Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर: कञ्चनपुरमा जारी मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हात पारेको छ। आज (सोमबार) महेन्द्रनगरको खुला मञ्चमा भएको प्रतियोगितामा आर्मीले कोशी प्रदेशलाई पराजित गरेको हो। आर्मीले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। आर्मीले हिजो बागमती प्रदेशलाई हराएको थियो भने कोशीको यो आज पहिलो खेल हो। सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना एवं कञ्चनपुर जिल्ला भलिबल संघको समन्वय व्यवस्थापनमा रहेको प्रतियोगितामा ३ विभागीय गरि १० टिमको सहभागिता रहको छ।

Read More

ललितपुर: ललितपुरको नागबहालमा एक जना जर्मन नागरिक मृत फेला परेकी छन्। सोमबार बिहान नागबहालस्थित अपार्टमेन्टमा महिला मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए। महिलाको सनाखत भइसकेको छैन। उनी एक वर्षदेखि त्यहाँ बस्दै आएको खुलेको छ। अहिले ललितपुरका एसएसपी शेखर खनाल अनुसन्धानका लागि घटनास्थलमा जाँदैछन्। यस्तै एसपी कार्की पनि घटनास्थल जाँदैछन्। महिलाको मृत्यु कसरी भएको भन्ने खुलिसकेको छैन।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ११ महिनामै हवाई टिकटमै साढे ५ लाख रुपैयाँ सकेका छन्। उनले ५ लाख ५६ हजार आठ सय २६ रुपैयाँ हवाई भाडामा खर्च गरेका हुन्। उनी मुख्यमन्त्री भएपछि २२ पटक सङ्घीय राजधानी काठमाडौँ पुगेको तथ्याङ्क मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा छ। अहिले उनी सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व लिएपछि देखिने कामै नगरेको भन्दै आलोचना खेपिरहेका छन्। शाहले २०७९ सालको माघ २७ गते मुुख्यमन्त्री पदको सपथ लिएका थिए। उनको काठमाण्डौंको यात्रा सपथ लिएको भोलिपल्टै देखि सुरु भएको देखिन्छ। माघ २७ गते सपथ लिएर उनी २८ गते नै संघीय राजधानी उडेका थिए।

Read More

धनगढी : भारतको उत्तर प्रदेशको हमीरपुर जिल्लामा श्रीमतीले श्रीमानको गुप्ताङ्ग काटिदिएकी छन्। सदर कोतवाली इलाकाको एक गाउँमा अप्राकृतिक यौनसम्बन्धबाट आक्रोशित श्रीमतीले ३५ वर्षीय श्रीमान् रामु निषादको गुप्ताङ्ग काटिदिएकी हुन्। श्रीमतीको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन्। शुक्रबार राति घाइते रामुलाई परिवारका सदस्यले गम्भीर अवस्थामा जिल्ला अस्पतालमा पुर्याएका थिए। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई शनिबार कानपुर रिफर गरिएको थियो। परिवारका सदस्यले जाहेरी दिएपछि प्रहरीले उनकी श्रीमतीलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले उनको स्वास्थ्य परीक्षण गराएको थियो। इमर्जेन्सीमा खटिएका डाक्टर एके सिंहले उनलाई रगत बगेको अवस्थामा प्राथमिक उपचार गरेका थिए। डाक्टर एकेका अनुसार रामुले चिकित्सकलाई भ्रममा पार्दै चोटको गलत कारण बताएका थिए। रामुकी…

Read More

काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ३०० रुपैयाँले बढेको हो। महासंघका अनुसार सोमबार छापावाल सुन एक लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। साेमबार चाँदी तोलामा ५ रुपैयाँले बढेर तोलाको १४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी तोलाको १४०० रुपैयाँमा कारोबार भएको थियो।

Read More

सोलुखुम्बु : सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका– ७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले व्यक्तिगत लगानीमा इन्टरनेट सेवा निशुल्क उपलब्ध गराएका छन्। उनले आइतबारदेखि वडाको गार्मा जोरबौद्ध क्षेत्रमा वाइफाइ सेवा उपलब्ध गराएका हुन्। इन्टरनेटको बढ्दो महत्वलाई मध्यनजर गर्दै जोरबौद्धस्थित मुख्य सडक चोक क्षेत्रलाई फ्रि–वाइफाइ जोन घोषणा गरिएको वडा सदस्य भलाकाजी कार्कीले जानकारी दिए। उनले भने, ‘जोरबौद्ध नगरपालिकाको व्यस्त सडक हो, साथै सल्लेरी, नेले, सोताङ, महाकुलुङ तथा जिल्ला बाहिरका लागि सवारी साधनसमेत यही सडक हुँदै जाने भएकाले वाइफाइ सेवा उपयोगी छ ’ उक्त सडकमा यात्रु लामो समयसम्म सवारी साधन कुरेर बस्नुपर्ने तथा गाउँमा इन्टरनेट सेवा विस्तार भइनसकेको अवस्थामा वाइफाइ सेवाबाट लाभान्वित हुने वडाध्यक्ष शेर्पाले…

Read More

काठमाडाैं : भारतको उत्तर प्रदेशको बरेलीमा आगलागीमा परि एकै परिवारका पाँच जनाको ज्यान गएको छ। बरेलीको एउटा घरमा हिजो भएको आगलागीमा परि अजय कुमार, श्रीमती अनिता र उनीहरुका तीन जना छोराछोरीको ज्यान गएको हो। घरमा बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने अुमान गरिएकाे बीबीसी हिन्दीले जनाएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा शीतलहर प्रभावित समूदायहरूलाई कम्बल वितरण गरिएको छ। परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउदले आईतबार शुक्लाफाँटा नगरपालिकास्थित झलारीमा शीतलहरबाट प्रभावित समूदायहरूलाई कम्बल हस्तान्तरण गरेका हुन्। सेव द चिल्ड्रेन तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले झलारीमा शीतलहरबाट अति प्रभावित समुदायहरुलाई अत्याधिक जाडोबाट जोगाउन ५०० घरधुरीलाई कम्बल वितरण गरेको छ। कार्यक्रमअन्तर्गत शुल्काफाँटा नगरपालिका, बेदकोट नगरपालिका र कृष्णपुर नगरपालिकामा १५०० घरपरिवारहरूलाई दुई वटा कम्बलहरू वितरण गरिनेछ। परराष्ट्रमन्त्री एनपी साउदले शीतलहरबाट प्रभावित समूदायहरूमा रहेका बालबालिका, गर्भवती महिला तथा ज्येष्ठ नागरिकलगायतका अति प्रभावितहरूलाई यथाशीघ्र जाडोबाट जोगाउन कम्बल वितरण गरिएको बताए। यस्तो मानवीय कार्यमा सहयोग पुऱ्याउने सेभ द चिल्ड्रेन तथा नेपाल राष्ट्रिय समाज कल्याण…

Read More

रुकुम पश्चिममा : रुकुम पश्चिममा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण भएको छ।  ईलाका प्रहरी कार्यालय बाँफिकोट गाउँपालिका–३, स्यार्पुमा प्रहरीमाथि आक्रमण हुँदा प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्का घाइते भएको रुकुम पश्चिम प्रहरीले जनाएको छ। आइतबार साँझ बाँफिकोट गाउँपालिका–५ का ३४ वर्षीय हिरालाल केसीलाई बाँफिकोट गाउँपालिका–३ का २७ वर्षीय गोविन्द बिक, वडा नम्बर –४ का २२ वर्षीय लक्ष्मण बिक, २० वर्षीय सञ्जु खड्का लगायत अन्य १२–१३ जनाको समूहले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्ले बताए। घाइतेलाई उपचारका लागि आइतबार राति नै जिल्ला अस्पताल सल्ले ल्याइएको र थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा पठाइएको छ। प्रहरीमाथि…

Read More

कञ्चनपुर : कञ्चनपुुरको बाणीबाट एकजना बालक बेपत्ता भएका छन्। धनगढीको त्रिनगर माविमा कक्षा ८ मा अध्ययनरत १४ वर्षका ओमप्रकाश जोशी एकैछिनमा आउँछु भनेर घरबाट निस्केका र बेलुकी घर नफर्केका आफन्तले बताएका छन्। आइतबार दिउँसो खाना खाएर घरबाट निस्केका उनी बेपत्ता भएका हुन्। ओमप्रकाशकी आमा साबित्री जोशीले प्रहरी चौकी बाँणी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा निबेदन दिएको बताइन्। बाँणी प्रहरीले, दिउँसोको समयमा ओमप्रकाश साईकल हाईसमा राखेर महेन्द्रनगरतिर गएको सीसी क्यामेरामा देखिएको बताएको छ। उनको मोबाइल ट्र्याक गर्दा उनी आइतबार बेलुुकी दोधाराचाँदनीमा देखिएको आफन्तले जनाएका छन्। घरबाट महेन्द्रनगरसमेत नगएका ओमप्रकाश दोधाराचाँदनी पुुगेपछि आफन्तहरु चिन्तित बनेका छन् । ओमप्रकाश धनगढीको फाया नेपाल लाइनमा…

Read More