Author: महेन्द्रनगर पोष्ट

डोटी : सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, पुन्नामा नायब सुब्बा (नासु) पदमा कार्यरत पूर्णसिंह विष्टले झुटा शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएको उजुरीका आधारमा अनुसन्धानपछि विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार विष्टले भारतको उत्तर प्रदेशस्थित जीएनके इन्टरमीडियट कलेज, कानपुरबाट हाईस्कुल उत्तीर्ण भएको नक्कली प्रमाणपत्र पेश गरी स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा कार्यालय सहायक पदमा नियुक्ति लिएका थिए। त्यसै आधारमा उनले पद, लाभ र सुविधा समेत प्राप्त गरेको आयोगले जनाएको छ। विष्टको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१)…

Read More

धनगढी: धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) निकट कम्युनिष्ट युवा संगठनका कार्यकर्ताले डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामबिचारी ठाकुरलाई कालोमोसो दलेका छन्। आज ठाकुरको कार्याकक्षमै पुगेर सो पार्टीका कार्यकर्ताले उनको शरीरमा मोसो खन्याएका हुन्। भ्रष्टाचारीसँग मिलेमतो गरेर वनसम्बन्धी योजनामा अनियमितता गरेको आरोप लगाइएको छ। जिल्ला प्रहरी कार्यालयले घटनाबारे बुझ्न केही बेरअघि प्रहरी टोली वन कार्यालयमा पठाए पनि बहुमतका कार्यकर्ताहरु भागिसकेको बुझिएको छ।

Read More

कञ्चनपुर: कञ्चनपुरको मझगाउँ विमानस्थलमा धावनमार्ग कालोपत्रेको काम सुरु भएको छ। विमानस्थलका लागि १५ सय २५ मिटर धावनमार्ग निर्माण हुनुपर्नेमा अहिले १३ सय मिटरमै कालोपत्रे भइरहेको हो। असारभित्रै कालोपत्रेको काम सक्ने लक्ष्य रहेको छ। फागुन पहिलो साता गृह मन्त्रालयमा भएको छलफलमा नेपाली सेनाले प्रयोग गरिरहेको छ बिघा जमिन विमानस्थल निर्माणका लागि छाड्ने र सेनाले बनाएका संरचना र खेल मैदान निकुञ्जकै जमिनमा निर्माण गर्ने सहमति भएको थियो। तर, हालसम्म उक्त सहमति कार्यान्वयन हुन सकेको छैन। पहिलो चरणको धावनमार्ग निर्माणको काम सकिएपछि नागरिक उड्डयन प्राधिकरणले दोस्रो चरणमा टर्मिनल भवन निर्माणका लागि तयारी गरिरहेको बताइएको छ।  मझगाउँ विमानस्थल स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको…

Read More

धनगढी: नागरिक उन्मुक्ति पार्टीका नेता तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीको घरमा चोरी भएको छ। कैलालीको लम्कीचुहा नगरपालिका–४ बलियामा रहेको चौधरीको घरमा सुनचाँदीसहित करिब २० लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको बताइएको छ। चौधरीको घर विगत बैशाखदेखि बन्द रहेको र त्यस अवधिमा कोही बसोबास नगरेको जनाइएको छ। चोरी कहिले भएको भन्ने यकिन नभए पनि हिजोमात्रै घरमा पुग्दा चोरी भएको थाहा लागेको चौधरी पक्षको भनाइ छ। चोरले घरको ढोका फोडेर भित्र पसेर बहुमूल्य सुनचाँदीका गहना तथा नगद समेत लुटपाट गरेको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे अनुसन्धान भइरहेको र प्रहरीले चोरीको प्रकृति तथा चोरको पहिचान गर्न खोजी तीव्र पारेको…

Read More

कञ्चनपुर: कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका–९ धनसिङ्हाका अभिषेक क्षेत्रीको भारतको गुजरात राज्यमा सवारी दुर्घटनामा परी मृत्यु भएको छ। १८ वर्षीय क्षेत्री गुजरातमा रोजगारीको सिलसिलामा बसेका थिए। केही दिन अघि भएको सवारी दुर्घटनापछि उनी अस्पतालमा उपचाररत थिए। उपचारको क्रममा उनको निधन भएको परिवार स्रोतले जनाएको छ। उनको परिवार पुनर्वास–९ मा बस्दछ। उनको असामयिक निधनले परिवार, आफन्तजन तथा समुदायलाई गहिरो शोकमा डुबाएको छ।

Read More

काठमाडौं: सगरमाथाको सफल आरोहण गरी फर्किएका सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) दन्त बहादुर छत्याल सशस्त्र प्रहरी नायव निरीक्षक (सई) मा बढुवा भएका छन्। सशस्त्र प्रहरी बलले उनी फर्किए लगतै बढुवा गर्ने निर्णय गरेको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए। छत्यालले जेठ ४ गते बिहान ९ः२० बजे सगरमाथाको चुचुरोमा ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका थिए। साहसिक कार्य गरेबापत सशस्त्र प्रहरी बल, नेपालले उनलाई सशस्त्र प्रहरी सहायक निरीक्षकबाट सशस्त्र प्रहरी नायव निरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको हो। छत्याल सगरमाथा आरोहणका लागि वैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए। सगरमाथा सम्वादको सन्देशसहित विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी…

Read More

कञ्चनपुर: कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ मा निर्माणाधीन सुक्खा बन्दरगाह क्षेत्रभित्र पर्ने गौरीशंकर सामुदायिक वनबाट १०९ वटा रुख चोरी भएको खुलासा भएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेका अनुसार, बन्दरगाह निर्माणका लागि छपान गरिएको १ हजार ७ सय २ रुखमध्ये १०९ रुख फिल्डमै भेटिएनन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने उक्त सामुदायिक वनबाट सिसौका ४० वटा ठूला रुख र ६९ वटा पोल साइजका रुख गरी १०९ रुख चोरी/तस्करी भएको पाइएको हो। रुख कटान सुरु हुनुअघि नै चोरी रुख कटान गर्नुअघि नै वन मन्त्रालयको पत्राचारमार्फत अनुमति प्रक्रिया पूरा गरिएको थियो। ०८१ असोज २ गते मन्त्रिपरिषद्ले रुख कटान गर्ने निर्णय गरेपछि…

Read More

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालमा गोताखोरको संख्या १२८ पुगेको छ। बुधबार २० जनाले तालिम सम्पन्न गरेसँगै सशस्त्रमा गोताखोरको संख्या १२८ पुगेको हो। गृहमन्त्री रमेश लेखकको उपस्थितीमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालित सि सं ६ गोताखोर तालिम बुधबार समापन भएको हो। जसमा नयाँ गोताखोरलाई गृमन्त्री लेखकले प्रमाण पत्र र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गोताखोर ट्याग प्रदान गरे। छ हप्ता अवधिको उक्त तालिममा प्रशिक्षार्थीहरुलाई चितवनको कुरिन्टारस्थित त्रिशूली नदी, कास्कीको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोशी नदीमा अभ्यास गराइएको थियो। कार्यक्रममा प्रशिक्षार्थीहरुले पानीजन्य घटना दुर्घटनामा उद्धार सम्बन्धी डेमो समेत प्रदर्शन गरेका थिए। सशस्त्र प्रहरी बल नेपालमा पहिलो पटक…

Read More

काठमाडौं: गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा  लिएको छ। अख्तियारले केहीबेर अघि उनलाई नियन्त्रणमा लिएर टंगाल कार्यालय पुर्याएको बताइएको छ। यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराई हिजो मात्र सरुवा भएर गृह मन्त्रालय पुगेका थिए। भिजिट भिसामा विदेश जानेहरुसँग सेटिङ मिलाएर भट्टराईले रकम असुली गरेको र मानव तस्करीसँग साँठगाँठ गरेको उजुरीपछि गृहमन्त्री रमेश लेखकले उनलाई मन्त्रालय तानेर पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई विमानस्थलको जिम्मेवारी दिएका छन्। उता अख्तियारको अर्को टोलीले विमानस्थलमा छापा हानेर कम्प्युटर र केही कागजात नियन्त्रणमा लिएको बताइएको छ। विस्तृत विवरण आउन बाँकी छ।

Read More

धनगढी: सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनीका नायब महानिरीक्षक (डीआईजी) प्रदीपकुमार पालले धनगढी उप–महानगरपालिका–२ स्थित नल्काघाटमा नयाँ सीमा प्रहरी चौकी (बीओपी) को उद्घाटन गर्दै सीमा सुरक्षालाई थप प्रभावकारी बनाइने विश्वास व्यक्त गरेका छन्। गृह मन्त्रालयको मिति २०८१ चैत ४ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार नल्काघाटस्थित फर्वार्ड बेसलाई स्तरोन्नति गरी सशस्त्र प्रहरी बल, नेपाल बीओपीको रुपमा स्थापना गरिएको हो। यस बीओपीको स्थापनाबाट सीमामा सशस्त्र प्रहरी बलको उपस्थिति थप सशक्त हुने र सीमा सुरक्षामा एवं सीमा अपराध नियन्त्रणमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ। उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै डीआईजी पालले सीमाको सुरक्षा नेपाल राष्ट्रको सार्वभौमिकता र भौगोलिक अखण्डतासँग प्रत्यक्ष सम्बन्धित अति…

Read More