Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य स्थिर भएर कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको हो। बिहीबार पनि छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन पनि आज प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Read More

काठमाडौं : उच्च अदालत पाटनले राहुल महरालाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको छ। न्यायाधीशद्वय अञ्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले हिजो जिल्ला अदालतकै आदेश सदर गरेको हो। सुन तस्करी प्रकरणमा पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा अहिले कारागारमा छन्। महरालाई जिल्ला अदालत काठमाण्डौले धरौटीमा छाड्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामै राख्ने आदेश गरेको थियो। जिल्ला अदालतको आदेशविरुद्ध महरा उच्च अदालतमा गए पनि जिल्लाकै आदेश सदर भएको हो। महराविरुद्ध आपराधिक विश्वासघात, भन्सार चोरीपैठारी र सङ्गठित अपराधमा अभियोग कसुर लगाइएको ।

Read More

धनगढी : हिजो (बिहीबार) राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्पन्न भएको छ। राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशका गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनै जना निर्वाचित भएका छन्। महिला तर्फ माओवादीकी रेनु चन्द विजयी भइन्। अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त भट्ट निर्वाचित भए। त्यस्तै अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भए। तर, निर्वाचनमा सहभागी एक प्रदेश सांसद र एकजना पालिकाका जनप्रतिनिधिले भने मतदाननै गर्न जानेनन्। एक प्रदेश सभा सदस्यले अपाङ्गतर्फको एक मत बदर गरेका हुन् भने अन्य र महिलामा एक/एक मत बदर भएको हो। सो मत चाहिँ पालिका प्रमुख तथा उपाध्यक्षको रहेको बताइन्छ। प्रदेशसभातर्फ ५२ जना र स्थानीय तहका १७५ जना प्रमुख/उपप्रमुख मध्ये १७३ जनाले मतदान…

Read More

बाँके- बाँकेको सव-डिभिजन वन कार्यालमा कार्यरत सहायक वन अधिकृत घुससहित पक्राउ परेका छन्। बिहीबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सहायक वन अधिकृत नारायण पार्देलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो। उनले काठ चिरानका लागि सिफारिस गरिदिने भनेर सेवाग्राहीसँग ७ हजार रूपैयाँ घुस लिएका थिए । ७ हजार र उनीसँग रहेको स्रोत नखुलेको थप ४५ हजार ९७५ गरी कुल ५२ हजार ९७५ रूपैयाँसहित पार्देलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएक हो। त्यसबारेमा थप अनुसन्धान भइरहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

Read More

बैतडी: बैतडीको डिलाशैनी गाउँपालिकाले गाउँघरमै भत्ता वितरण गर्न थालेको छ। पालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा र  कुमारी बैंकको संयुक्त आयोजनामा पालिकाभित्र सामाजिक सुरक्षा भत्ता भुक्तानी शिविर सञ्चालन गरेको  हो। शिविरमार्फत अहिले  दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण भैरहेको गाउँपालिकाको पञ्जीकरण शाखा प्रमुख लोकराज जोशीले जानकारी दए। कुमारी बैंक र डिलासैनी गाउँपालिकाको सँयुक्त आयोजनामा माघ ५ गतेबाटे वडा तथा गाउँगाउँ पुगेर सबै प्रकारको सामाजिक सुरक्षा भत्ता बैंङ्किङ प्रणाली मार्फत वितरण कार्य सुरु गरिएको  उनले बताए ।  पालिकाले  गाउँघरमै  भत्ता वितरण गर्न थालेपछि सेवाग्रही खुसि भएका छन् । 

Read More

काठमाडौं : नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले आफ्नो अनवरत विकास यात्रामा छिमेकी देशहरुलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन्। भारतको ७५औं गणतन्त्र दिवसका अवसरमा शुक्रबार जारी गरेको सन्देशमा उनले नेलसँगको सम्बन्धमा पारस्परिक लाभका लागि सहस्राब्दी पुरानो सभ्यतागत सम्बन्धलाई आधुनिक साझेदारीमा रूपान्तरण गरिएको बताएका छन्। ‘नेपालले सन् २०२३ मा भारतमा १५ अर्ब रुपैयाँको विद्युत निर्यात गरेको छ । यो निर्यातले यस पारस्परिक लाभकारी सहकार्यको अपार सम्भावनालाई देखाउँछ । दुवै देश बंगलादेशसँग ऊर्जा क्षेत्रमा क्षेत्रीय व्यापार बढाउने प्रक्रियामा छन्,’ राजदूत श्रीवास्तवले भनेका छन्, ‘भरपर्दो साथी र साझेदारको रूपमा रहेको भारत सङ्कटको समयमा पनि पहिलो रेस्पोन्डर रहदै आएको छ । जाजरकोटमा भूकम्प…

Read More

सर्लाही : सर्लाहीको हरिवनमा छात्रालाई जबर्जस्ती करणीको प्रयासमा एक शिक्षक पक्राउ परेका छन् । आफ्नै विद्यालयमा अध्ययनरत एक १४ वर्षीय छात्रालाई करणीको प्रयास गर्ने हरिवन नगरपालिका-११, का ४२ वर्षीय रवीन कार्की पक्राउ परेका हुन्। गत बुधबार शिक्षक कार्कीले गएको मदिरा सेवन गरी बालिकालाई भान्साको काम गरिरहेका बेला घरमै पुगेर जबर्जस्ती करणीको प्रयास गरेका थिए। तर, किशोरीले प्रतिकार गर्दा उनी भागेका थिए। किशोरीका परिवारले घटनाबारे कार्यालयमा जाहेरी दिएलगत्तै कार्कीलाई पक्राउ गरी हिरासतमा लिइएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए।

Read More

काठमाडौं : गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)का सदस्य कुमार कार्कीको एउटा कर्तुत बाहिर आएको छ।  थाइ-नेपाली संघका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकारसमेत रहेका कार्कीले युवतीहरुलाई आर्थिक प्रलोभनमा पारेर शारीरिक सम्पर्कको अफर गर्न खोजेको पाइएको छ। उनी आफैले अहिलेसम्म दुईसय युवतीसँग शारीरिक सम्बन्ध राखेको फेसबुक मेसेन्जरमार्फत एक युवतीलाई बताएका छन्। उनले एक युवतीलाई त २४ सय अमेरिकी डलरको लोभ देखाएर यौन प्रस्ताव राखेका छन्। उनीमात्र नभएर उनका भाइ जेम्स कार्कीले पनि त्यस्तो हर्कत गर्ने गरेको भन्दै दाजुभाइविरुद्ध थाइल्याण्ड प्रहरीमा एक युवतीले उजुरी दिएकी छिन्। थाइल्याण्डमा बस्दै आएकी युवतीले सामाजिक सञ्जालमार्फत दाजुभाइले पटक-पकट गलत नियत राखी एसएमएस पठाउने गरेको उजुरीमा उल्लेख गरेकी…

Read More

काठमाडौं : पछिल्लो समय प्रहरीका तल्लो तहका कर्मचारीले छोटो अवधिमै राजीनामा दिने प्रवृत्ति बढ्दै गएको छ। न्यून सेवा सुविधा र १८ घन्टासम्म डिउटी हुने भएकाले प्रहरीको जागिरमा आकर्षण घट्दै गएको हो। न्यून सेवा सुविधाकै कारण नेपाल प्रहरीमा हरेक वर्ष करिब दुई हजारले राजीनामा दिने गरेका छन्। ती मध्ये कतिपय विदेश गएर उतै रोजगारी गर्दैछन् भने कतिले देशमै बसेर अन्य पेशा अंगालेका छन्। यस्तै एक नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर)ले पनि पदबाट राजीनामा दिएर नेपाल टेलिकको जागिर गर्दैछन्। प्रबिण सुवेदीले इन्सपेक्टरबाट राजीनामा दिएका हुन् उनी टेलिकमको छैटौं तहमा नियुक्त भएका छन्। सुवेदी पाँच वर्षअघि इन्सपेक्टरमा भर्ना भएका थिए। उनी पछिल्लो समय…

Read More

काठमाडौं : आईसीसी यू-१९ विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ। समूह चरणबाट सुपर सिक्समा पुग्न निर्णायक खेलमा दुवै टोली जितको खोजीमा छन्। खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे इस्ट लन्डनमा हुनेछ। समुह डी को पहिलो खेलमा न्युजिल्याण्डसँग नेपाल ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले हारेपछि सुपर सिक्समा पुग्न नेपाललाई अन्तिम खेलमा जित्नै पर्ने दबाबमा छ। यो समूहमा नेपालसँगै अफगानिस्तानले पनि आफ्नो दुवै खेल हारेको छ। त्यसैले अन्तिम खेल उसका लागि पनि निर्णायक छ। प्रत्येक समूहका शीर्ष ३-३ टोली सुपर सिक्समा पुग्नेछन्। समूह डी को शीर्ष ३ टोलीले भारत रहेको समुह ए का…

Read More