बैतडीः डोरी घाँटीमा कस्सिएर बैतडीमा एक १४ वर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका–९ ग्वालेकका खेमराज जोशीका छोरा सन्दीप जोशीको घाँटीमा डोरी कसिएर मृत्यु भएको हो। घर नजिकै साथीहरुसँग डोरी खेल्ने क्रममा डोरी घाँटीमा अल्झिदा घाँटी कसिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बलराम पाण्डेले बताएका छन्। उनको जिल्ला अस्पताल बैतडीमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता पाण्डेले बताएका हुन्।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: नेपाल सरकारका गृहमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता रमेश लेखकका भान्जालाई कुटपिट गरिएको छ। काठमाडौंको दरबारमार्गमा शुक्रबार बेलुका लेखकका भान्जा रमेश भट्टलाई कुटिएको हो। गुन्डागर्दीमा कहलिँदै आएका संजीव लामा ‘स्याल’ले सञ्चालन गरेको लिक्विड लाउञ्जमा भट्टले काभ्रेली समूहको कुटाई खाएका हुन्। प्रहरी स्रोतका अनुसार बैतडीका भट्ट र स्याल ग्रुपबीच विवाद भएर लफडा भएको थियो। भट्ट गृहमन्त्री रमेश लेखकलाई मामा भन्ने गर्दछन्। उनै भट्ट कुटपिटपछि गम्भीर चोट लागेर अस्पताल भर्ना भएका छन्। हिजो राति अबेरसम्म मदिरा पिएर बसेपछि उनीहरूबीच झगडा भएको थियो। कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले काभ्रेली समूहका ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा रोशी गाउँपालिका-४ का कुलध्वज लामा, भुम्लु…
धनगढी: आज बिहानको भूकम्पमा बाजुराका १६ घरमा क्षति पुगेको छ। जगनाथ गाउँपालिका–५ को गोत्री केन्द्रबिन्दु रहेको ५.२ रेक्टर स्केलको भूकम्पले हालसम्म १६ घरमा क्षति पुगेको विवरण प्राप्त भएपनि मानवीय क्षति नभएको बताइन्छ। अघिल्लो वर्ष माघ १० गते बाजुरा केन्द्रबिन्दु बनाएर गएको ५ं.९ रेक्टर स्केलको भूकम्पमा चर्किएका घर तथा भवनमा आज क्षति पुगेको हो। जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार क्षतिको पूर्ण विवरण प्राप्त भइसकेको छैन। गत बैशाखमा पनि बाजुरामा भुईंचालो गएको थियो। पटक पटकका भुईंचालोबाट चर्किएका घरहरुमा आज थप क्षति भएको हो।
धनगढी: कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिमका नेता कार्यकर्तालाई १५औँ महाधिवेशनपछि न्याय हुने आश्वासन दिएका छन्। सुदूरपश्चिमका नौवटै जिल्लाका नेता-कार्यकर्तासँग अन्तरक्रिया/छलफल गर्दै नेता कोइरालाले पार्टीमा सबैलाई समान र उचित अवसरका लागि लडिरहेको बताएका हुन्। भेटघाट कार्यक्रममा अधिकांश जिल्लाका नेता/कार्यकर्ताले आफूहरू पार्टीको केन्द्रीय नेतृत्वबाट अन्यायमा परेको, गुटका आधारमा पक्षपात गरेको र आफूहरूलाई अवसरबाट वञ्चित गरेको गुनासो गरेका थिए। सुदूरपश्चिमको ३ दिने भ्रमणका क्रममा कोइरालाले उनीहरूलाई आश्वस्त पार्दै भने, ‘म सबैलाई समान र उचित अवसरका लागि पार्टीभित्र लडिरहेका छु। विगतमा तपाईंंहरूमाथि अन्याय भएको छ। उचित अवसर पाउनु भएको छैन। तपाईंहरूको पीडा म बुझ्छु। अब १५औँ महाधिवेशनपछि न्याय हुन्छ। म कसैलाई पक्षपात गर्दिनँ। तर…
काठमाडौं: पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उपाधि जनकपुर बोल्ट्सले जितेको छ। आज भएको फाइनलमा सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि कब्जा गरेको हो। सुदूरपश्चिमले टस जितेर पहिला ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १८४ रन बनाएको थियो। १८५ रनको विजय लक्ष्य पछ्याएको जनकपुरले सुदूरपश्चिमलाई स्तब्ध पारेको हो। एनपीएलको च्याम्पिन बन्दै जनकपुर बोल्ट्सले एक करोड १० लाख रुपैयाँ पाएको हो। त्यस्तै दोस्रो हुँदै सुदूपश्चिम रोयल्सले ५१ लाख, तेस्रो हुँदै कर्णाली याक्सले २५ लाख र चौथो हुँदै १५ लाख जितेको हो।
धनगढी: कञ्चनपुरमा सामाजिक सञ्जाल फेसबुकबाट युवतीलाई प्रेमजालमा पारेर अमेरिकाको भिजाको प्रलोभजन देखाएर नक्कली विवाह गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा डडेल्धुराको भागेश्वर गाउँपालिका–४ का ३२ वर्षीय विष्णु प्रसाद माली र कञ्चनपुरको वेदकोट नगरपालिका–२ का जनकबहादुर धामी रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेशराज जोशीले उनीहरु दुवै जनालाई २५ मंसिरमा पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए। उनकाअनुुसार ठकुल्ला थरकी युवतीलाई सामाजिक सञ्जाल फेसबुकबाट प्रेममा पारेर ३१ वर्षीय मालीले २३ मंसिरमा महेन्द्रनगरमा विवाह गरेका थिए। नातामा मालीका भिनाजु पर्ने धामीले उनीहरुको विवाह गराउन सहजकर्ताको भूमिका निर्वाह गरेका थिए। तर अमेरिकाको भिजा लागेको र आफू…
धनगढी: सुदूरपश्चिमको पहाडमा भूकम्प गएको छ। बाजुरामा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। शनिबार बिहान ४ बजेर १४ मिनेटमा बाजुरालाई केन्द्रबिन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का सुदूरपश्चिम प्रदेश, कर्णाली र लुम्बिनी प्रदेशका जिल्लाहरूमा महसुस भएको थियो। यसअघि शुक्रबार मनाङको नेस्याङलाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको थियो। बाजुरामा आज बिहानै गएको भूकम्पका कारण विभिन्न ठाउँमा भौतिक क्षति पुगेको छ। भूकम्पले बाजुरामा कतिपय घर भत्किएका छन्। मानवीय क्षति भने भएको छैन। भौतिक क्षतिको विवरण संकलन गर्ने क्रम जारी छ। बूढीनन्दा नगरपालिकाको कोल्टीमा एक घरमा क्षति पुगेको बाजुरा प्रहरीले जनाएको छ। भूकम्पले…
धनगढी: नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधिका लागि आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्दै छन्। सुदूरपश्चिम र जनकपुर एनपिएलको पहिलो संस्करणको उपाधि उचाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्। कीर्तिपुरस्थित क्रिकेट मैदानमा मध्याह्न सवा १२ बजेदेखि फाइनल खेल शुरु हुनेछ। सुदूरपश्चिमले पहिलो क्वालिफायरमा जनकपुरलाई पराजित गर्दै फाइलन यात्रा तय गरेको हो भने जनकपुरले दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई पराजित गर्दै फाइलन यात्रा सुनिश्चित गरेको हो। सुदूरपश्चिमको कप्तानी दीपेन्द्रसिंह ऐरी र जनकपुरको कप्तान आसिफ शेखले गर्नेछन्। नियमित कप्तान अनिलकुमार शाह घाइते हुँदा पछिल्लो दुई खेलमा आसिफले कप्तानी गरिरहका छन्। सुदूरपश्चिम जनकपुरमाथि जितको ह्याट्रिक गर्दै उपाधि चुम्न चाहन्छ। यसअघिका भएका दुई खेलमा सुदूरपश्चिमले जनकपुरलाई हराएको…
काठमाडौं: नेपाल प्रहरीबाट निलम्बित इन्सपेक्टर बिनुकुमारी शाही यतिबेला फरार सूचीमा छिन्। उनी आफैं प्रहरी रहेपनी प्रहरीले अदालतको आदेशअनुरुप फरार सूचीमा राखेर खोजीरहेको जनाएको छ। यद्यपि वास्तविकतामा भने प्रहरीले औपचारिकता निभाएर उनलाई पक्राउ नै नगर्न खोजेको प्रष्ट भएको छ। नेपाली काङ्ग्रेस पृष्ठभुमिकी इन्सपेक्टर शाहीलाई गृहमन्त्री रमेश लेखकले नै संरक्षण दिएपछि प्रहरी पक्राउ गर्नबाट हच्किएको बताइएको छ। शाही यस अगाडि गृहमन्त्री लेखकको गृहजिल्ला बसेका बेला लेखकसँग साइनो जोडेर निकट भएकी थिइन्। त्यसपछि भैसेपाटी प्रकरण भएका बेला पनि गृहमन्त्रीसँग उनको निकै हिमचिम थियो। सोही कारण अदालतले पक्राउ गर्न भनेपनी प्रहरीले अहिलेसम्म शाही खुलेआम काठमाडौंमा घुमिरहेकी छन्। उनी हालैमात्र जारी नेपाल प्रिमियर लिग (एनपीएल)को…
काठमाडौं: नेपाल प्रहरीका दुईजना प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएको छ। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले डीआईजीहरू दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। यसअघि, गत शुक्रबार बढुवा सिफारिस समितिले प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि डीआईजीद्वयको नाम सिफारिस गरेको थियो। एआईजी भीमप्रसाद ढकाल र केदार ढकालको अवकासपछि रिक्त पदमा उनीहरूलाई बढुवा गरिएको हो। सिंह हाल प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा कार्यरत छिन् भने बोहरा कार्य विभाग निर्देशनालयमा दरबन्दी भएर ट्राफिकमा कार्यरत छन्। उनीहरूमध्ये बोहराको पुर्ख्यौली घर सुदूरपश्चिमको अछाम हो भने दुर्गाको घर बैतडी भएर हाल कञ्चनपुर बसोबास छ।