Author: महेन्द्रनगर पोष्ट

धनगढी: बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्नया गाउपालिका-८ की १८ वर्षीया सविना महरा रहेकी छन्। सुर्नया गाउँपालिका-८ ढुंगाकोटमा बाचपानीबाट दोराका लागि छुटेको जिप दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परी गम्भीर घाइते भएकी सविनालाई थप उपचारको लागि धनगढी लगिएको थियो। उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको प्रहरीले जनाएको छ। जिप दुर्घटनामा परी घाइते भएका अन्य चार जना उपचारपछि घर फर्किएका छन्। चालकसमेत रहेका सुर्नया गाउँपालिका- ७ का लालबहादुर कुँवर, सुर्नया- ८ का २१ वर्षीय कृष्ण मडै, सोही ठाउँका ४५ वर्षीय मानबहादुर महरा र ४० वर्षीय धनबहादुर महरा डडेल्धुरामा उपचार भएपछि घर फर्किएका हुन्। कच्ची सडकमा…

Read More

काठमाडौं: नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको सुदृढीकरणको लागि सातवटा लक्ष्य समेटिएको ‘प्रधानसेनापति कमाण्ड मार्गनिर्देशन, २०८१’ जारी गर्ने घोषणा गरेका छन्। प्रधानसेनापति भएको भोलिपल्ट मंगलबार सकलदर्जालाई सैनिक मुख्यालय जंगीअड्डाको सभाहलमा सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन्। “राष्ट्रिय सुरक्षा, सांगठनिक सुदृढीकरण तथा व्यवस्थापन, अपरेसनल क्षमताको विकास, सैनिक सूचना प्रणालीको प्रभावकारिता, समयसापेक्ष तालिम तथा शिक्षा प्रणाली, सबल बन्दोबस्ती र कल्याणकारी कार्यको दिगोपना तथा सेवा विस्तार जस्ता महत्त्वपूर्ण क्षेत्रहरूलाई प्राथमिकतामा राख्दै सात (७) वटा लक्ष्य समावेश गरी ‘प्रधानसेनापति कमाण्ड मार्गनिर्देशन, २०८१’ जारी हुनेछ,” प्रधानसेनापति सिग्देलले भने। सम्बोधनका क्रममा उनले सबैभन्दामाथि संस्था रहेको हुँदा सबैलाई खुसी बनाउनेभन्दा पनि समग्र संस्थाको हितको लागि कार्य…

Read More

काठमाडौं: नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवालीको आज बिदाई भयो। ज्ञवाली आजबाट अवकाश पाएपछि बिदाई गरिएको हो। उनलाई आईजीपी वसन्तबहादुर कुँवरसहितले बिदाई गरेका थिए। सो क्रममा ज्ञवाली आफूले प्रहरी संगठनका लागि ठूलो योगदान गरेको जनाएका थिए। जबकी उनीमाथि घर जाने बेला विभागीय आचरण विपरीतका गतिविधिमा संलग्न भएको आरोप लागेको थियो। सो आरोप खेपेरै उनी अवकाशप्राप्त बनेका हुन्। उसो त प्रहरी प्रधान कार्यालय, नक्सालको उजुरी छानबिन शाखामा परेको निवेदनबारे जाँच गर्न २३ असारमा एआईजी टेकप्रसाद राईको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाइएको थियो। सो समितिका एक सदस्यका अनुसार, जाँचका क्रममा ज्ञवालीबारे विस्तृत अनुसन्धान गर्नुपर्ने थुप्रै विषयहरु देखिएका छन्। केही सन्दर्भमा कैफियत फेला…

Read More

काठमाडौं: गृह मन्त्रालयले काठमाडौको प्रमुख जिल्ला अधिकारीमा कारागार व्यवस्था विभागका महानिर्देशक जयनारायण आचार्यलाई पठाउने निर्णय गरेको छ। यसैगरी रिक्त रहेका तीन जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी समेत पठाइएको छ। यस्तै अन्य केहि जिल्लामा पनि क्रमश सिडिओ हेरफेरको गृहकार्य जारी राखिएको छ। मन्त्रालयले कर्मचारी व्यवस्थापन गर्ने क्रममा लामो समय देखि सिडिओ रिक्त रहदै आएको सिन्धुलीको सिडिओमा लीला प्रसाद शर्मालाई पठाइएको छ। यसैगरी अध्यागमन कार्यालय भैरहवाका प्रमुख अध्यागमन अधिकृत किरण थापालाई रिक्त सिन्धुपाल्चोकको सिडिओको रुपमा पठाइएको छ। यसैगरी गृह मन्त्रालयकै उपसचिव रमा आचार्य सुवेदीलाई जिल्ला प्रशासन कार्यालय प्युठानको सिडिओमा पठाइएको छ। प्युठानका सिडिओ नारायण प्रसाद अर्याललाई मन्त्रालयमा सरुवा गरिएको छ। यसैगरी इलाका…

Read More

धनगढी: कैलालीको अत्तरियास्थित एक होटलमा यौनधन्दा हुने गरेको पाइएको हो। जिल्लाको गोदावरी नगरपालिका वडा नं. २ स्थित दार्चुला सोहन होटलमा धन्दा हुने गरेको पाइएको हो। आजमात्रै मालाखेती प्रहरीको टोलीले उक्त होटलबाट होटल संचालकसहित १ महिला र २ पुरुष गरी जम्मा ३ जनालाई पक्राउ गरेको छ। सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक एआईजी सुदिप गिरीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको निरीक्षण गरेका छन्। एआईजी गिरीले नेपाल प्रहरीको सेवा प्रभावकारीताको मुल्याङ्कनका लागि सुदूरपश्चिम प्रदेश प्रहरी गण, नेपाल प्रहरी बिद्यालय धनगढी र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको निरीक्षण गरेका हुन्। अन्तर प्रहरी कार्यालय कार्यदक्षता केन्द्रिय मूल्यांकन समितिका संयोजकसमेत रहेका एआईजी गिरीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी लगायत मातहत कार्यालयहरुको स्थलगत रुपमा निरीक्षण भ्रमण तथा अवलोकन गरेका थिए। निरीक्षणका क्रममा एआईजी गिरीले कार्यालयका सम्पूर्ण शाखाहरु, अभिलेख व्यवस्थापन, जनशक्ति व्यवस्थापन, भौतिक पूर्वाधार व्यवस्थापन र अपराध अनुसन्धानको अवस्था तथा विश्लेषण गर्न मातहत कार्यालयहरुलाई निर्देशन दिए। उनले प्रशासनिक गतिबिधी, सुरक्षा…

Read More

कञ्चनपुरः कञ्चनपुरमा एक किशोरी जबरजस्ती करणीको सिकार बनेकी छन्। जिल्लाको कृष्णपुर नगरपालिका–४ की १७ वर्षीया किशोरी जबरजस्ती करणीको सिकार बनेकी हुन्। कृष्णपुर नगरपालिका–२ का दुई युवाले मादक पदार्थ सेवन गरेर जबरजस्ती करणीको प्रयास गरेको प्रहरीले बताएको छ। कृष्णपुर नगरपालिका–२ का २३ वर्षीय रमेश चौधरी र २७ वर्षीय सुरेश चौधरीका नाममा इलाका प्रहरी कार्यालय झलारीमा पीडित किशोरीकी आमाले उजुरी दिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताए। भदौं २१ गते साँझ किशोरीमाथि जबरजस्ती करणीको प्रयास भएको उनले बताए। किशोरीलाई फोन गरेर काम छ भन्दै जंगलमा लगेर जबरजस्ती करणी गरेको आरोप पीडित पक्षको छ। अष्टमी मनाउन मामाघर आएकी किशोरीलाई जबरजस्ती करणी…

Read More

काठमाडौं: नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली अवकाशमा गएका छन्। आजबाट उनी अवकाशप्राप्त बनेका हुन्। उनलाई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रम बिच बिदाइ गरेका छन्। बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले सेवा निवृत्त भएका ज्ञवालीले संगठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, संगठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारीताका साथ सम्पन्न गरेको उल्लेख गरे। ज्ञवाली वि.सं. २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए। ज्ञवाली भदौ २६ गतेबाट सेवानिवृत्त हुन हुँदैछन्। उसो उनीमाथि छानबिन थालिएकोमा अझै सकिएको छैन। उनको जागिर अवधि सकिएपनी उनीमाथि आरोप लागेका विषयमा छानबिन…

Read More

गोविन्द पन्थी, प्रहरी कर्मचारीको राजनैतिक नेतृत्वसँग भेटघाटबारे प्रहरी प्रधान कार्यालयको परिपत्र सम्बन्धमा धारणा प्रस्तुत गर्ने क्रममा प्रहरी पनि सामाजिक हुन्छ। प्रहरी कर्मचारी पनि नागरिक पनि हुन्। के प्रहरी कर्मचारीहरु सामाजिक प्राणी होइनन र ? उहाँहरुका आफन्त वा साथी भाई राजनितीमा कोही हुदैनन् ? कसैले भनेपछि र दबाब दिएपछि आफूले खोजेको ठाउँ पाइने भएपछि आफूले चिनेको, जानेकोलाई कसले पो नभन्लार ? आफूले ऐन नियमले दिएको अधिकारको प्रयोग गर्न नसक्ने अनि २१औं शताब्दीमा लोकतान्त्रिक शासन प्रणालि भएको मुलुकमा ती कर्मचारी जो अनुशाशित रहन्छन्। र उनीहरुका कुनै हक हितका कुरा गर्ने ट्रेड युनियन छैनन् भन्दैमा भेटघाट नै गर्न नपाउने गरि त्रास सिर्जना गर्ने…

Read More

काठमाडौं: सशस्त्र प्रहरी बलमा आईजीपी र एआईजी दुवैको पदावधि घटाउने प्रस्ताव अघि बढेको छ। गृह मन्त्रालयले सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको विधेयकको मस्यौदामा पदावधि चार वर्षबाट तीन वर्षमा घटाउने प्रस्ताव गरिएको छ। यसले सशस्त्र नेतृत्वमा तरंग ल्याएको छ। यो प्रस्ताव पास भएमा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले २०८२ को १० वैशाखमा अवकाश पाउनेछन्। त्यसपछि आईजीपीको प्रतिस्पर्धामा नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहाल रहनेछन्। गौतमले पनि वैशाखमै अवकाश पाउने भएकाले पौडेल र दाहालबीच प्रमुख प्रतिस्पर्धा हुने देखिन्छ। पौडेल आईजीपी भएमा दाहालले असोजमा यही प्रावधानका कारण अवकाश पाउनेछन् भने दाहाल आईजीपी भएमा पौडेलले जेठमा अवकाश पाउने अवस्था छ। पौडेल २०७९…

Read More