Author: महेन्द्रनगर पोष्ट

धनगढी : कैलालीको गोदावरी नगरपालिकाको प्रशासनिक भवन दोस्रो पटक उद्घाटन गर्ने तयारी भएपछि त्यहाँ विवाद भएको छ। एमालेलेबाट निर्वाचित तत्कालीन मेयर हरिसिंह साउदले १४ चैत २०७८ मा प्रशासनिक भवनको उद्घाटन गरेको भवनको कांग्रेसबाट निर्वाचित अहिलेका मेयर बिरेन्द्र भट्टले बिहीबार उद्घाटन कार्यक्रम राखेपछि तनाव सिर्जना विवाद भएको हो। प्रशासनीक भवन पुनः उद्घाटन गर्ने काम अलोकतान्त्रिक भएको भन्दै विरोधमा उत्रिएको नेकपा एमालेले नगरपालिका घेराउ गरेको छ। एमालेले कुनै पनि हालतमा प्रशासनिक भवनको उद्घाटन गर्न नदिने अडान लिएको छ। नेकपा एमाले निकट नेता, कार्यकर्ताले नगरपालिका घेराउ गरेका छन् भने नगर प्रमुखसहितका जनप्रतिनिधि भवन उद्घाटन कार्यक्रमका लागि नगरपालिका जाने तयारीमा छन्। त्यहाँ लफडा हुनसक्ने…

Read More

काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक र अतिरिक्त महानिरीक्षकको पदावधि घटाउने सहमति भएको छ । महानिरीक्षकको तीन र अतिरिक्त महानिरीक्षकको चार वर्ष राख्ने सहमति भएको हाे । हाल आईजीपीको चार र एआइजीको पाँच वर्ष रहेको छ । गृह मन्त्रालयले बनाएको नयाँ प्रहरी ऐनको मस्यौदामा पदावधि घटाउने सहमति भएको हो ।

Read More

रेसुङ्गा : गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती)ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच  परीक्षा एक वर्षभित्रमा उत्तीर्ण गरेकी छिन् । धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गरेकी हुन्।  उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र सङ्घीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह उत्तीर्ण गरेकी हुन् । उनले भनिन् “सानैदेखि  नर्सिङ विषय पढ्ने रहर थियो  ।  छात्रवृत्तिमा स्टाफ नर्स अध्ययन पूरा गरी करिब पाँच वर्ष करार सेवामा काम गरेँ । ” परिश्रमका कारण आफूलाई…

Read More

-मिना ठगुन्ना डडेल्धुरा अस्पताल डडेल्धुरातपाईंले राखेका ती कार्यालय सहयोगी र स्विपरमा कुन-कुन दुःखी पीडित पिछडिएका र एकल महिला छन् ? खुलाइदिनुस् । आफ्ना राख्नु थियो भने म जस्ता धेरै गरिब (एकल महिला) को समय, कागजात र ४ सय किन नाश गरेको ? त्यो ४ सय पनि ऋण खोजेर फारम भरेको थिए। हरेक ठाँउमा दबिनुपर्ने, हेपिनुपर्ने र हिंसा अत्याचार सहनुपर्ने हो र ? एकल महिला हो भन्ने थाहा पाएपछि गिद्धले सिनो लुछे ओझैँ लुछ्न खोज्ने तपाईं महान पुरुषहरुको नजर एकल महिलाको दुःख, पीडा र संघर्षमा किन पर्दैन ? तपाईंको नौकरी पाउनलाई नेताको, पैसाको पावर लगाउनसक्ने हैसियतको मान्छे भए म मेरो बुढालाई…

Read More

कैलाली : कैलालीमा असुली, तस्करी, धम्की दिने र अपराधिक गतिविधि गर्ने गरेको पाइएपछि पक्राउ परेका प्रहरीका पूर्व सइ मदन धामी धरौटीमा छुटेका छन्। उनीमाथि ठगीमा मुद्दा चलाएर हिरासतमा राखी अनुसन्धान भएकोमा हिजो(बुधबार) ५० हजार धरौटीमा जिल्ला अदालत कैलालीले छोडेको हो। धामीलाई पूर्व प्रहरी भएर अवाञ्छित क्रियाकलाप गरेको र प्रहरीकै विरुद्ध अफवाह फैलाएको भन्दै समातिएको थियो। सम्बन्धित समाचार धनगढीमा प्रहरीका पूर्व सई नै समातिए, कुटाई पनि खाए ? धनगढीमा यतिसम्म गरेका रहेछन् पूर्व सई धामीले, पुलिसदेखि महिलासम्म कसैलाई छोडेनन्

Read More

कञ्चनपुर : कञ्चनपुरको बेलौरीमा यौनधन्दा गराइरहेको अवस्थामा रेष्टुरेन्ट सञ्चालकसहित तीन जना पक्राउ परेका छन्। अस्ति बेलौरी नगरपालिका–६ हात्तीबोझामा रहेको गुगल रेष्टुरेण्टमा यौनजन्य क्रियाकलापमा संलग्न रहेको भन्दै रेष्टुरेण्ट सञ्चालकसहित तीन जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा रेष्टुरेण्ट सञ्चालक बेलौरीकै ३० वर्षीया महिला, धरान घर भएककी २४ वर्षीया युवती र भारतको पुरनपुरका ४० वर्षीय रफिक अन्सारी रहेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक गौरी प्रसाद जैशीले जानकारी दिए।

Read More

कञ्चनपुर : कञ्चनपुरको बेलौरीमा यौनधन्दा गराइरहेको अवस्थामा रेष्टुरेन्ट सञ्चालकसहित तीन जना पक्राउ परेका छन्। अस्ति बेलौरी नगरपालिका–६ हात्तीबोझामा रहेको गुगल रेष्टुरेण्टमा यौनजन्य क्रियाकलापमा संलग्न रहेको भन्दै रेष्टुरेण्ट सञ्चालकसहित तीन जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा रेष्टुरेण्ट सञ्चालक बेलौरीकै ३० वर्षीया महिला, धरान घर भएककी २४ वर्षीया युवती र भारतको पुरनपुरका ४० वर्षीय रफिक अन्सारी रहेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक गौरी प्रसाद जैशीले जानकारी दिए।

Read More

बाजुरा: बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष मैना जोशीको निधन भएको छ। ५० वर्षीया जोशी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिइन्। पछिल्लो केही समययता उनको उपचार जारी रहेको थियो। उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ। २०७९ को स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी थिइन्।

Read More

बझाङ : बझाङको साइपाल गाउँपालिकामा खाद्यान्न अभाव भएको छ। २५ सय क्विन्टल चामल ढुवानी हुनुपर्नेमा साइपालमा ५ सय क्विन्टल चामल मात्रै पुग्दा अभाव भएको हो। ठेकेदारहरुको लापर्वाहीका कारण चामल कम ढुवानी भएको साइपाल-१ का वडाध्यक्ष नरेन्द्र धामीले बताए। जिल्ला विपद व्यवस्थापन समितिको बैठकबाट निर्णय गरी खाद्य व्यापार तथा कम्पनीमा पत्राचार गर्दा पनि कुनै पहल नभएको उनले बताए। खाद्य संस्थानमा चामल अभाव भएपछि महंगोमा चामल किनेर खानुपर्ने अवस्था आएको वडाध्यक्ष धामीले बताए।

Read More

कैलाली : हिजो(बुधबार) कैलालीको धनगढीमा न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री मापन गरिएको थियो। जुन यो वर्षको हालसम्मकै कम रहेको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय अत्तरियाले जनाएको छ। पछिल्लो केही दिनयता अत्यन्तै चिसो हुन थालेपछि कैलाली र कञ्चनपुरका ४ पालिकाले विद्यालयमा दुई दिन जाडो बिदा दिएका छन्। कैलालीको गौरीगंगा, कञ्चनपुरका बेलौरी नगरपालिका, कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकाले दुई दिन बिदा दिएका हुन्। चिसोले नियमित पठनपाठन प्रभावित भएको भन्दै ती पालिकामा माघ ४ र ५ गते विद्यालयहरुमा जाडो विदा दिइएको हो। विदाको समयमा विद्यालयको प्रशासनिक काम भने सुचारु रहने जनाइएको छ।

Read More