Author: महेन्द्रनगर पोष्ट

धनगढी : सशस्त्र प्रहरीको नम्बर ३४ गण हेडक्वाटर कैलालीका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) खेमराज ठकुल्लासहितका १४ जना सशस्त्र प्रहरी कर्मचारी सम्मानित भएका छन् । १७ औँ स्थापना दिवसको अवसरमा हेडक्वाटर कैलालीले कार्यसम्पादनमा उत्कृष्ट भएका डीएसपी ठकुल्लासहितका १४ जनालाई सम्मान गरेको हो । सम्मान पाउनेमा प्रस्तावित सीमा सुरक्षा गुल्म खक्रौलाका प्रमुख प्रहरी नायब उपरीक्षक सुर्यप्रकाश शर्मा, बीओपी जुगेडाका सशस्त्र प्रहरी निरीक्षक रमेश पाठक लगायतका छन् । यस्तै हेडक्वाटरले संगठनलाई विभिन्न किसिमले सहयोग गरेको भन्दै ७ जना समाजसेवी तथा व्यवसायीलाई समेत सम्मान गरेको छ । उनीहरुलाई बैद्यनाथ बाहिनी अत्तरियाका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले कदरपत्र र दोसल्लासहित सम्मान गरेका…

Read More

धनगढी: गीत गाउने तथा नाच्नेहरु महिलालाई पेसामा अनेकन बाधा अवरोध आइरहेको पाइएको छ। गीत तथा सँगीत एवं मोडलिङको दुनियाँमा किशोरी, युवती तथा महिलालाई अनेकन शोषण एक बाध्यता आइपर्ने गरेको पाइएको हो। सोही विषयमा सुदूरपश्चिमकी एक नाच्ने कलाकारले मुख खोलेकी छिन्। सुदूरपश्चिमबाट मोडलिङको दुनियाँमा छिर्दै गरेकी धनगढीकी मोडेल कोपिला सिंह ठकुरीले सो विषयमा मुख खोलेकी हुन्। उनले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा सुदूरपश्चिमका विभिन्न मेला तथा महोत्सवहरुमा नव- महिला कलाकारहरुलाई दुर्ववहार तथा शोषण हुने गरेको बताइन्। यतिमात्र होइन, महोत्सवका आयोजकले न्युन पारिश्रमिक दिएर यौन प्रस्ताव नै राख्ने गरेको उनले दाबी गरिन्। कलाकारितामा पुरुषभन्दा महिलाले धेरै चुनौती सामना गर्नुपर्ने बाध्यता रहेको उनको बुझाई…

Read More

कैलाली : गत २५ पुसको राति अत्तरियाको न्यू दोहोरी साँझबाट निस्किएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियाका ४२ वर्षीय श्याम देउवाको मृत्यु प्रकरणको अनुसन्धान गर्न प्रहरीको विज्ञ टोली खटिएको छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरपति भट्ट नेतृत्वको विज्ञ टोली खटिएको हो। प्रदेश कार्यालय महेन्द्रनगरबाट विज्ञ टोली खटाएर घटनाको सुक्ष्म अनुुसन्धान भइरहेको प्रदेश प्रहरी प्रमुख डीआईजी रवीन्द्र केसीले जानकारी दिए। विज्ञ टोलीले देउवाको मृत्यु प्रकरणमा पक्राउ परेका ६ जना अभियुक्तहरुको पोलिग्राफ परीक्षण लगायतका काम सकेको उनले बताए। साथीसँगै साँझम गएका देउवा त्यहाँ भएका अन्य व्यक्तिसँग वादविवाद भएपछि घर जान भन्दै बाहिर निस्किएका थिए। तर, उनी भोलिपल्ट गोदावरी नगरपालिकाको चौकीडाँडामा अर्धचेत अवस्थामा…

Read More

कञ्चनपुर : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले लक्ष्यको २० प्रतिशतमात्रै धान खरिद गर्न सकेको छ । संस्थानले किसानबाट यस वर्ष १५ हजार क्विन्टल धान खरिदको लक्ष्य लिएको भए पनि दुई हजार नौ सय ५१ क्विन्टलमात्रै खरिद गर्न सकेको हो । गत वर्ष पनि खाद्य संस्थानले किसानबाट लक्ष्यअनुसारको धान खरिद गर्न सकेको थिएन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरका सूचना अधिकारी तपेन्द्र उपाध्यायले यस वर्ष लक्ष्यको २० प्रतिशतमात्रै धान खरिद गर्न सकिएको जानकारी दिए । “हामीले यस वर्ष किसानबाट १५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएका थियौँ”, उपाध्यायले भने, “समयमै धानको समर्थन मूल्य तोकेर खरिद सुरु…

Read More

कैलाली : सशस्त्र प्रहरीको कैलाली हेडक्वाटरले १७ औँ स्थापना दिवस मनाएको छ । २०६४ सालमा कैलाली जिल्लाको कमाण्ड सम्हाल्नेगरि सरकारले स्थापना गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले शनिबार १७ औँ स्थापना दिवस मनाएको हो । धनगढीस्थित कार्यालय परिसरमा हेटक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीको अध्यक्षता तथा सशस्त्र प्रहरीको अत्तरियास्थित बैद्यनाथ बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महारीक्षक(डीआईजी) कुमार न्यौपानेको प्रमुख आथित्यतामा दिवस मनाएको हो । दिवसको अवसरमा सशस्त्र प्रहरीले आयोजना गरेका विभिन्न प्रतियोगिताका विजेता तथा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी र विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान समेत गरेको छ भने कार्यक्रममा सुदूरपश्चिमका मौलिक संस्कृति झल्किने सांस्कृतिक…

Read More

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत गएका छन्। उनी भिस्तारा एअरलाइन्सको उडान नम्बर युके १५८ मा काठमाडौंबाट बिहान ११ बजे नयाँ दिल्ली प्रस्थान गरेको बताइएको छ। लामिछानेसँगै उपसभापति डोलप्रसाद अर्याल पनि त्यता गएका छन्। रास्वपा स्रोतका अनुसार उनीहरु नयाँ दिल्लीमा पार्टी शुभेच्छुकहरुले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन्।

Read More

धनगढी : त्रिभुवन विमानस्थलमा प्रहरी र अध्यागमन कार्यालयका कर्मचारीबीच भएको कुटपिटको घटनालाई लिएर अहिले चर्चा परिचर्चा भइरहेको छ। कसैले प्रहरीमाथि त कसैले अध्यागमन कार्यालका कर्मचारीमाथि दोष लगाइरहेका छन्। हिजो (शुक्रबार) दिउँसो अध्यागमन अधिकृत छायालाल मोक्तान र विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि प्रहरीले हातपात गरेका थिए। यसैबीच, नेपाल प्रहरीका पूर्व प्रहरी उपरीक्षक (एसपी) आभूषण तिम्सिनाले अध्यागमनका कर्मचारीमाथि प्रहरीले हातपात गर्नु गलत भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले प्रहरीले गाली खान र सहन सिक्नु पर्ने बताएका हुन्। उनले हरेक गालीका लागि कुटपिट गर्ने र गोली हान्ने हो भने दिनैपिच्छे मानिस मारिने बताएका छन्। अध्यागमनमा जे भयो त्यो प्रहरीको…

Read More

काठमाडौं : त्रिभुवन विमानस्थलमा प्रहरी र अध्यागमन कार्यालयका कर्मचारीबीच भएको कुटपिटको घटना छानबिन गर्न समिति गठन भएको छ। हिजो (शुक्रबार) दिउँसो अध्यागमन कार्यालयका कर्मचारी र विमानस्थलमा चेकजाँचमा खटिएका प्रहरीबीच कुटपिट भएको थियो। उक्त घटनाको छानिबनका लागि गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमक संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो। समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बाँस्तोला र अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य छन्। समितिलाई सोमबारको उक्त घटनाबारे छानबिन गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन भनिएको गृह मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिए। शुक्रबार दिउँसो अध्यागमन अधिकृत छायालाल मोक्तान र विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि प्रहरीले…

Read More

धनगढीः माओवादी केन्द्रको कोटाबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी मन्त्री र राज्यमन्त्रीलाई फिर्ता बोलाउने तयारी भएको छ। उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी, सामाजिक विकासमन्त्री झपट साउँद र राज्यमन्त्री गीतादेवी माललाई फिर्ता बोलाउने तयारी भएको हो। तीनै जना मन्त्री र राज्यमन्त्रीलाई फिर्ता बोलाउने गरि माओवादी केन्द्र आन्तरिक गृहकार्यमा जुटेको हो। उनीहरूले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै फिर्ता बोलाउन आन्तरिक गृहकार्य भइरहेको माओवादीका एक प्रदेश सभा सदस्यले जानकारी दिए। ती सदस्यका अनुसार माओवादीबाट मन्त्री बनेकाहरुलाई फिर्ता बोलाउन घनिभुत रुपमा छलफल जारी छ। हिजो (शुक्रबार) मात्र सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रले खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता बनाएको छ।

Read More

धनगढी : जिल्ला समन्वय समिति बझाङले चालु आर्थिक वर्षमा गरेको वित्तीय सुशासन जोखिम मूल्यांकनमा छबिसपाथिभेरा गाउँपालिका पहिलो भएको छ । विभिन्न १०० वटा सूचकका आधारमा गरिएको अध्ययनमा छबिसपाथिभेराले ६७ अंक पाउँदै शीर्ष स्थान कायम गरेको हो । सार्वजनिक गरिएको प्रतिवेदनमा जिल्लाको बुगंल नगरपालिका भने सबैभन्दा कम अंक पाउँदै पुछारमा परेको छ । वित्तीय सुशासन जोखिम मूल्यांकनमा बुगंलले जम्मा ४६.५ अंक प्राप्त गरेको छ । बझाङमा दुई नगरपालिका सहित १२ स्थानीय तह छन् । छबिसपाथिभेरा पहिलो बन्द ६५ अंक सहित केदारस्युँ गाउँपालिका दोस्रो र ६४.२५ अंक सहित थलारा गाउँपालिका तेस्रो स्थानमा रहेको छ । कुल १०० पूर्णांकको सो परीक्षणमा स्थानीय तहको…

Read More