Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीको फुलबारीमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिवको गाडीमा तोडफोड भएको छ। सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव जिवनाथ पौडेल सवार सुपप्र ०१००१ झ ४९३ नम्बरको गाडिमा बुधवार तोडफोड भएको हो। कैलालीको धनगढी उपमहानगरपालिका–१९ बसन्ताको वनबाट अवलोकन गरि फर्किने क्रममा गाडिमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रहरी निरीक्षक सन्तोस बस्यालले जानकारी दिए। तोडफोडबाट गाडीको सिसामा क्षति भएको प्रहरीले बताएको छ। तोडफर्डमा सङ्लङ्न रहेको भन्दै प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरी निरीक्षक बस्यालले जानकारी दिए।

Read More

धनगढी : कैलालीको गोदावरी नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गरिएको छ। बिहीबार नेकपा एमालेको अवरोधकाबीच नगर प्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका हुन्। भवन पुनः उद्घाटनको एमालेले बिरोध जनाएको छ। एमालेलेबाट निर्वाचित तत्कालीन मेयर हरिसिंह साउदले १४ चैत २०७८ मा प्रशासनिक भवनको उद्घाटन गरेको भवनको कांग्रेसबाट निर्वाचित अहिलेका मेयर बिरेन्द्र भट्टले बिहीबार उद्घाटन कार्यक्रम राखेपछि बिहान तनाव सिर्जना भएको थियो। प्रशासनीक भवन पुनः उद्घाटन गर्ने काम अलोकतान्त्रिक भएको भन्दै विरोधमा उत्रिएको नेकपा एमालेले नगरपालिका घेराउ गरेको छथियो।

Read More

धनगढी : चीनको ताक्लाकोटमा होटेल व्यवसाय गर्दै आएका एक जना नेपालीको मृत्यु भएको छ। अचानक प्रेसरले हानेपछि ताक्लाकोटकै होटेलमा उपचारका क्रममा उनको मृत्यु भएको हो। सीमा सुरक्षा प्रहरी हिल्साका (बिओपी) सशस्त्र प्रहरी निरीक्षक पप्पु यादवले सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला जोरायाल गाउँपालिका–२ का ५२ वर्षीया बीरबहादुर थापाको चीनको ताक्लाकोटमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए। उनले मृतक थापालाई अचानक सन्चो नभएपछि अस्पताल लगिएको र माघ ३ गते राति एक बजे अस्पतालले मृतक घोषणा गरेको बताए। थापा पाँच महिनाअघि हिल्सा नाका हुँदै चीनमा होटेल व्यवसाय गर्न ताक्लाकोटतर्फ लागेका थिए। उनले मृतक थापाको लाशलाई बिहीबार बिहान नौ बजेर २५ मिनेटमा ताक्लाकोटबाट हिल्सा ल्याइपु…

Read More

रेसुंगा : गुल्मीकी मनिषा जिसीले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एक वर्षभित्रमा उत्तीर्ण गरेकी छिन्। धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा पास गरेकी हुन्। उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, वाग्मती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र सङ्घीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह पास गरेकी हुन्। ‘सानैदेखि नर्सिङ विषय पढ्ने रहर थियो। छात्रवृत्तिमा स्टाफ नर्स अध्ययन पूरा गरी करिब पाँच वर्ष करार सेवामा काम गरेँ,’ उनले भनिन्। परिश्रमका कारण आफूलाई सफलता मिलेको उनको भनाइ छ । एक…

Read More

धनगढी : सुर्खेतको पञ्चपुरी नगरपालिका–६ कुवापानीमा आफ्नै छोराको हत्या गरेर फरार रहेका बुवा पक्राउ परेका छन्। १८ वर्षीय युवक भरत बुढाको हत्या गर्ने उनकै बुवा ४५ वर्षीय नयाराम पक्राउ परेका हुन्। उनलाई कैलालीको टिकापुर नगरपालिका–१ लम्किपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता, प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले बताए। उनले २ माघमा आफ्नै १८ वर्षीय छोराको बन्चरो प्रहार गरी हत्या गरेको आरोप छ। त्यसअघि उनले आफ्नै छोरीको बलात्कार गरेका थिए। बहिनीलाई बलात्कार गरेको भन्दै दाइ भरतले बुबाविरुद्ध प्रहरीमा उजुरी दिएका थिए। सोही कारण उनको हत्या भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ नायव निरीक्षक…

Read More

काभ्रे: काभ्रेको बनेपा नगरपालिका–९ का वडाध्यक्ष नृपेश वादे १५ लाख घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधवार राति नियन्त्रणमा लिएको छ। अध्यक्ष वादेले घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिने क्रममा आयोगको टोलीले नियन्त्रणमा लिइएको जनाएको छ। अध्यक्ष वादेबाट आयोगको टोलीले जापनिज रकम १० हजार र अमेरिकी डलर एक सय रुपियाँसहित कार नियन्त्रणमा लिएको छ। घुस लिने क्रममा भक्तपुर, मध्यपुर थिमि नपा ३ गठ्ठाघरबाट बुधवार राति नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

Read More

काठमाडौं : नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ७०० रुपैयाँले घटेको हो। महासङ्घका अनुसार बिहीबार छापावाल सुन एक लाख १७ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन एक लाख १८ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर १३९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन युगाण्डा जाने क्रममा कतारको राजधानी दोहा पुगेका छन्। दोहामा उनलाई कतारका लागि नेपालका कार्यवाहक राजदूत कुमार राईसहितको टोलीले स्वागत गरेका थिए। सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ। प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी छन्। प्रधानमन्त्री दाहालले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयको शिखर सम्मेलनमा भोलि शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सोही दिन प्रधानमन्त्री दाहाल गणतन्त्र युगान्डाका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा…

Read More

काठमाडौं : पूर्व प्रहरी महानिरीक्षक ओम विक्रम राणाले हतारमा प्रहरी समायोजन नगर्न आग्रह गरेका छन्। बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारका मन्त्रीहरू र प्रहरी प्रमुखलाई बोलाएर १५ दिन भित्र जसरी पनि प्रहरी समायोजन गर्न निर्देशन दिएको विषय कोट्याउँदै राणाले सरकारलाई सुझाव दिएका हुन्। सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै उनले लेखेका छन्,‘ प्रदेशका मुख्य मन्त्रीज्यूहरूको दबाब थेग्न नसकेर प्रधानमन्त्रीज्यूले १५ दिन भित्र प्रहरी कर्मचारीहरूलाई प्रदेशमा समायोजन गर्न निर्देशन दिनु भएको कुरा सञ्चार माध्यमबाट सुसूचित भयो। जसरी अहिले समायोजन गर्न लागिएको छ, त्यसले ठुलो सङ्ख्यामा रहेको प्रहरी निरीक्षक र प्रहरी नायब उपरीक्षकहरूको वृत्ति विकासमा नराम्रो असर पर्ने सुनिश्चित छ।’ राणाले प्रदेश प्रहरी…

Read More

गणेशबहादुर मगर, डडेल्धुरा : सुदूरपश्चिम प्रदेश सरकारका प्रदेश प्रमुख देवराज जोशीले जेठ २४ गते सुदरपश्चिम प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रम हेर्ने हो भने सुदूरपश्चिम प्रदेशले कृषिमा कायापलट नै गर्ने हो कि भन्ने भान हुन्छ। नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनका लागि के कस्ता रणनीति तथा योजनाहरु बन्लान् ? कोसँग सहयोग मागिएला ? के कस्ता संरचनाहरु आवश्यक पर्ला ? विद्यमान अवस्थामा रहेको नेपालको तीन तहको सरकारबीच के–कस्ता विषयमा समन्वय होला ? यी यावत प्रश्नहरुको जवाफ तत्कालै नभेटिए पनि आर्थिक वर्ष ०८०/०८१को नीति तथा कार्यक्रममा कृषि र खाद्य सुरक्षाका विषयमा बोलिएका केही मुख्य बुँदाहरुलाई यहाँ समट्ने प्रयास…

Read More