Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : केही वर्ष अघिसम्म हरितालिका तीजका दिन महिलाहरु चौतारो, बिसौनी वा कुनै सार्वजनिक ठाउँमा जम्मा भएर नाचगान गर्थे । अघिल्लो रात महिलाहरु माइती, घर तथा आफन्तकोमा दर खान्थे । तर अहिले ती सबै कुरो फेरिएको छ । पछिल्लो समय महिलाहरु पार्टी प्यालेस, रेष्टुरेण्ट र क्लबहरुमा तीज मनाउने जम्मा हुने गरेका छन् । अहिलेका महिलालाई मादल र बासुरीको लय भएको गीत मन पर्न छाडेको छ । उनीहरु अटो ट्यूनबाट तयार पारिएको डिजे र रिमिक्स गीत मन पराउँछन् । प्रविधिले गीत संगीतको क्षेत्र त फराकिलो बनाए पनि नेपाली समाजको मौलिकता झल्कने गीतहरु लोप हुँदै गएका छन् । यसलाई कलाकारहरुले भने राम्रो…

Read More

काठमाडौँ : नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका नेता खगराज भट्टलाई बनाउन दिएको पार्टीको निर्देशन दुई महिना पुग्न लाग्दासमेत अलपत्र परेको छ । स्थायी समिति सदस्य समेत रहेका भट्टले साउन ३० गते बसेको स्थायी समिति बैठकमा पार्टीले जारी गरेको परिपत्र लागु नभएकोमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि प्रश्न उठाएका थिए । जवाफमा प्रचण्डले भदौ १२ र १३ गते बस्ने प्रदेशको परामर्श समितिबाट हल गरिने बताएको भट्टले जानकारी दिए । ‘पार्टीले पठाएको परिपत्र लागु नभएकोमा मैले स्थायी समिति बैठकमा कुरा राखेको हुँ । जवाफमा अध्यक्षले १२ र १३ गते बस्ने परामर्श समितिको बैठकमा मिलाउँला भन्नुभयो । अरू केही भएको छैन’, उनले भने…

Read More

धनगढीः कञ्चनपुरमा चोरी तस्करी रोक्न सशस्त्र प्रहरीको भूमिका प्रभावकारी बन्दै गएको छ। जिल्लाको सीमावर्ती क्षेत्रमा तैनाथ सशस्त्र प्रहरीले भन्सार राजस्व चोरी, मानव तस्कर, लागुऔषध ओसारपसारका गैरकानुनी गतिविधि नियन्त्रण र सामान बरामद गर्दै आएको छ। सशस्त्र प्रहरीले अवैध सामान भन्सार चलान र लागुऔषध तस्कर, मानव तस्कर प्रहरीमा चलान गर्न सक्रिय देखिएको छ। पछिल्ला चार वर्षमा सशस्त्र प्रहरीले राजस्व संकलनमा उल्लेख्य प्रगति हासिल गरेको छ। कञ्चनपुरस्थिति सशस्त्र प्रहरी बल नेपाल, ३५ नम्बर गण शैलेश्वरीको तथ्यांकअनुसार पछिल्ला चार आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा सबैभन्दा बढी राजस्व संकलन गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा चार करोड ७६ लाख ७९ हजार मूल्यको अबैध सामान…

Read More

धनगढी : बझाङको बुङ्गल नगरपालिका–१० टुमेडागाउँमा पहिरोमा परी ज्यान गुमाएकाका परिवारलाई बुङ्गल नगरपालिकाले राहत स्वरूप ४ लाख रुपैयाँ दिने घोषणा गरेको छ । बुङ्गल नगरपालिकाका मेयर जयबहादुर धामीले मृतकका परिवारलाई तत्काल राहत स्वरूप तत्काल १० हजार रुपैयाँ नगदसहित राहत सामग्री प्रदान गर्ने जानकारी दिए । साथै पालिकाले चार लाख रुपैयाँ दिने भएको छ । पहिरोले टुमेडागाउँका वीरबहादुर धामीको घर पुरिँदा उहाँकी श्रीमती कालीदेवी धामी, जेठी बुहारी गोल्के धामी तथा नातिनीहरू ६ वर्षीया आकृति धामी र ३ वर्षीया लक्ष्मी धामी गरी ४ जनाको ज्यान गएको थियो । यसअघि सुदूरपश्चिम सरकारले पनि मृतकका परिवारलाई राहत स्वरूप प्रतिव्यक्ति एक लाख रुपयाँ दिने घोषणा…

Read More

काठमाडौं : नेपालको जासुसी संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागका एसएसपीहरुको सरुवाको तयारी थालिएको छ। केही समय अगाडिमात्रै प्रदेश कार्यालयका हाकिम तथा डिआईजीहरुको सरुवा गरिएको थियो। अब डिआईजीपछि एसएसपीहरुको सरुवाको पालो आएको बताइएको छ। विभागका चिफ हुतराज थापाको सिफारिसमा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सरुवा गर्ने छन्। विशेष: अब हुने सरुवाका लागि एसएसपीहरुले दौडधुप बढाएका छन्। गुप्तचरका लागि दिल्लीस्थित नेपाली राजदूतावास राम्रो आम्दानी हुने ठाउँ हो। सो स्थानमा जान अहिले थुप्रै एसएसपी धाइरहेका छन्। त्यहाँ जान एसएसपी विकास पाण्डे, पप्पु शर्मा पौडेल, भूमी पाठक लगायतले खोजेका छन्। अहिले नयाँ दिल्लीमा एसएसपी राजन उप्रेती कार्यरत छन्। विदेशको एकमात्र पोष्टिङ र डलरमा तलब…

Read More

धनगढी: राना थारु समुदायको विरोधका बीच मंगलबार सुदूरपश्चिम प्रदेश सभाबाट बहुमतले ‘सुदूरपश्चिम निजामती सेवा ऐन ०७९’ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ। आन्तरिक मामिला तथा कानूनमन्त्री हिरा सार्कीले आजको प्रदेशसभा बैठकमा उक्त विधेयक प्रस्तुत गरेका थिए। विपक्षी दल नेकपा माओवादी केन्द्र र सत्ता घटक नागरिक उन्मुक्तिका सांसदले उक्त विधेयक समावेशीताको सिद्धान्त विपरीत आएको भन्दै विरोध गरे। माओवादी केन्द्रका सांसद शिवसिंह ओली र नागरिक उन्मुक्तिका संसदीय दल नेता घनश्याम चौधरीले विधेयक राना थारु समुदायको मर्म र भावना विपरीत आएको भन्दै आपत्ती जनाएका थिए। ‘निजामती सेवामा राना थारु समुदायको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्छ,’ ओलीले भने। यस्तै चौधरीले राना थारु समुदायको जनसंख्याको…

Read More

धनगढीः पानीमा डुबेर कैलालीकी एक बालिकाको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका–१० आमखोईया बस्ने ८ वर्षया कल्पना रोकायको सोमवार मृत्यु भएको हो। घर नजिकै रहेको भदेली खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएपछि उनी बेपत्ता भएकी थिइन्। खोजतलास गर्दा सोमवार साँझ नै सोही खोलामा मृत अवस्थामा उनी फेला परेकी प्रहरीले जनाएको छ।

Read More

धनगढी: धनगढीमा किशोरी मृत फेला परेको घटनामा प्रहरीले अनुसन्धान तीव्र पारेको छ। आइतबार धनगढी उपमहानगरपालिका–१ को चकमेली चोकस्थित डेरामा ती किशोरी मृत भेटिएकी थिइन्। प्रहरीका अनुसार मृत फेला परेकी किशोरी बेलौरीकी आस्था थापा हुन्। कञ्चनपुरको बेलौरी नगरपालिका घर भएर धनगढीको शैलेश्वरी फारवेष्ट स्कुल अफ हेल्थ साइन्समा हेल्थ असिसटेन्ट –एचए) पढिरहेकी थापा दिउँसो १ बजेतिर मृत भेटिएकी थिइन्। प्रहरी स्रोतका अनुसार थापासँगै बस्ने कञ्चनपुरकै अर्की युवती भने अघिल्लो दिन साथीको घर गएकी थिइन्। आइतबार दिउँसो उनी कोठामा पुग्दा भित्रबाट ढोका बन्द गरिएको थियो। धेरैबेर बोलाउँदा ढोका नखुलेपछि घर धनी र त्यहाँ बस्ने अन्यले ढोकामा धक्का दिएपछि खुलेको थियो। उनीहरुले ढोका खोल्दा…

Read More

धनगढी: कैलालीको गेटा मेडिकल नजिकै म्याजिकसँग ठाेक्किएर भएकाे दुर्घटनामा माेटरसाईकल चालककाे मृत्यु भएकाे छ। कञ्चनपुरकाे कृष्णपुर नगरपालिका-२ घर भएका ४१ वर्षीय शिवराम चाैधरीकाे उपचारका क्रममा धनगढीको एक अस्पतालमा मृत्युु भएकाे प्रहरीले जनाएको छ। उनले चलाएकाे से ६ प८४२३ नम्बरकाे माेटरसाईकल साेमबार साँझ गाेदावरी-१ का २७ वर्षीय प्रकाश बाेहराले चलाएको म १ ज १६१ भाडाकाे म्याजिकसँग ठाेक्किएकाे थियोे। माेटरसाईकल पछाडि सवार  धनगढी उपमहानगरपालिका -३ बस्ने ३४ वर्षीय रामप्रसाद चाैधरीकाे सेती प्रादेशिक अस्पतालमा उपचार जारी छ। म्याजिकमा सवार कञ्चनपुरकाे पुनर्वास नगरपालिका-६ बस्ने ९ वर्षीया अविशा श्रेष्ठ र  ५ वर्षीय आयान श्रेष्ठ सामान्य घाइते भएका छन्। उनीहरूकाे माया मेट्राे अस्पतालमा उपचार जारी छ।

Read More

धनगढी: कैलालीकाे धनगढीमा बाल यौन दुरुपयोग गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ। १२ वर्षीया बालिकामाथि बाल यौन दुरुपयोग गर्ने धनगढी उपमहानगरपालिका–१० जुगेडा बस्ने ५८ वर्षीय सुखदेव रानालाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीका अनुसार रानाले बालिकामाथि २८ साउनमा आफ्नो राइस मिलमा गएको मौकामा बालिकाको संवेदनशील अंगमा छोएर दुर्व्यवहार गरेको बताए। उक्त व्यहोरापछि बालिकाको परिवारले भदौ २ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएपछि सोही दिननै रानालाई पक्राउ गरिएको कार्कीले बताए।

Read More