठमाडौँ : बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ दोषी ठहर भएका छन् । विशेष अदालतले भाटभटेनीका सञ्चालक गुरुङलाई २ वर्ष कैद र ८० लाख जरिवानाको सजाय सुनाएको छ । अदालतले गुरुङसहित रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई पनि सोही सजाय तोकिएको छ ।

Read More

काठमाडौं : विशेष अदालतले बहुचर्चित ललिता निवास जग्गा अनियमितता प्रकरणमा तीन पूर्वमन्त्रीले सफाइ पाएका छन् । ललिता निवासको जग्गा व्यक्तिका नाममा दर्ता गर्ने निर्णयमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतले त्यसको कसुरदारमा कर्मचारी संयन्त्रमा सीमित गरेको हो । विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले तत्कालिन भौतिक पूर्वाधारमन्त्री विजयकुमार गच्छदार, भूमसुधार मन्त्रीहरु डम्बरबहादुर श्रेष्ठ र चन्द्रदेव जोशीलाई सफाइ दिएको छ । पशुपति टिकिन्छा गुठीको जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा मुछिएका तत्कालिन सचिव दिनेशहरि अधिकारीले सफाइ पाएका छन् ।जग्गा अनियमितता गरेको आरोपमा तत्कालिन भौतिक पूर्वाधार मन्त्रालयका सचिव दीप बस्न्यात र भूमिसुधार मन्त्रालयका सचिव छविराज पन्त…

Read More

काठमाडौं : ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वमन्त्री विजयकुमार गच्छदारले सफाइ पाएका छन् । विशेष अदालतबाट उनीसहित सचिव डम्बर श्रेष्ठले पनि सफाए पाएका छन् । विशेष अदालतले २३ दिन लगातार सुनुवाइ गरेर आज अन्तिम फैसला सुनाएको हो । गच्छदारमाथि २०६६ सालमा भौतिक योजना तथा निर्माण मन्त्री हुँदा भ्रष्टाचार गरेको आरोप लागेको थियो । उनीमाथि ९ करोड ६५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप थियो । अख्तियारले उनीमाथि नक्कली मोही खडा गरी मन्त्रिपरिषद्‌मा प्रस्ताव पठाएको आरोप थियो ।

Read More