Author: महेन्द्रनगर पोष्ट

धनगढी : आइसिसी यू-१९ विश्वकप २०२४ मा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। बुधबार दक्षिण अफ्रिकाको इस्ट लन्डनमा नेपाललाई पाकिस्तानले ५ विकेटले पराजित गरेको हो। नेपालले दिएको १९८ रनको लक्ष्य पाकिस्तानले ४७.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। पाकिस्तानका ओपनरद्वय शमयल हुसेन र शाहजइब खानले समान ३७-३७ रन जोड्ने क्रममा ८० रनको ओपनिङ साझेदारी गरे। तर दुवैलाई नेपालका आकास चन्दले २२ ओभरमा तीन बलको अन्तरमा आउट गरेका थिए। सपछि अराफत मिनहासलाई फेरि आकासले नै ८ रनमा आउट गरे। कप्तान शाद बाइग शून्यमा आउट भए। उनलाई नेपालका आकास त्रिपाठीले आउट गरे। अमहद हसन २९ रनमा दिपेश कँडेको बलमा विकेटकिपर विपिन रावलबाट समातिए।…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीको पारिश्रमिकमा मात्र मासिक ५ लाख ६९ हजार रुपैयाँ खर्च गर्दै आएको छ । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री कमल बहादुर शाहको नेतृत्वमा ९ सदस्यीय मन्त्रिपरिषद छ, जसमा ६ मन्त्री र दुई राज्यमन्त्री छन् । सुदूरपश्चिममा मुख्यमन्त्रीको ७१ हजार रुपैयाँ, ६ मन्त्रीलाई जनही ६३ हजार रुपैयाँका दरले ३ लाख ७८ हजार र दुई राज्यमन्त्रीलाई जनही ६० हजार रुपैयाँका दरले एक लाख २० हजार रुपैयाँ मासिक पारिश्रमिक उपलब्ध गराइँदै आएको छ । मुलुक संघीय संरचनामा गएलगत्तै संघीयता विरोधीहरुले प्रदेश संरचनाको विरोध गर्न थालेका थिए र प्रदेश संरचना खर्चिलो भएको उनीहरुको तर्क छ । स्थानीय तहलाई…

Read More

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले आगामी शैक्षिक सत्रदेखि एक सयदेखि तीन सय शय्याका अस्पतालमा नर्सिङ र ‘प्यारामेडिक्स’को पढाइ सुरू हुने बताएका छन्। आज शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको ९० औं वार्षिकोत्सव समारोहमा मन्त्री बस्नेतले आगामी शैक्षिक सत्रमा सातै प्रदेशका साविकका अञ्चल अस्पतालमा चिकित्सा शिक्षाको अध्यापन सुरू गर्न मन्त्रालयले तीव्र तयारी गरिरहेको जानकारी दिए। उनले टेकु अस्पताललाई मन्त्रालयको नीतिअनुसार नर्सिङ तथा पारामेडिकको शैक्षिक कार्यक्रम सञ्चालनका लागि तयार रहन निर्देशन दिए। ुआउँदो शैक्षिक सत्रदेखि देशका सबै ठूला अस्पतालमा नर्सिङ र प्यारामेडिक्सको पढाइ सुरू हुन्छ। सरकारको निर्णय छिटो कार्यान्वयनमा ल्याउन मन्त्रालयले तयारी गरिरहेको छ, उनले भने, यस अस्पतालले…

Read More

धनगढी : नेपालका तीव्र गतिका बलर आकाश चन्दले आईसीसी यू १९ विश्वकप २०२४ मा पाकिस्तानका दुबै ओपनरसहित तीन विकेट लिएका छन् । आकाश चन्दको २२ औं ओभरको दोस्रो बलमा ओपनर शम्याल हुसेन उत्तमथापा मगरबाट ३७ रनमा क्याच आउट भए । बाउन्सर बलमा उनी टप एज लागेर क्याच आउट भएका थिए । उनले ५९ बलमा ४ चौका र १ छक्का प्रहार गरे । चौथो बलमा शाहजैब खान ३७ रनमा आउट भए । सट बलमा आकाश त्रिपाठीबाट क्याच आउट भएका हुन् । उनले ७० बलमा ३ चौका र १ छक्का प्रहार गरे । यस्तै २६ औं ओभरको अन्तिम बलमा अर्को अराफ्न मनिसफको…

Read More

धनगढी : तपस्वी रामबहादुर बम्जनविरुद्ध बाल यौन शोषणको जाहेरी दिने किशोरीका बुवा सवारी दुर्घटनामा मृत्यु भएको छ। सिन्धुली जिल्ला प्रहरी कार्यालयका अनुसार, मंगलबार रौतहटबाट सिन्धुलीको डगाहतर्फ जाँदै गर्दा ती किशोरीका बुवा सवार बा ५८ प ९१४१ नम्बरको मोटरसाइकललाई भिमानतर्फ जाँदै गरेको प्र २–०४–००१ ट ००१० नम्बरको ट्याक्टरले भिमानमा ठक्कर दिँदा उनको मृत्यु भएको हो। दुर्घटनामा परी गम्भीर घाइते किशोरीका बुवाको उपचारका क्रममा सिन्धुली जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरी उपरीक्षक राजकुमार सिलवालले नेपालखबरलाई जानकारी दिए। उक्त ट्याक्टरले ती किशोरीका बुवा सवार मोटरसाइकलसँगै ना ११ प ५७५० नम्बरको मोटरसाइकललाई पनि ठक्कर दिएको थियो। यसका चालक भने उपचारपछि अस्पतालबाट घर फर्किइसकेको प्रहरीले जानकारी…

Read More

काठमाडौं : नेपालका सुवास भण्डारी र आकाश चन्दले आईसीसी यू–१९ विश्वकप २०२४ मा पाकिस्तानविरुद्ध दौडिएर नै एकै बलमा पाँच रन बनाएका छन् । तीव्र गतिका बलर मोहम्मद जिशानको ४९ औं ओभरको पाँचौं बलमा उक्त पाँच रन जोड्न सफल भएका हुन् । जिशानलाई सुवास भण्डारीले उक्त बल प्रहार गरेका थिए । दुई रन सजिलै जोडेका थिए । तर पाकिस्तानका फिल्डरले फालेको थ्रो बल समाउन नसकेपछि सुवास र आकाशले त्यसको भरपूर्ण फाइदा उठाउँदै पाँच रन दौडिएर पूरा गरेका थिए । त्यसैको कारण नेपालले एकै बलमा पाँच रन जोड्न सफल भएको थियो । नेपालले पाकिस्तानलाई १ सय ९८ रनको मध्यम लक्ष्य दिएको छ…

Read More

धनगढी : प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधबारको खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशमाथि आठ विकेटको सजिलो जित हासिल गरेको छ । जारी प्रतियोगितामा हालसम्म आठ खेल खेलेको कोशी प्रदेशले एक खेल पनि जित्न सकेको छैन । लगातारको हारसँगै कोशी प्रदेश यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । पाँचौँ खेल खेलेको सुदूरपश्चिम प्रदेशको भने यो चौथो जित हो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गरेको कोशी प्रदेशले ३२ ओभरमै अलआउट हुनुअघि एक सय २३ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको सुदूरपश्चिम प्रदेशले भने २१.१ ओभरमै केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा ग¥यो । सुदूरपश्चिम प्रदेशका…

Read More

धनगढी : सरकारले सशस्त्र प्रहरीसम्बन्धी विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले सो निर्णय गरेको हो । यस्तै बैठकले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनलगायत विषयमा छानबिन गर्न सहमहान्यायधिवक्ता ध्रुवकुमार चौहानको नेतृत्वमा समिति गठन गरेको छ । बैठकले परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी वरिष्ठ उपरीक्षक र उपसचिव (लेखा) सदस्य रहेको छानबिन समिति गठन गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । समितिले एनआरएनएको निर्वाचनलगायत विषयमा परराष्ट्र मन्त्रालयमा प्राप्त उजुरी र विवादका सम्बन्धमा छानबिन गर्नेछ । बैठकले धितोपत्र बजार सञ्चालन गर्ने सङ्गठित संस्थासम्बन्धी अध्ययन गर्न नेपाल राष्ट्र बैंकका…

Read More

धनगढी : कञ्चनपुरमा लागुऔषध मुद्धामा फरार रहेका एक जना पक्राउ परेका छन्। बेदकोट नगरपालिका–७ सुडाका मदन भट्ट बुधवार पक्राउ परेका हुन्। मदनलाई अदालतले २०७८ चैत्र ९ गते लागुऔषध मुद्दामा ५ महिना कैद र पाँच हजार जरिवाना तोकेको थियो। उनी सोहि दिनबाटै फरार रहेका थिए। मदनलाई सजाय भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नावव उपरीक्षक प्रकाश डाँगीले बताए।

Read More

धनगढी : अछामको बलयपाटा अस्पताललाई सरकारले अनुदान नदिएको भन्दै अछामका जनप्रतिनिधि सरकारसँग रुष्ट भएका छन् । मंगलवार कैलालीको धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरूले तत्काल आवश्यक बजेटको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरेका हुन् । प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री शेरबहादुर कुवरले अहिले अछाम सङ्कटमा परेको बताउँदै सरकारले त्यहाँको माग सम्बोधन गर्नु पर्नेमा जोड दिए । यस अघि पनि तीन पटक सम्म प्रदेश सरकारले अनुदान दिएको स्मरण गर्दै उनले अहिले पनि अनुदान दिन समस्या नरहेको स्पष्ट पारेका थिए । ‘प्रदेश सरकारको मातहतमा रहेको अस्पताललाई अनुदान दिने प्रचलन होइन निरन्तर ३ वर्ष देखी चल्दै आएको कुरा कसरी छुट्यो किन समावेश…

Read More