धनगढी : कञ्चनपुरमा स्थानीयको लाखौँ रकम ठगेर एक महिला फरार भएकी छन्। फरार हुनेमा जिल्लाको बेलौरी नगरपालिका-१० घर भएकी लक्ष्मी जोशी रहेकी छन्। उनी बेलौरीका स्थानीयबाट पैसा ठगेर फरार भएकी हुन्। उनले बेलौरी-८ का महेशसिंह विष्टबाट १८ लाख ५३ हजार, बेलौरी-१० शिवनगरकी शान्ति थापाको एक लाख ५० हजार, बेलौरी-१० शिवनगरकै हिमानी खड्काको ३ लाख २० हजार र शिवनगरकै सुनिता जोशीको परिवारबाट ८ लाख रुपैयाँ लगेकी छन्। उनले प्राय सबैसँग घरायसी खर्च भनेर मागेको बुझिएको छ। उनले कलकत्तामा कस्मेटिक पसल पनि सञ्चालन गरेकि थिइन्। पीडित महेशका अनुसार सुरुमा लक्ष्मीका बुढाले सो रकमको तमसुक बनाएर ६ महिनाको भाका दिएका थिए। भाका सकिएपछि…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : सुन तस्करी प्रकरणमा एकजना कलेज सञ्चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङ रहेका छन्। गुरुङलाई आज (सोमबार) नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो। दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याइएको संलग्न भएको पाइएपछि गुरुङलाई राजधानीबाटै पक्राउ गरिएको छ। पर्वत फुलबारी–२ घर भएका गुरुङ यसअघि फरार थिए।
धनगढी : नेकपा एमाले कैलालीका नवनिर्वाचित अध्यक्ष यज्ञराज ढुंगानाले वादी समुदायकि महिलाकाे उपचारका लागि आर्थिक सहयाेग गरेका छन् । मृगौलाकाे पत्थरीकाे शल्यक्रिया गर्न सेती प्रादेशिक अस्पताल भर्ना भएकी अछामको मंगलसेन नगरपालिका-५ कि सरिता वादीकाे उपचारका लागि ढुंगानाले सहयाेग गरेका हुन्। आज (साेमबार) बिहान प्रादेशिक अस्पताल पुगेर ढुंगानाले वादीका श्रीमान प्रेम वादीलाई सहयाेग वापत १५ हजारकाे चेक हस्तान्तरण गरेका हुन् । उनले आर्थिक अभावमा वादीकाे उपचारमा समस्या भएकाे थाहा पाएपछि थाेरै भएपनि राहत पुगाेस् भनेर सहयोग गरिएको बताए।
रौतहट : मधेश प्रदेश प्रहरी कार्यालय प्रमुख डिआईजी यज्ञबिनोद पोखरेल एक्सनमा उत्रिएका छन्। डीआईजी पोखरेलको कडा निर्देशनपछि सर्वसाधारण व्यापारीको ३१ थान मोबाइलसँगै दुईलाख रुपैया ठग्ने बहालवाला एकजना प्रहरी सहायक हवल्दार र एकजना प्रहरी जवानलाई कानुनी कारवाहीको दायरामा ल्याइएको छ। डिआईजी पोखरेलको निर्देशनमा आरोपीद्वय जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत सहायक हवलदार दीपेन्द्र कुमार राज र जवान रोशन कुमार यादव प्रहरी हिरासतमा पुगेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषामा दुवैजनामाथि आइतबार आपराधिक विश्वासघात र आपराधिक लाभ शिर्षकमा दुद्दा दर्ता भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसएसपी श्याम कुमार महतोले बताएका छन्। आइतबार नै जिल्ला अदालत धनुषाबाट ७ दिनको म्याद थमाएर दुबैजनालाई जिल्ला…
धनगढी : आइतबार दार्चुलाकी २० वर्षीया प्रमिला धामी मृत फेला परिन्। उनी महेन्द्रनगरको कटानस्थित भीमदत्त नगरपालिका–१८ को सभाहलमा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्। आइतबार सभाहलमा बिहानै योग-ध्यान गर्नेहरूले सभाहलको ढोका खोलेर भित्र बस्दा उनीहरूले महिला झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनी भीमदत्त नगरपालिकाका नगर प्रहरी हरिश महराकी पत्नी हुन्। प्रेम सम्बन्धपछि ५/६ महिनाअघि मात्र उनीहरूले बिहे गरेका थिए। प्रमिला वडा कार्यालयमा ओजीटीमा रहेका बेला नगर प्रहरी महरासँग प्रेममा परेकी थिइन्। यसपछि बिहे गरेको केही महिनामै प्रमिलाले प्राण त्यागेकी हुन्। नगर प्रहरीलाई वडा कार्यालयमा बसोबासका लागि ‘क्वाटर’ दिइएको छ। नगर प्रहरी महरा श्रीमतीसहित वडा कार्यालयको क्वाटरमा बस्ने गरेका थिए। वडा कार्यालयको रेखदेखको…
धनगढी : नेपाल प्रहरीमा १० प्रहरी बरिस्ठ उपरीक्षक (एसएसपी) र ३ प्रहरी उपरीक्षक (एसपी) अर्लि रिटायरको सूचीमा देखिएका छन्। प्रहरीको किताबखाना स्रोतका अनुसार १० एसएसपी र ३ एसपी अर्लि रिटायरको सूचीमा देखिन्छन्। उमेर र ३० वर्षे सेवाहदको कारण उनीहरु सो सूचीमा परेका हुन्। जसमा एसएसपी जीवनकुमार श्रेष्ठ (क), दिल्लीराज बिष्ट, रेवती ढकाल, किसनसिंह थापा र बेलबहादुर पाण्डे रहेका छन्। यस्तै एसएसपी दिनेशराज मैनाली, रबिकुमार पाैडेल, नविनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राई रहेका छन्। एसपीमा भने हिराबहादुर पाण्डेय, रवीन्द्र रेग्मी र कृष्ण प्रसाईं रहेका छन्। यी सबै २०८१ मा अवकाशमा जाने बताइएको छ। उसो त नेपाल प्रहरीमा ३० वर्षे सेवाहदको…
काठमाडौं: परराष्ट्रमन्त्री एवं नेपाली काँग्रेसका नेता एनपी साउदलाई गुट फेरेको आरोप लागेको छ। हालै गोदावरीमा सम्पन्न पार्टीको महासमिति बैठकपछि साउदलाई उक्त आरोप लागेको हो। पत्नी जोत्सना अधिकारीका कारण एनपीले गुट फेर्नेदेखि महासमिति बैठक छल्नेसम्मको क्रियाकलाप गरेको चर्चा छ। एकताका आफूलाई काँग्रेस सभापती शेरबहादुर देउवाको विश्वासपात्र बताउने एनपीले अस्तिको महासमिति बैठकमा पनि देउवालाई साथ नदिएको बताइन्छ। गोदावरीमा महासमिति बैठक बसेर सभापति देउवालाई महामन्त्रीसहितका नेताहरुले घेराबन्दी गरिरहेका बेला एनपी भने श्रीमती, छोराछोरीसहित सासु र सालीसमेतको टोली लिएर भारत लागेका थिए। भारतको दिल्ली हुँदै एनपीको टोली अयोध्यासम्म पुगेको थियो। अयोध्यामा एनपी टोलीले सामूहिक दर्शन तथा आराधना गरेर सडकमार्गमार्फत फिर्ता भएको पाइएको छ। महासमिति…
कञ्चनपुर : कञ्चनपुरस्थित महाकाली नदीको रोयल्टीको ठेक्कामा भ्रष्टाचार गरेकाहरुसहितकै समूहले अहिले पनि ठेक्का हत्याएका छन्। ठेक्का काठमाडौंको टाइगर सगरमाथा जेभीले हात पारेको हो। नारद पाण्डे, पदम बोहरा, दिवाकर भट्ट र तेजबहादुर चन्दसमेत साझेदार रहेको सो कम्पनीले भ्याटसहित ७ करोड ७७ लाखमा रोयल्टी ठेक्का पाएको थियो। बहालवाला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दका ‘खास’ मान्छे तेजबहादुर चन्दले सेटिङमा उक्त ठेक्का हत्याएको कञ्चनपुरमा चर्चा छ। आफ्नै क्रसरसमेत रहेका चन्दले सेटिङ मिलाएर नदीजन्य पदार्थको ठेक्का हत्याएको बताइन्छ। भीमदत्त र दोधारा चाँदनी नगरपालिकाबीच रोयल्टी ५६ र ४६ प्रतिशत वितरण गर्ने सम्झौता भएपछि भीमदत्त नगरपालिकाले ठेक्का लगाएको थियो। तर, उक्त ठेक्का पाएपछि महाकालीमा जथाभावी…
कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित ५ जना पक्राउ परेका छन्। पुनर्वास नगरपालिका-११ रामजानकी टोलस्थित सडक खण्डबाट ७७० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित धनगढी उपमहानगरपालिका-५ हसनपुर बस्ने २८ वर्षीय बिराट रावललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। भीमदत्त नगरपालिका-६ सुकासालबाट १.७२ ग्राम खैरो हेरोइनसहित कृष्णपुर नगरपालिका २ बस्ने २४ वर्षीय बिजय पालसहित दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। उनीहरुले प्रयोग गरेको थान–१ मोटरसाइकलसमेत बरामद गरेको प्रहरीले जनाएको छ। यस्तै भीमदत्त नगरपालिका-११ होल्डिङ्ग सेन्टरबाट ०.६७ ग्राम लागूऔषधसहित भीमदत्त-१८ भगतपुर बस्ने २३ वर्षीय भुवन मगर र भीमदत्त-८ बस्ने २१ वर्षीय महेन्द्र डगौरालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिएर थप…
काठमाडौँ : लिभरपुलले इएफएल (काराबाओ) कप जितेको छ। गएराती सम्पन्न फाइनल खेलमा चेल्सीलाई १-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले इएफएल कपको उपाधि जितेको हो। लिभरपुलको जितमा खेलको ३० मिनेटको अतिरिक्त समयमा भिर्गिल भान डाइकले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। उनले खेलको ११८औं मिनेटमा गोल गरेका थिए। यो जितसँगै लिभरपुलले इएफएल कप सबैभन्दा बढी १० पटक जितेको छ। इएफएल कप लिभरपुलपछि म्यानचेस्टर सिटीले ८, म्यानचेस्टर युनाइटेडले ६, चेल्सी र एस्टन भिल्लाले ५-५ पटक जितेका छन्।