Author: महेन्द्रनगर पोष्ट

धनगढी : धनगढीमा लागुऔषध चरेशसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बझाङको बित्थडचिर गाउँपालिका–२ का ४० वर्षीय धनबहादुर बोहरा रहेका छन्। बोहरालाई धनढीको ट्राफिक चौराहबाट सुदूरपश्चिम प्रदेश अनुुसन्धान समूह(आरआइटी) को टोलीले लागुऔषध चरेशसहित नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार बोहराको साथबाट एक किलो ४२ ग्राम चरेश बरामद गरिएको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बोहराले सुपप्र ०४००१ प १४६७ नम्बरको मोटरसाइकलमा काटुनमा लुकाएर लगिरहेको अवस्थामा चरेशसहित पक्राउ परेका हुन्। बोहरालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ

Read More

बैतडी: बैतडीमा लडेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ। जिल्लाको शिवनाथ गाउँपालिका-२ शर्मालीकी ३८ वर्षीया तोलादेवी महताको उपचारका क्रममा मृत्यु भएको हो। शुक्रबार घरबाट धनकोट भन्ने स्थानमा जाँदै गरेकी महता एक्कासी लडेर घाइते भएकी थिइन् उनको टाउकोमा चोट लागेको थियो। स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल हुँदै निसर्ग अस्पताल धनगढी पुर्याइएको थियो। महताको शनिबार राति १२ बजेतिर उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको उनले बताए।

Read More

बाजुरा : बाजुराकी एक सुत्केरी आमाको सुर्खेतमा मृत्यु भएको छ। जिल्लाको जगन्नाथ गाउँपालिका-२ कि २८ वर्षीय सुकिली सार्कीको मृत्यु भएको हो। उनको शनिवार नेपाली सेनाको हेलिकप्टर मार्फत कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल उद्धार गरिएको थियो। शनिवार सुकिली सार्कीको पेटबाट अप्रेसन मार्फत मरेको बच्चा निकालेको थियो। उपचारको क्रममा आइतवार बिहान ५ बजेतिर उनको मृत्यु भएको वडा नम्बर २ का अध्यक्ष गौरी सार्कीले बताए। उनलाई सुत्केरी व्यथा लाग्ने बितिकै कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा लगेका थिए। त्यहाँ उपचार सम्भव नहुने भन्दै रिफर गरिएको थियो। सुकिलीलाइ राष्ट्रपति उत्थान कार्यक्रम मार्फत सेनाको हेलिकप्टर मार्फत सुर्खेत लगिएको थियो। मृतक सुकिलीलाई गाउँपालिकाले गाडीको व्यवस्थापन गरेर घर ल्याउन…

Read More

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह एक साता लामो आरामपछि चितवन जाने कार्यक्रम बनाइएको छ। तराईका विभिन्न जिल्लाको भ्रमणपछि उहाँ गत साता पूर्वरानी कोमलसहित परिवारका अन्य सदस्यसहित राजधानी फर्किएका छन्। शाह आगामी साता चितवन जाने बताइएको छ। शाहको सचिवालयले आगामी साता पूर्व राजदम्पतीले चितवन भ्रमण गर्ने जानकारी दिएको छ। सम्वाद सचिव फणिन्द्र पाठकले आज एक सूचनामा उक्त भ्रमणबारे उल्लेख गरेका छन्।

Read More

काठमाडौं : नेपाल प्रहरीका पूर्वप्रहरी नायब निरीक्षक (सई) अनिरुद्र यादव बलात्कार आरोपमा पक्राउ परेका छन्। आमा घरमा नभएका बेला १७ पुसमा बेलुकी ८ बजेतिर कोठामा आएर बलात्कार गरेको भन्दै पीडितले जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ गरेको हो। पीडितले जाहेरीमा उल्लेख गरेअनुसार, आरोपी यादवले कोठा ढक्ढक्याएर पानी मागेको र त्यसपछि भित्र प्रवेश गरेर आफ्नो कोठामा नफर्की बसेका थिए। उनले करकापमा पारेर तेरो आमालाई एसिड छ्यापेर कुरुप बनाइदिन्छु भन्दै धम्की दिएर करणी गरेको जाहेरीमा उल्लेख छ। अर्को दिन बेलुकी पनि बन्दुकको गोली देखाएर पुनः जबर्जस्ती करणी गरेको पीडितको जाहेरीमा उल्लेख गरेको प्रहरीले जानकारी दिएको छ। जाहेरीका आधारमा पक्राउ गरेर…

Read More

डडेल्धुरा : डडेल्धुरामा एकजना मृत फेला परेका छन् । जिल्लाको गन्यापधुरा गाउँपालिका- १ भात्काँडा बजार डेरा गरी बस्ने ६५ वर्षीय पुरुष मृत फेला परेका हुन्। राई थर भएका र इलाम घर बताउने ६५ वर्षीय पुरुष भात्काँडास्थित बारीमा शनिबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकले बताए।

Read More

धनगढी: कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित मोहनाको राजघाटमा अवैध उत्खनन अझै रोकिएको छैन्। नगरपालिकाले लगाएको रोयल्टी ठेक्कामा ठेकेदार र कम्पनीले अन्धाधुन्ध अवैध रुपमा नदीजन्य उत्खनन तथा संकलन अझै नरोकिएको हो। यो कृष्णपुर नगरको वडा नम्बर ९ र धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ को सीमाना क्षेत्र पनि हो। ४ करोड बढीमा ठेक्का पाएको काठमाडौंको कम्पनी सगरमाथा कन्स्ट्रक्सनले मोहनासहितका स्थानमा धमाधम काम थालेको छ। ज्ञानलाल श्रेष्ठको सो कम्पनीले स्थानीय युवाहरुको समूह समेत प्रयोग गरेर राजघाटमा मनपरी रोयल्टी उठाइरहेको हो। पुल क्षेत्र र तटबन्धबाट कम्तिमा ५ सय मिटरदेखि १ किलोमिटरसम्मको दुरीमा मात्र उत्खनन गर्न पाइने भएपनी सो कन्स्ट्रक्सनले पुल र तटबन्ध नजिकैबाट मापदण्डविपरीत काम गरिरहेको हो।…

Read More

धनगढी : प्रहरीको नियन्त्रणमा रहेका डोटीको दिपायल सिलगढी नगरपालिकाका मेयर बाँजीसिंह खड्का (विजय) छुटेका छन्। हिजो इलाका प्रहरी कार्यालय मालाखेतीले उनलाई नियन्त्रणमा लिएकोमा आज (आइतबार) छुटेका हुन्। उनले चलाएको स्कारपियोले हिजो (शनिबार) चुरे गाउँपालिका-५ का ५५ वर्षीय पदम सुनारलाई ठक्कर दिएपछि कैलाली प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। घाइतेको उपचार गराउने सहमती गरेर उनी छुटेको प्रहरीले जनाएको छ। घाइते पदमको अत्तरियाको पदमा अस्पतालमा उपचार भैरहेको छ। ड्राइभर दिपायलमै छोडेर जन्तीमा धनगढी आएका मेयर खड्का शनिबारको दिन आफैं ड्राइभर बनेर सरकारी नम्बर प्लेटको से १ झ ३१७ नम्बरको स्कारपियो चलाएर फर्किन लाग्दा चुरे क्षेत्रमा दुर्घटनामा परेका थिए। र, यो पनि :मेयर बाँजीसिंहले बिदाका…

Read More

धनगढी : बझाङमा बाघले ११ बाख्रा मारेको छ। जिल्लाको थलारा गाउँपालिका- २ कफलकाडाका वडाध्यक्ष रवेन्द्र खातीका बाख्रा बाघले मारेको हो। वडाध्यक्षका ११ वटा बाख्रा कालापानी बिनौना जङ्गलमा बाघले मारेको बझाङ प्रहरीले जनाएको छ। शनिवार १८ वटा बाख्रालाई बाघले आक्रमण गरेको थियो। एक बोका, ६ बाख्रा, ३ खसी र २ पाठासहित ११ वटा बाघले मारेको हो। उनका ६ वटा बाख्रा मात्र सकुशल रहेका छन्।

Read More

काठमाडौं : नेपाली महिला राष्ट्रिय फूटबल टोलीकी सदस्य सावित्रा भण्डारी ‘साम्बा’ले फ्रेन्च लिगमा आफ्नो खेल यात्राको शुरूवात गरेकी छिन्। साम्बाले फ्रेन्च क्लब एन अभान्ट ग्वेनगाम्पका लागि हिजो (शनिवार) ‘डेब्यू’ गर्दै आफ्नो यात्रा माथिल्लो स्तरको युरोपियन लिगमा शुरू गरेकी हुन्। साम्बा बोर्डोविरुद्धको खेलमा शुरूवाती ११ मा थिइनन्। तर, टीम लाइन अपमा समावेश भएकाले उनले वैकल्पिक खेलाडीको रुपमा अवसर पाएकी थिइन्। बोर्डोविरुद्भको उक्त खेल १–१ को बराबरीमा सकिएको थियो ।

Read More