Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुरः सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगको कार्यालयमा लागेको ताला अझै खुलेको छैन्। आंगिक क्याम्पसमा प्राध्यापकदेखि कर्मचारीको समायोजनाको माग गर्दै करिब दुई महिनाअघि ताला लगाइएको थियो। सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघ, कर्मचारी संघ र समायोजन संघर्ष समितिले सुरुमा आंगिक बनाइएका १५ वटै क्याम्पसको समायोजन प्रक्रिया टुंग्याउनुपर्ने माग गर्दै गत माघ ८ देखि ताला लगाएका हुन्। सेवा आयोगले कैलाली बहुमुखी क्याम्पसको समायोजन प्रक्रिया अघि बढाउन विज्ञापन खोलेपछि ताला लागेको हो। कर्मचारी संघले प्रशासनमा ताला लगाएको छ भने प्राध्यापक संघले सेवा आयोगका पदाधिकारीदेखि प्रशासन सबै ठाउँमा ताला लगाएको छ। सिनेटले पास गरेका कुरा पनि सेवा आयोगले लागु गर्न आनाकानी गरेको कर्मचारी संघका सभापति रामबहादुर चन्दले…

Read More

काठमाडौं : हङकङमा जारी टी-२० सिरिज क्रिकेटको उपाधि पिएनजीले जितेको छ । नेपाललाई ८६ रनले पराजित गर्दै पिएनजीले टी-२० सिरिजको उपाधि जितेको हो । हङकङमा पिएनजीले दिएको १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६ ओभर ३ बलमा ८५ रनमा समेटिएको हो । नेपालका लागि सन्दीप जोराले १७, आरिफ शेखले १५ र कप्तान रोहित पौडेलले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा पिएनजीका सेसे बाउ, काबुआ मोरिया, सेमो काम र चाड सोपरले २–२ विकेट लिए । यसअघि हङकङमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनाएको थियो । हङकङका…

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । उनले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनेर राखेको प्रस्तावको पक्षमा १५७ जनाले मत दिए भने ११० जनाले विपक्षमा मतदान गरे । एक जना भने तटस्थ रहे । बुधबार प्रधानमन्त्रीले विश्वासको मत माग्दा प्रतिनिधिसभाका २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका थिए । प्रतिनिधिसभामा प्रधानमन्त्रीले आफ्नो पक्षमा बहुमत देखाउन कम्तीमा १३८ जनाको समर्थन जुटाउनुपर्थ्यो । प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्तावमा पाएको मत प्रतिनिधिसभाको बहुमत भएको भन्दै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएको घोषणा गरे । २१ फागुनमा कांग्रेसँगको सहकार्य तोडेर एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको गठबन्धन बनाएका प्रचण्डलाई…

Read More

बैतडी,बैतडीमा कैद सजाय पाएका ४ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको सिगास गाउापालिका २ का ३८ वर्षीया राजेन्द्र सिंह धामीलाई मंगलबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । कत्र्यव्य ज्यान मुद्धामा ८ वर्ष ११ महिना कैद सजाय भई फरार रहेका धामीलाई वडा नं २ को गाँजरी बजारबाट पक्राउ गरिएको हो ।डडेल्धुरामा २०७१ सालमा भएको विहेमा दुलाह र दुलहीपक्षबीच भएको झगडामा एक जनाको मृत्यु भएको थियो । सोही घटनामा उनि संलग्न रहेको बुझिएको छ । यसबारे थप जानकारी आएको छैन ।यसैगरी बुधबार थप ३ जना पक्राउ परेका छन् । बिस्फोटक पदार्थसम्बन्धित कसुर मुद्धामा एक महिना १९…

Read More

काठमाडौं : लोकसेवा आयोगले ५ सय ३७ जना खरिदारका लागि आवेदन माग गरेको छ। आयोगले गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरहका पदमा आवेदन आह्वान गरेको हो। आयोगको कार्यालय धनकुटा, इलाम, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौँडा, पोखरा, बागलुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दिपायल तथा महेन्द्रनगरमा आवेदन दिन सकिने सूचनामा उल्लेख छ। लिखित परीक्षा, कम्प्युटर सिप परीक्षण तथा अन्तर्वार्ताका माध्यमबाट उक्त पदहरूमा छनोट गरिने छ। यही चैत २० सम्म दरखास्त दिन सकिने छ। त्यस्तै चैत २७ सम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने आयोगले जनाएको छ। जसअन्तर्गत सामान्य ज्ञान तथा आधारभूत सिप परीक्षण आगामी वैशाख २९ मा…

Read More

काठमाण्डौ – आगलागीबाट क्षति भएको कर्णाली पुलको प्राविधिक टोलीले अवलोकन तथा प्रारम्भिक परीक्षण शुरु गरेको छ । सडक डिभिजन कार्यालय नेपालगञ्ज र पुल महाशाखा काठमाण्डौको सात सदस्यीय प्राविधिक टोलीले प्रारम्भिक अध्ययन थालेको हो । पुलमा आगलागी भएर क्षति भएको जानकारी प्राप्त भएपछि प्रारम्भिक अध्ययन थालिएको पुल महाशाखाका सिनियर डिभिजनल इञ्जिनियर कृष्णराज अधिकारीले बताउनुभयो । उहाँले क्षतिका साथै पुलको मर्मत सम्भारबारे पनि अध्ययन भैरहेको जानकारी दिनुभयो । प्रारम्भिक विवरण आएपछि विज्ञलगायतसँग छलफल र सल्लाह गरी पुलको अवस्था, पुलको क्षतिको विवरण, मर्मत सम्भार गर्नुपर्ने वा थप के गर्ने भन्नेबारे निर्क्याैल हुने पनि उहाँले बताउनुभयो । ना ५ ख ५२९७ नम्बरको ट्रकमा अस्ति…

Read More

धनगढी । कैलालीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका—१ बसन्तपुरबाट २ ग्राम २३० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित बझाङ्गको केदारस्युँ गाउँपालिका —७ बस्ने ३८ वर्षीय खडक धामीसहित दुई जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट लागूऔषध फेला पारी दुबैलाई पक्राउ गरेको बताएको छ।

Read More

धनगढी: नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद सामाजिक सञ्जालमा पुगेको छ। आन्तरिक विवाद चरम उत्कर्षमा पुग्दै अहिले सोसल मिडियामै आरोप प्रत्यारोप भैरहेको छ। स्मरण रहोस्, बुढा रेशमलाल चौधरी र उनकी बुढी रञ्जिता श्रेष्ठबीचको विवाद बढ्दै जाँदा पार्टी विवाद छताछुल्ल भएको हो। रेशमलालकी अर्की पत्नीसमेत छिन्। विवादको चुरो कुरो भनेको हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनेबारे लगायतको हो। सोही विवाद अहिले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलालले फेसबुकमा छताछुल्ल पारेका छन्। यो विषयमा पत्नीलाई सम्झाउन आफू कैलालीको धनगढीबाट काठमाडौंसम्म गएको र रन्जितासँग दुई घण्टा छलफल गरेको तर सम्झाउन नसकेको रेशमलालले फेसबुकमा लेखेका छन्। ‘म उनलाई सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ।…

Read More

धनगढी : दार्चुलामा मेयरका ड्राइभरले प्रहरीमाथि हातपात गर्दा दुई जना प्रहरी घाइते भएका छन्। जिल्लाको शैल्यशिखर नगरपालिकाका मेयर विजयसिंह धामी चढ्ने गाडीका चालक सुरेश बिष्टले प्रहरीमाथि हातपात गरेका हुन्। घाइते हुनेमा ईलाका प्रहरी कार्यालय गोकुलेमा कार्यरत प्रहरी हवल्दार मेघराज बिक र प्रहरी जवान नरेन्द्र बोहरा रहेका छन्। बिष्ट हिजो (मंगलबार) गोकुलेको मेलामा प्रहरीमाथि जाइ लागेको बुझिएको छ। प्रहरी स्रोतका अनुसार मेलमा ३/४ जनाले गाजा (चरेस) भरेर खाइरहेका छन् भन्ने खबर ईलाका प्रहरी कार्यालय गोकुलेमा घुमुवा प्रहरीले गरेका थिए। स्रोतले भन्यो, ‘प्रहरीको टोलीले उनीहरू माथि चेकजाँच गर्दा ड्राइभर बिष्टले आफ्नो भाइ भएको भन्दै छोड्दिन प्रहरीलाई धम्की दिएका थिए। तर, हवल्दार बिकले…

Read More

खानाको विषयलाई लिएर बेहुला र बेहुली पक्षबिच कुटाकुट भएपछि भाँडिएको बिहे गए राती सम्पन्न भएको छ। पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं-४ को मधवल टोलमा गत सोमबार बेहुला पक्षधरहरुले खानामा माछा नखुवाएको भन्दै भनाभन गरेपछि कुटाकुट नै भएको थियो। मधवल टोलमा गत सोमबार सखुवा प्रसौनी गाउँपालिकाको महुवनबाट आएको जन्तीमा बेहुला पक्ष र बेहुली पक्षबिच कुटाकुट हुँदा बेहुली नलिइ बेहुला सहितको जन्ती फिर्ता भएको थियो। जन्तीमा आएका बेहुला पक्षधरहरूले खानामा माछा नपाएको भन्दै भनाभन गरेपछि कुटाकुटमा भएको थियो। कुटाकुटमा परी बेहुलाका बुबा घाइते समेत भएका थिए। कुटाकुट पछि जन्ती आएकाहरू सबै जना भागेका थिए तर बेहुली पक्षकाहरुले बेहुलालाई घेरेर राखेका थिए। इलाका प्रहरी…

Read More