Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूरपश्चिमका एक जनाको भारतमा सवारी दुर्घटनामा परेर मृत्यु भएको छ। बझाङको दुर्गाथली गाउँपालिका–१ थापागाउँ घर भएका ३६ वर्षीय नरेन्द्र थापाको स्कुटर दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ। सोमवार दिउँसो बैंगलोरको चन्दापुराबाट इलेक्ट्रोनिक सिटि तर्फ जानेक्रममा आफैले चलाएको स्कुटी अनियन्त्रित भएर टाइल्स बोकेर गइरहेको ट्रकको पछाडिको टायर मुनी पर्दा थापाको घटनास्थलमै मृत्यु भएको उनका आफन्त विक्रम भण्डारीले बताए। उनी २० वर्षदेखि परिवारसहित भारतमा रोजगारी गर्दै आएका थिए। ट्रक चालक भारतीय नागरिकलाई त्यहाँको प्रहरीले थप अनुसन्धानको लागि नियन्त्रणमा लिएको जनाइएको छ।

Read More

काठमाडौं: नेपाल प्रहरीले आज ६९ औं प्रहरी दिवस मनाउँदैछ। प्रहरी प्रधान कार्यालयसहित विभिन्न कार्यालयमा आज र भोलि दिवस मनाइन लागेको हो। सो अवसरमा देशभर विविध कार्यक्रमको आयोजना गरिदैछ। यसैक्रममा आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी रविन्द्र केसीसहित उत्कृष्ट प्रहरी कर्मचारीलाई सम्मान गरिन लागेको बताइएको छ। प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ। सो अवसरमा उत्कृष्ट प्रहरीलाई सम्मानित तथा पुरस्कृत गर्ने पनि गरिन्छ।

Read More

धनगढी: बैतडीमा बेपत्ता पारिएको भनिएकी किशोरीको खोजतलासका लागि प्रहरी निरीक्षककै टोली खटाइएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीबाट इन्सपेक्टरको कमाण्डमा जम्भो टोली खोजीका लागि खटिएको हो। बैतडी प्रहरीले किशोरीको खोजी कार्य तीब्र पारेको पनि जनाएको छ। अस्तिमात्र बैतडीमा युवतीलाई बेपत्ता पारेको आरोपमा प्रहरी चौकीका इन्चार्ज नै पक्राउ परेका थिए। पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी अन्दाजी १९ वर्षीया किशोरी बेपत्ता पारेको आरोपमा महाकाली प्रहरी चौकी डिम्बरका तत्कालीन इन्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशी समातिएका थिए। उनी अहिले पनि थुनामै छन् भने किशोरी भेटिएकी छैनन्। स्रोतका अनुसार उनीहरूबीच पहिलेदेखि लसपसको सम्बन्ध थियो। हवल्दार जोशी कञ्चनपुरको वेदकोट नगरपालिका–५ का स्थानीय हुन्। जोशीलाई शुक्रबार पक्राउ गरिएकोमा किशोरीका आफन्तले…

Read More

काठमाडौं: विपद् उद्दार र राहत वितरण कार्यमा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टरको निधन भएको छ। असोज २८ गते बिहान नेपाल एपीएफ अस्पताल बलम्बुमा इन्स्पेक्टर दिलबहादुर बडुवालको निधन भएको हो। विपद् व्‍यवस्थापनका लागि सशस्त्र प्रहरी बलले गत असार २ गते काभ्रे जिल्लाको पनौती नगरपालिका-५ आइटी पार्कमा मनसुनजन्य विपद् व्‍यवस्थापन स्थापना गरेको थियो। सोही आधारमा साउन ३ गतेदेखि कमान्डर रहेका बडुवाल हालसम्म त्यही कार्यरत थिए। असोज ११ गते देखिको अविरल वर्षाका कारण काभ्रेको विभिन्न ठाउँमा भएको धनजनको क्षतिमा उद्दारका लागि उनको कमान्डमा सशस्त्र प्रहरी बल खटिएको थियो। सशस्त्र प्रहरी निरीक्षक बडुवालाई ज्वरो लगायतका समस्या देखिएपछि असोज २६ गते नेपाल एपीएफ अस्पताल बलम्बुमा भर्ना…

Read More

रौतहट: प्रहरीको घुमुवा भनेर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटले परोहा नगरपालिका-२ बस्ने ३५ वर्षीय सुनिलकुमार बैठालाई पक्राउ गरेको हो। उनले घुमुवा प्रहरी हुँ भन्दै सर्वसाधरणसँग रकम असुल गर्न खोजेको, विभिन्न व्यक्तिहरूको जिउ तलासी लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । अस्थायी प्रहरी पोष्ट जिङगड्वा रौतहटबाट खटिएको टोलीले परोहा-२ लालबकैया पुलबाट पक्राउ गरेको हो।प्र २–०३–०१९प९५३७ नम्बरको मोटरसाईकल चढेर राजमार्गतर्फ आउँदै गरेका बैठाको झोला जाच गर्ने क्रममा नगद १७ हजार ९ सय पैतिस रुपैया, लागुऔषध नाईट्रोभेट ट्याब्लेट १० पिस,  २०० ग्राम लागुऔषध गाजा, मोबाईल थान १ र कोरेक्स बोटल फेला परेको प्रहरीले जनाएको छ ।उनलाई कार्यालयले…

Read More

कैलालीः कैलालीबाट ८ लाख बढी मुल्यका मोबाइलका सामान बरामद गरिएको छ। जिल्लाको गोदावरी नगरपालिका–१ धनगढी रोड स्थित पदमा अस्पताल अत्तरिया नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ८ लाख १४ हजार मूल्य बराबरका मोबाइलका सामान प्रहरीले बरामद गरेको हो। उक्त मूल्य बराबरको मोबाईलको कभर र ग्लास लगायतका सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली र इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेलापारी नियन्त्रणमा लिएको जनाएको छ।

Read More

धनगढीः दार्चुलामा लागुऔषधसहित एक होटल सञ्चालक पक्राउ परेका छन्। जिल्लाको महाकाली नगरपालिका–४ राधाकृष्ण चोकबाट लागूऔषधसहित दुँहु गाउँपालिका–२ हिकिलाका ४४ वर्षीय कलमसिंह डडाल आइतबार पक्राउ परेका हुुन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार कलमसिंह डडालले संचालन गरेको पारस वियर वार एण्ड फाष्ट फुड होटलबाट ५३.४० ग्राम र डडालको विधानगर टोल स्थित घरबाट थप १०.४६ मिलिग्राम गरि कुल ६३.८६ ग्राम लागुऔषधसहित डडाललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा अचानक बेहोस भएका एकजनाको मृत्यु भएको छ। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ का करिब ५० वर्षीय प्रेमकुमार लामाको कञ्चनपुरमा मृत्यु भएको हो । लामा असोज २४ गते साथीहरुसँग काठमाण्डौबाट घुम्न कञ्चनपुर पुगेका थिए। जिल्लाको वेदकोट नगरपालिका–१० दैजीस्थित लाटा देव स्विट चिया पसलमा चिया र पाउरोटी खाने क्रममा उनी एक्कास बेहोस भएका थिए। त्यसपछि उपचारको लागि महाकाली प्रादेशीक अस्पतालमा पुगाउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनााएको छ। लामा मुटु रोगको बिरामी रहेको भन्ने बुझिएको प्रहरीले बताएको छ। लामाको शव काठमाण्डौं पठाइसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Read More

धनगढी: डडेल्धुरामा मृत फेला परेकी आरती भट्टराईको हत्या आरोपमा पक्राउ परेका एक जनालाई सार्वजनिक गरिएको छ। अमरगढी नगरपालिका–७ की १४ वर्षीया आरती भट्टराईको हत्या गरेको आरोपमा पक्राउ परेका ५८ वर्षीय टेकबहादुर भण्डारीलाई सार्वजनिक गरिएको हो। डडेल्धुरा प्रहरीले पत्रकार सम्मेलन गर्दै हत्या आरोपी भण्डारीलाई सार्वजनिक गरेको हो। डडेल्धुरा प्रहरीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार भण्डारीले भट्टराईको हत्या गरेको स्वीकार गरिसकेका छन्। ‘घटनास्थल नजिकै टेकबहादुर भण्डारीको पोखरा बजारमा भण्डारी पुस्तक एण्ड स्टेस्नरी पसल रहेको छ,’ डिएसपी श्रेष्ठले भने, ‘पसलभित्र कोठामा आवेशमा आएर भट्टराईको घाँटी थिची हत्या गरेको भण्डारीले स्वीकार गरेका छन्।’ डिएसपी श्रेष्ठका अनुसार आवेशमा आउनुको कारण भने अहिलेसम्म…

Read More

काठमाडौं: विश्वका ३७ देशका सेनालाई पछि पार्दै यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’ मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ। संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा यही असोज २३ गतेदेखि २५ गतेसम्म भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। संयुक्त अधिराज्य बेलायतसहित ३७ राष्ट्रका एक सय २१ अन्तर्राष्ट्रिय टोलीको त्यस अभ्यासमा सहभागिता थियो। सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको त्यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आएको छ। दुई दिनभित्र हतियारसहित करिब ५० पाउण्ड तौल बराबरका बन्दोबस्ती सामग्रीसहित ५० किलोमिटर दूरीको अभ्यासमा सहभागी टोलीले…

Read More