Author: महेन्द्रनगर पोष्ट

अछामः अछाममा आगलागी हुँदा दुई बालबालीकाको जलेर मृत्यु भएको छ। मेल्लेख गाउँपालिका–३ दार्वाका जयबहादुर बुढाका ३ वर्षीय छोरा अंकीत बुडा र झङ्करे बुढाका नातीनी ६ वर्षीया निरुता बुढाको आगोमा परि मृत्यु भएको हो। खरले छाएको ढुङ्गा र काठको गोठमा आज (बुधवार) ६ बजेतिर आगलागी भएको थियो। उक्त आगलागीबाट दुबै बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। आगलागीबाट गोठ जलेर नष्ट भएको छ भने घटनाको बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

Read More

धनगढी : काठमाडौँ किर्तिपुर नगरपालिका वडा नम्बर १ कलंकी नापी कार्यालयमा कार्यरत दुई जना १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । कलंकी नापी कार्यालयमा कार्यरत सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाई र लेखापढी कर्मचारी नेत्रमणी पोखरेललाई एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो । सर्भेक्षक चौलागाई र लेखापढी पोखरेलले जग्गाको हाल साविक गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिइ गएको टोलीले उनीहरुलाई सेवाग्राहीबाट एक लाख घुस लिइसकेको अवस्थामा उक्त घुस रकमसहित पक्राउ गरिरहेको अख्तियारले जनाएको छ।

Read More

धनगढी : अछाममा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। जिल्लाको पञ्देवल विनायक नगरपालिका–५ लयाँटीका २५ वर्षीय प्रकाश बुढाको करेन्ट लागेर मृत्यु भएको हो। उनी एभरेस्ट नेटवर्क प्रालिमा कार्यरत थिए। दैलेख र कालिकोटको सिमाना दही खोला नजिकै नेटवर्कको फाइवर विस्तार गर्ने क्रममा घाइते भएका बुढाको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको कालिकोट प्रहरीले जनाएको छ। उनलाई मंगलवार (हिजो) बेलुकी बिजुलीको पोलमा करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका बुढालाई अस्पताल पुर्‍याउँदा उनलाई अस्पतालले मृत घोषणा गरेको थियो। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी : कैलालीको धनगढी उपमहानगर पालिकाले आफ्नो कार्यालयमा आउने सेवाग्राहीलाई पनि शुल्क पर्ने गरी ठेक्का सम्झौता आह्वान गरेको छ । उपमहानगरपालिकाको दक्षिण क्षेत्र तर्फको मूल गेट बाहिरको खाली क्षेत्रमा सवारी पार्किङ शुल्क लगाउँदा सेवाग्राही पनि मारमा पर्ने देखिएको छ । गेट बाहिरको दायाँ पट्टी निशुल्क राखेर बायाँ पट्टी शुल्क निर्धारण गर्ने गरी उपमहानगरपालिकाले ठेक्का आह्वान गरेको हो । माघ १७ गते ठेक्काका लागि बोलपत्र आह्वान गरिएको ठेक्काको न्यूनतम मूल्य दुई लाख तोकिएको छ । सूचनाका अनुसार ठेक्का कबुल गरेको संस्थाले प्रति शौचालयमा पिसाब गरेको प्रतिव्यक्ति पाँच रुपैयाँ, शौच गरेको प्रतिव्यक्ति १० रुपैयाँ, मोटरसाइकल पार्किङका गरेको प्रति घण्टा १० रुपैयाँ, तिन…

Read More

धनगढीः कैलालीको गोदावरीमा नदीजन्य पदार्थको अबैध उत्खननमा प्रयोग भएका गाडी जरिबाना गरेर छाड्ने निर्णय भएको छ। जिल्ला समन्वय समिति कैलालीका अनुसार नदीजन्य पदार्थ अबैध रुपमा उत्खननमा प्रयोग भएका गाडी जरिबाना तोकेर छाड्ने निर्णय भएको हो। प्रति सवारी तीन हजारदेखि ५० हजारसम्म जरिबाना भराउने गरि गाडी छोड्ने निर्णय भएको जिल्ला समन्वय समिति कैलालीका कार्यबाहक प्रमुख खगराज भुसालले बताए। आइतबार जिल्लास्तरीय अनुगमन समितिको टोलीले गोदावरी, खुटिया र खैराना नदीबाट १९ वटा ढुवानीका साधन नियन्त्रणमा लिएको थियो। नदीजन्य पदार्थको अवैध उत्खनन भइरहेको विषय सार्वजनिक भएपछि उक्त टोली तीनवटै नदीको अनुगमन गरेको थियो। जिल्ला समन्वय समितिका प्रमुखको नेतृत्वमा रहने समितिमा प्रमुख जिल्ला अधिकारी, नेपाल…

Read More

कञ्चनपुरः कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मा रहेको समैजी माध्यामिक विद्यालयका एक विद्यार्थीमाथि सोहि विद्यालयका एक शिक्षकले कुटपिट गरेका छन्। कक्षा १० मा अध्ययनरत विद्यार्थी एलिसा खड्कामाथि सोही विद्यालयका शिक्षक लोकबहादुर खड्काले कुटपिट गरेका हुन्। उक्त घटना माघ २२ गते (सोमबार) भएको थियो। विद्यालयमा टिफिनको बेला एक्कासि ‘देवी’ काँप्दै एलिसा विद्यालय नजिकै घर भएका शिक्षक लोकबहादुरको घरमा पुगेकी थिइन्। त्यहाँ पुगेपछि एलिसाले काँप्दै मेरो मन्दिर किन भत्काएको भन्न थालेपछि शिक्षक लोकबहादुरले (धामी) आएको भन्दै कुटपिट गरेको स्थानीयले बताएका छन् । विद्यार्थीमाथि कुटपिट भएपछि विद्यार्थी आन्दोलित भएका थिए। उनीहरूले घटनालाई थामथुम पार्न नगरपालिका, शिक्षक, प्रहरी सबै लागेको भन्दै मंगलवार नगरपालिका पुगेरै विरोध समेत…

Read More

काठमाडौं : बाराको जितपुरसिमरा उपमहानगरपालिका-३ का वडाध्यक्ष ताराबहादुर क्षेत्रीविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडाध्यक्ष क्षेत्रीविरूद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। वडाध्यक्ष क्षेत्रीले घरबाटो सिफारिस गरिदिनका लागि सेवाग्राहीसँग पाँच लाख रूपैयाँ घुस लिएको सूचना अख्तियारले पाएको थियो। अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार सूचनापश्चात खटिएको टोलीले वडाध्यक्ष क्षेत्रीलाई पाँच लाख रूपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो। उनीविरूद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दपा ३ को उपदफा १ बमोजिम कैद सजाय र पाँच लाख रूपैयाँ बिगो दाबी गरिएको छ।

Read More

काठमाडौं : अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)मा ६१ किलो सुन प्रकरणकी प्रतिवादी अमला रोकाविरूद्ध डिफ्युजन नोटिस जारी भएको छ। नेशनल कन्ट्रोल ब्‍यूरो (एनसीबी) काठमाडौंले गरेको सिफारिसका आधारमा रोकाविरूद्ध इन्टरपोलले डिफ्यूजन नोटिस जारी भएको सीआईबीका प्रवक्ता नवराज अधिकारीले बताए। उनी सुनकाण्डमा मुछिएका बेल्जियम नागरिक दाबा छिरिङका श्रमतीसमेत हुन्। ठमेलस्थित होटेल भियना उनको नाममा दर्ता छ। यसअघि साउन २ गते राजस्व अनुसन्धान विभागले त्रिवि विमानस्थल भन्सार राजश्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो।

Read More

काठमाडौं : स्वतन्त्र सांसद अमरेश कुमार सिंहले अन्य जिल्लाको बजेट रोकेर प्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा केन्द्रित गरिएको आरोप लगाएका छन्। आज (बुधबार) प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवन, कांग्रेस सभापति शेरबहादुर देउवाको जिल्ला डडेल्धुरा र अर्थमन्त्री प्रकाशशरण महतको जिल्ला नुवाकोटमा मात्र बजेट खनाइएको आरोप लगाएका हुन्। ‘यो सरकारले विकास निर्माण अवरुद्ध गर्न खोजेको हो? नुवाकोट, डडेल्धुरा र चितवनबाहेक ७४ जिल्लामा विकास भएको छैन, बहुवर्षीय ठेक्का रोकिएका छन्,’ सांसद सिंहले प्रश्न गरे, ‘३ जनाको मात्र हो यो देश ? नुवाकोटमा २ खर्ब भन्दा बढीको आयोजना गएको छ। तीन नेताले चलाउने हो भने संसदमा बजेट…

Read More

काठमाडौं : नेपाल र क्यानाडाबीच हुने एकदिवसीय क्रिकेट श्रृंखलाको ​डिशहोम ‘डिशहोम गो’मा एचडी क्वालिटीमा प्रसारण हुने भएको छ। २०२४ को फेब्रुअरी ८-१२ सम्म द्विपक्षीय श्रृंखलाका खेलहरू टियू क्रिकेट मैदानमा हुँदैछन्। क्रिकेट एसोसिएसन नेपालले आयोजना गर्न लागेको नेपाल र क्यानाडाबीचको खेल ‘एक्सन स्पोर्ट्स एचडी १’ र ‘डिशहोम गो’बाट प्रत्यक्ष प्रसारण हुने कम्पनीले जनाएकाे छ। नेपालको पहिलो र एक मात्र स्पोर्ट्स च्यानल एक्सन स्पोर्ट्सले कास्कीको पोखरामा जारी २३ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको पनि प्रत्यक्ष प्रशारण गरिरहेको छ।

Read More