Author: महेन्द्रनगर पोष्ट

धनगढी : कैलालीमा सम्बन्धविच्छेद गरेका श्रीमानले जन्डिसका कारण ज्यान गुमाएकी छोरीको शव अस्वीकार गरेका छन् । बैतडीको डिलासैनी गाउँपालिका–२ स्थायी घर भएका लोकेन्द्रबहादुर घरडीले जन्डिसले उपचारका क्रममा मृत्यु भएकी १३ वर्षीया छोरी करिष्माको शव बुझ्न अस्वीकार गरेका हुन् । घरडीले नबुझ्दा बालिकाको शव दुई दिनदेखि सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ भने उनकी आमा घोडाघोडी नगरपालिका–८ बस्ने हजारी बिष्ट भौँतारिएकी छन् । २०७७ सालमा श्रीमती हजारीसँग सम्बन्धविच्छद गरेका घरडीले मृतक छोरीको नामको अंश दिएपछि मात्र शव बुझ्ने अडान लिएका छन् तर बिष्टले छोरीको पालनपोषण आफैले गरेको भन्दै अंश नदिने बताएकी छन् । मृतक करिष्मा आमासँगै मामाघरमा बस्दै आएकी थिइन्…

Read More

धनगढी : नेकपा एमालेले बझाङको प्रतिनिधिसभा निर्वाचन क्षेत्रको इन्चार्जमा ऐन महरलाई जिम्मेवारी दिएको छ । एमालेको अन्तरपार्टी निर्देशन १० महरलाई जिम्मेवारी तोकिएको छ । गत बिहीबार बसेको सचिवालय बैठकले महरलाई प्रतिनिधिसभा निर्वाचन क्षेत्रको इन्चार्ज तोकेको भए पनि विज्ञप्तिमा नाम छुट्न गएको थियो । त्यसपछि महरको जिम्मेवारी आज जारी भएको अपानि १० मा सार्वजनिक गरिएको छ ।

Read More

धनगढी : एमालेको अन्तरपार्टी निर्देशन १० मा बझाङ जिल्ला कमिटीमा जिम्मेवारी तोकिएको छ । जिल्ला अधिवेशन हुन बाँकी रहेको बझाङका केन्द्रबाटै जिल्ला कमिटी विस्तार गरिएको हो । अपानीमा कलबहादुर खड्कालाई अध्यक्ष तोकिएको छ । उपाध्यक्षमा मोहन जोशी सचिवमा आनन्द विक,उपसचिवमा सुरत बहादुर सिंहलाई जिम्मेवारी तोकिएको छ । उमेश बोहरा,कलक रोकाया धर्मराज खड्का,राकेश सिंह, लोकेन्द्र बोहरा, प्रयागराज जोशी लोकेन्द्र सिंह, रामप्रसाद जप्रेल, भुवनेश्वर उपाध्याय,प्रेम मल्ल, हर्कबहादुर बोहरा, विष्णु प्रसाद नेपाली, दिनेश नेपाली र राधा विष्ट समेत रहेको सङ्गठन कमिटी गठनको प्रस्ताव अनुमोदन गरेको उल्लेख गरिएको छ ।

Read More

धनगढी : भौतिक पुर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालले सुदूरपश्चिमको सडक गुरुयोजना नीति बनाउने बताएका छन । नेकपा एमालेबाट भौतिक पुर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका पालले पहिलो प्रस्तावका रुपमा सुदूरपश्चिममा सडक गरुयोजनाको नीति बनाउने भन्दै हस्ताक्षर गरेका हुन । ‘सुदूरपश्चिमको सडक सञ्जालको नीति बनाउने निर्णयमा हस्ताक्षर गरेको छु । मेरो प्रार्थमिकता सुदूरपश्चिमको सडक हुनेछ’ सञ्चारकर्मीहरुसँग उनले भने ।बैतडी (१) बाट प्रदेश सभा सदस्य पाल यसअघि २४ दिनका लागि आर्थिक मामिलामन्त्री भएका थिए । उनले अहिले पुर्वाधारको अवस्थाका बारेमा बुझेर सहि योजनामा लगानी गर्ने बताए । ‘मैले चुनौतीपूर्ण रहेको मन्त्रालयको जिम्मेवारी सम्हालेको छु, यस चुनौतीलाई अवसरमा बदल्ने मेरो प्रयास रहनेछ’ उनले…

Read More

काठमाडौं : मोरङस्थित नेपाल-भारतको सीमा नाका जोगबनीबाट एक जना बंगलादेशी नागरिक फर्काइएको छ। मंगलबार दिउँसो सवा १ बजे विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट प्रवेश गर्न खोजेका बंगलादेशी नागरिकलाई फर्काइएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले जानकारी दिए। बंगलादेश टाङगाई पुराबरी बस्ने ४६ वर्षीय उत्तम सरकारलाई प्रहरीले भारतबाट अनधिकृत रूपमा प्रवेश गर्दैगर्दा भेटाएको थियो। ‘बंगलादेशको राजनीतिक अवस्थापछि केन्द्रबाट हामीलाई सतर्क रहन निर्देशन भएको थियो। त्यसअनुसार कडाइ गर्दा एक जना प्रवेश गर्न खोजेको पायौं,’ एसपी कार्कीले भने, ‘हामीले उनलाई पुनस् भारतमै फर्काएका छौं।’ बंगलादेशी नागरिकहरू प्रवेश गर्नसक्ने भन्दै सीमामा प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा बढाएको छ। सशस्त्र प्रहरी बलले…

Read More

धनगढी : कञ्चनपुरमा एक जनाको डुबेर मृत्यु भएको छ। जिल्लाको शुक्लाफाटा नगरपालिका–१२ दुवाहाका ५२ वर्षीय करन सिंह महराको डुबेर मृत्यु भएको हो। महरा सोही ठाउँको कलभर्टमा डुबेको अवस्थामा मङ्गलवार दिउँसो मृत फेला परेका हुन्।

Read More

काठमाडौँ : बंगलादेशको ‘बांग्लादेश पुलिस सर्भिस एसोसिएसन’ (बीपीएसए) ले देशका प्रत्येक प्रहरीको सुरक्षा सुनिश्चित नभएसम्म प्रहरी हडतालमा रहने घोषणा गरेको छ। बीबीसीका अनुसार बीपीएसएले प्रहरीले नचाहँदा नचाहँदै पनि आन्दोलनकारीमाथि गोली चलाउन बाध्य भएको जनाएको छ। बिपीएसएले प्रहरीलाई जनतासामु खलनायकका रूपमा प्रस्तुत गर्ने अधिकारीलाई जिम्मेवार ठहर गरेको छ। बीपीएसएले भनेको छ, ‘देशले कानुन बनाउँछ, हामीले त त्यो लागू गर्ने मात्र हो। हामीले हाम्रा उच्च अधिकारीहरूको आदेश मान्नुपर्छ, चाहे त्यो कानुनी होस् वा गैरकानुनी।’ शेख हसिनाले सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिँदै देश छाडेपछि देशभरका ४०० भन्दा बढी प्रहरी चौकीमा आक्रमण भएको प्रहरीले जनाएको छ। बंगलादेशमा भएको प्रदर्शनमा धेरै प्रहरीको पनि मृत्यु भएको…

Read More

धनगढी : बैतडी घर भएका एक युवकको भारतमा मृत्यु भएको छ। जिल्लाको सुर्नया गाउँपालिका–४ नोडालेक घर भएका २१ वर्षीय सोनु महराको मृत्यु भएको स्थानीय प्रिन्स महराले बताएका छन्। भारतको पानीपथमा काम गर्दै आएका महराको आइतवार राति मृत्यु भएको हो। महराको शव रेलको लिकमा फेला परेको थियो।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशमा रात्रिकालीन यातायात बन्द गरिएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार तीन दिन पहाडी जिल्लाको रात्रिकालीन यातायात सेवा बन्द गरिएको हो। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा वर्षा हुने र वर्षाका कारण सार्वजनिक यातायातमा क्षति तथा मानवीय क्षति हुन सक्ने भन्दै गृह मन्त्रालयले तीन दिन रात्रिकालीन यातायात बन्द गरेको छ। पहाडी जिल्लामा रातिको समयमा आउने पहिरोले क्षति गर्ने अनुमानसहित यातायात बन्द गरिएको हो। राति ८ देखि बिहान ४ बजेसम्म सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको यातायात सेवा तीन दिन बन्द गरिएको छ। काठमाडौँ, धनगढी, महेन्द्रनगर, टीकापुर लगाएतका क्षेत्रबाट पहाडी जिल्ला र पहाडी जिल्लाबाट तराइ आउने रात्रिकालीन सवारीका साधनहरू तीन दिन…

Read More

काठमाडौँ : इरानलाई सोझो सेटमा हराउँदै नेपाल काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ। दुई पटकको च्याम्पियन नेपाल काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको दोस्रो सेमिफाइनलमा इरानमाथि सोझो सेटको जित निकाल्दै घरेलु टोली नेपाल उपाधि नजिक पुगेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार इरानलाई २५–२१ , २८–२६ र २५–२० को जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो। दोस्रो सेटमा नेपाल २१–२४ ले पछि परेको नेपालले २८–२६ को रोमाञ्चक जित निकालेको हो। पहिलो सेटमा सहज जित निकालेको नेपालका लागि दोस्रो सेट भने केही प्रतिस्पर्धात्मक बन्यो। योसँगै नेपालले इरानसँग लिग चरणमा भोगेको हारको बदला समेत…

Read More