Author: महेन्द्रनगर पोष्ट

सर्लाही : सर्लाहीको हरिवनमा छात्रालाई जबर्जस्ती करणीको प्रयासमा एक शिक्षक पक्राउ परेका छन् । आफ्नै विद्यालयमा अध्ययनरत एक १४ वर्षीय छात्रालाई करणीको प्रयास गर्ने हरिवन नगरपालिका-११, का ४२ वर्षीय रवीन कार्की पक्राउ परेका हुन्। गत बुधबार शिक्षक कार्कीले गएको मदिरा सेवन गरी बालिकालाई भान्साको काम गरिरहेका बेला घरमै पुगेर जबर्जस्ती करणीको प्रयास गरेका थिए। तर, किशोरीले प्रतिकार गर्दा उनी भागेका थिए। किशोरीका परिवारले घटनाबारे कार्यालयमा जाहेरी दिएलगत्तै कार्कीलाई पक्राउ गरी हिरासतमा लिइएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए।

Read More

काठमाडौं : गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)का सदस्य कुमार कार्कीको एउटा कर्तुत बाहिर आएको छ।  थाइ-नेपाली संघका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकारसमेत रहेका कार्कीले युवतीहरुलाई आर्थिक प्रलोभनमा पारेर शारीरिक सम्पर्कको अफर गर्न खोजेको पाइएको छ। उनी आफैले अहिलेसम्म दुईसय युवतीसँग शारीरिक सम्बन्ध राखेको फेसबुक मेसेन्जरमार्फत एक युवतीलाई बताएका छन्। उनले एक युवतीलाई त २४ सय अमेरिकी डलरको लोभ देखाएर यौन प्रस्ताव राखेका छन्। उनीमात्र नभएर उनका भाइ जेम्स कार्कीले पनि त्यस्तो हर्कत गर्ने गरेको भन्दै दाजुभाइविरुद्ध थाइल्याण्ड प्रहरीमा एक युवतीले उजुरी दिएकी छिन्। थाइल्याण्डमा बस्दै आएकी युवतीले सामाजिक सञ्जालमार्फत दाजुभाइले पटक-पकट गलत नियत राखी एसएमएस पठाउने गरेको उजुरीमा उल्लेख गरेकी…

Read More

काठमाडौं : पछिल्लो समय प्रहरीका तल्लो तहका कर्मचारीले छोटो अवधिमै राजीनामा दिने प्रवृत्ति बढ्दै गएको छ। न्यून सेवा सुविधा र १८ घन्टासम्म डिउटी हुने भएकाले प्रहरीको जागिरमा आकर्षण घट्दै गएको हो। न्यून सेवा सुविधाकै कारण नेपाल प्रहरीमा हरेक वर्ष करिब दुई हजारले राजीनामा दिने गरेका छन्। ती मध्ये कतिपय विदेश गएर उतै रोजगारी गर्दैछन् भने कतिले देशमै बसेर अन्य पेशा अंगालेका छन्। यस्तै एक नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर)ले पनि पदबाट राजीनामा दिएर नेपाल टेलिकको जागिर गर्दैछन्। प्रबिण सुवेदीले इन्सपेक्टरबाट राजीनामा दिएका हुन् उनी टेलिकमको छैटौं तहमा नियुक्त भएका छन्। सुवेदी पाँच वर्षअघि इन्सपेक्टरमा भर्ना भएका थिए। उनी पछिल्लो समय…

Read More

काठमाडौं : आईसीसी यू-१९ विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ। समूह चरणबाट सुपर सिक्समा पुग्न निर्णायक खेलमा दुवै टोली जितको खोजीमा छन्। खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे इस्ट लन्डनमा हुनेछ। समुह डी को पहिलो खेलमा न्युजिल्याण्डसँग नेपाल ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले हारेपछि सुपर सिक्समा पुग्न नेपाललाई अन्तिम खेलमा जित्नै पर्ने दबाबमा छ। यो समूहमा नेपालसँगै अफगानिस्तानले पनि आफ्नो दुवै खेल हारेको छ। त्यसैले अन्तिम खेल उसका लागि पनि निर्णायक छ। प्रत्येक समूहका शीर्ष ३-३ टोली सुपर सिक्समा पुग्नेछन्। समूह डी को शीर्ष ३ टोलीले भारत रहेको समुह ए का…

Read More

कैलाली : भारतमा ट्याङ्करको ठक्करबाट कैलालीकी एक महिलाको मृत्यु भएको छ। लम्की चुहा नगरपालीका–२ की जानकी बिकको मृत्यु भएको हो। उनी रोजगारको सिलसिलामा भारतको बेंगलोरमा काम गर्दै आएका थिइन्। बुधवार काम गर्न जाने क्रममा बीच सडकमा पानी बोकेको ट्याङ्करले उनलाई ठक्कर दिएको हो। ट्याङ्करले ठक्कर दिँदा जानकीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव पोष्टमार्टम गरेर कैलाली ल्याइएको छ।

Read More

दार्चुला : दार्चुलाको फरकफरक स्थानमा दुईजना मृत फेला परेका छन्। हिजो(बिहिवार) शैल्यशिखर नगरपालिका–८ पतेगैरकी ५० वर्षीया अम्बिका देवी जोशीको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो। जोशी सोही ठाउँस्थित पैराधार भिरमा घाँस काट्ने क्रममा अन्दाजी २०० मिटर तल खसेकी थिइन्। यस्तै दुहु गाउँपालिका–३ सेरपाटा स्थित सडक खण्डाबाट करिब पाँच मिटर तल सोहि पालिकाको–४ फाराका ७२ वर्षीय दौलतसिंह कुँवर मृत अवस्थामा फेला परेका  छन्। घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा प्रहरीमाथि नै अभद्र व्यवहार गरेको आरोपमा ९ जना पक्राउ परेका छन्। हिजो(बिहिवार) भीमदत्त नगरपालिका–१० बनगाउँ स्थित ललित चन्दले सञ्चालन गरेको एसी लज एण्ड बारबाट ९ जना आ पक्राउ परेका हुन्। सार्वजनिक स्थानमा होहल्ला गर्नुका साथै उनीहरुले प्रहरीमाथि समेत अभद्र व्यवहार गरेका थिए। पक्राउ पर्नेमा भारत बनवासाका एनिस सिंह, अनिल चन्द, जय चन्द, सनेन्द्र भट्ट रहेका छन्। यस्तै सोहि ठाउँकै अनिल प्रसाद, रबि भट्ट, बिनोद कुमार, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का किसन चन्द र बाँके नेपालगन्जका माया खनाल रहेका छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पक्राश डाँगीले बताए।

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशका पहाडी भू-भागमा आंशिकदेखि  साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।  देशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।  तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाको भनाई छ ।

Read More

धनगढी : नेपाली कांग्रेसको शक्तिसंघर्षका कारण पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको भविष्यबारे शंका उत्पन्न हुन थालेको छ । सुरुदेखि नै प्रचण्ड सरकारको विरुद्ध मा रहेको कांग्रेसको संस्थापनइतर समूहमा पार्टी सभापति शेरबहादुर देउवानिकट मानिने बालकृष्ण खाँण पनि मिसिएपछि यस्तो भएको हो।यसले स्वयं देउवालाई नै अफ्ठेरो पारेको पनि बताइन्छ । यस्तो अवस्थामा देउवाले प्रचण्डलाई समर्थन गरिरहने अवस्था नआउने एक कांग्रेस नेता बताउँछन् । खासगरी, भुटानी शरणार्थी प्रकरणमा केही समय जेल बसेर निस्किएपछि खाँण सरकार र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठप्रति सकारात्मक छैनन् । खाँणले सके सरकारै ढाल्ने र नसके पनि गृहमन्त्री फेर्ने लबिङ देउवासँग गरिरहेका छन् । तर, देउवाबाट ग्रिन सिग्नल नपाएपछि खाँण…

Read More

धनगढी : एनआरएनएले एक करोड २५ लाख रुपियाँ लागतमा अक्सिजन प्लान्ट स्थापना गरेर सेती प्रादेशिक अस्पताललाई आज हस्तान्तरण गरेको छ । अस्पताललाई सहयोग गर्न पाउँदा खुसी लागेको अध्यक्ष केसीले बताए । कोरोना महामारीको दोस्रो तरङ्गका बेला अक्सिजन अभावमा कैयौँ बिरामीको ज्यान गएपछि एनआरएनएले सेती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको घोषणा गरेको थियो । सो प्लान्टको बिहीबार सामाजिक विकास मन्त्री झपटबहादुर साउदले उद्घाटन गरेका थिए । अक्सिजन स्थापनाका लागि एनआएरएनएबाट ठुलो सहयोग भएको भन्दै मन्त्री साउदले धन्यवाद ज्ञापन गरे । उनले सुदूरपश्चिमको स्वास्थ्यलाई सेती प्रादेशिक अस्पतालले थेगेको बताए । एनआरएनएका अध्यक्ष केसीले अक्सिजन अभाव हुने समस्याको दीर्घकालीन समाधान अक्सिजन प्लान्ट रहेकाले…

Read More