धनगढी: कैलालीको गौरीगंगा नगरपालिका–६ कठौतीस्थित पूर्व–पश्चिम राजमार्गमा अबैध साल जातको काठ बरामद गरिएको छ। प्रहरीकाअनुसार शुक्रबार दिउँसो साढे १२ बजे से १ त ९५१७ नम्बरको ट्याक्टरको ट्रालीको चक्का निस्किएर बिग्रिएपछि सडकको दायाँ साइडमा रोकिएको अवस्थामा ट्रालीभित्र बालुवामा लुकाएर राखिएको साल जातको काठ फेला परेको हो। इलाका प्रहरी कार्यालय चौमला, कैलालीबाट खटिएको प्रहरी टोलीले ट्रालीभित्र लुकाइछिपाई राखिएको ६ थान गोलिया साल काठ (जम्मा ४९.०५ क्युफिट), अनुमानित मूल्य करिब ४९ हजार बराबरको काठ बरामद गरेको हो। बरामद गरिएको काठ र ट्रालीलाई आवश्यक कानुनी प्रक्रिया अनुसार सब डिभिजन बन कार्यालय चौमालामा बुझाइएको प्रहरीले जनाएको छ।
Author: महेन्द्रनगर पोष्ट
धनगढी: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखण्ड सुदूरपश्चिमको नाराले डोटीमा भएको केन्द्रलाई कैलालीमा पुर्याएको बताएका छन्। मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा डोटीको दीपायलमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘सुदूरपश्चिम अखण्ड हुनुपर्छ भन्ने बहस चल्यो,’ उनले भने, ‘अखण्ड सुदूरपश्चिमको नाराले डोटीमा भएको केन्द्रलाई कैलालीमा पुर्याएको हो। अखण्ड भन्ने त राम्रो शब्द भयो, अखण्ड सुदूरपश्चिम भन्ने कुरा मिठो लाग्ने पनि भयो। तर, त्यो अखण्डले डोटीको औचित्य र अधिकारलाई कुण्ठित ग¥यो भन्ने बुझ्न जरुरी छ।’ उनले पछिल्लो कालखण्डमा पनि डोटी जिल्लाले आफ्नो अस्तित्व सिद्ध गर्दै आएको बताए।
कञ्चनपुर : पढाइको चाहना पूरा गर्न उमेर तगारो नहुँदोरहेछ। यही कुरालाई सत्य प्रमाणित गरिदिएकी छिन् लालझाडी गाउँपालिका–४ पर्सीयाकी डल्लीदेवी चौधरीले। ५२ वर्षको उमेरमा चौधरीले विद्यालयमा भर्ना भएर पढ्न थालेकी छन्। गाउँकै स्वतन्त्र माध्यमिक विद्यालयमा कक्षा १ मा भर्ना भएर उनले पढ्न थालेकी हुन्। चौधरी गाउँपालिका–४ को वडासदस्य हुन्। उनी पढ्नका लागि भर्ना भएको विद्यालय व्यवस्थापन समितिको सदस्य पनि हुन्। ‘सानैदेखिको विद्यालय गएर पढ्ने चाहना थियो’, उनले भनिन्, ‘पढ्नै पाइएन, सँगैका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका साथीहरूले हस्ताक्षर गर्नुहुन्छ, मैले औँठा लगाउनुपर्ने हुन्छ, यस्तो अवस्थामा मनभित्र हीनताबोध हुन्छ।’ पढ्न पाएको भए यस्तो हुँदैनथ्यो भन्ने कुरा मनभित्रै खेल्ने गरेकाले हिम्मत गरेर पढेर साक्षर बन्नका लागि…
काठमाडौं: नेकपा एमालेको सबैभन्दा बलियो मानिने जनसंगठन राष्ट्रिय युवा संघ नेपालको दशौं महाधिवेशन जेठ ९ देखि ११ गतेसम्म पोखरामा सम्पन्न हुँदैछ। देशभरिबाट १ हजार ९०० प्रतिनिधिले भाग लिने उक्त महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ। पार्टीले जनसंगठनका केन्द्रीय नेतृत्वलाई संख्यात्मक दृष्टिले छरितो बनाएपछि युवा संघको आगामी केन्द्रीय कमिटी १५१ सदस्यीयमा सीमित हुँदैछ। त्यसभित्र जम्मा ९ पदाधिकारी चयन गर्नुपर्नेछ। अहिले राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी ३३९ सदस्यीय छ। त्यसैले अहिले भएका केन्द्रीय पदाधिकारी र सदस्यबाट महाधिवेशनले १८८ जनालाई बिदा गर्नुपर्ने भएको छ। त्यसभित्र नयाँ सदस्य केन्द्रीय कमिटीमा आउन चाहन्छन्। पार्टीले केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यको संख्या घटाए पनि आयोग, विभाग र प्रदेशका…
धनगढी: काठमाडौंबाट धनगढीका लागि उडेको श्रीएयरलान्सको जहाज पुनः काठमाडौँमै आकस्मिक अवतरण गरिएको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उडेको आधा घण्टामै जहाज काठमाडौँ फर्काएर अवरण गराइएको हो। धनगढी विमानस्थल कार्यालयकाअनुसार आकाशमा ठूलो हावाहुरी चलेका कारण जहाजलाई काठमाडौँ डाइभर्ट गरेर सुरक्षित अवतरण गरिएको हो। यसअघि हावाहुरीकै कारण आज बिहान बुद्ध एयरको जहाज नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो।
धनगढी: स्थानीय सेवा ऐन माग्दै आन्दोलनमा उत्रिएका सुदूरपश्चिम प्रदेशका स्थानीय तहका कर्मचारीलाई कार्य क्षेत्र फर्कन आग्रह गरिएको छ। प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ११ गतेदेखि सुरु हुने प्रदेशसभाको अधिवेशनले उक्त ऐन जारी गर्ने बताउँदै कर्मचारीलाई कार्यक्षेत्र फर्किन आग्रह गरेका हुन्। मुख्यमन्त्री शाहले विज्ञप्ति जारी गर्दै कर्मचारीको वृत्ति विकासमा परेको अप्ठेयारालाईसमेत मध्यनजर गरेर स्थानीय सेवा ऐन चाँडै जारी गर्ने भएकाले आन्दोलनका कार्यक्रम फिर्ता लिएर कार्यक्षेत्रमा फर्कन आग्रह गरेका हुन्। सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा विचाराधीन अवस्थामा रहेको छ। प्रदेश सभाको विधायन तथा प्रदेश मामिला समितिले दफावार छलफल पश्चात आफ्नो प्रतिवेदनसमेत सभामुखलाई…
धनगढी: कञ्चनपुरकी बालिका निर्मला पन्त बलात्कार–हत्या प्रकरणसँग जोडिएको गाली–बेइज्जती मुद्दामा पत्रकार खेम भण्डारीलाई कञ्चनपुर जिल्ला अदालतले दोषी ठहर गरेको छ। न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले मानसखण्ड दैनिकका सम्पादक भण्डारीलाई एक महिना कैद, १० हजार रुपैयाँ जरिवाना र १ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला सुनाएको हो। जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्रबहादुर चन्दका अनुसार पत्रकार भण्डारीले निर्मला पन्त प्रकरणमा तथ्यहीन रूपमा आफूलाई जोडेर समाचार लेखेको भन्दै तत्कालीन एसपी (हाल अवकाशप्राप्त एसएसपी) दिल्लीराज बिष्टका छोरा किरण बिष्टले उजुरी दिएका थिए। १० साउन २०७५ मा साथीको घरमा पढ्न जान्छु भनेर घरबाट निस्किएकी १३ वर्षीया पन्तको भोलिपल्ट भीमदत्त नगरपालिका–२ स्थित निम्बुखेडा खोलानजिकैको उखुबारीमा शव भेटिएको थियो।…
काठमाडौं: नेपाली सेनाले रिक्त रहेका विभिन्न ट्रेडका फलोअर्स पदमा भर्ना खुलाएको छ। सेनाको भर्ना छनौट निर्देशनालयले आज सूचना जारी गर्दै १६६ जना जनशक्ति आवश्यक रहेको जनाएको छ। फलोअर्सअन्तर्गत सूचिकार, सफाईकर्मी, केशकतर्क, लोहाकारलगायत पदमा भर्ना खुलाइएको छ। योग्यता पुगेका इच्छुक व्यक्तिले आगामी जेठ ३१ गतेसम्म दरखास्त दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर थप एक हप्तासम्म फाराम बुझाउन पाइने सूचनामा उल्लेख छ। ट्रेड फलोअर्सका लागि साधारण लेखपढ गर्नसक्ने भएपुग्छ।
धनगढी: ‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ का लागि बैतडीको पाटन जान लागेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको टोली हिजो डडेल्धुरामा थियो। त्यहाँ टोलीको निकै ठूलो स्वागत गरिएको थियो भने सदरमुकाम अमरगढीमा चहलपहल निकै देखिन्थ्यो। त्यसका अलावा आज बिहान प्रचण्डले मर्निङ वाक कार्यक्रम गरेका छन् भने उनी अब पाटन प्रस्थान गर्ने तयारी छ। त्यस अगाडि भने उनले सुदूरपश्चिम प्रदेश सभा माओवादी संसदीय दलको नेता परिवर्तन गरिदिएका छन्। अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष नन्दकिशोर पुन पासाङ, महासचिव देव गुरुङ, उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलसहितका नेताहरूको उपस्थितिमा दलको नेता परिवर्तन गरिएको हो। २०८० माघ १२ गते…
काठमाडौं: नागढुंगामा ट्राफिक प्रहरी (इन्स्पेक्टर)ले डिउटीमै रहेका प्रहरी जवानमाथि कुटपिट गरेको घटना अनुसन्धान गर्न छानबिन समिति गठन भएको छ। उपत्यका प्रहरी कार्यालय रानीपोखरीले रानीपोखरीमै कार्यरत प्रहरी उपरीक्षक एसपी पदमबहादुर विष्टको नेतृत्वमा छानबिन समिति गठन गरेको हो। समितिमा ट्राफिक प्रहरी कार्यालय रामशाहपथका डीएसपी र जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना निरीक्षकसहित पाँचजना छन्। समितिलाई छानबिनका लागि एक हप्ताको समयावधि दिइएको छ। बुधबार दिउँसो ट्राफिक प्रहरी प्रभाग नागढुंगाका प्रमुख निरीक्षक जितेन्द्रकुमार साहले प्रहरी प्रभाग नागढुंगामै कार्यरत प्रहरी जवान मदन खड्कामाथि कुटपिट (गालामा चड्कन हानेको) गरेका थिए। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि निरीक्षक साहको जिम्मेवारी खोसिएको छ। समितिको छानबिनका आधारमा उनीहरूमाथि विभागीय कारबाही…