Author: महेन्द्रनगर पोष्ट

धनगढी : नक्कली टिकट प्रकरणको छानबिनको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन दर्ता भएको छ। सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट भेटिएपछि छानबिनको माग गर्दै अत्तरिया उद्योग बाणिज्य संघले प्रशासनमा निवेदन दिएको हो। नक्कली टिकटको विवाद बारे उचित छानबिनको माग गर्दै निवेदन दर्ता गराएको संघका महासचिव शंकर खड्काले जानकारी दिए। अत्तरिया महोत्सवमा माघ ४ गते २८ वटा नक्कली टिकट ठेली फेला परेका थिए। र, यो पनि : अत्तरिया प्रादेशिक महोत्सवमा नक्कली टिकट फेला

Read More

डडेल्धुराः डडेल्धुरामा मजदुर ठगिएका छन्। जिल्लाको आलिताल गाउँपालिका–७ का २० जनाभन्दा बढी मजदुर ठगिएका हुन्। आलिताल–७ मा आधारभूत स्वास्थ चौकी भवन निर्माण योजना कार्यान्वयनको दौरानमा डीआर कन्स्ट्रक्सन एण्ड बिल्डर्स र जिमदार बाबा मन्दिर निर्माण योजनामा भूमिराज निर्माण सेवाले श्रमिकहरूको ज्याला भुक्तानी नगरेको पीडित अमर धामीले बताए। उनका अनुसार यी निर्माण कम्पनीले पेटी ठेकेदार सुरेन्द्र बोहरालाई जिम्मा दिएका थिए। तर, गत वैशाखमा काम गरेको भएपनि ज्याला नपाएको पीडितको भनाइ छ। ‘गत वर्ष बैशाखदेखि काम गरेका हौं। काम गर्ने २०/२२ जना हौं। पेटी ठेकेदार मार्फत हामीले काम गरेका हौं,’ उनले भने। पीडित १० जना मजदुरले ज्याला ठगी गरेको र आफूहरूले ज्याला नपाएको…

Read More

काठमाडौँ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतको अयोध्यामा राम मन्दिर उद्घाटन गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्। ‘जय श्रीराम’ भन्दै उनले सामाजिक सञ्जाल एक्समार्फत मन्दिरमा गरिएको श्रीरामको प्राण प्रतिष्ठा समारोह सनातन धर्म अनुयायीहरुका लागि गर्वको क्षण रहेको उल्लेख गरेका छन्। त्यस्तै, परराष्ट्र मन्त्री एनपी साउदले पनि श्रीरामको प्राण प्रतिष्ठा समारोहले सम्पूर्ण सनातन हिन्दु धर्मावलम्बीहरुका लागि गर्वको कुरा रहेको उल्लेख गरेका छन्। मर्यादा पुरुषोत्तम श्रीराम र नेपालकी छोरी सीता साहस, त्याग, न्याय र धार्मिकताका प्रतीक रहेको उल्लेख गर्दै मन्त्री साउदले दुई देश बिच यो सम्बन्ध गहिरो सांस्कृतिक र सभ्यताको प्रतीक रहेको बताएका छन्। उनीहरूको सद्गुण र…

Read More

बझाङ: बझाङमा एक किशोरी मृत भेटिएकी छिन्। जिल्लाको थलारा गाउँपालिका–५ खोल्मा कि २० वर्षीया दीक्षा पाध्ये मृत भेटिएकी हुन्। आज बिहान ७ बजेको समयमा दीक्षा आफ्नै घरको धुरीमा झुन्डिएको अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। घटनाको बिषयमा थप अनुसन्धान भैरहेको छ।

Read More

धरान: करिब ८० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-११ बस्ने २९ वर्षीय कुमार तामाङ र ३० वर्षीय राम बहादुर राई रहेका छन् । देवानगंज गाउँपालिका-६ नहरचोकबाट अवैध लागूऔषध गाँजा करिब ८० किलोसहित उनीहरुलाई सोमबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ । अस्थायी प्रहरी चौकी रासीबाट खटिएको प्रहरीले भारततर्फ जाँदै गरेको को.१ ह ५०९९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोको विभिन्न भागमा लुकाई राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक कुमार र अटोमा सवार राम बहादुरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

Read More

डोटी : डोटीको जोरायल गाउँपालिकाले पन्ध्र दिनभित्र छाउगोठ हटाउन अल्टिमेटम दिएको छ। पालिकाभित्रका विभिन्न ठाउँबाट छाउगोठ र बालविवाह भैरहेको बारे जनगुनासा आइरहेका हुँदा गाउँपालिकाले ६ वटै वडा कार्यालयलाई आवश्यक पहल गर्न भन्दै आइतबार उक्त अल्टिमेटमसहितको पत्र काटेको हो। उक्त अवधिभित्र छाउगोठ नहटाए गाउँपालिकाले आवश्यक कारबाही गर्ने जोरायल गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत गणेशदत्त भट्टद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ। गाउँपालिकाभित्र विभिन्न समुदायमा छाउगोठ हटाउन र बालविवाह रोक्न गाउँपालिकासँगै विभिन्न संघसस्थाले छलफल तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको र समुदायले पनि प्रतिबद्धतासहित सहमती जनाएको भए पनि कार्यान्वयन नगरेकाले जोरायल गाउँपालिकाले यस्तो कदम चालेको भट्ट बताउँछन्।

Read More

काठमाडौं : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७५३ स्थानीय तहसँग आन्तरिक रोजगार विवरण मागेको छ। मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई परिपत्र गर्दै गत आर्थिक वर्षमा सिर्जना गरिएको आन्तरिक रोजगारीको विवरण माग गरेको हो। श्रम मन्त्री शरद सिंह भण्डारीको अध्यक्षतामा बसेको निर्देशक समितिले आगामी आर्थिक वर्षदेखि ‘आन्तरिक रोजगार प्रवद्धन दशक’ का रुपमा अभियान चलाउने निर्णय समेत गरेको छ। स्थानीय तह मातहतको रोजगार सेवा केन्द्रबाट एकिकृत एकिकृत श्रम तथा रोजगार सेवा प्रवाहका लागि नीतिगत र कानुनी आधार बनाई रोजगार प्रवद्धन गर्ने निकायलाई पूर्ण जिम्मेवार बनाउने लक्ष्य मन्त्रालयको छ।

Read More

बाजुरा : बाजुराको बुढीगंगा नगरपालिका–७ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ। लामो समयदेखी वडा सचिव पंजिका अधिकारी र प्राविधिक नहुँदा नागरिकलाई समस्या भएको भन्दै स्थानीय राजनीतिक दलहरूले तालाबन्दी गरेका हुन्। चार ओटा राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सार्वजनिक सूचना टाँस गर्दै वडा सचिव र प्राविधिकको व्यवस्था नभएसम्मका लागि तालाबन्दी जारी राख्ने उल्लेख गरिएको छ।

Read More

काठमाडौं : नेपाली कांग्रेसकी नेत्री द्रौपदा शर्मा पोखरेलको निधन भएको छ। १०२ वर्षीया पोखरेलको मंगलबार बिहान ४ बजे सामाखुसी, रानीबारीस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी गराएको छ। उनी २००७ सालको क्रान्तिपछि स्थानीय महिला संघको अध्यक्ष बनेकी थिइन्। कांग्रेसमा लागेर उनी तत्कालीन समयमा केन्द्रीय सदस्य समेत बनेकी थिइन्। २०१८ सालको आन्दोलनताका उनलाई तत्कालीन पञ्चायत सरकारले गिरफ्तार गरेको थियो । उनलाई पोखरा हिरासतमा लगिएको थियो। उनी गोवर्द्धन शर्मा स्मृति ट्रस्टको अध्यक्ष र संरक्षक समेत थिइन्। आजै पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने जेठा छोरा रामचन्द्र पोखरेलले जानकारी दिए। संविधानसभा सदस्य रामचन्द्र, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र, योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र र सुवास…

Read More

काठमाडौं : यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ। प्रदेश सभा सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखले मतदान गर्ने यस निर्वाचनमा माघ ११ गते बिहान ९ देखि अपरान्ह ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदान स्थल तथा मतदान केन्द्रमा मतदान हुनेछ। निर्वाचन आयोगले निष्पक्षता तथा भयमुक्त वातावरण कायम राख्न मतदान कार्य समाप्त नहुन्जेलसम्म गएराति १२ बजेपछि प्रचारप्रसार निषेधको अवधि कायम गरेको छ। यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ सङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल,…

Read More