Author: महेन्द्रनगर पोष्ट

महेन्द्रनगर : महेन्द्रनगरबाट धनगढीतर्फ गइरहेको सुपप्र ००१ ज ३९८ नम्बरको विङ्गर बनहरापुल नजिक दुर्घटनामा परेको छ। दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन्। प्राप्त जानकारी अनुसार, दुर्घटना आज बिहानतिर भएको हो। विङ्गरले अनियन्त्रित भई सडक छेउमा पल्टिएको बताइएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको छ र उनीहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको छ। दुर्घटनाको कारण अझै खुल्न सकेको छैन। स्थानीय प्रशासन र प्रहरी घटनास्थलमा पुगेका छन् र थप अनुसन्धान गरिरहेका छन्।

Read More

काठमाडौं : दार्चुलामा भूकम्प गएको छ । आज जिल्लाको धारी क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बिहान ५: ५० मा गएको भुकम्प ३.४ म्याग्निच्युड मापन गरिएको छ ।

Read More

काठमाडौं  : आज अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष झै जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ ‘आफू र समाजका लागि योग’ भन्ने नाराका साथ दशौं अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै भएको छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन…

Read More

काठमाडौँ : उपप्रधान तथा गृहमन्त्री  रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दा शुक्रवार सुनुवाइका लागि पेशी तोकिँदै छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दर्ता गराएका थिए । महान्यायाधीवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई क्लिनचिट दिँदै कुनै पनि जिल्लामा अनुसन्धान,अभियोगपत्र र जाहेरी नभएको भनी पत्र लेखेपछि सो पत्र खारेज गर्नुपर्ने माग सहित रिट निवेदन सर्वोच्च पुगेका  थिए । सुरुमा उक्त रिट दरपिठ भएपनि पछि न्यायाधीश टेकनारायण ढुङ्गानाको इजलासले दर्ता गर्न आदेश गरेपछि पुन दर्ता भएको थियो ।  रिटमा महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाइएको छ ।

Read More

काठमाडौं :  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ ।  सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजेका लागि दलको बैठक बोलाइएको हो ।  त्यसअघि दिउँसो २ बजे संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा दलको कार्यसमितिको बैठक बस्ने छ । सरकारले संसदबाट बजेट पारित गर्ने तयारी गरेका कारण सो विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको बताइएको छ ।

Read More

धनगढी: धनगढीको एक होलसेल पसलमा आगलागी भएको छ। भर्खरै धनगढी उपमहानगरपालिका बसपार्क रोडको नवजीवन अस्पताल नजिकैको एक पसलमा आगलागी भएको हो। प्रहरीका अनुसार डिबी बुक्स हाउसमा आगलागी भएको हो। आगलागीबाट पसल जलेर नष्ट भएको बताइएको छ। अहिले प्रहरी परिचालन गरेर आगो नियन्त्रणमा लिने कार्य भैरहेको जनाइएको छ। Download

Read More

धनगढी : कैलालीमा एकजना युवक मृत भेटिएका छन् । अछामको चौरपाटी गाउँपालिकाको-२ का १७ वर्षीय विरमल साउँद झुण्डिएको अवस्थामा भेटिएका हुन् । उनी धनगढी उपहानगरपालिकाको जाली सामुदायक वनमा बिहीबार बिहान ९ः४५ बजे झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनी बुधबार साँझ साथिको घरमा जान्छु भनेर गएको तर बिहीबार बिहान झुण्डिएको अवस्थामा फेला परेको कैलाली प्रहरीका प्रवक्ता कविन्द्र बोहराले बताए । घटनाको अनुसन्धान भइरहेको र पोष्टमार्टम पछि कारण पत्ता लाग्ने प्रहरीले जनाएको छ । उनको शव अहिले पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएका छ । उनी धनगढीको हसनपुमा डेरा गरी बस्दै आएका थिए ।

Read More

धनगढी : डोटीको सायल गाउँपालिका र भवानी माध्यमिक विद्यालयले पत्रकारिता तथा सामाजिक क्षेत्रमा उत्कृष्ट योगदान दिए बापत चार जना व्यक्तिलाई बुधवार नागरिक अभिनन्दन गरेको छ । सामाजिक तथा पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान दिए बापत पत्रकार दीर्घराज उपाध्यायलाई समाजसेवासँगै औद्योगिक विकास तथा रोजगारी सिर्जनामा उत्कृष्ट योगदान दिए बापत वरिष्ठ उद्योगपति ओमप्रकाश अग्रवाल र समाजसेवी सङ्गम पब्लिकेसन्सका प्रबन्ध निर्देशक सहदेव (एसपी) सापकोटा र उनका दाइ वसन्त सापकोटा (अमेरिका)लाई संयुक्त रूपमा सायल गाउँपालिका र भवानी माध्यमिक विद्यालय डोटीले बुधवार नागरिक अभिनन्दन गरेको हो । सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशी, भवानी माध्यमिक विद्यालयका अध्यक्ष धनबहादुर सिंह, प्रधान अध्यापक खड्कबहादुर सिंहले सायल गाउँपालिकाका नागरिकका तर्फबाट…

Read More

धनगढी : बाजुरामा पेस्तोलसहित एक किशोर पक्राउ परेका छन्। जिल्लाको त्रिवेणी नगरपालिका–८ कालापानीका १८ वर्षीय कुबेर गिरी पेस्तोलसहित पक्राउ परेका हुन् । गाउँमा झै–झगडा गर्ने र साथमा पेस्तोल समेत बोकेर समाजमा अशान्ती फैलाउने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाजुराले उनलाई पक्राउ गरेको हो। घरमा लुकाई राखेको अवस्थामा एक थान पेस्तोलसहित गिरी पक्राउ परेका हुन् । उनलाई जिल्ला अदालत बाजुराबाट हातहतियार तथा खरखजाना मुद्दामा पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

Read More

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगी आरोपमा जाहेरी दर्ता भएको छ । लामिछानेविरुद्ध सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले हुलाकमार्फत टेकु प्रहरी परिसरमा जाहेरी दर्ता गराएका हुन् । जाहेरीमा सहकारी ठगी अरोपमा फरार रहेका गितेन्द्रबाबु राईलाई पनि प्रतिवादी बनाइएको छ । काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेटवर्कको नाममा ६४ करोड रुपैयाँ गैरकानुनी रुपमा कर्जा लिई अपचलन गरेको जाहेरीमा उल्लेख छ । जाहेरीमा लामिछाने २०७७ फागुन ११ देखि २०७९ असार १ गतेसम्म गोर्खा मिडिया नेटवर्कको संचालक तथा प्रबन्ध निर्देशकको जिम्मेवारीमा हुदा स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियाको नाममा ६४ करोड गैर कानुनी रुपमा कर्जा लिने कार्यमा संलग्न रहेको उल्लेख छ…

Read More